१५ बैशाख २०८१, शनिबार

नेपालगञ्ज २० का ५० किसानलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई सेट वितरण

नेपालगञ्ज २० का ५० किसानलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई सेट वितरण

समाचारदाता
नेपालगञ्ज, पुस १२ । भेरी वातावरणीय विशिष्टता समुह बि ग्रुपले नेपालगञ्ज २० मनिकापुरका ५० जना कृषकहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई सेट वितरण गरेको छ । यसअघि डुडुवाका ५२ जना किसानलाई पिपिई सेट वितरण गरेको सो संस्थाले मंगलवार नेपालगञ्ज उपमहानगरको वडा नम्बर २० मा ५० जना किसानलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई सेट वितरण गरेको हो ।
जीआइजेड नेपाल र एमडीएम फ्रान्सको साझेदारीमा बि ग्रुपद्धारा सञ्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत नेपालगञ्ज २० मा रहको साथी स्वावलम्बन बहुउदेश्यीय कृषि सहकारी संस्थामा आवद्ध कृषकहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई सेट वितरण गरिएको बि ग्रुपका अध्यक्ष टेक बहादुर पुनले बताउनुभयो ।

वडा नम्बर २० का वडा सदस्य चन्द्र बहादुर बुढाले कृषकहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई सेट वितरण गर्दै यसले किसानको पेशागत तथा वातावरणीय स्वास्थ्यमा राम्रो प्रभाव पार्ने बताउनुभयो । सो अवसरमा एमडीएम फ्रान्सका कार्यक्रम प्रबन्धक बसन्त थापाले पीपीई वितरणको उदेश्यका बारेमा जानकारी गराउनु भएको थियो भने एमडीएम फ्रान्सका कार्यक्रम अधिकृत गणेश कार्कीले पिपिईको सही उपयोग र त्यसले स्वास्थ्यमा हुने हानीबाट जोगाउने सम्बन्धमा बिस्तृत रुपमा जानकारी गराउनु भएको थियो ।
पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजनाले नेपालगञ्ज, डुडुवा र खजरा जस्ता पालिकाहरुको स्वास्थ्य र वातावरणको क्षेत्रमा महत्वपुर्ण योगदान पुरयाईरहेको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् । परियोजनाले नेपालगञ्जका कवाड व्यवसायी र सरसफाईमा प्रत्यक्ष संलग्न बाल्मिकी समाजलाई बलियो बनाएर उनिहरुको पेशागत तथा वातावरणीय स्वास्थ्यलाई विशेष ध्यान दिएको पाईएको छ ।
परियोजनाले गर्दा नगरको सरसफाईमा संलग्न बाल्मिकी समाज संस्थाको संस्थागत विकासमा ठुलो टेवा पुगेको बाल्मिकी समाज संस्थाका अध्यक्ष जगदिश बाल्मिकीले बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *