१४ बैशाख २०८१, शुक्रबार

होटल व्यवसायलाई मर्यादित रुपमा सञ्चालन गर्न प्रहरी प्रशासनको आग्रह

होटल व्यवसायलाई मर्यादित रुपमा सञ्चालन गर्न प्रहरी प्रशासनको आग्रह

संघका नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण र पदास्थापना सम्पन्न
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, असार ४ । होटल व्यवसायी संघ बाँकेका नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
संघको अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएका रंग बहादुर खड्कालाई एक औपचारिक कार्यक्रममा निर्वाचन अधिकृत बसन्त गौतमले सपथ ग्रहण गराउनु भयो भने अध्यक्ष खड्काले वरिष्ठ उपाध्यक्ष लगायतका पदाधिकारीसहित सदस्यहरुलाई सपथ ग्रहण गराउनु भयो ।
यसअघि कार्यक्रमका प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले नवनिर्वाचित कार्यसमितिलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गर्नुभएको थियो भने विशिष्ठ अतिथिहरु बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारी, होटल व्यवसायी महासंघका लुम्बिनी प्रदेश अध्यक्ष भाष्कर काफ्ले, निवर्तमान अध्यक्ष भिम कँडेल, पर्यटन प्रवर्धन मन्चका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ लगायतले टिका, खादा लगाएर बधाई दिनु भएको थियो ।


सपथ ग्रहण लगत्तै नवनिर्वाचित अध्यक्ष खड्का लगायत कार्यसमितिका सबैले पदभार समेत ग्रहण गर्नुभयो ।
निर्वाचन अधिकृत अधिवक्ता बसन्त गौतमले दिनु भएको जानकारी अनुसार, संघको वरिष्ठ उपाध्यक्षमा राम बहादुर लिम्बु, उपाध्यक्षमा घनश्याम थापा, महासचिवमा प्रेम बहादुर शाह, सचिवमा विष्णु प्रसाद पोखरेल, कोषाध्यक्षमा लक्ष्मी राजशाही, सहकोषाध्यक्षमा केशवकुँवर योगी सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
त्यस्तै, सदस्य पदमा विनोद श्रेष्ठ, धुम बहादुर क्षेत्री, धिरेन्द्र शाही, विष्णु शाही, दिपा वली सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत गौतमले बताउनुभयो ।
सपथग्रहण तथा पदस्थापना कार्यक्रममा बोल्दै प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले नेपालगञ्जको होटल व्यवसायको भविष्य निकै उज्ज्वल रहेको जनाउँदै सरकारले तोकेको मर्यादाभित्र रहेर व्यवसाय गर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।
उहाँले प्रहरी प्रशासनले भन्दा पनि होटलहरुमा संघले नै बेला बेलामा अनुगमन गरेर गलत कार्य रोक्न पहल गर्नुपर्ने सुझाव दिंदै आन्तरिक पर्यटक आकर्षित गर्न विभिन्न योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078


सोही अवसरमा बोल्दै बाँकेका प्रहरी प्रमुख एसपी अधिकारीले होटलमा बढी छानविन गर्यो भने प्रहरीले ज्यादती गर्यो भन्ने र केही नगर्दा मिलेमतो छ भन्ने आरोप लाग्ने गरेको जनाउँदै संघले नै होटलहरुलाई मर्यादित भएर व्यवसाय गर्न सिकाउनु पर्ने बताउनुभयो ।
उहाँले केही होटलले अतिनै निकृष्ट काम गरिरहेको जनाउँदै त्यस्तालाई बाध्य भएर कानुनी दायरामा ल्याउनु पर्ने हुँदा संघले सहयोग गर्नुपर्ने बताउनुभयो ।
यस्तै पर्यटन प्रवद्र्धन मञ्चका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, होटल व्यवसायी महासंघका लुम्बिनी प्रदेश अध्यक्ष भाष्कर काफ्ले र नवनिर्वाचित अध्यक्ष खड्काले कोभिडले थला परेको होटल व्यवसायलाई पुनः माथि उकास्न सरकारले राहात दिनुपर्ने माग गर्नुभयो । सो अवसरमा उल्लेख्य मात्रामा होटल व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *