१४ बैशाख २०८१, शुक्रबार

भारतीय पर्यटक आकर्षित गर्न सोल्टी होटलद्धारा नेपालगञ्जमा ट्रिप ट्राभल ट्रेड फेयर आयोजना

भारतीय पर्यटक आकर्षित गर्न सोल्टी होटलद्धारा नेपालगञ्जमा ट्रिप ट्राभल ट्रेड फेयर आयोजना

सिराज खान
नेपालगञ्ज, असार १४ । बाँके बर्दिया लगायत पश्चिम नेपालमका पर्यटकीय स्थलमा भारतीय पर्यटक आकर्षित गर्न नेपालगञ्जका पर्यटन व्यवसायीहरु पुनः सक्रिय भएका छन् ।
कोरोनाका कारण ओरालो लागेको पर्यटन व्यवसायलाई फेरी रफ्तार दिन बाँकेका व्यवसायीहरु क्रियाशिल भएका हुन् । सो क्रममा यहाँस्थित पाँच तारे होटेल सोल्टी वेष्ट्रन प्रिमियमले नेपालगञ्जमा नेपाल फम ट्रिप ट्राभल ट्रेड फेयर आयोजना गरेर भारतीय पर्यटक आकर्षित गर्ने अभियान शुरु गरेको छ ।
सुस्ताउँदै गएको पर्यटन क्षेत्रलाई पुनः लयमा फर्काउन आयोजना गरिएको नेपाल फम ट्रिप ट्राभल ट्रेड फेयरमा भारतको उत्तर प्रदेशका शहरहरु लखनउ, कानपुर, बनारस, रायबरेली, गोरखपुर लगायत बिभिन्न शहरका १९ जना ठुला पर्यटन व्यावसायीहरु सहभागी भएको आयोजक होटेल सोल्टी वेष्ट्रन प्रिमियमले जनाएको छ ।
भारतीय पर्यटन व्यावसायीहरुलाई नेपालगञ्ज र नेपालगञ्ज हुँदै पुग्न सकिने बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्ज, स्वर्गद्धवारी, कर्णाली चिसापानीदेखि रारा लगायतका पर्यटकीय गन्तब्यहरुका बारेमा जानकारी दिने उद्देश्यले ट्रेड फेयर आयोजना गरिएको होटेल सोल्टी वेष्ट्रन प्रिमियमकी सहायक सेल्स तथा मार्केटिङ अफिसर रोजीना महर्जनले बताउनुभयो ।
उहाँले ट्रेड फेयरमा सहभागि हुनुभएका भारतीय पर्यटन व्यवसायी निकै उत्साहित हुनु भएको र हजारौं पर्यटक पठाउने आश्वासन समेत दिनुभएको बताउनुभयो ।


नेपाल फम ट्रिप ट्राभल ट्रेड फेयरमा सहभागी हुन लखनउबाट आउनु भएका सिभिका ट्राभल प्रालिका निर्देशक सुनिल भी सत्य बचनले भारतीय पर्यटकहरु घुमफिरका लागि नेपाल आउने क्रम बढ्दै गएको जनाउँदै अब धेरै संख्यामा पठाउने बताउनुभयो ।
नेपालीहरुको आत्मिय ब्यवहार र इमान्दारिताका कारण भारतीयहरुका लागि नेपाल सुरक्षित गन्तब्य भएको बताउँदै उहाँले नेपालका हिमाल, पहाडका साथ साथै विभिन्न धामिर्क मठ मन्दिर, ताल, निकुञ्ज र कला सँस्कृतिहरु भारतीय पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनेको बताउनुभयो ।
नेपालगञ्ज उप महानगरपालिकाका पुर्व मेयर डा. धवल शम्सेर राणाले भारतीय पर्यटकलाई आकर्षित गर्न नेपालगञ्जलाई क्यासिनो सिटी र वाटरपार्कको सिटीका रुपमा विकसित गरिएको बताउनुभयो ।
कार्यक्रम शुरु हुनु अघि भारतीय पर्यटन व्यावसायीहरुलाई नेपाली सेनाका पश्चिम कमाण्डका उपरथी प्रेम शाही, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी, नेपाली सेनाका नम्बर–४ बाहिनीका बाहिनीपति उत्तम बिष्ट र होटेल सोल्टीका कर्मचारीहरुले भादगाउँले कालो टोपी र खकुरी उपहार दिएर स्वागत गर्नु भएको थियो ।
हाल नेपालगञ्जमा रहेका सात वटा क्यासिनो, तीन वटा वाटरपार्क र फनपार्क, बाँके बर्दिया निकुञ्ज र कर्णाली चिसापानीले भारतीय पर्यटकलाई ठुलो संख्यामा आकर्षित गरिरहेको पर्यटन पर्वद्धन केन्द्र नेपालगञ्जका संयोजक कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो । ( गोरखापत्र बाट )


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *