१४ बैशाख २०८१, शुक्रबार

नेताको आडमा विकास निर्माण अलपत्र पार्ने ठेकेदारलाई तह लगाउँछौ – मन्त्री राई

नेताको आडमा विकास निर्माण अलपत्र पार्ने ठेकेदारलाई तह लगाउँछौ – मन्त्री राई

समाचारदाता
नेपालगञ्ज, साउन २३ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले नेताको नाम लिएर विकासको काममा बेथिति निम्त्याउने ठेकेदारहरूलाई तह लगाउने चेतावनी दिनुभएको छ ।
सोमवार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले नेताको नाम लिएर ठेकेदारीमा दादागिरी गर्दै विकासको काममा बेथिति ल्याउनेहरूलाई तह लगाउने चेतावनी दिनुभएको हो । उहाँले मन्त्रालयले त्यस्ता ठेकेदारको खोजी गरिरहेकाले बिस्तारै ठिक गर्ने बताउनुभयो ।
मन्त्री राईले कुनै पनि नेताको नजिकको ठेकेदार भए पनि काममा अवरोध सिर्जना गरेमा नछोड्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘गल्ती गर्ने ठेकेदारहरूलाई छोड्ने कुरा आउँदैन । कुनै पनि नेताको आडमा बसेर विकासमा बेथिति निम्त्याउनेलाई सरकारले छोड्दैन । ठेकेदारहरूले विभिन्न नेताको खोल ओडेर बेथिति निम्त्याएका छन् । हामी त्यसको खोजी गर्दैछौँ । बिस्तारै ठिक पार्छौँ ।’
उहाँले अहिले वैकल्पिक राजमार्गको विषयमा पनि बेथिति भइरहेको बताउनुभयो । उहाँले मन्त्रिपरिषद्ले वैकल्पिक सहायक राजमार्गका बारेमा निर्णय गरिसकेकाले अब सहायक राजमार्गको मापदण्ड बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
मन्त्री राईले सार्वजनिक गाडीमा वैज्ञानिक भाडादरमा बेथिति नभएको बताउनुभयो । उहाँले स्वचालित मूल्य प्रणालीअनुसार नै भाडा समायोजन भइरहेको दाबी गर्नुभयो । उहाँले कतै कार्यान्वयन नभएको भए मन्त्रालय तत्काल कडाइका साथ कार्यान्वयन गर्न तयार रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *