कमरुद्दीन राईलाई समर्थन गर्दै तीनसय पचास भन्दा बढी जेनजी युवाहरु जसपा नेपालमा प्रवेश
समाचारदाता
नेपालगन्ज, फागुन १७ । विभिन्न राजनीतिक दल परित्याग गरी साढे तीन सयभन्दा बढी जेनजी युवाहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेकाृ सो पार्टीको नेपालगन्ज उपमहानगर कमिटिले जनाएको छ। नेपालगन्ज उपमहानगरपालिका–५ मा आयोजित एक कार्यक्रममा उनीहरुलाई पार्टीमा स्वागत गरिएको जसपा नेपालका युवा नेता अब्दुल अजिज हलवाइले बताएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट उम्मेदवारी दिएका कमरुद्दिन राईलाई समर्थन जनाउँदै युवाहरु जसपामा आबद्ध भएको उनले जनाए। जसपाका बुथ कमिटी अध्यक्ष हल्वाईको नेतृत्वमा आयोजित कार्यक्रममा राईले नवप्रवेशी युवाहरुलाई खादा ओढाएर पार्टी प्रवेश गराए।कार्यक्रमलाई सम्बोधन गर्दै राईले पछिल्लो समय युवाहरुको आकर्षण जसपातर्फ बढ्दै गएको दाबी गरे।
उनले नेपालगन्ज उपमहानगरपालिकाको नगर उपप्रमुखको जिम्मेवारी सम्हाल्दा विभिन्न कारणले अपेक्षित विकास गर्न ...









