नरैनापुरका प्रमुख प्रशासकीय अधिकृतको कानुन विपरीत भएको सरुवा रोक्न कर्मचारीहरु आन्दोलित
समाचारदाता
नेपालगन्ज, ११ मंसिर । बाँकेको नरैनापुर गाँउपालिकाले प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीको सरुवा रोक्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ ।
गाँउपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजु कुमार गुप्ता संग फोनका कुरा गर्दै प्रमुख प्रशासकीय अधिकृत जनक लाल चौधरीको सरुवा रोक्न अनुरोध गर्नु भएको हो ।
नरैनापुर गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा ९पदस्थापन० गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय कानून विपरीत भई त्रुटिपूर्ण भएको भन्दै गाँउपालिकाका अध्यक्ष शाहले उक्त निर्णय बदर गरिदिन मन्त्री गुप्ता र सचिव भरत मणि सुबेदी संग अनुरोध गर्नु भएको छ ।
नरैनापुरका अध्यक्ष शाहले भन्नुभयो,‘निजामती सेवा ऐन, २०४९ को दफा १८ को उपदफा ३ मा “‘निजामती कर्मचारीको सरुवा गर्दा सम्बन्धित अख्तियारवालाले साम...









