२३ बैशाख २०८१, आईतवार

अमेरिका बस्दै आउनु भएका राजा खानको सहयोगमा खेलाडीलाई खेलकुद सामाग्री

अमेरिका बस्दै आउनु भएका राजा खानको सहयोगमा खेलाडीलाई खेलकुद सामाग्री

समाचारदाता
नेपालगन्ज, पुस ७ । अमेरिकामा बस्दै आउनु भएका नेपालगंज निवासी राजा खानको सहयोगमा बाँकेको राप्तीसोनारी गाउपालिका वडा नं ७ को नेबुवाटारमा रहेको शहिद स्वर्गिय दल बहादुर घर्ति मगर खेल मैदानमा खेल खेल्ने ४० जना खेलाडीलाई शनिबार एक कार्यक्रमका बिच खेलकुद सामाग्री बितरण गरिएको छ । खेलकुद सामाग्री प्राप्त गरेपछि खेलाडीहरु खुसी भएका छन् ।
खानको सहयोगमा उक्त खेल मैदानमा धारा संगै मोटर सहित पानी ट्यांकी समेत जडान गरिएको छ । शनिवार उक्त धाराको रिबन काटेर उद्धघाटन गरिएको छ ।
राप्ती सोनारी ७ का वडा अध्यक्ष राम लखन थारुको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खानेपानीसहितको आधुनिक धारा जडान गरिएको प्रति राजा खानलाई धन्यबाद दिदै बालबालिकाको पहिलो आवश्यकता शिक्षा भएकाले शिक्षा संगै खेलकुदको पनि बिकास होस भन्ने उद्देश्यले खेलकुद सामाग्री बितरण गरिएको बताउनु भयो । उहाँले राप्ती सोनारी ७ मा रहेको शहिद स्वर्गिय दल बहादुर घर्ति मगर खेल मैदानलाई अत्यधुनिक बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।


सो अवसरमा बोल्दै राप्ती सोनारी ७ का अध्यक्ष थारुले खेल सामाग्रीको अभावमा खेल्दै आएका खेलाडीहरुलाई राजा खानले खेल सामाग्री र पोशाक दिईएपछि उत्साहित भएका हुन् ।
सामाग्री हस्तान्तरण गर्दै राजा खानले शहिद स्वर्गिय दल बहादुर घर्तिमगर खेल मैदानमा नियमित अभ्यास गरिएका खेलाडीहरुलाई अभ्यास सहज गराउनका लागि सामाग्री हस्तान्तरण गरिएको बताउनुभयो ।
टोल विकास समितिका अध्यक्ष समेत रहनु भएका खेलाडी कमल पुनले बजेट अभावका सम्भावना बोकेका धेरै खेलहरु प्रशिक्षण तथा खेल सामाग्रीहरु किन्न नसकिएको बताउनुभयो । उहाँले भन्नु भयो, राजा खान मार्फत खेलाडीहरुका लागि सामाग्री तथा आवश्यक ब्यवस्थापनमा पहल हुनेछ भन्ने विश्वास लिएका छौ ।
कार्यक्रममा बोल्दै स्मार्ट टोल विकास समितिका अध्यक्ष कालुराम थारुले खेल मैदानमा पानीको व्यवस्था भएको प्रति खुशि व्यक्त गर्दै खेलाडीका लागि मात्र नभई सडकमा यात्रा गर्ने यात्रीहरुका लागि समेत सहज हुने बताउदै उहाँले भन्नुभयो,राजा खानले राप्ती सोनारी ७ नं वडा लाई खेलकुदका माध्यमबाट चिनाउन सहज होस भन्ने उद्देश्यले ४० थान पोशाक,भलिबल ,फुटबल र ब्याटमिन्टन बितरण गरिएको बताउनु भयो ।
कार्यक्रममा ९५ बर्षिय अमृता घर्तिमगर, लाल बहादुर पुन,गुलसन हल्वाई, अधिकारकर्मी एंव नरैनापुर गाँउपालिकाका प्रेस सल्लाहकार आलम खान, वाईसीएलका केन्द्रीय सदस्क्ष् अरसद रंगरेज लगायतको सहभागिता रहेको थियो । सोही अवसरमा सहयोग गर्ने राजा खानलाई सम्मान पत्रबाट सम्मान गरिएको थियो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *