२ जेष्ठ २०८१, बुधबार

युवा महिलाहरुको व्यवसाय विकास र रोजगार प्रवर्द्धनकालागि पैरवी सञ्जाल गठन

युवा महिलाहरुको व्यवसाय विकास र रोजगार प्रवर्द्धनकालागि पैरवी सञ्जाल गठन

समाचारदाता
नेपालगन्ज, असोज ६ । बर्दियाका दुई वटा पालिकामा युवा महिलाहरुको व्यवसाय विकास र रोजगार पर्वद्धन गर्ने उदेशयले युवा उद्यमी संवाद तथा पैरवी सञ्जाल गठन गरिएको छ ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा बर्दियामा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत आयोजना गरिएका बैठक र छलफल पश्चात ती सञ्जालहरु गठन गरिएका हुन् ।
बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरका अनुसार पालिकास्थित बिभन्न परियोजनाको सहयोगमा १८ देखी २४ वर्षका युवा महिलाहरुलाई उनीहरुको व्यक्तिगत विकास तथा पेशागत विकास, व्यवसाय, रोजगार सम्बन्धि सिकाइ र सूचनाहरु आदान प्रदान गर्ने उदेश्यले पैरवी सञ्जाल गठन गरिएको बताउनुभयो ।

उहाँले प्लान इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लबको सहजीकरणमा बर्दियाका गुलरिया र ठाकुरबाबा नगरपालिकामा नगरपालिकास्तरीय व्यवसाय बिकास र रोजगार प्रर्वद्धनकालागि युवा महिला उद्यमी संवाद तथा पैरवी सञ्जाल गठन कार्य सम्पन्न भएको बताउनुभयो ।
पर्ल परियोजनाका कार्यक्रम संयोजक गोविन्द लामिछानेका अनुसार स्थानिय स्तरमा तालिम प्राप्त युवालाई एकिकृत गर्न, तालिम पश्चात् कामको खोजीमा रहेका, उद्यम गर्नका लागि सहयोगको खोजीमा रहेका, काममा संलग्न भएका युवाहरुको हकहितको काम गर्न र वडा, पालिका तथा अन्य सरोकार निकायसँग सहकार्य, समन्वयमा युवाहरुको थप क्षमता विकास गर्नका लागि सञ्जालको गठन गरिएको हो ।
संयोजक लामिछानेले गुलरियामा मनीषा चौधरीको नेतृत्वमा १५ सदस्यीय र ठाकुरबाबा नगरपालिकामा नीरमा थारुको नेतृत्वमा १३ सदस्यीय पैरवी सञ्जाल गठन गरिएको बताउनुभयो ।
गुलरिया नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह र महिला बिकास अधिकृत शिला साहको उपस्थिति रहेको थियो भने ठाकुरबाबामा आयोजना गरिएको कार्यक्रममा ठाकुरबाबा नगरपालिकाको रोजगार सेवा केन्द्रका रोजगार सहायक चन्द्रा चपाईको उपस्थिति रहेको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *