२७ मंसिर २०८२, शुक्रबार

राजनीति

नेपालगञ्जका मेयर उपमेयरले सपथ खाएलगत्तै पदभार ग्रहण गरे, पहिलो दिन ८ वटा निर्णय गरियो

नेपालगञ्जका मेयर उपमेयरले सपथ खाएलगत्तै पदभार ग्रहण गरे, पहिलो दिन ८ वटा निर्णय गरियो

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, जेठ ८ । नेपालगञ्ज उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राई लगायत जनप्रतिनिधीहरुले आइतवार सपथ लिएर कार्यभार समेत ग्रहण गरेका छन । बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट नगर प्रमुखमा निर्वाचित विष्टलाई मुख्य निर्वाचन अधिकृत एवम् बाँके जिल्ला अदालतका न्यायाधीश खडानन्द तिवारीले एक भव्य कार्यक्रमविच सपथ गराउनुभयो । सपथ लिएपछि विष्टले नवनिर्वाचित नगर उपप्रमुख कमरुद्दिन राई र २३ वटै वडाका अध्यक्ष र वडा सदस्यहरुलाई सपथ गराउनुभएको थियो । यसअघि सो सपथ ग्रहण कार्यक्रमको उदघाटन पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले गर्नु भएको थियो । सो अवसरमा बोल्दै उहाँले नेपालगञ्जको विकासका लागि आफुले निरन्तर सहयोग गरि राख्ने जनाउँदै संघ र प्रदेशबाट हुने सबै सहयोग दिलाउन प्रयत्नशिल रहने बताउनुभयो । ...
बाँकेमा निर्वाचनको सबै तयारी पुरा, शुक्रवार विहान ७ बजेबाट मतदान

बाँकेमा निर्वाचनको सबै तयारी पुरा, शुक्रवार विहान ७ बजेबाट मतदान

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, बैशाख २९ । बैशाख ३० गते शुक्रवार सम्पन्न हुने स्थानीय तह निर्वाचनको लागि बाँकेमा सम्पुर्ण तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका विभिन्न पालिकामा निर्वाचन गराउन खटिएका मतदान आधिकृत, सहायक मतदान अधिकृत र सुरक्षाकर्मीहरु मतपत्रसहित आवश्यक निर्वाचन सामग्रीहरुका साथ मतदान केन्द्रमा पुगेर मतदानको तयारी पुरा गरिसकेको बाँकेका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले बताउनुभयो । उहाँले बाँकेका ८ वटै स्थानीय तहका १३६ मतदान केन्द्र र ३७९ मतदान स्थलमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मीहरुले मतदानको लागि आवश्यक पर्ने सबै तयारी पुरा गरिसकेको बताउनुभयो । मतदानको सबै तयारी पुरा भैसकेकोले शुक्रवार विहान ७ बजेबाट मतदान शुरु गराइने तिवारीले बताउनुभयो । समयमा मतदान गराउन सबै कार्य पुरा भैसकेको जानकारी मतदान केन्द्रहरुब...
फरक भिजनका साथ वडा अध्यक्षमा उत्रिएका अजिजको लोकप्रियता बढ्दैछ

फरक भिजनका साथ वडा अध्यक्षमा उत्रिएका अजिजको लोकप्रियता बढ्दैछ

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख २३ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ को अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका अब्दुल अजिज हल्वाई सो वडाका अन्य सबै उम्मेदवार भन्दा फरक भिजन र फरक एजेण्डाका साथ मैदानमा उत्रिएका छन् । उच्च शिक्षा हासिल गरेर अजिजको प्रतिवद्धता देखि प्रचार शैली र वडालाई कस्तो बनाउने भन्ने भिजननै अरुभन्दा निकै फरक तर गज्जबको छ । युवा उमेरमै अत्यन्तै मनकारी, सहयोगी र समाजसेवीको छवि बनाउन सफल उनले वडावासी लगायत सहरभरिकै दुखी मानिसको दुखको समयमा केही मद्दत गर्न सके आफुलाई भाग्यमानि ठान्दछन् । समाजमा बिरामी हुँदा उपचार गर्ने पैसा नभएका, खाने खर्च नभएर एक छाकको भरमा ज्यालामजदुरी गर्ने गरेका, सीप र क्षमता हुँदाहुँदै पनि लगानीको अभावमा खुम्चिएर झण्डै झण्डै कुलतमा फसेका युवालाई देखेपछि उनको मनमा सहयोगको भावना उत्पन्न हुने गरेको छ । जसले उनलाई सहयोग र सेवा गर्न उत्प्रेरित ग...
मेयरमा जिते भने तलव भत्ता केही पनि लिनेछैन–नन्दलाल वैश्य

मेयरमा जिते भने तलव भत्ता केही पनि लिनेछैन–नन्दलाल वैश्य

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख २३ । नेपालगन्ज उपमहानगरपालिकाका राप्रपा पार्टीका तर्फबाट उम्मेदवारी दिएका नन्दलाल वैश्याले तलव भत्ता नलिने प्रतिबद्धता गरेका छन् । उनले यो प्रतिबद्धतालाई आफ्नो प्रतिबद्धताको पहिलो नम्बरमा राखेका छन् । उनले उपमहानगरपालिकाको मेयर पदमा जितेपछि मेयरले पाउने सबै तलब भत्ता नलिने प्रतिबद्धता गरेका हुन । उनले आफुलाई कुनै किसिमको पैसाको मोह समेत नरहेको बताए । वैश्यले दिनभरी वडाको टोल टोलमा गएर कोण सभा गर्दै जनतासँग भेट गरिरहेका छन् । कोण सभाकै क्रममा नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर– १५ मा कोण सभा गर्दै जनताहरुलाई भेटघाट गर्दै र नेपालगन्ज बजार क्षेत्रमा करिब सबैतिर बाटोघाटोको विकास भैसकेको तर गाँउमा विकास नभएको कारणले अबको विकास गाँउ तिर गर्नेमा जोड दिने बताए । उनले गाउँको विकास आफ्नो प्रमुख लक्ष्य हुने समेत बताए । वडा नंं १५ मा ईदगाह र सम्सानघाट सम...
नेपालगञ्जवासीको पहिलो रोजाई म नै हो–पशुपति दयाल मिश्र

नेपालगञ्जवासीको पहिलो रोजाई म नै हो–पशुपति दयाल मिश्र

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख २३ । नेकपा एमालेबाट नेपालगञ्ज उपमहानगरको मेयरका उम्मेदवार पशुपति दयाल मिश्रले जनताको काम गरेको अनुभव र राजनितिक अनुभव दुबै हिसाबले आफुनै नेपालगञ्जवासीको पहिलो रोजाईमा पर्ने दावी गर्नुभएको छ । उहाँले आफ्नो बारेमा विपक्षीहरुले केही अनावश्यक भ्रम फैलाउने काम गरेपनि जनताले उनिहरुको मनसाय बुझीसकेकोले आफुलाई केही फरक नपर्ने बताउनुभयो । मेयरका अन्य उम्मेदवार झै उहाँलाई पनि अहिले घरदैलो र मतदाता भेटघाट गर्न भ्याइनभ्याई छ । विहानैदेखि आफ्नो टोल र गाउँमा आउन जनताको फोन आउन थाल्ने र सो क्रम रातीसम्म पनि जारी रहने मिश्रले बताउनुभयो । उहाँले कतिपय ठाउँमा त पुग्न नै नसकिएको जनाउँदे अन्तिमसम्म सबै ठाउमा पुग्ने लक्ष्यका साथ प्रचार प्रसार गरिरहेको बताउनुभयो । केही समयअघि मात्रै धेरै जना नेता कार्यकर्ताका साथ एमाले प्रवेश गर्नुभएका मेयरका उम्मेदवार मिश्रसँग राजनीतिको...
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी उपाध्यायद्धारा बाँके बर्दियाका प्रहरीलाई निर्देशन

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी उपाध्यायद्धारा बाँके बर्दियाका प्रहरीलाई निर्देशन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख २२ । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआइजी नल प्रसाद उपाध्यायले नजिकिदै गरेको स्थानिय तहको निर्वाचनलाई शान्तिपुर्ण र त्रुटी रहित ढंगले सम्पन्न गराउन कुनैपनि कसर बाँकी नराख्न बाँके प्रहरीलाई निर्देशन दिनुभएको छ । उहाँले सबैले जिम्मेवारीपुर्वक आ आफ्नो कार्य क्षेत्रमा खटिएर निर्वाचनलाई सफल गराउन अहम भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । डीआइजी उपाध्यायले जिल्ला प्रहरी कार्यालय बाँके र बर्दिया तथा मातहतका प्रहरी ईकाईमा कार्यरत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित कार्यक्रममा विहिबार सम्बोधन गर्दै सो निर्देशन दिनुभएको हो । लुम्बिनी प्रदेशको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि पहिलो पटक निरिक्षणका लागि बाँकेमा पुग्नु भएका डीआइजी उपाध्यायले प्रहरीको पहिलो कर्तव्यनै शान्ति सुरक्षा कायम गर्नु र अपराध...
उच्च सुरक्षा अधिकारीद्धारा नेपालगञ्जका मतदानस्थलहरुको स्थलगत अनुगमन

उच्च सुरक्षा अधिकारीद्धारा नेपालगञ्जका मतदानस्थलहरुको स्थलगत अनुगमन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, बैशाख २१ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिंदै गर्दा बाँकेका सुरक्षा अधिकारीहरु मतदानस्थलहरुको सुरक्षा व्यवस्था मिलाउन सक्रिय छन् । नेपालगञ्ज उपमहानगरपालिकाका केही मतदानस्थलहरु अतिसंवेदनशिल रहेकोले ती मतदानस्थलको सुरक्षा कडा पार्न सुरक्षा अधिकारीहरुले उपमहानगरका मतदानस्थलहरुको स्थलगत निरिक्षण शुरु गर्नुभएको छ । निर्वाचनका लागि अब धेरै दिन नबचेकोले शान्तिपुर्ण मतदानको व्यवस्था मिलाउन मतदानस्थलको सुरक्षामा विशेष ध्यान दिईएकोले स्थलगत निरिक्षण शुरु गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले बताउनुभयो । उहाँले उपमहानगरका मतदानस्थलहरुको स्थलगत निरीक्षण शुरु गरिएको जनाउँदै त्यहाँ पुगेर लोकेसन हेर्दै सुरक्षा रणनिति तयार पार्ने कार्य गरिरहेको बताउनुभयो । निर्वाचनका बेला मतदानस्थलमा खटाउनु पर्ने सुरक्षाकर्मीको संख्या र भौतिक पूर...
विकासका सम्भावना बोकेको गठबन्धनको संकल्प पत्र नेपालगञ्जमा सार्वजनिक

विकासका सम्भावना बोकेको गठबन्धनको संकल्प पत्र नेपालगञ्जमा सार्वजनिक

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख २१ । नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारको संकल्प पत्र सार्वजनिक गरिएको छ । बुधबार नेपालगञ्जमा एक समारोहका बीच गठबन्धनमा रहेका पाँच वटै दलका केन्द्रिय नेताहरुले सो संकल्प पत्र सार्वजनिक गर्नभयो । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर, काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, नेकपा (एकिकृत समाजवादी)का केन्द्रिय सदस्य अशोक कोइराला, नेकपा माओवादी केन्द्र नेपालगञ्ज उपमहागरपालिकाका उपाध्यक्ष तारा खत्री, राष्ट्रिय जनमोर्चाका जगदिश ढकाल, नगर प्रमुख पदका उम्मेदवार प्रशान्त बिष्ट, उपप्रमुख पदका उम्मेदवार कमरुद्दीन राई लगायतले संयुक्त रुपमा संकल्प पत्र सार्वजनिक गर्नुभएको हो । ‘पाँच वर्ष, पाँच संकल्प’ भन्ने मुल नाराका साथ सार्वजनिक गरिएको उक्त संकल्प पत्रमा सद्भावको शहर, हरित नगर, रिंङरोड सहितको सडक सञ्जाल र पुर्वाधार, सेवा र सुशासन तथ...
आकासे पुल, पर्यटन क्षेत्र, विश्वविद्यालय र औद्योगिक विकास प्राथमिकतामा छन् –नन्दलाल वैश्य

आकासे पुल, पर्यटन क्षेत्र, विश्वविद्यालय र औद्योगिक विकास प्राथमिकतामा छन् –नन्दलाल वैश्य

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, बैशाख २१ । नेपालगन्ज पश्चिम नेपालको एक ठूलो र ऐतिहासिक सहर हो । यहाँको विकासले सबै ठाउँमा असर गर्छ । यसका साथै यस सहरको आफ्नै विशेषता छ । यहाँ धार्मिक सदभावको उत्कृष्ट नमुना छ । यी कुरालाई ध्यानमा राखेर अब नेपालगन्जमा ठूला र रणनीतिक भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यको सेवाको स्तरोन्नति गर्ने हो । अब नेपालगन्जमा ठूला पार्क, राम्रा पाठशालाहरु, आकासे पुल, पर्यटन विकास, विश्वविद्यालय, औद्योगिक विकासलाई हामीले प्राथमिकता दिने हो । यसका साथै नेपालगन्जको सामाजिक र धार्मिक सदभावलाई बढावा दिने हो । यस सहरलाई विविध धार्मिक उत्सवहरुको सहरका रुपमा विकास गर्ने हो । यहाँको पर्यटन र व्यावसायिक विकासका लागि काम गर्ने हो । स्वास्थ्य सेवाको सुधार गर्ने हो । सबभन्दा दुःखको कुरा हाम्रा युवाहरु बेरोजगार छन् । उनीहरुको रोजीरोटीको ग्यारेन्टीका लागि काम गर्ने हो । रोजगारी सिर्ज...
बर्दियाका दलहरुले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिवद्धता गरे

बर्दियाका दलहरुले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिवद्धता गरे

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार बर्दिया, बैशाख १७ । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा बालबालिकाहरुको प्रयोग हुन नदिने र बालअधिकार उल्लंघन हुनबाट रोक्ने प्रतिवद्धता बर्दिया जिल्लाका राजनितिक दलहरुले गरेका छन् । प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बालबालिका शान्ति क्षेत्र, राष्ट्रिय अभियान, बाँके युनेस्को क्लब, साथी संस्था, बी ग्रुप, गेरुवा ग्रामिण जागरण समाज, स्याक नेपाल र थारु महिला उत्थान केन्द्र लायतका संघ, संस्थाहरुको संयुक्त आयोजनामा बर्दियामा आयोजना गरिएको कार्यक्रममा सो प्रतिवद्धता व्यक्त गरिएको हो । सो कार्यक्रम बालविवाह, चाडै विवाह र जबरजस्ती विवाह रोकथाम परियोजना अन्तर्गत गरिएको थियो । जिल्लाका राजनितिक दल तथा विभिन्न सरोकारवालाहरुसँग स्थानीय निर्वाचन र बालबालिकाहरुका सवालहरु बिषयक गरिएको अन्तरक्रिया कार्यक्रममा सबै दलले सो प्रतिवद्धता व्यक्त गरेको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अल...