७ जेष्ठ २०८१, सोमबार

गुलरिया नगरपालिकालाई बालविवाहमुक्त पालिका घोषणा गर्न तयारी बैठक सम्पन्न

गुलरिया नगरपालिकालाई बालविवाहमुक्त पालिका घोषणा गर्न तयारी बैठक सम्पन्न

समाचारदाता
नेपालगन्ज, बैशाख २७ । प्लान इन्टरनेसनल नेपालको साझेदारी र बाँके युनेस्को क्लबको आयोजनामा गुलरिया नगरपालिकालाई बालविवाहमुक्त पालिका घोषणा गर्नका लागि तयारी बैठक सम्पन्न भएको छ ।
स्थानीय बाल अधिकार समितिका संयोजक तथा नगर उप प्रमुख साबित्रा गौतमको अधक्ष्यतामा संचालित बैठकमा गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव, प्रमुख प्रशासकिय अधिकृत ओमकार शाह, बरिष्ठ अधिकृत मुकुन्द अर्याल, १२ वटै वडाका वडा अधक्ष्य, महिला तथा बालबालिका शाखा प्रमुख सीला शाह, शिक्षा शाखा प्रमुख सतिश यादव र नगरकार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
महिला बालबालिका शाखा प्रमुख सिला शाहले संचालन गरेको सो बैठकमा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक महेश नेपालीले बाल विवाहको ब्यापकता सर्भे प्रतिबेदन प्रस्तुति गर्नु भएको थियो ।
सो प्रतिबेदनका अनुसार गुलरियामा गरिएको सर्भे २०२३ का अनुसार अधिकांस वडामा बालबिवाहको तथ्यांक २० प्रतिसत भन्दा कम रहेको हँुदा सम्भावित वडाहरुलाई बालविवाहमुक्त घोषणा गर्ने निर्णय गरिएको छ ।


बैठकको निर्णय अनुसार पहिलो चरणमा गुलरिया नगरपालिका वडा न. ४,८ र १२ लाइ बालबिवाहमुक्त वडा घोषणा गर्ने, त्यसकालागि वडा तहमा सर्बपक्षीय बैठकको आयोजना गरि चेकलिस्ट तयार गरि सुचकमा छलफल गरि सिफारिसका लागि पालिकामा पेस गर्ने निर्णय गरिएको बाँके युनेस्को क्लबका परियोजना संयोजक गोविन्द प्रसाद लामिछानेले बताउनुभयो ।
उहाँका अनुसार बैठकले बालबिवाहमुक्त वडा घोषणाको सम्पूर्ण तयारीको जिम्मेवारी स्थानीय बालअधिकार समिति तथा वडास्तरीय बालअधिकार समितिलाई तोकिएको र प्राबिधिक तथा आर्थिक सहयोग प्लान नेपाल तथा बाँके युनेस्को क्लब लगायतका संघ सस्थाले गर्ने निर्णय गरिएको छ ।
साथै बैठकमा सो अभियानलाई सफल तथा प्रभावकारी बनाउन बालबिवाह बारे संदेश लेखिएका ब्यानर होर्डिग बोर्ड राख्ने समेत निर्णय गरिएको छ भने गुलरियाका सबै वडालाइ बालविवाहमुक्त वडा घोषणा गरि सिंगो पालिकलाई नै बालविवाहमुक्त पालिका घोषणा गर्ने कुरामा बैठकका सहभागीले जोड दिएका थिए ।
बैठकमा बाँके युनेस्को क्लबका परियोजना संयोजक लामिछाने, कार्यक्रम अधिकृत ईश्वर बिक, अनुगमन मुल्यांकन अधिकृत बिनय चौधरी, फिल्ड सुपरभईजर भगवती बिक लगायतको पनि सहभागिता रहेको थियो ।
बैठकको आयोजना पालिकाको अगुवाइमा बाँके युनेस्को क्लबद्वारा संचालित शसक्त बालिका परियोजना र बाल बिवाह छिटो हुने बिवाह र जबर्जस्ति गरिने बिवाह रोकथाम परियोजना अन्तर्गत गरिएको थियो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *