ताजा-अपडेट

समाजमा लायन्स क्लबको भूमिका अतुलनीय–पुर्वमन्त्री राई

समाजमा लायन्स क्लबको भूमिका अतुलनीय–पुर्वमन्त्री राई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर ४ । पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले समाजमा लायन्स क्लबहरुको भूमिका अतुलनीय रहेको बताउनु भएको छ । लायन्स क्लब डिस्टिक्ट ३२५ बी टु ले शनिवार नेपालगञ्जमा आयोजना गरेको विगत, वर्तमान र भविष्यमा समाजमा लायन्सको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सो कुरा बताउनु भएको हो । उहाँले भूकम्प, आगलागि, बढी पहिरो र दुर्घटना जस्ता आपत विपतमा लायन्स क्लबहरुले अग्रपंक्तिमा रहेर काम गर्दै आएको जनाउँदै सोही कारणले समाजमा लायन्सको महत्व बेग्लै प्रकारको रहेको बताउनुभयो । मानवीय र समाजसेवाको क्षेत्रमा लायन्सको योगदान सधैं अविस्मरणीय रहेको जनाउँदै कोरोना कहरमा पनि लायन्सले मानव सेवाका लागि अहम कार्य गरेको पुर्व मन्त्री राईले बताउनुभयो । स्वास्थ्य र शिक्षाको विकासका लागि लायन्स सधैं अगाडी रहने गरे...
प्याब्सनद्वारा खेलकुद मन्त्री अथकलाई सम्मान

प्याब्सनद्वारा खेलकुद मन्त्री अथकलाई सम्मान

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर ४ । नेपालगन्ज प्याब्सनले शनिवार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकलाई स्वागत तथा सम्मान गरेको छ । प्याब्सन नगर अध्यक्ष बिकास बज्राचार्यको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथी खेलकुद मन्त्री विशेष अतिथिमा हिसान केन्द्रिय उपाध्यक्ष ईस्वर पोख्रेल, त्रिभुवन बिश्वबिद्धालय सह परिक्षा नियन्त्रक सुमन गौतम एन प्याब्सनका कुसुम रानाभाट रहनु भएको थियो । प्रमुख अतिथि मन्त्री अथकले सरकारले निजि क्षेत्रबाट सञ्चालित विद्यालयलाई प्रोत्साहन गर्ने निति ल्याउने बताउनु भयो । उहाँले शिक्षालाई व्यापार मात्र नबनाई विद्यालयलाई देश र असल नागरिक बनाउने थलो बनाउनु पर्नेमा जोड दिनुभयो । मन्त्रीले युवाहरूले जागिर खोज्दै हिड्नु भन्दा स्वरोजगार बन्ने सम्भावना खोज्नु पर्ने र हाम्रो देशमै थुप्रै संभावना भएको र तिनको पहल गर्नु पर्ने तथा नेपाल स्काउटलाई सरकार...
बाँकेका अधिकांश वडामा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न

बाँकेका अधिकांश वडामा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
७० वटा वडामा सम्पन्न भएको जानकारी आयो –अध्यक्ष खरेल नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर ४ । नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने मूल नाराका साथ नेकपा माओवादी केन्द्रले शनिवार बाँकेका अधिकांश वडाहरुमा वडा सम्मेलन गरेर वडा समितिहरु गठन गरेको छ । माओवादी केन्द्र बाँकेका अध्यक्ष आइपी खरेलले दिनु भएको जानकारी अनुसार जिल्लाका अधिकांश वडाहरुमा वडा सम्मेलन सम्पन्न भएको छ । जिल्लाका ७० वटा वडामा वडा सम्मेलन सम्पन्न भएको जानकारी आफुलाई आधिकारिक रुपमा आएको र बाँकी आउने क्रम जारी रहेको अध्यक्ष खरेलले बताउनुभयो । उहाँले कोहलपुरका १३ वटा वडामा, राप्तीसोनारी गाउँपालिकाका ७ वटा वडामा र नेपालगञ्जका २० वटा वडामा  वडा सम्मेलन सम्पन्न भएको बताउनुभयो । नेपालगञ्जपाटीलाई प्राप्त भएको जानकारी अनुसार राप्तिसोनारी गाउँपालिका अन्तर्गतका ९ वटा वडामध्ये ७ वटा वडामा अधिवेशन स...
सातौं धारा नेपालगन्ज म्याराथनको उपाधी एपीएफका बोगटीले जिते

सातौं धारा नेपालगन्ज म्याराथनको उपाधी एपीएफका बोगटीले जिते

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ४ मंसिर । सातौं धारा नेपालगन्ज म्याराथनको उपाधी एपीएफका किरणसिंह बोगटीले हात पार्नु भएको छ । १३ औं सागका गोल्ड मेडलिष्ट रहेका बोगटीले उपाधीसहित एक लाख रुपियाँ नगद पुरस्कार समेत प्राप्त गर्नुभयो । यस्तै हाफ म्याराथनको उपाधी गोल्ड धाधिंगकी सन्तोषी श्रेष्ठले जित्नुभयो । उहाँ पनि सागको स्वर्ण पदक विजेता हुनुहुन्छ । नेपालगन्ज म्याराथन विजेता बोगटीले निर्धारित दुरी ४२।१९५ किलोमिटर २ घण्टा २९ मिनेट ४१ सेकेण्डमा पुरा गर्दै उपाधी हात पार्न सफल हुनु भयो । बोगटीले नेपाली सेनाका नरेन्द्र रावललाई पछि पार्दै उपाधी जित्नुभयो । दोस्रो भएका सेनाका रावलले २ घण्टा ३३ मिनेट २८ सेकेण्डमा निर्धारित दुरी पुरा गर्न सफल हुनुभयो । एपिएफका सन्तोष विक्रम विष्टले २ घण्टा ३३ मिनेट ३४ सकेण्डमा पुरा गर्दै तेस्रो बन्नुभयो । यस्तै धादिङकी सन्तोषी श्रेष्ठले साविक विजेता एपिएफकी पुष्पा भण...
बाँके र बर्दियामा बाढी विपद्को कृत्रिम घटना अभ्यास

बाँके र बर्दियामा बाढी विपद्को कृत्रिम घटना अभ्यास

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर ३ । स्थानीय विपद् व्यवस्थापन समिति डुडवा र खजुरा गाउँपालिको आयोजनामा १ दिने बाढी विपद् आधारित कृत्रिम घटना अभ्यास शुक्रवार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा कृत्रिम घटना अभ्यास बाँके र बर्दिया जिल्लामा एकै पटक संचालन भएको थियो । विपद् प्रभावितहरुको तत्काल सूचना संकलन गरी सरोकारवाला निकायसम्म छिटो माध्यमबाट पुर्याउने र उक्त सूचनाको आधारमा मानवीय सहायता र खोज तथा उद्धार कार्य गर्न सहजता हुने अभिप्रायले नमुना अभ्यास गरिएको होे । उक्त क्रममा स्थानीय तहले तयार गरेको स्थानीय विपद् तथा जलवायु उत्थानशिल योजनाको परीक्षण, स्थानीय विपद् व्यवस्थापन समितिको बैठक आयोजना, खोज तथा उद्धार टोली परिचालन, प्रारम्भीक दु्रत लेखाजोखा र मानवीय सहायताका कार्यहरु दु्रत गतिबाट गरिएको थियो । अनलाइन प्राविधिबाट संचालन भएको उक्त कार्यक्रममा गाउँपाल...
खेलकुद मन्त्री अथकले आइतवार महिला क्रिकेट एकेडेमीको शिलान्यास गर्ने

खेलकुद मन्त्री अथकले आइतवार महिला क्रिकेट एकेडेमीको शिलान्यास गर्ने

खेलकुद, ताजा-अपडेट, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर ३ । शनिवार र आइतवार जिल्लामा आयोजना हुने दुई वटा महत्वपुर्ण खेलसम्बन्धि कार्यक्रममा सहभागि हुन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) बाँके आउनु भएको छ । मन्त्री अथकले शनिवार विहान नेपालगन्जमा आयोजना गरिने नेपालगन्ज म्याराथनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने आइतवार बाँकेको कोहलपुरमा रहेको क्रिकेट मैदानमा निर्माण भर्ने भनिएको महिला क्रिकेट एकेडेमीको शिलान्यास गर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक संगीन शर्माले बताउनुभयो । मन्त्रीको पदभार ग्रहण गरे लगत्तै उहाँले पहिलो निर्णय कोहलपुरमा महिला क्रिकेट एकेडेमीको निर्माण गर्ने निर्णय गर्नु भएको थियो । सोही एकेडेमीको सिलन्यास आईतबार बिहान ९ बजे गर्ने कार्यक्रम रहेको छ । तिन दिने जिल्ला भ्रमणका क्रममा मन्त्री अथकले कोहलपुर क्रिकेट मैदान, नेपालगन्ज रंगशालाका तथा जिल्लाभित्र रहेका खेलकुदका अन...
राप्तीसोनारीको निशुल्क स्वास्थ्य शिविरमा १७६ लाई स्वास्थ्य सेवा प्रदान

राप्तीसोनारीको निशुल्क स्वास्थ्य शिविरमा १७६ लाई स्वास्थ्य सेवा प्रदान

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ३ मंसिर । बाँकेको राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुरमा शुक्रवार सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरबाट १७६ जना विपन्नले स्वास्थ्य सेवा पाएका छन् । जिल्लाको दुर्गम स्थानमा गएर असल छिमेकी सामुदायिक हस्पिटलले आयोजना गरेको सो स्वास्थ्य शिविरमा आएर उक्त क्षेत्रका १७६ जना विरामीले निशुल्क स्वास्थ्य उपचार सेवा पाएको आयोजकले जनाएको छ । उपचारका लागी पुगेका स्थानीयहरुलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङ्गमा कार्यरत नाक, कान, घाँटी रोग बिशेषज्ञ डाक्टर प्रकाश बसेल र भेरी अस्पताल नेपालगंजमा कार्यरत जनरल फिजिसियन डाक्टर सल्मान शेषले चेकजाँच गरी उपचार परामर्श दिनुभएको थियो । निशुल्क स्वास्थ्य शिविर गाउँमै पुगेपछि स्थानीयले निकै खुशी भएर स्वास्थ्य परिक्षण गराएको र आयोजकप्रति आभार समेत प्रकट गरेका थिए ।  ...
बालअधिकार र बालसंरक्षणका लागि बालअधिकार समिती गठन

बालअधिकार र बालसंरक्षणका लागि बालअधिकार समिती गठन

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ३ मंसिर । बाँके युनेस्को क्लबले बालसंरक्षण र बालअधिकारका लागि बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ मा वडास्तरीय बाल अधिकार समिति गठन गरेको छ । क्लबले विश्व शिक्षाको सहयोगमा संचालन गरेको सक्रिय परियोजना अन्र्तगत सो समिति गठन गरिएको हो । १३ सदस्यीय नवगठित उक्त बालअधिकार समितिमा वडा नं. ६ का वडा अध्यक्ष मोहनराम मिश्रा संयोजक र रामलाल यादव, मायाराम यादव, सुशिला वर्मा, केलाराम महावत, रामचरण यादव, राजकुमारी मौर्य, निर्मलादेवि कोरी, मर्दान अली शेष र बच्छराज यादव लगायत प्रहरी चौकी प्रमुख, वडा बालक्लब संजालका प्रतिनिधिहरु सदस्य रहेका छन् । सो अवसरमा वडा अध्यक्ष मिश्राले बालश्रम अन्त्यका साथै बालबालिकासम्बन्धि अन्य विभिन्न संरक्षणका कामहर समितिले गर्ने प्रतिवद्धता सो अवसरमा जनाउनुभयो । बालबालिकाको अधिकार विशेष गरेर बाल संरक्षण, बालविकास र बाल कल्याणका लागि बालअध...
बाँके काँग्रेसमा देउवा पक्ष अगाडी, जिल्ला सभापतिसहित अधिकांश पदमा विजयी हुने

बाँके काँग्रेसमा देउवा पक्ष अगाडी, जिल्ला सभापतिसहित अधिकांश पदमा विजयी हुने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ३ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँके जिल्लामा भैरहेको पार्टीको विभिन्न तहहरुको निर्वाचनमा केन्द्रिय सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा पक्षको वर्चस्व देखिएको छ । जिल्लाका ८ वटा पालिकाहरु मध्ये ६ वटामा निर्वाचन सम्पन्न भैसकेको परिणामको आधारमा तथा दुई वटामा मतगणना भैरहेको आधारमा अधिकांश ठाउँमा देउवा पक्षकै हाली मुहाली देखिएको छ । पालिकाहरुको सम्पन्न निर्वाचन मध्ये नेपालगञ्ज उपमहानगर, जानकी गाउँपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा देउवा पक्षका उम्मेदवारहरुले जितेका छन् भने नरैनापुर र डुडुवामा कोइराला पक्षका उम्मेदवार विजयी भएका छन् । कोहलपुर र राप्तीसोनारीमा मत गणना भैरहेकोले ती पालिकामा पनि देउवा पक्षकै अग्रता रहने बताईएको छ । यसैगरि महाधिवेसन प्रतिनिधिमा समेत अधिकांश प्रतिनिधि देउवा पक्षबाटै निर्वाचित हुने संभावना कार...
अनुचित व्यापारिक क्रियाक्लाप गर्ने अन्सारी टेडर्सलाई ५० हजार जरिवाना

अनुचित व्यापारिक क्रियाक्लाप गर्ने अन्सारी टेडर्सलाई ५० हजार जरिवाना

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २ मंसिर । संयुक्त बजार अनुगमन समितिले बिहिबार एक्कासी गरेको अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाक्लाप गरेको पाएपछि विपी चोकको एक व्यापारिक फर्ममाथि ५० हजार जरिवाना गरेको छ । अनुगमन समितिले विपी चोकस्थित अन्सारी टे«डर्सलाई ५० हजार जरिवाना गर्नुका साथै म्याद नाघेका खान अयोग्य ८ हजारको खाद्य सामाग्री पनि नष्ट गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रवक्ता देवीलाल चौलागाईले बताउनुभयो । सो पसलमा म्याद नाघेका खान अयोग्य सामाग्रीहरुको खुला रुपमा विक्रि हुने गरेको र अनुचित व्यापारिक क्रियाक्लाप गरिरहेको भन्ने जनगुनासोको आधारमा अनुगमन गर्दा त्यस्तो भेटिएको उहाँले बताउनुभयो । समितिले विपी चोकका अन्य केही पसलमा समेत अनुगमन गरेको जनाईएको छ । सो अनुगमन टोलीमा जिल्ला प्रशासान कार्यालयका वेदेश्वर गौतम, नेपालगञ्ज उपमहानगरपालिकाका प्रविन राना, खाद्य प...