१४ बैशाख २०८१, शुक्रबार

सीता एयरको विमान बँदेलसंग ठाेक्कियाे, सबै यात्रु सकुशल

सीता एयरको विमान बँदेलसंग ठाेक्कियाे, सबै यात्रु सकुशल

सिराज खान
नेपालगञ्ज, कात्तिक १६ गते। नेपालगन्जबाट हुम्ला, सिमकोटका लागि उड्न लागेको 9N-AHB नम्बरको सिता एअरको जहाजसँग तीन वटा बदेल ठोक्किएका छन् । बँदेल ठाेक्किदा ठूलो दुर्घटना हुनबाट जहाज जाेगिएकाे छ भने ठोक्किएका बदेल टुक्रा टुक्रा भएका छन् ।
नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख सुवास झाका अनुसार मंगलबार बिहान करिव ७ बजेतिर चालक दलका सदस्यसहित १७ जना सवार उक्त जहाज हुम्लाका लागि उड्ने तयारीमा थियो ।
धावन मार्गमा गुडिरहेका बेलामा जहाजको चक्कामा समस्या आएको जस्तो अनुभुती भएपछि पाइलटले जहाजलाई उड्नबाट रोकेका थिए ।
जहाज रोकेर हेर्दा घटनास्थलमा तीन वटा बदेल टुक्रा टुक्रा परेको अवस्थामा फेला परेको प्रमुख झाले बताउनुभयो। बदेलको मासु धावन मार्गभरी छरिएका कारण केहीबेर नेपालगन्ज बिमानस्थलको उडान बन्द गरिएको थियो ।
अहिले विमानस्थलको धावन मार्गमा रहेको मासु पखाल्ने काम भइरहेको त्यहाँ खटिएका एक सुरक्षाकर्मीले बताए ।
उक्त जहाजलाई अहिले पार्किङ गरेर राखिएको छ, भने यात्रु आफ्नो घरतिर लागेको झाले बताउनुभयो। विमानस्थलमा धेरै झाडी र बुट्यान भएका कारण बेला बेलामा बदेल जहाजसँग ठोक्किने घटना हुँदै आएको छ । (गाेरखापत्र अनलाईनबाट)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *