युनेस्को काठमाडौँका नेपाल प्रतिनिधिद्धारा बाँके, बर्दिया भ्रमण तथा अन्तरक्रिया
समाचारदाता
नेपालगन्ज, मंसिर १२ । युनेस्को काठमाडौँका नेपाल प्रतिनिधि जाको डु टोइत नेतृत्वको टोलीले बाँके युनेस्को क्लबको कार्यालय तथा विभिन्न कार्यक्रम क्षेत्रहरूको विस्तृत अनुगमन तथा अन्तरक्रिया भ्रमण सम्पन्न गरेको छ ।
भ्रमणको क्रममा टोलीले क्लबको व्यवस्थापन टोली, परियोजना कर्मचारी तथा समुदायस्तरका लाभग्राहीहरूसँग विस्तृत छलफल गरेको थियो ।
क्लबको कार्यालयमा भएको अन्तरक्रिया बैठकमा क्लबका टेक्निकल एड्भाइजर साजिद अली सिद्दीकीले संस्थाको इतिहास, संगठनात्मक संरचना, कार्यक्रमका मुख्य क्षेत्रहरू तथा चलिरहेका परियोजनाहरूको बारेमा जानकारी गराउनुभयो ।
उहाँले क्लबद्वारा सञ्चालित कार्यक्रमहरूले बालबालिका, युवा महिला, युवा र विपन्न समुदायको जीवनमा ल्याइरहेको सकारात्मक, दिगो र समावेशी परिवर्तनका बारेमा पनि बिस्तृत जानकारी गराउनुभयो ।
फिल्ड मिसनअन्तर्गत सो टोलीले नेपालगन्जस्थित बरकातीया मदरसा लगायत क...









