१४ बैशाख २०८१, शुक्रबार

मेयरका उम्मेदवार राईद्धारा कैदीबन्दीलाई अफ्तार र सहेरीका लागि खाद्यान्न सहयोग

मेयरका उम्मेदवार राईद्धारा कैदीबन्दीलाई अफ्तार र सहेरीका लागि खाद्यान्न सहयोग

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत ३० । नेपालगञ्ज उपमहानगरपािलकाको मेयरका उम्मेदवार तथा जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राईले बाँकेस्थित कारागारमा रहनु भएका कैदी बन्दीको रोजा अफ्तार र सहेरीका लागि खाद्यान्न सहयोग प्रदान गर्नुभएको छ ।
राईद्धारा प्रदान गरिएको सो खाद्यान्न सहयोगलाई जनता समाजवादी पार्टीका संघीय परिषदका सदस्य राशीद कुरेशी र प्रदेश उपाध्यक्ष बदरुदुज्जा लगायतले बुधवार कारगारका जेलर राम कुमार सोनकरलाई कारगारमै पुगेर हस्तान्तरण गर्नुभयो । गरिब विपन्न र असहाय लगायतलाई सधैं सहयोग गरेर रमाउने मेयरका उम्मेदवार राईले सो खाद्यान्नलाई रोजा अफ्तार र सहेरीमा प्रयोग गर्ने र त्यसबाट रोजा नबस्ने अन्य धर्म समुदायका कैदीबन्दीलाई पनि खुवाउन आग्रह गरिएको बताउनुभयो ।

उहाँले रोजा एक समुदायको भएपनि अफ्तारको समयमा कारगारमा रहेका अरु धर्म समुदायकालाइ पनि सामेल गराउन अनुरोध गरिएको बताउनुभयो ।
कारगारका जेलर सोनकरले सो सहयोगबाट रोजा बस्नेहरुलाई अफ्तार र सहेरीका लागि निकै लाभ मिल्ने बताउनुभयो । जसपा बाँकेका अध्यक्ष राईले यस अघि पनि कोभिडको समयमा २ वर्ष निरन्तर भोकै बसेका र समस्यामा परेकाहरुलाई घरघरमा पुगेर खोजी खोजी खाद्यान्न वितरण गर्नु भएको थियो । आफुलाई नेता भन्दा पनि सर्वसाधारणको सेवक भन्न रुचाउने राईले गरिब। असहाय र आवश्यकता भएका र समस्यामा परेकालाई सहयोग गर्न पाउँदा निकै आनन्दको अनुभूति हुने गरेको बताउनु भएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *