रास्वपाका उम्मेदवार विवेक श्रेष्ठको बाचापत्रमा सडक, ढल, खानेपानी र स्वास्थ्यलाई प्राथमिकता
समाचारदाता
नेपालगन्ज, फागुन ६ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार विवेक कुमार श्रेष्ठले आफ्नो बाचापत्र सार्वजनिक गरेका छन् । नेपालगन्जमा एक औपचारिक समारोहका बीच उम्मेदवार श्रेष्ठले बाचापत्र सार्वजनिक गरे । बाचापत्रमा उनले भ्रष्टाचार उन्मूलन र सुशासनलाई आफ्नो मुख्य एजेण्डा बनाएका छन् ।
उम्मेदवार श्रेष्ठले बाचा पत्रमा बाँके जिल्लाको समग्र विकासका लागि गरिने कार्यहरु, बाँके क्षेत्र नम्बर २ को विकासका लागि गरिने कार्यहरु, लुम्बिनी प्रदेश सरकारसँग समन्वयमा गरिने कार्यहरु, नेपालन्ज उपमहानगरपालिकासँग समन्वय गरेर गरिने कार्यहरु र डुडुवा गाउँपालिकासँग समन्वय गरेर गरिने कार्यहरुको बुँदागत रुपमा योजनाहरु समेटेका छन् । पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सडक, कृषि, पशुपालन, रोजगारी लगायतका एजेण्डालाई राखेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा आध...









