१४ बैशाख २०८१, शुक्रबार

नेपालगञ्जमा माघ १४ गतेदेखि औद्योगिक व्यापार महोत्सवको आयोजना गरिने

नेपालगञ्जमा माघ १४ गतेदेखि औद्योगिक व्यापार महोत्सवको आयोजना गरिने

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस १२ । दुई वर्षपछि नेपालगन्जमा यस पटक औद्योगिक व्यापार महोत्सव आयोजना गरिने निर्णय नेपालगञ्ज उद्योग बाणिज्य संघले गरेको छ । नेपालगन्ज उद्योग बाणिज्य संघले आउने माघ १४ गतेबाट नेपालगञ्जमा औद्योगिक व्यापार मेला लगाउने औपचारिक निर्णय गरेको नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव चिरन्जीवि ओलीले बताउनुभयो ।
उहाँले आउने माघ १४ गतेदेखि महोत्सव लगाउने निर्णय भएको जानकारी गराउँदै सो महोत्सव माघ २५ गतेसम्म लाग्ने बताउनुभयो ।
कोरोना भाइरस महामारीका कारण विगत दुई वर्षदेखि नेपालगन्जमा व्यापार महोत्सव लगाईएको छैन। अब्दुल वाहिद मन्सुरीले संघको नेतृत्व लिएसँगै कोरोना महामारी फैलिएकाले संघले कुनै पनि महोत्सव र मेलाको आयोजना गर्न नसकेको हो ।
महोत्सव गर्ने निर्णय गरेर सो को तयारीमा जुट्नु पर्ने भएकाले संघले आफ्नो साधारणसभा समेत तत्कालका लागि स्थगित गर्दै यही पुष १७ गते स्थापना दिवसमात्रै मनाउने निर्णय गरेको पनि संघका महासचिव ओलीले बताउनुभयो ।
महोत्सव आयोजना गर्ने समय कम रहेकोले सो को तयारी शुरु गरिसकिएको पनि संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
2
+1
2
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *