१४ बैशाख २०८१, शुक्रबार

हमाल आधिकारिक उम्मेदवार–बाल्मिकी, दुबैजना आधिकारिक हुन्–राठौर

हमाल आधिकारिक उम्मेदवार–बाल्मिकी, दुबैजना आधिकारिक हुन्–राठौर

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १६ फागुन । नेपाली कांग्रेस बाँकेको सभापतिको लागि संस्थापन (शेर बहादुर देउवा) पक्षका केन्द्रिय नेताहरुले विवादस्पद बयान दिएपछि स्थानीय नेता कार्यकर्ता अन्यौलमा परेका छन् ।
बाँकेबाट केन्द्रिय सदस्य बन्नुभएका मैकुलाल बाल्मिकीले प्रदेश वनमन्त्री सुरेन्द्र बहादुर हमाललाई देउवा पक्षको आधिकारिक उम्मेदवार बताउनु भएको छ भने पार्टीका सहमहामन्त्री किशोरसिंह राठौरले हमाल र बादशाह कुर्मी दुबैजना देउवा पक्षका आधिकारिक उम्मेदवार भएको बताउनु भएको छ ।
यहाँकाट केन्द्रमा गएका दुबै नेताले फरक फरक कुरा गरेपछि सो पक्षका मतदाता अन्यौलमा परेको मतदाताले बताएका छन् ।
केन्द्रिय सदस्य बाल्मिकीलाई फोन गरेर पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले हमाल नै आधिकारिक उम्मेदवार तोकिएको भन्दै त्यसै अनुरुप सर्कुलर गर्न निर्देशन दिनु भएको बाल्मिकीले बताउनुभयो ।
महतले सभापति शेरबहादुर देउवा, उपसभापति पूर्ण बहादुर खड्का लगायत बसेर हमाललाई उम्मेदवार बनाउने निर्णय गरेको बाल्मिकीलाई जानकारी गराउनु भएको उहाँले बताउनुभयो ।
तर, सहमहामन्त्री राठौरले भने दुबैजना संस्थापनका आधिकारिक उम्मेदवार भएको जनाउँदै पहिलो परणमा बढी मत ल्याउनेलाई कम मत ल्याउनेले दोस्रो चरणमा सहयोग गर्ने बताउनुभयो ।
फागुन १९ गते हुने निर्वाचनका लागि संस्थापनले सभापति टुंग्याउन नसक्दा हमाल र बादशाह कुर्मी दुबैले उम्मेदवारी दिएका थिए ।
जिल्लाका अन्य पदाधिकारीमा भने संस्थापन र कोइराला दुबै पक्षको सर्वसम्मत टिम मैदानमा छ । सबै उम्मेदवारहरुले प्रचार प्रसारलाई तिव्र पारेका छन् ।
संस्थापन इतर (डा.शेखर कोइराला) पक्षबाट भने सभापतिमा नारायणप्रसाद गौडेल उम्मेदवार बन्नुभएको छ । उहाँले संस्थापनबाट दुईजना उम्मेदवार भएकोले आफ्नो जित सुनिश्चित भएको बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *