क्यासिनोमा जुवा खेल्नकै लागि भारतीय आधार कार्ड बनाउँदै नेपाली नागरिक
सिराज खान
नेपालगञ्ज, मङ्सिर २१ । नेपालगञ्जका मेयर धवल शमसेर राणाले सहरलाई क्यासिनो सिटी बनाउने घोषणा गर्दै हिंडेका छन् । उनले प्राय हरेक जसो कार्यक्रममा नेपालगन्जलाई क्यासिनो सिटि बनाउनुपर्ने र भारतीय पर्यटकलाई बढी भन्दा बढी आकर्षण गर्ने कुरा बारम्बार दोहोरयाउने गरेका छन् ।
स्थानीय सरकारले गरेको सो घोषणाबाट प्रभावित र आकर्षित भएर होला सहरका विभिन्न चर्चित होटलमा क्यासिनो खुल्ने क्रम बढ्दै गएको छ । हाल नेपालगञ्जमा आधा दर्जन भन्दा बढी क्यासिनो सञ्चालनमा छन् ।
क्यासिनो भनेको जुवा खेलेर आफ्नो सर्वस्व गुमाउने लाइसेन्स प्राप्त आधिकारिक ठाउँ हो । त्यसैले होला नेपाल सरकारले धेरै पहिले देखि क्यासिनो सञ्चालन गर्ने अनुमति दिनुका साथै त्यसमा नेपालीको प्रवेशलाई प्रतिबन्ध लगाएको छ ।
तर, सरकारले लगाएको सो प्रतिवन्धको पुर्ण पालना क्यासिनो सञ्चालकहरुले गरेको पाइदैन । यसअघि संघीय राजधानी काठमाण्डौमा रहे...









