नुहाउन गएका दुई जना बालबालिकाको मानखोलामा डुबेर मृत्यु
सिराज खान
नेपालगञ्ज, जेठ २९ गते । बाँकेको खजुरा खजुरा गाउँपालिकास्थित पुरैना नजिकै मानखोलामा पौडी खेल्न गएका दुई जना बालबालिकाको खोलामा डुबेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार अत्यधिक गर्मीका कारण खजुरा ६ दसविगाहाका चारजना बालबालिका नजिकैको मानखोलामा सोमवार दिउँसो १२ बजेतिर नुहाउन गएकोमा दुई जना खोलामा डुबेका थिए ।
ईलाका प्रहरी कार्यालय धनौली खजुराका प्रमुख प्रहरी निरिक्षक सन्दिप बेलवासेले दिनु भएको जानकारी अनुसार खोलामा नुहाउन गएका १८ वर्षकी लक्ष्मी डाँगी र ९ वर्षका किरण नेपाली डुबेर बेपत्ता भएको खबर आएलगत्तै पुगेको प्रहरीले खोज तलाश गर्दा बालिका डाँगीको शव भेटिएको थियो भने नेपालीको शव अपरान्ह तीन बजे मात्र भटिएको हो ।
उद्धार तथा खोजी कार्यका लागि बज्रदल गण राँझाबाट मेजरको नेतृत्वमा १० जनाको उद्धार टोली र शसस्त्र प्रहरीको जानकी गाउँपालिका बढैयामा रहेको बिओपीबाट उद्धार टोलीले घटनास्थलमा ...









