१४ बैशाख २०८१, शुक्रबार

नेकपा एकिकृत समाजवादी बाँकेमा कार्यविभाजन

नेकपा एकिकृत समाजवादी बाँकेमा कार्यविभाजन

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ५ पुस । नेकपा एकीकृत समाजवादी बाँकेको सोमबार भएको पूर्ण बैठकले कार्यविभाजन गरेको छ । पार्टी अध्यक्ष इन्द्र बहादुर थापाको अध्यक्षतामा बसेको जिल्ला कमिटिको पूर्ण बैठकले पार्टी नेताहरुलाई विभिन्न जिम्मेवारी दिएको छ ।
बैठकले १ सय १२ सदस्यीय पार्टी सचिवालय निर्माण गरेको छ । त्यस्तै, भुगोलमा भगवति अधिकारीलाई क्षेत्र नं. १, क्षेत्र नं. २ मा सम्सुद्दिन सिद्दिकी, क्षेत्र नं. ३ मा भद्रप्रसाद देवकोटा र प्रदेश क्षेत्र नं. १ क मा राज बहादुर बुढा, ख मा कुश्माखर बस्याल, क्षेत्र नं. २ क मा भुवन गौतम, ख मा करिश्मा योगी, क्षेत्र नं. ३ क मा विष्णुकान्त आचार्य, ख मा ऋषि पोखरेललाई जिम्मेवारी दिइएको छ ।
पालिकास्तरीय इन्चार्जको जिम्मेवारी कोहलपुरमा मञ्जु कोइराला, राप्तीसोनारीमा दशरथ ओली, नरैनापुरमा पेशकार सिंह, नेपालगन्जमा विनोद मैनाली, डुडुवामा कप्तान पाठक, बैजनाथमा टंकर नाथ योगी, जानकीमा राजकुमार धोबी र खजुरामा किष्ण बहादुर रानालाई दिइएको छ ।
जनकार्य विभागमा इन्द्र बहादुर थापा, मोर्चा फाँटमा किशोर थापा, आर्थिकमा तेज प्रसाद अधिकारी, संगठनमा दिपक जिएम, स्कुल प्रशिक्षणमा किरण ढकाल, युवा तथा खेलकुदमा कुस्माखर बस्याल, कृषिमा भद्र देवकोटा, पुस्तालय विभागमा ऋषि पोखरेल लगायतलाई जिम्मेवारी दिइएको छ ।
पार्टी अन्तर्गतको नेपाल बुद्धिजीवि परिषद्मा शिव डाँगी, पेशागत महासंघ नेपालमा अम्मर राज खत्री, प्रेस संगठन विभागमा लक्ष्मण गौतम, मानवअधिकार एलाइन्समा प्रकाश उपाध्याय, लोकतान्त्रिक राष्ट्रिय अपांग संगठनमा देविदत्त आचार्य, नेपाल खेलकुद महासंघमा शिव डाँगी, प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी संगठनमा जगतजंग बुढाथोकी, ट्रेड यूनियन महासंघमा रत्ना गिरी, अखिल नेपाल किसान संघमा भद्र प्रसाद देवकोटा, अखिल नेपाल महिला संघमा मञ्जु कोइराला, युवा संघ नेपालमा सुशिला बढुवाल, अनेरास्ववियुमा टेकेन्द्र मल्ललाई जिम्मेवारी दिइएको छ ।
पार्टी सचिव दिपक जिएमले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि पार्टी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासी, सहइन्चार्ज तथा पोलिटब्यूरो सदस्य दल बहादुर सुनार , प्रदेश संगठन विभाग प्रमुख तथा बाँके जिल्ला इन्चार्ज अशोक कोइराला, केन्द्रीय सदस्य तथा बाँके सहइन्चार्ज अब्दुल हुसेन खाँ लगायतले बोलेको पार्टी प्रचारप्रसार उपप्रमुख लोकनाथ शर्माले जानकारी दिए ।
कार्यक्रममा पार्टीमा चयन भएका नेताहरुलाई प्रमुख अतिथि भागवत विश्वासी तथा नेता सुनारले प्रमाणपत्र वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *