१४ बैशाख २०८१, शुक्रबार

नेपालगञ्ज वडा नम्बर १२ का अध्यक्ष सुवेदी र सदस्य पन्तलाई वडावासीले गरे सम्मान

नेपालगञ्ज वडा नम्बर १२ का अध्यक्ष सुवेदी र सदस्य पन्तलाई वडावासीले गरे सम्मान

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस १२ । नेपालगंज उपमहानगरपालिका वडा नं १२ का अध्यक्ष बुद्धि सागर सुवेदी र वडा सदस्य दिनेशराज पन्तलाई स्थानिय वडा बासीहरुले सम्मान गरेका छन । देशमै जनप्रतिनिधिहरुको विरोध भै रहेको समयमा वडा नं १२ वेलासपुरका स्थानियहरुले विकासका लागि उत्कृष्ट कार्य गरेको भन्दै सुवेदी लगायत वडा सदस्य पन्तलाई फुलमाला लगाई सम्मान गरेको हुन ।
लामो समय देखि विकासको बारेमा सुनेका वडा बासीहरुले वडा अध्यक्ष सुवेदी आएपछि विकासको कल्पना समेत नगरेको क्षेत्रमा विकास भएको हुदाँ सम्मान गरीएको प्रतिक्रिया टोलबासीले दिएका छन । वडा नं १२ स्थित वेलासपुर सानीमा विकास बैक सुर्खेत रोड जोड्ने बाटोलाई पक्कि सडक बनाएको हुदाँ वडा अध्यक्ष र सदस्यलाई सम्मान गरीएको स्थानिय विरेन्द्र बहादुर श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा उपस्थित स्थानियहरुले अध्यक्ष सुवेदी र सदस्य पन्तलाई सधै आफुहरुको साथ र सहयोग हुने प्रतिक्रिया पनि दिएका छन । बाँके नेपालगंज उपमहानगरपालिका–१२ मा अहिले सम्म चार किलो मिटर पिसिसि, पाँच किलो मिटर पिच र चार किलो मिटर सडक ग्रावेल भै सकेको छ । वडा अध्यक्ष सुवेदीले केही बाटोहरु विग्रेको हुदाँ त्यसलाई तुरुन्तै मर्मत गरीने पनि सम्मान कार्यक्रममा बताउनुभयो ।
वडा अध्यक्ष सुवेदीलाई समग्र बिकासमा लागि परेको कारण र आफ्नो टोलमा आशा नगरेका ठाउँमा उत्कृष्ट पिसिसि सडक निर्माण गरेको हुदाँ अझै राम्रो काम गर्न स्थानियहरुले आग्रह समेत गरेका छन ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *