अफगानी नागरिक छिर्न सक्ने आशंकामा जमुनाह नाकामा चेकजाँचमा कडाई
नेपालगञ्ज, १२ कात्तिक । काठमाण्डोमा केही अफगानिस्तानका नागरिकहरु अवैध रुपमा सीमा पार गरेर पुगेपछि सरकारको नेपाल भारतका खुला नाकाहरुमा कडाई गर्ने निर्देशन बमोजिम नेपालगञ्जस्थित जमुनाहा नाकामा पनि कडाई र निगरानी बढाईएको छ ।
तालिवानको कब्जापछि अफगानिस्तानबाट बिस्थापित नागरिकहरु नेपाल प्रवेश गर्न सक्ने आशंका बढेपछि नेपालगञ्ज नाकामा सुरक्षा जाँच कडा पारिएको ईलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।
खुला नाकाका कारण आफगानीहरु बाँके हुँदै नेपाल प्रवेश गर्नसक्ने सम्भावना देखिएकोले केन्द्रबाट आएको निर्देशन बमोजिम नाकामा निगरानी बढाउनुका साथै चेकजाँचमा कडाई शुरु गरिएको जमुनाहा नाकाका इन्चार्ज सई मिन बहादुर विष्टले बताउनुभयो ।
सीमामा तैनाथ गरिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सो सम्बनधमा कडा निर्देशन दिईएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । आफगानीहरुले भारत प्रवेश गर्नका लागि भारतीय अ...









