१३ बैशाख २०८१, बिहीबार

राजनीति

देशलाई सुवास नेम्वांगको अझै ठुलो आवश्यकता थियो–पुर्णा सुवेदी

देशलाई सुवास नेम्वांगको अझै ठुलो आवश्यकता थियो–पुर्णा सुवेदी

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
डा.डक्टप्रसाद धिताल नेपालगन्ज, २८ भदौ । गत मंगलबार भदौं २६ गते निधन हुनुभएका संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको विहिबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उहाँको निधनको शोकमा नेपाल सरकारले विहिबार देशभर सार्वजनिक बिदा समेत दिएको छ । सुवास नेम्वाङ संविधानसभा अध्यक्ष हुदाँ संविधान सभाको उपाध्यक्षको जिम्मेवारीमा रहनुभएका नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा हाल बर्दिया जिल्ला इन्चार्जको भुमिकामा रहनुभएका पुर्णा सुवेदी यसरी सम्झनुहुन्छ, स्वर्गीय सुवास नेम्वाङलाई । संविधान सभाको अध्यक्ष, उपाध्यक्ष, अन्तरिम व्यवस्थापिका संसदको सभामुख र उपसभामुख भएर पनि हामीले एकै ठाउँमा काम गर्यौं । उहाँसंग काम गर्न त्यति अप्ठेरो भएन, सजिलो नै भयो, सिकाउनु हुन्थ्यो । एउटा वामपन्थी शालिन भद्र, नेकपा एमाले पार्टी भित्र पनि एउटा सन्तुष्ट नेता, सबैलाई सन्तुलित रुपमा ...
जनसांस्कृतिक महासंघ बाँकेद्धारा विकृति, कुरीति एवम् कुसंस्कार विरुद्ध तीज विशेष कार्यक्रम

जनसांस्कृतिक महासंघ बाँकेद्धारा विकृति, कुरीति एवम् कुसंस्कार विरुद्ध तीज विशेष कार्यक्रम

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
समाचारदाता नेपालगन्ज, भदौ २७ । नेकपा माओवादी केन्द्र निकटको कलाकारहरुको संगठन जनसाँस्कृतिक महासंघ बाँकेले नेपालगन्जमा विकृति, कुरीति एवम् कुसंस्कार विरुद्ध सचेतना जगाउँदै तीज विशेष कार्यक्रम गरेको छ । कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दामा शर्माले तीजलाई भड्किलो खर्चिलो तथा रुढीबादी र परम्परागत ढंगले नभई सुशासनका पक्षमा रहेर प्रगतिशील, चेतनामूलक, भ्रष्टाचारविरुद्ध, महिला हिंसाविरुद्ध तथा समाजमा रहेका तमाम विकृति, कुरीति एवम् कुसंस्कारका विरुद्ध समाजलाई सुसूचित गराउदै चेतनामूलक गीत र नृत्यबाट समाजलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले तीजलाई धार्मिक हिसाबले नभएर साँस्कृतिक चाडपर्वका रुपमा मनाउनु पर्नेमा जोड दिनुभयो । नेकपा माओवादी केन्द्रका बाँके संयोजक नरेन्द्र पाण्डे जेम्सले तीजलाई अरुको देखासिकी गरेर आधुनिकताका नाममा पाश्चात्य संस्कृति समाजमा फै...
बाँकेमा मोओवादी रुपान्तरण अभियानको उत्साहजनक शुरुवात, पहिलो दिननै दुईसय बढी पार्टी प्रवेश

बाँकेमा मोओवादी रुपान्तरण अभियानको उत्साहजनक शुरुवात, पहिलो दिननै दुईसय बढी पार्टी प्रवेश

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगन्ज, भदौ १७ । नेकपा माओवादी केन्द्रले सुरु गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान शनिबारबाट देशभरि जस्तै बाँकेका पनि ८१ वटै वडामा एकै पटक निकै उत्साहजनक रुपमा शुरु गरीएको छ । अभियान शुरुवातको पहिलो दिननै बाँकेमा माओवादी प्रति आम नागरीकको अपार आकर्षण र लगाव देखिएको छ । अभियानको शुरुवातका लागि आयोजना गरिएका सबै जसो कार्यक्रममा जनता र कार्यकर्ताको उत्साहजनजक सहभागिता रहेको पाईएको नेकपा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डेले बताउनुभयो । उहाँले अभियानको पहिलो दिननै बाँकेका ८१ वटै वडालाई एकैपटक माओवादीमय बनाईएको जनाउनुभयो । नेकपा माओवादी केन्द्र बाँकेका संयोजक पाण्डेका अनुसार अभियानको पहिलो दिन बिभिन्न पार्टी परीत्याग गरी २०० बढि नेता कार्यकर्ताहरु माओवादी पार्टीमा प्रवेश गरेका छन । जिल्लाका ८ वटै पालिकामा संचालन गरीएका बिभिन्न कार्यक्रममा २०० बढीले पार्टी प्रव...
बाँकेमा माओवादी केन्द्रद्धारा रुपान्तरण अभियानको तयारी तिव्र, नेता कार्यकर्ता बैठक र छलफलमा व्यस्त

बाँकेमा माओवादी केन्द्रद्धारा रुपान्तरण अभियानको तयारी तिव्र, नेता कार्यकर्ता बैठक र छलफलमा व्यस्त

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
जनवर्गिय संगठनहरुको भेला र बैठकको कार्यतालिका सार्वजनिक समाचारदाता नेपालगन्ज, भदौ १२ । नेकपा माओवादी केन्द्रले यही भदौ १६ गतेबाट देशैभर एकसाथ ‘जनजनमा माओवादी, घरघरमा माओवादी’ भन्ने मूल नाराका साथ ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्दैछ । सो रुपान्तरण अभियानलाई बढी भन्दा बढी सफल बनाउन अहिले देशैभरि माओवादी केन्द्रका जिल्लादेखि केन्द्रसम्मका सबै संगठनहरु तयारीमा व्यस्त छन् । सोही क्रममा बाँके जिल्लामा पनि रुपान्तरण अभियानलाई सफल पारेर पार्टीलाई नयाँ उचाईमा पुरयाउने तयारी तिव्र गतिमा भइरहेको माओवादी केन्द्र बाँकेले जनाएको छ । सोही तयारीस्वरुप माओवादी केन्द्र बाँकेले जिल्लाका ८ वटै पालिकामा पार्टीको पालिकास्तरिय विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएर जनवर्गिय संगठनहरुको पनि बैठक तथा प्रशिक्षण कार्यक्रम भइरहेका छन् । माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्रप्रसाद ...
बाँकेमा माओवादी पार्टीलाई नयाँ उचाईमा पुरयाउने मुख्य लक्ष्य लिएको छु – जिल्ला संयोजक पाण्डे

बाँकेमा माओवादी पार्टीलाई नयाँ उचाईमा पुरयाउने मुख्य लक्ष्य लिएको छु – जिल्ला संयोजक पाण्डे

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, साउन २३ । नेकपा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे जेम्सले आफुले बाँकेमा माओवादी केन्द्रलाई नयाँ उचाईमा पुरयाउने मुख्य लक्ष्य र उदेश्यका साथ काम शुरु गरेको बताउनु भएको छ । उहाँले भन्नुभयो – बाँके जिल्लामा माओवादी केन्द्रलाई सबैभन्दा ठुलो दल बनाउने मेरो मुख्य लक्ष्य रहेको छ । सोही उदेश्यका साथ पार्टीलाई नयाँ तरिकाले रुपान्तरण गर्दै अगाडी बढ्नेछु । प्रेस सेन्टर बाँकेको आयोजनामा सेन्टरका केन्द्रिय र प्रदेशसमितका पदाधिकारी र सदस्य लगायत जिल्ला कार्यसमिति र पालिका समितिका पदाधिकारी सम्मिलित मंगलवार भएको बैठकमा बोल्दै संयोजक पाण्डेले माओवादी केन्द्र बाँकेमा अब कुनै पनि गुट उपगुट नभएको र हुन नदिने दावी गर्दै सबैले एक ढिक्का भएर पार्टीको सिद्धान्त र विधान अनुसार काम गर्ने बताउनुभयो । उहाँले हिजोका दिनमा के के भयो र के के भएन त्यसलाई थाति राखेर अब सबैले मिलेर मा...
मानवबेचविखन रोक्न नेपाल र भारतविच अझै बढी सहकार्य र समन्वयमा जोड

मानवबेचविखन रोक्न नेपाल र भारतविच अझै बढी सहकार्य र समन्वयमा जोड

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
समाचारदाता नेपालगञ्ज, जेठ १९ । यहाँस्थित नेपाल भारत जमुनाहा नाका मानव बेचविखनका लागि निकै संवेदनशिल नाका रहेकोले मानवबेचविखन नियन्त्रण गर्न दुबै देशविच अझै बढी सहकार्य र समन्वयमा जोड दिईएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित प्रोटेक्ट परियोजना अन्तर्गत बाँके युनेस्को क्लबले नेपालगञ्जमा आयोजना गरेको नेपाल–भारतका सम्बन्धित अधिकारी र अन्य सरोकारवालाबीचको अन्तरक्रियामा सो कुरामा जोड दिईएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले मानवबेचविखन रोक्न नेपाल र भारतका सम्बन्धित निकाय लगायत संघसंस्थाले अझै गम्भीर भएर लाग्नु पर्ने आवश्यकता औल्याउनुभयो । उहाँले रोजगारी लगायतको लोभमा पारेर दलालले सो कार्य गर्दै आएकोमा चेतनामुलक कार्यक्रममा पनि ध्यान दिनु पर्ने बताउनुभयो । राष्टिय मानवअधिकार आयोग नेपालगञ्जका प्रमुख द्धारिका अधिकारीले अहिले पनि मानवबेचविखन हुनु निकै दुखद भएको ब...
गौ हत्या नियन्त्रणका लागि नरैनापुर गाउँपालिका कस्सियो, संलग्नलाई एक वर्षसम्म सेवा उपलब्ध नगराउने निर्णय

गौ हत्या नियन्त्रणका लागि नरैनापुर गाउँपालिका कस्सियो, संलग्नलाई एक वर्षसम्म सेवा उपलब्ध नगराउने निर्णय

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध, स्वस्थ्य
समाचारदाता नरैनापुर १२ जेठ । बाँकेको नरैनापुर गाँउपालिकामा गौ हत्याको घट्ना बढ्न थाले पछि गाँउपालिकाको गम्भीर ध्यानाकर्षण भएको पालिकाले जनाएको छ । नरैनापुर गााउपालिकाको शुक्रबार बसेको गाँउकार्यपालिकाको बैठकले गौ हत्यामा संलग्नहरुको पहिचान गरी कडा भन्दा कडा कारवाहि गर्न र आगामी दिनमा यस्ता घट्ना दोहोरीन नपाओस भनेर गौ हत्यामा संलग्न भएको प्रमाणित भए १ वर्ष सम्म गाँउपालिकाबाट प्रदान गर्ने कुनै पनि सेवा उपलब्ध नगराउने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी दिनु भयो । पालिकाको बैठकले गौ हत्या गर्ने व्यक्तिको सम्बन्धमा सूचना दिने सूचकलाई हत्यारा प्रमाणित भए १५ हजार रुपियाँ उपलब्ध गराउने निर्णय गर्नुका साथै गौ हत्या नियन्त्रण गर्न सम्बन्धी सूरक्षाकर्मीहरुलाई गाँउपालिकाले अनुरोध गरेको प्रमुख प्रशासकिय अधिकृत खरालले बताउनु भयो । नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद ...
प्रेस सेन्टर बाँकेद्धारा पत्रकार महासंघ बाँकेसंग शुद्धिकरण अभियानसँगै नयाँ सदस्यता वितरणको माग

प्रेस सेन्टर बाँकेद्धारा पत्रकार महासंघ बाँकेसंग शुद्धिकरण अभियानसँगै नयाँ सदस्यता वितरणको माग

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
समाचारदाता नेपालगञ्ज, जेठ ४ । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले सबै प्रदेश र जिल्ला शाखाहरुलाई जारी गरेको सदस्यता शुद्धिकरण अभियानलाई लागू नगरेको भन्दै प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेले बिहीवार नेपाल पत्रकार महासंघ बाँके शाखालाई एक ज्ञापनपत्र बुझाएको छ । ‘नेपाल पत्रकार महासंघले स्वेच्छिक रुपमा सदस्यता परित्याग गर्ने, नवीकरणका क्रममा क्रियाशीलताको आधार खोज्ने लगायतको अभियानको कार्यतालिका सार्वजनिक गरेको अवस्थामा नेपाल पत्रकार महासंघ बाँके शाखाले हालसम्म कुनैपनि प्रक्रिया सुरु नगरेको प्रति हाम्रो संगठनको घोर आपत्ति छ । अविलम्ब शुद्धिकरण अभियानसँगै नयाँ सदस्यता वितरणको प्रक्रिया सुरु गर्न जोडदार माग गर्दछ ।’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ । प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेस आचार्यद्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा अगाडी भनिएको छ, ‘केन्द्रले सुरु गरेको शुद्धिकरण अभ...
मुस्लिम जर्नलिस्ट क्लबद्धारा बाँकेका सात जना व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सम्मान प्रदान

मुस्लिम जर्नलिस्ट क्लबद्धारा बाँकेका सात जना व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सम्मान प्रदान

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, जेठ ४ गते । मुस्लिम जर्नलिस्ट क्लबले विहिबार नेपालगञ्जमा आयोजना गरेको एक बृहत्त कार्यक्रमकाविच बाँकेका सातजना वरिष्ठ व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सेवा सम्मानबाट सम्मानित गरिएको छ । ‘मुस्लिम समुदायको सवाल विषयक अन्तरक्रिया र सम्मान कार्यक्रम’ मा सो सम्मान प्रदान गर्नुका साथै बाँकेमा विजयी हुनुभएका मुस्लिम जनप्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गरेर सम्मानित गरिएको मुस्लिम जर्नलिस्ट क्लब नेपालका अध्यक्ष आलम खानले बताउनुभयो । मुस्लिम जर्नलिस्ट क्लबको संयोजनमा एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसियसन क्यालिफोर्निया अमेरिकाद्वारा वरिष्ठ पत्रकार सिराज खान र डा. डक्ट प्रसाद धिताललाई ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा सम्मान २०२३’, वरिष्ठ समाजसेवी तथा राजनितिज्ञ मोहम्मद हारुनलाई ‘अन्तर्राष्ट्रिय समाज सेवा सम्मान २०२३’, वरिष्ठ वालरोग विशेषज्ञ डा. सकिल अहमदलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्...
माओवादी केन्द्र नेपालगञ्जले भलिवल प्रतियोगितासहित विभिन्न कार्यक्रम गरेर जनयुद्ध दिवस मनाउने

माओवादी केन्द्र नेपालगञ्जले भलिवल प्रतियोगितासहित विभिन्न कार्यक्रम गरेर जनयुद्ध दिवस मनाउने

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, माघ २२ । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले ठुलो पुरस्कार राषिको पुरुष भलिवल प्रतियोगितासहित विभिन्न कार्यक्रम गरेर २७औं जनयुद्ध दिवस भव्यतापुर्वक मनाउने जनाएको छ । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटिले आइतबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कमिटिका अध्यक्ष रतन शाहीले सो जानकारी गराउनु भएको हो । अध्यक्ष शाहीले पत्रकारहरुलाई दिनु भएको जानकारी अनुसार २७औं जनयुद्ध दिवसको अवसरमा माघ २९ गते साँझ ६ बजे नेपालगञ्ज पार्टी कार्यालय र सहिद सेतु वि चोकमा दिप प्रज्वलन गर्ने तथा फागुन १ र २ गते ठुलो पुरस्कार राषिको खुल्ला भलिवल प्रतियोगिता आयोजना गरिने छ । फागुन १ र २ गते आयोजना गरिने खुल्ला पुरुष भलिबल प्रतियोगितामा नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीसहित अन्य गरेर करिब १२ वटा टोलीको सहभागिता रहने अध्यक्ष शाहीले बताउनु भएको छ। उक्त ...