१४ बैशाख २०८१, शुक्रबार

दसैं तिहारमा बेच्न ल्याएको सामान आगलागीबाट जलेर नष्ट

दसैं तिहारमा बेच्न ल्याएको सामान आगलागीबाट जलेर नष्ट

समाचारदाता
नेपालगञ्ज, असोज ४ । नेपालगन्ज–२ घरवारीटोलस्थित मिरज सु मार्टका सन्चालक जेनिशा आचार्य (जैसी) ले ब्यापारको सिजन छोप्न ऋणधन गरेर पसलमा सामान हाल्नु भएको थियो ।
तर, दुर्भाग्य गत भदौ ३१ गते राती उनको पसलमा बिद्युत सर्ट भएर आगलागी भयो । आगलागीबाट दशैं, तिहारको सिजनमा बिक्रीका लागि राखिएका सबै सामान जलेर नष्ट भए ।
‘दशैं,तिहारको सिजनका लागि सामान राखेकी थिएन, आगलागीले सबै ध्वस्त बनायो ।’ आचार्यले दुःखेसो पोख्दै भन्नुभयो–‘ अब के गर्ने कसरी गर्ने, सबैथोक बर्बाद भयो ।’ आचार्यका अनुसार,आगलागीबाट ५५ लाख रुपियाँ बराबरको सामाग्री जलेर नष्ट भएको छ ।
पसलमा रहेका जुत्ता चप्पल र पसल डेकोरेसनका सामाग्री कामै नलाग्ने अवस्थामा पुगेको छ । आचार्यले पाँच बर्षदेखि यहाँ व्यवसाया गर्दै आउनु भएको थियो । ऋण गरेर व्यवसाय गर्नु भएका उहाँलाई अहिले ऋण तिर्ने तनाव भएको छ ।
उहाँको चिन्ता छ –‘अब त्यो पैसा कसरी तिर्ने कहाँबाट तिर्ने ।’ आचार्यले यस्तो कसैलाई पनि नपरोस भनि कामना पनि गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
3

Leave a Reply

Your email address will not be published. Required fields are marked *