डुडुवा र खजुरामा परियोजना सल्लाहकार समितिको अनुगमन तथा बैठक सम्पन्न
समाचारदाता
नेपालगन्ज, पुस ४ । बाँकेको डुडुवा र खजुरा गाउँपालिकामा स्थानीय परियोजना सल्लाहकार समितिको स्थलगत अनुगमन तथा बैठक सम्पन्न गरिएको छ ।
एम.डी.एम.फ्रान्स र ए.एफ.डि.को आर्थीक सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपले सञ्चालन गरेको पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत दुबै पालिकामा छुट्टा छुट्टै सो अनुगमन तथा बैठक सम्पन्न गरिएको हो ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको अनुगमन र बैठकमा डुडुुवा गाउँपालिकामा पालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी लगायत पालिकाको स्वास्थ्य, कृषि र योजना शाखाको सहभागिता रहेको थियो ।
सोही प्रकारले खजुरा गाउँपालिकामा सम्पन्न बैठक र अनुगमनमा खजुरा गाउँपालिकाका प्रवक्ता धनराम वली, प्रमुख प्रशासकीय अधिकृत, कृषि अनुसन्धान केन्द्र, कृषि ज्ञान केन्द्र लगायत स्थानीय गाउँपालिकाको विभिन्न श...









