१५ बैशाख २०८१, शनिबार

भारतबाट अवैध रुपमा भित्रयाईरहेको ८७ हजारको सामान प्रहरीद्धारा बरामद

भारतबाट अवैध रुपमा भित्रयाईरहेको ८७ हजारको सामान प्रहरीद्धारा बरामद

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २३ कात्तिक । अवैध रुपमा भारतबाट राजस्व छलेर सामान भित्रयाउनेहरु विरुद्ध सक्रिय रहेको बाँके प्रहरीले मंगलवार पनि नेपालगञ्जबाट अबैध रुपमा भन्सार छली गरी ल्याएका ८७ हजार रुपियाँ भन्दा बढीका कस्मेटिकका सामान बरामद गरेको छ ।
भारतबाट अबैध रुपमा भन्सार छलेर नेपाल ल्याउदै गरेका ८७ हजार ६ सय पन्ध्र रुपियाँ बराबरका कस्मेटिकका सामानहरु नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ बाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बरामद उक्त सामान आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा पठाएको प्रहरीले जनाएको छ ।
प्रहरीले सक्रियता बढाएसंगै पछिल्लो समयमा दिनदिनै भारतबाट भन्सार छली गरी चोरी निकासी गरेर नेपाल ल्याउदै गरेका विभिन्न सामाग्रीहरु बरामद गर्दै आएको छ । तर, सामान ल्याउने अधिकांश तस्कर भने प्रहरीको फन्दामा पर्ने गरेका छैनन् ।
सामान बरामद हुनु तर तस्कर पकmाउ नपर्नुको कारण के हो भन्ने जिज्ञासा आम जनमानसमा लामो समयदेखि रहँदै आएको छ । प्रहरीले भने तस्करहर सामान छोडेर भागने गरेको जनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *