१४ बैशाख २०८१, शुक्रबार

अन्डर १९ क्रिकेटमा बर्दियासंग बाँके पराजित, हारको जिम्मेवार को ?

अन्डर १९ क्रिकेटमा बर्दियासंग बाँके पराजित, हारको जिम्मेवार को ?

कसैले प्रशिक्षक, कसैले मैदान र कसैले खेलाडीलाई दोष दिएर पन्छिए
सिराज खान
नेपालगञ्ज, १ मंसिर । कुनै बेला बाँकेको क्रिकेट टीम नेपाल भरिनै सबैभन्दा अव्वल मानिन्थ्यो, जहाँ गएपनि अधिकांश खेल जितेरै फर्किन्थ्यो । तर, अहिले त्यस्तो अवस्था छैन ।
विभिन्न कारणले गर्दा बाँकेको क्रिकेटको स्तर तल खस्किंदै गएको छ । यहाँसम्म कि हालसम्म कहिले पनि नहारेको टीमसंग पनि बाँकेले हारको सामना गर्नु पर्ने अवस्था आएको छ ।
अन्डर १९ छनोट प्रतियोगितामा बाँकेको टोलीले पहिलो पटक बर्दियासंग बुधवार हारको सामना गर्नु पर्यो । दांगको लमहीमा भैरहेको सो छनोट खेलमा बर्दियाको टोलीसंग बाँकेले हार खेप्नु परेपछि बाँकेका अधिकांश क्रिकेटप्रमी, वरिष्ठ खेलाडी देखि सर्वसाधारण समेत स्तब्ध भएका छन् ।
सोच्दै नसोचेको हार खेप्नुमा मुख्य जिम्मेवार को हो ? कसले यसको जवाफ दिने ? पहिलो पटक हारको कारण के हो ? खेलसंग खेलवाड कहिलेसम्म चल्छ ? जस्ता प्रश्नहरुको जवाफ खेल प्रेमीहरुले खोजी रहेका छन् ।
सो बारेमा बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा थापासंग प्रतिक्रिया माग्दा उहाँले यो पराजयबाट आफु पनि स्तब्ध भएको बताउनुभयो । उहाँले यस्तो कुनै पनि हालतमा हुनु नपर्ने जनाउँदै यो बारेमा प्रशिक्षकसंग सोधपुछ गरेर थप कदम चाल्ने बताउनुभयो ।
उहाँले यस्ता नतिजाले बाँकेको क्रिकेट धरासायी बन्दै जाने समेत चिन्ता व्यक्त गर्नुभयो ।
सो बारेमा टीमसंगै दांग जानु भएका क्रिकेटका प्रशिक्षक जमिल अन्सारीसंग प्रतिक्रिया माग्दा उहाँले खेलमा यस्तो हुन्छ, बर्दियाको टीम पनि राम्रै हो त्यसैले जितेको बताउनुभयो ।
तर, जसरी खेलाडीसंग प्रदर्शनको आशा गरिएको थियो त्यसरी गर्न नसक्दा पराजय भएको र नेपालगञ्जमा मैदान नभएकोले राम्ररी प्रशिक्षण नै गराउन नसकेर क्रिकेटको स्तर खस्कदैं गएको उहाँले बताउनुभयो ।
यस्तै सो पराजयबाट आफु निकै मर्माहत भएको जनाउँदै नेपाली राष्टिय क्रिकेट टोलीका पुर्व कप्तान एलबी क्षेत्रीले यस्को जवाफदेही को हुने र कस्ले जिम्मेवारी लिने भन्ने प्रश्न गर्नुभयो ।
उहाँले यसरी खेलाडीको भविष्यसंग खेलवाड गर्ने र समय मात्रै बर्बाद गर्ने कार्य अब रोकिनु पर्नेमा समेत जोड दिनुभयो ।
जबसम्म सही ठाउँमा सही व्यक्तिलाई राखिदैन, तब सम्म खेलकुद क्षेत्रले वास्तविक रुपमा विकास गर्न नसक्ने हुँदा सो तर्फ ध्यान दिनु अपरिहार्य भएको पुर्व राष्टिय खेलाडी तथा छनौटकर्ता जावेद सिद्दिकीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *