१४ बैशाख २०८१, शुक्रबार

फोहोरमैला व्यवस्थापन र कबाड व्यवसायमा संलग्न कर्मचारीलाई टीडी खोप लगाउन शुरु

फोहोरमैला व्यवस्थापन र कबाड व्यवसायमा संलग्न कर्मचारीलाई टीडी खोप लगाउन शुरु

समाचारदाता
नेपालगञ्ज, भदौ २८ । नेपालगञ्ज उपमहानगर भित्र फोहोर मैला संकलन तथा विसर्जन कार्यमा कार्यरत कर्मचारी तथा कबाड व्यवसायमा संलग्न कर्मचारीहरुलाई टी डी खोप लगाउन शुरु गरिएको छ ।
भेरी वातावरणीय विशिष्टता समुह बी ग्रुपद्धारा जीआइजेड नेपाल र एमडीएम फ्रान्सको सहकार्यमा सञ्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत उपमहानगरपालिकाको समन्वयमा मंगलवारबाट सो खोप लगाउन शुरु गरिएको हो ।
उक्त खोप लगाउने कार्य नेपालगञ्ज वडा नम्बर २ स्थित शहरी स्वास्थ्य केन्द्र, र वडा नम्बर ११ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र, पासाङ्गलामु रोडमा शुरु गरिएको बी ग्रुपका कार्यकारी निर्देशक डम्बर सुनारले बताउनुभयो ।

उहाँका अनुसार भदौ २८ देखि ३० गतेसम्म तीन दिन लगातार दुबै स्थानमा सो खोप फोहोर मैला संकलन तथा विसर्जन कार्यमा कार्यरत कर्मचारी तथा कबाड व्यवसायमा संलग्न कर्मचारीहरुलाई लगाइने छ ।
फोहरमैलामा कार्यरत कर्मचारी र कबाड व्यवसायमा संलग्न कर्मचारीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर उक्त खोप लगाउने कार्य भैरहेको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजनाका व्यवसाय विकास अधिकृत समद सिद्दिकीले बताउनुभयो ।
उहाँले तीन दिनमा ४५० जनालाई टीडी खोप लगाउने लक्ष्यका साथ खोप अभियान शुरु गरिएको बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

सोही परियोजना अन्तर्गत यसअघि बी ग्रुपले फोहोरको कम प्रयोग, पुन प्रयोग र प्रशोधित गरेर प्रयोग अभियान सञ्चालन गरेको थियो भने कबाड माल सामान व्यवसायी संघ बाँकेसंगको सहकार्यमा भेरी अस्पतालमा रहेका विरामीहरुलाई फलफुल बितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *