समाचारदाता
नेपालगन्ज, चैत १२ । बर्दिया जिल्लाको मधुवन नगरपालिकाले कुनै पनि बालवालिकाहरु शिक्षाको अवसरबाट वन्चित हुन नपरोस भनि १६ वर्ष भित्रका बिद्यालय बाहिर रहेका बालबालिका लगायतको तथ्यांक संकलन शुरु गर्न थालेको छ ।
मधुवन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा र बाँके युनेस्को क्लवको बालिका शसक्त परियोजनाको संयुक्त साझेदारीमा बिद्यालय बाहिर रहेका बालबालिका लगायत अपाङ्घता भएका बालबालिका र १५ वर्ष देखि ४५ वर्ष भित्रका मानिसहरुको तथ्यांक संकलन गर्नका लागि बाल विकासका शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
सो अभिमुखिकरण कार्यक्रममा सहभागि हुनु भएका नगरपालिका भित्रका ६४ जना बाल विकासका शिक्षकहरुले तथ्यांक संकलन कार्य शुरु गर्ने जनाईएको छ ।
बिद्यालय वाहिर रहेका बालवालिकाको सर्वेक्षण गर्ने उदेश्यले सञ्चालन गरिएको सो अभिमुखिकरण कार्यक्रमको अध्यक्षता गर्दै मधुवन नगरपालिका उपमेयर ...
समाचारदाता
नेपालगन्ज, चैत ११ । बाँके युनेस्को क्लबले बर्दियाका दुई वटा पालिकाका शिक्षकहरुका लागि सञ्चालन गरेको लैंगिक रुपान्तरित समावेशी शिक्षण विधि र कक्षा कोठा व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियामा सञ्चालन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरेको हो ।
तीन दिनसम्म सञ्चालन भएको सो तालिमको समापन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व सहरी विकास मन्त्री कृष्णा केसी नमुनाले बिद्यालयलाई लैंगिकमैत्री र अपांगतामैत्री बनाउन तथा मानव बेचबिखन विरुद्ध सचेतना बढाउन यस्ता तालिमले अहम भूमिका निर्वाह गर्ने बताउनुभयो ।
उहाँले बाँके युनेस्को क्लब र प्लान नेपालले स्थानीय सरकारहरूलाई यस्ता विषयमा जागरूक बनाउने र सहयोग गर्ने कार्य गर्दै आएकोमा सराहना गर्नुभयो ।
प्रादेशिक स्तरमा नीति निर्माण र बजेट विनियोजनको लागि आफुले निरन्तर ...
समाचारदाता
नेपालगन्ज, चैत ९ । बाँके युनेस्को क्लबले बर्दियाका दुई वटा पालिकाका शिक्षकहरुका लागि विद्यालयमा सुरक्षित, समावेशी र बालमैत्री वातावरण सिर्जना गर्न लैङ्गिक रूपान्तरणकारी समावेशी शिक्षाशास्त्र र कक्षाकोठा व्यवस्थापन सम्बन्धी तीन दिने तालिम सुरु गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियामा सञ्चालन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत सो तीन दिने तालिम सुरु गरिएको हो ।
सो तालिममा शिक्षकको पेशागत विकासको लागि सहयोग र शिक्षकहरूलाई लैङ्गिक रूपान्तरणकारी समावेशी शिक्षाशास्त्र लागू गर्ने भन्ने विषयमा प्रशिक्षण दिने कार्य भइरहेको बाँके युनेस्को क्लबले जनाएको छ ।
तीन दिनसम्म चल्ने सो तालिममा बर्दियाको मधुवन र राजापुर नगरपालिकाका १० वटा विद्यालयका शिक्षकहरू सहभागी हुनुहुन्छ । सो तालिममा सेवानिवृत्त शिक्षा प्रमुख नीलकण्ठ रेग्मीले सहजीकरण गरिरहनु भएको छ ।
सो ता...
समाचारदाता
नेपालगन्ज, चैत ९ । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर र मधुवन नगरपालिकाका शिक्षकहरुका लागि आत्मसुरक्षा सम्बन्धि प्रशिक्षक प्रशिक्षण सञ्चालन गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियामा कार्यान्वयन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत शिक्षकहरुका लागि सो पाँच दिने प्रशिक्षक प्रशिक्षणको आयोजना गरेको हो ।
बिशेषगरि विद्यालयका शिक्षकहरूलाई आत्मसुरक्षा प्याकेजमा पाँच दिने प्रशिक्षक तालिम दिनका लागि आयोजना गरिएको सो प्रशिक्षणमा बेचबिखन सम्बन्धी विषयहरू समावेश गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
उहाँले तालिमको मुख्य उदेश्य र लक्ष्य शिक्षकहरूको क्षमता, ज्ञान र सीपमा अभिवृद्धि गर्नु रहेको जनाउँदै तालिम लिएर प्रशिक्षक बनेका शिक्षकहरुले विद्यालयका विद्यार्थीहरूलाई आत्मसुरक्षा सम्बन्धि प्याकेज सहज रुपमा दिन सक्ने बताउनुभयो ।
बर्दियाक...
समाचारदाता
नेपालगन्ज, चैत ४ । बाँकेका चर्चित युवा समाजसेवी राजा खान नेपालगन्जले मानव मात्रको सेवा र कल्याणका लागि गठन गरेको राजा खान बिईंग ह्यूमन समुहले जिल्लाको डुडुवा गाउँपालिकामा रहेको एक मदरसामा शौचालय निर्माण शुरु गर्नुका साथै त्यहाँ अध्ययनरत बालबालिकालाई शैक्षिक सामाग्री समेत बितरण गरेको छ ।
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ३ छोटी हलबलडोलीमा रहेको मदरसा शहादतुल उलुममा शौचालय नहुँदा त्यहाँ अध्ययन गर्न आउने बालबालिका र सो मदरसाका शिक्षक तथा धर्मगुरुहरुलाई समस्या परिरहेको थाहा पाएर आफुले आफ्नो समुहको तर्फबाट शौचालय निर्माण कार्यको शुरुवात गरेको समाजसेवी राजा खानले बताउनुभयो ।
उहाँले सो मदरसामा शौचालय निर्माणको शिलान्यास गर्नुका साथै निर्माणमा लाग्ने सम्पूर्ण रकम प्रदान गर्ने जनाउँदै त्यहाँ अध्यनरत विपन्न समुदायका बालबालिकालाई शैक्षिक सामाग्री समेत बितरण गरेको बताउनुभयो ।
...
समाचारदाता
नेपालगन्ज, चैत १ । बर्दिया जिल्लाको दुई वटा पालिकाका स्वास्थ्य चौकीमा नयाँ निर्माण गरिएका किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवनहरु हस्तान्तरण गरिएको छ ।
किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार दोस्रो चरणको परियोजना अन्तर्गत बारबर्दिया नगरपालिकाको वडा नं. १ को पहाडीपुर आधारभुत स्वास्थ्य केन्द्र र गेरुवा गाउँपालिकाको वडा नं. ५ को पशुपतिनगर स्वास्थ्य चौकीमा नयाँ निर्माण गरिएका किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवनहरु हस्तान्तरण गरिएको हो ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोईकाको आर्थिक सहयोगमा प्लान इन्टरनेसनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा निर्माण गरिएको किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवनहरूलाई लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले पालिकाहरुलाई हस्तान्तरण गर्नुभयो ।
हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाल...
समाचारदाता
नेपालगन्ज, फागुन २९ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालित ‘सुरक्षा परियोजना’ सम्बन्धी जानकारी तथा समन्वय बैठक राजापुर नगरपालिकामा सम्पन्न गरेको छ ।
परियोजनाका लक्ष्य, उद्देश्य, प्रतिफल, बजेट र कार्यपद्धति सम्बन्धी जानकारी स्थानीय सरकार तथा प्रमुख सरोकारवालाहरूलाई दिनका लागि सो बैठकको आयोजना गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो ।
राजापुर नगरपालिकाका उपमेयर मनकला कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा प्लान इन्टरनेशनल नेपालका कार्यक्रम विशेषज्ञ दुर्गा कुमारी क्षेत्रीले संस्थाको कार्यपद्धति, विषयगत क्षेत्रहरू, राजापुर नगरपालिकामा सञ्चालित समग्र कार्यक्रमहरू र लक्षित बालबालिकाहरूको अवस्था सम्बन्धी विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो ।
साथै, उहाँले ‘सुरक्षा परियोजना’ का उद्देश्य, गतिवि...
समाचारदाता
नेपालगन्ज, फागुन २५ । बर्दियाको मधुवन नगरपालिकाको वडा नम्बर ४ लाई एक भव्य समारोहकाविच बालविवाहमुक्त वडा घोषणा गरिएको छ ।
प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब, बी ग्रुप, दलित महिला उत्थान केन्द्र, गुड नेबर्स इन्टरनेसनल र सोनाहा विकास समाजको सहकार्यमा मधुवनको वडा नम्बर ४ लाई आधकिारिक रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको हो ।
मधुवन नगरपालिकाका उपमेयर अनिता चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले सो वडालाई बालविवाहमुक्त वडा घोषणा गर्नुभयो ।
सो अवसरमा बोल्दै मन्त्री तिमिल्सिनाले बालविवाह र महिला हिंसा रोक्नका लागि महिलाहरु आफै सक्रिय भएर अगाडी आउनुपर्ने बताउनुभयो ।
उहाँले सानै उमेरमा बालबालिकाको बिवाह गर्दा बालबालिकालाई पर्ने सामाजिक र मानसिक असरले उनीहरूको विकास हुन नसक्ने र स्वास्थ्यमा प्र...
समाचारदाता
नेपालगन्ज, फागुन २३ । बर्दियाको गुलरिया नगरपालिकाको थप एक वडालाई पनि बालविवाहमुक्त वडा घोषणा गरिएको छ । नगरपालिकाको वडा नम्बर २ लाई पनि बालविवाहमुक्त वडा घोषणा गरिएको हो ।
महिला बालबालिका शाखा र गुलरिया नगरपालिका वडा न २ को आयोजनामा बाँके युनेस्को क्लब, प्लान इन्टरनेसनल नेपाल र दलित महिला उत्थान केन्द्रसँगको सहकार्यमा गुलरिया नगरपालिका वडा नम्बर २ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ ।
गुलरिया नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष टंक प्रसाद अधिकारीको अध्यक्षतामा आयोजित भव्य समारोहमा उक्त घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गुलरिया नगरपालिकालाई बालविवाहमुक्त पालिका बनाउने उदेश्यले वडाहरुलाई बालविवाहमुक्त घोषणा गरिएको बताउनुभयो ।
उहाँले सन् २०८१ भित्र गुलरिया नगरपालिकालाई बालविवाहमुक्त क्षेत्र बनाउने प्रतिबद्धता अनुसार नै बालविवाह...
समाचारदाता
नेपालगन्ज, फागुन १३ । बाँके युनेस्को क्लबले बर्दिया मधुवन नगरपालिकाका युवालाई लक्षित गरेर ठाकुरद्धारामा तीन दिने बाल बेचबिखन विरुद्धको सचेतनामूलक र घट्ना रिपोर्टिङ तालिम सुरु गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत मधुवन नगरपालिकाका युवा स्वयंसेवक र युवा दूतहरुकालागि बाल बेचबिखन विरुद्धको सो तालिम सुरु गरेको हो । उक्त तालिम तीन दिनसम्म चल्नेछ ।
तालिमको मुख्य उद्देश्य युवा दूतहरूलाई बाल बेचबिखन लगायत बाल संरक्षणको ज्ञान दिनुका साथै सशक्त बनाउनु र उनीहरूलाई उपयुक्त प्रतिवेदन संरचना र संयन्त्रहरू मार्फत बाल बेचबिखन लगायत सुरक्षा उलंघनका घटनाहरू विश्वस्त रूपमा रिपोर्ट गर्न सक्षम पार्नु रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
उहाँले सो तालिममा ५ जना पुरुष र १५ जना महिला गरी जम्मा २० जना युवा दूतहरुको...