१४ बैशाख २०८१, शुक्रबार

पहिलो पटक नेपालगञ्जमा न्युरो सम्बन्धि उपचारका लागि छुट्टै सेन्टर सञ्चालनमा आउँदै

पहिलो पटक नेपालगञ्जमा न्युरो सम्बन्धि उपचारका लागि छुट्टै सेन्टर सञ्चालनमा आउँदै

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २ । पश्चिम नेपालकै प्रमुख मेडिकल हब बन्दै गएको नेपालगन्ज शहरमा यस क्षेत्रमै पहिलो पटक न्युरो उपचारका लागि पहिलो न्युरो सेन्टर सञ्चालनमा आउन लागेको छ । नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका न्युरो सर्जन डा जोशन न्यौपानेको नेतृत्वमा सुर्खेत रोडस्थित औद्योगिक क्षेत्र अगाडि नेपालगन्ज न्युरो ट्रमा एन्ड मल्टि इस्पेसियालिटी सेन्टरको नाममा सोमवारदेखि न्युरो उपचार सुरु हुने भएको छ ।
सोमवारदेखि सन्चालनमा आउन थालेको नेपालगन्ज न्युरो ट्रमा एन्ड मल्टि इस्पेसियालिटी सेन्टरमा मस्तिष्क, नशा तथा मेरुदण्डका समस्या सम्बन्धि सम्पुर्ण उपचार गरिने उक्त सेन्टरका प्रमुख डा. जोशन न्यौपानेले बताउनुभयो । यसरी न्युरो सम्बन्धि उपचारलाई लक्षित गरेर विशेषज्ञ सेवा दिने सेन्टर पश्चिम नेपालमै यो पहिलो हो ।

सो सेन्टरमा न्युरो सम्बन्धि उपचारका साथसाथै फिजिसियन सेवा, यौन तथा छाला रोग र हाड जोनी सम्बन्धि लगायतका अन्य उपचार समेत गरिने डा. न्यौपानेले बताउनुभयो ।
फिजिसियन सेवा अन्तर्गत छाती, मुटु, कलेजो, फोक्सो, पेट, प्रेसर, सुगर, थाइराइड, युरिकएसिड लगायतका उपचार हुनेछन् भने छाला रोगतर्फ कुस्ठरोग, यौन तथा सौन्दर्य सम्बन्धि रोग र हाडजोर्नी सम्बन्धि सबै प्रकारका उपचार गरिने उहाँले जानकारी दिनुभयो । सो न्युरो ट्रमा एन्ड मल्टि इस्पेसियालिटी सेन्टरमा डा न्यौपानेसहित फिजिसियन डा शंकर केसी, छाला तथा यौन रोग विशेषज्ञ डा अनिशा उप्रेती र हाडजोर्नी विशेषज्ञ डा बसन्त सापकोटाको टिमले बिरामीलाई सेवा प्रदान गर्नेछ । उक्त सेन्टरमा विरामीहरुलाई विहान ८ बजेदेखि १० बजेसम्म र दिउँसो १ बजेदेखि ३ बजेसम्म चेकजाँच गरिने जनाईएको छ ।
लामो समयसम्म अन्नपूर्ण न्युरो अस्पताल काठमाडौंमा आबद्ध रहनु भएका डा न्यौपाने नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका न्युरो सर्जन हुनुहुन्छ । उहाँले धेरै जटिल किसिमका न्युरो सम्बन्धि केसहरु लगायत धेरैको नेपालगन्ज मेडिकल कलजेमा सफल उपचार गर्दै आउनु भएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *