निर्वाचन कार्यालयका लैंगिक तथा समावेशी सम्पर्क व्यक्तिको दुई दिने प्रशिक्षण सम्पन्न
नेपालगञ्ज पाटी समाचार
नेपालगञ्ज, १२ कात्तिक । प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयका लैंगिक तथा समावेशी सम्पर्क व्यक्तिहरुका लागि दुई दिने प्रशिक्षण कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको छ ।
निर्वाचन आयोगका निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले प्रशिक्षणको उदघाटन गर्दै संविधानले प्रदान गरेको दायीत्वलाई पुरा गर्न निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वुनीय र मितव्ययी बनाउने कार्यमा निरन्तर खटिएको बताउनुभयो ।
निर्वाचन व्यवस्थापनमा लैंगिक तथा समावेशी निति २०७७ तर्जुमा गरि कार्यान्वयनमा ल्याईएको उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागिहरुलाई बाँके जिल्ला निर्वाचन अधिकारी खुग प्रसाद सुवेदी, प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले निर्वाचनका बारेमा जानकारी गराउनु भएको थियो ।
निर्वाचन आयोगका उपसचिव कोमल प्रसाद धमला र आयोगका शाखा अ...






