जमुनाहा नाका प्रहरीद्धारा लागु औषध भित्रिन नदिन कडाई, भारतीय सुरक्षाकर्मीले पनि निगरानी बढाए
सिराज खान
नेपालगञ्ज, १३ कात्तिक । खुला सीमानाका कारण सीमापारी रुपैडिहाबाट दिनदिनै भित्रि रहेको लागु औषध ब्राउन सुगर भित्रिन नदिन हाल आएर जमुनाहा प्रहरीले विशेष निगरानी बढाएको छ । नेपाल भारत नाकास्थित जमुनाहा ईलाका प्रहरी कार्यालयको प्रमुखमा सरुवा भएर सई मिन बहादुर विष्ट गएलगत्तै नाकामा लागु औषध भित्रिन नदिन कडाई शुरु गरिएको थियो ।
प्रहरीले गरेको कडाईकै कारण अहिले आएर दिनदिनै लागु औषध भित्रयाउनेहरु प्रहरीको फन्दामा पर्न थालेका छन् ।
सोही क्रममा जमुनाहा नाकामा चेकजाँचका क्रममा प्रहरीले दुई दिन अघिमात्रै १५ ग्राम ६ सय मिलिग्राम ब्राउन सुगरसहित महादेवस्थान ३ काभ्रेका ३४ वर्षीय मानबहादुर रोकालाई पक्राउ गरेको थियो । लागु औषध भित्रयाउन नयाँ नयाँ तरिका प्रयोग गर्दै आएकोमा आलुको झोलाभित्र लुकाइ नेपाल ल्याउँदै गरेको अवस्थामा १५ ग्राम ६ सय मिलिग्राम ब्राउन सुगर नियन्त्रणमा लिईएको बाँकेका प्रहरी प्...









