१४ बैशाख २०८१, शुक्रबार

कतार च्यारेटीद्धारा लुम्बिनी प्रदेशलाई एक करोड दस लाखको स्वास्थ्य सामाग्री प्रदान

कतार च्यारेटीद्धारा लुम्बिनी प्रदेशलाई एक करोड दस लाखको स्वास्थ्य सामाग्री प्रदान

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस ९ । कतार च्यारिटीले लुम्बिनी प्रदेश सरकारलाई अपरेसन थिएटर सेटअप, ३ थान आईसीयू सेट र १ पिसिआर ल्याबसहित एक करोड दश लाखको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
च्यारिटीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलमान केसीको उपस्थितिमा नेपालका लागि कतारका राजदूत महामहिम युसुफ मोहम्मद अल हैलले प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुलाई सो स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले बताउनुभयो ।

कोरोना नियन्त्रण लगायत अन्य विभिन्न स्वास्थ्य समस्याको समाधानका लागि कतार च्यारेटीले सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको प्रेस संयोजक विकले बताउनुभयो ।
विकका अनुसार स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री माननीय वसिउद्दीन खान, कतार च्यारिटी दोहाका अन्तर्राष्ट्रिय कोष विशेषज्ञ मोहम्मद तैमूर साकिब, स्वास्थ्य मन्त्रालयका तर्फबाट सचिव डा विकास तथा डा पुष्पराज पौडेल, कतार च्यारिटी नेपालका प्रतिनिधी इरशाद अली शेख र लुम्बिनी एकीकृत विकास संस्थाका प्रतिनिधिको सहभागीता रहेको थियो ।
कतार च्यारेटीले नेपालका विभिन्न जिल्लाहरुमा विपन्न तथा गरिब वर्गको उत्थानका लागि विभिन्न सहयोगका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *