बाँकेमा माओवादी पार्टीलाई नयाँ उचाईमा पुरयाउने मुख्य लक्ष्य लिएको छु – जिल्ला संयोजक पाण्डे
समाचारदाता
नेपालगन्ज, साउन २३ । नेकपा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे जेम्सले आफुले बाँकेमा माओवादी केन्द्रलाई नयाँ उचाईमा पुरयाउने मुख्य लक्ष्य र उदेश्यका साथ काम शुरु गरेको बताउनु भएको छ । उहाँले भन्नुभयो – बाँके जिल्लामा माओवादी केन्द्रलाई सबैभन्दा ठुलो दल बनाउने मेरो मुख्य लक्ष्य रहेको छ । सोही उदेश्यका साथ पार्टीलाई नयाँ तरिकाले रुपान्तरण गर्दै अगाडी बढ्नेछु ।
प्रेस सेन्टर बाँकेको आयोजनामा सेन्टरका केन्द्रिय र प्रदेशसमितका पदाधिकारी र सदस्य लगायत जिल्ला कार्यसमिति र पालिका समितिका पदाधिकारी सम्मिलित मंगलवार भएको बैठकमा बोल्दै संयोजक पाण्डेले माओवादी केन्द्र बाँकेमा अब कुनै पनि गुट उपगुट नभएको र हुन नदिने दावी गर्दै सबैले एक ढिक्का भएर पार्टीको सिद्धान्त र विधान अनुसार काम गर्ने बताउनुभयो ।
उहाँले हिजोका दिनमा के के भयो र के के भएन त्यसलाई थाति राखेर अब सबैले मिलेर मा...









