मन्त्री राईद्धारा वर्षाको परवाह नगरि पक्की पुल र रक्तसञ्चार केन्द्रको भवन शिलान्यास
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, भदौ ३० । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले सानो समयमा धेरै विकास गर्ने लक्ष्यका साथ आफु मन्त्री बनेको जनाउँदै रातदिन खटिएर विकास निर्माणका योजनाहरु बनाईरहेको र कार्यान्वयनमा लगिरहेको बताउनु भएको छ ।
विहिबार बाँकेमा एक पक्की पुल र रक्तसञ्चार केन्द्र भवन निर्माणको शिलान्यास गर्दै उहाँले सो बताउनुभएको हो । विकास निर्माणलाई कसैले पनि अवरोध गर्न नहुने जनाउँदै विकास विरोधी जनताका विरोधी भएको बताउनुभयो ।
वर्षा नरोकिएपछि पानीमा भिज्दै उहाँले बाँकेको डुडुवा ३ मा बनकट्टीलाई रामपुरवासंग जोड्ने डुडुवा नदीमा निर्माण गरिने पक्की पुल र नेपालगञ्जस्थित भेरी अस्पतालको प्रांगणमा निर्माण गरिने रक्तसञ्चार केन्द्रको भवनको शिलान्यास गर्नु भयो ।
मन्त्री राईले डुडुवा नदीमा पुल नहुँदा स्थानीय वासिन्दालाई आवागमनमा निकै समस्या हुने गरेको र पश्चिम नेपालकै सम...









