Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the all-in-one-seo-pack domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wpreactions-lite domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the add-search-to-menu domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the olympus-google-fonts domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170 शिक्षा | नेपालगञ्ज पाटी - Page 10
समाचारदाता
नेपालगन्ज, २ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिकामा स्थानीयस्तरमा युवा सहभागिता प्रवद्र्धनगर्न “कला शक्ति हो” बिषयक कार्यशाला सञ्चालन गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत सो कार्यशाला शुरु गरेको हो ।
उक्त कार्यशालाको प्रमुख उद्देश्य किशोरीहरूलाई गीत, कविता, नृत्य, नाटक, चित्रकला, भाषण, गायन र लोक युगल गीतहरूमार्फत आफ्नो अन्तर्निहित ऊर्जा, रचनात्मकता, भावना, आवाज र सरोकार व्यक्तगर्न प्रोत्साहित गरेर सशक्त बनाउनु रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
सो कार्यशालाको उदघाटन गर्दै प्लान इन्टरनेशनल नेपालकी युवा अभियान कार्यक्रम विशेषज्ञ लक्ष्मी चौधरीले यस्ता कार्यशालाहरुबाट बालिका तथा किशोरीहरुको भित्र लुकेका प्रतिभालाई उजागर गर्न मद्दत मिल्ने बताउनुभयो ।
बाँके युनेस्को क्ल...
समाचारदाता
नेपालगन्ज, १ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरद्वारास्थित थारु होम रिसोर्टमा हरित फोटो र भिडियोग्राफी सम्बन्धी तीन दिने तालिम विहिबारबाट सुरु गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको ग्रिन इकोनोमि परियोजना अन्तर्गत सो तालिम शुरु गरिएको हो ।
शनिवारसम्म चल्ने सो तालिममा राजापुर र ठाकुरबाबा नगरपालिकाका १८ देखि २४ वर्ष उमेरका १० जना युवतीहरूले सहभागिता रहेको ग्रिन इकोनोमि परियोजनाका संयोजक राधेकृष्ण थारुले बताउनुभयो ।
उहाँका अनुसार सो तालिमको मुख्य उदेश्य वातावरणीय दिगोपन, हरित अर्थतन्त्र र जलवायु परिवर्तनमा केन्द्रित उच्च गुणस्तरका तस्बिर र भिडियोहरू खिच्ने क्षमता बढाएर युवा महिलाहरूलाई सशक्त बनाउनु हो ।
यसले उनीहरूलाई आफ्नो समुदाय भित्रका स्थानीय वातावरणीय मुद्दाहरू र हरित पहलहरूलाई दस्तावेजीकरण र हाइलाइट गर्न आवश्यक सीपहरू प्रदान गर...
स्थानीय तहमा युवा सहभागिता सम्बन्धि कार्यशाला सम्पन्न
समाचारदाता
नेपालगन्ज, जेठ १ । बर्दिया जिल्लाको मधुवन र गुलरिया नगरपालिकामा स्थानीय तहमा युवा सहभागिताको कार्यविधि निर्माण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यशाला सम्पन्न गरिएको छ ।
दुबै पालिकामा बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत सो कार्यशाला सम्पन्न गरिएको हो ।
कार्यशालाको प्रमुख उद्देश्य राष्ट्रिय युवा परिषद्ले विकास गरेको सन्दर्भ निर्देशिकामा आधारित रहेर स्थानीय तहको युवा सहभागिता सम्बन्धि आफ्नै कार्यविधि निर्माण गर्नु रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
मधुवन नगरपालिका वडा नम्बर ४ को आयोजनामा मधुवनमा सञ्चालन गरिएको युवा सहभागिता सम्बन्धी अभिमुखीकरण वडा नम्बर ४ का वडा अध्यक्ष बलिराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ...
समाचारदाता
नेपालगन्ज, बैशाख ३० । बर्दिया जिल्लाको मधुवन नगरपालिकामा “एक घर, एक पढाइ कुना” अभियानलाई अभिभावकहरूले सक्रिय सहयोग गरेर आफ्ना बालबालिकाको शिक्षामा बिशेष ध्यान दिएको पाईएको छ ।
नगरपालिकामा पढाइ कुनाको बारेमा अनुगमन टोलीले गरेको अनुगमनका क्रममा आफ्ना बालबालिकाका लागि पढ्ने बानी विकास गर्न, नियमित गृहकार्य गराउन र विद्यालय जान उत्प्रेरित गर्ने कार्यमा अभिभावक आफै सक्रिय रहेको पाईएको शिक्षा समन्वय इकाइ बर्दियाले जनाएको छ ।
शिक्षा समन्वय इकाइ बर्दियाका प्रमुख सूर्य बहादुर बिष्टको संयोजकत्वमा रहेको अनुगमन टोलीले मधुवन नगरपालिकाको वडा नम्बर १ र २ मा पुगेर बालबालिकाको अध्ययनकालागि अनुकूल वातावरण सृजना गर्न बनाइएका पढाइ कुनाहरूको स्थलगत निरिक्षण अवलोकन गरेको थियो ।
अनुगमन गर्दा अभिभावकहरुले आफ्ना बालबालिकाको शिक्षाका लागि “एक घर, एक पढाइ कुना” अभियानलाई तिव्रता दिएर काम गरिरहेको ...
समाचारदाता
नेपालगन्ज, बैशाख ३० । बर्दियाको मधुवन नगरपालिकामा मानव बेचविखन नियन्त्रण समितिका सदस्य तथा सरोकारवालाहरुकालागि बाल संरक्षण तथा मानव बेचबिखनका घटना ब्यबस्थापन सम्बन्धि तीन दिने तालिम सुरु भएको छ ।
मधुबन नगरपालिकाको आयोजना, प्लान इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लबको आर्थिक तथा प्राबिधिक सहयोगमा सुरक्षा परियोजना अन्तर्गत सो तालिम संचालन गरिएको हो ।
उक्त तालिममा पालिकाका उपप्रमुख, नगरप्रवक्ता, वडा अध्यक्षहरु, महिला बालबालिका शाखा प्रमुख, कार्यपालिका सदस्यहरु, प्रधानाध्यापकहरु, बरिष्ठ सहायक प्रहरी निरीक्षक लगायतको सक्रिय सहभागिता रहेको छ ।
मानब बेचबिखन तथा ओसारपसारका घटना नियन्त्रण समितिका सदस्यहरुको क्षमता विकास गर्ने उदेश्यले संचालित सो तालिमको उदघाटन सत्रको संचालन गर्दै बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बिकले तालिमको उदेश्य बारे जानकारी गराउनुभयो ।
मधुबन नग...
समाचारदाता
नेपालगन्ज, बैशाख २८ । बर्दियाको मधुवन नगरपालिकालाई बालविवाहमुक्त पालिका घोषणा गर्ने अभियान अन्तर्गत सो पालिकाका वडाहरुलाई एकपछि अर्को गरि बालविवाहमुक्त वडा घोषणा गर्ने कार्यलाई तिव्र पारिएको छ ।
सो क्रममा पछिल्लो पटक मधुवनको वडा नं. ६ लाई एक भव्य कार्यक्रमकाबिच मधुवन नगरपालिकाका मेयर तेजबहादुर भाटले बालविवाहमुक्त वडा घोषणा गर्नुभयो ।
सो अवसरमा बोल्दै मेयर भाटले तीन वर्षभित्र मधुवनमा बालविवाह दर शून्यमा झार्ने र वि.सं. २०८५ सालभित्र सम्पूर्ण वडालाई बालविवाहमुक्त घोषणा गर्ने गरि पालिकाका काम भइरहेको बताउनुभयो ।
उहाँले सोही अवसरमा हस्ताक्षर अभियानको उदघाटन गर्दै उपस्थित सरोकारवालाहरूबाट १० बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर समेत गराउनु भयो ।
वडा नं. ६ का वडा अध्यक्ष चन्द्रसिंह गुरुङको अध्यक्षतामा सम्पन्न भएको बालविवाहमुक्त घोषणा कार्यक्रममा जनप्रतिनिधि, नागरिक समाज, अभिभावक...
अधिवक्ता मीना पराजुली
प्रारम्भ
कर्णालीको मेरो पहिलो साक्षात्कार जन्मले होइन, अनुभूति र अपनत्वले कर्णालीसँग मेरो सम्बन्ध गहिरिएको हो । म कर्णालीमा जन्मिएकी होइन । सन् २००९ को एउटा उज्यालो बिहान, जब म नेपालगञ्जबाट कर्णालीतर्फको यात्रा सुरु गरे, म केबल नयाँ ठाउँ जानलागेकी थिइन, आफ्नो सोच, दृष्टिकोण र जीवनको दिशा बदल्ने यात्रामा लागेकी रहेछु ।
राकमको एक सानो होटेलको छतबाट जब मैले पहिलो चोटि यहाँको कठोर यथार्थ नियालेँ विद्यालय नपुगेका बालबालिका, किशोरीहरूको चुपचाप गरिएको विवाह र महिलाहरूको अदृश्य संघर्ष, म अवाक् भएँ । हरियाली पहाडको अँगालोमा लुकेको त्यो मौन पीडा मेरो मनमा एउटा गहिरो प्रश्न बनेर उब्जियो यी हरियाली पहाड र नदीहरूको पछाडि किन यति पीडा ।
सुरुवातको साहस सानो कदम, गहिरो प्रभाव
मेरो पहिलो पहल अत्यन्त सामान्य थियो । एक गाउँमा बाल संरक्षणबारे संवाद गर्नु । तर जब एउटी आमाले भावुक...
समाचारदाता
नेपालगन्ज, बैशाख २३ । बर्दियाको मधुवन नगरपालिकाको शैक्षिक योजना २०८२–२०९१ र शिक्षा नीति २०८१ को प्रस्तावित मस्यौदामाथि छलफल कार्यक्रम सम्पन्न भएको छ ।
मधुवन नगरपालिकाका मेयर तथा शिक्षा समितिका संयोजक तेज बहादुर भाटको अध्यक्षतामा सम्पन्न भएको सो छलफल कार्यक्रममा उपमेयर अनिता चौधरी, सम्पूर्ण वडा अध्यक्षहरू, शिक्षा विज्ञहरू, प्याब्सन प्रतिनिधि, शिक्षक संघ संगठनका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापकहरू तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको उपस्थिति रहेको थियो ।
प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी–ग्रुपको सहकार्य र मधुवन नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजना गरिएको सो छलफल कार्यक्रम मधुवन नगरपालिकामा गठित कार्यदलको लामो छलफलबाट तयार गरिएको प्रस्तावित मस्यौदालाई थप व्यापक बनाउन आवश्यक सुझाव र बहसद्वारा अन्तिम रूप दिने बिषयमा केन्द्रित रहेको थ...
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रीद्धारा प्रमाणपत्र बितरण
समाचारदाता
नेपालगन्ज, बैशाख २१ । बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नम्बर आठलाई पनि वालविवाह मुक्त वडा घोषणा गरिएको छ ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमितिसनाले एक भव्य समारोहका विच मधुवन नगरपालिकाको वडा नम्बर आठ वडालाई वालविवाह मुक्त वडा घोषणा गर्नुभयो । सो अवसरमा मन्त्री तिमिल्सेनाले वडा नम्बर आठका वडा अध्यक्ष मेक बहादुर गुरुङलाई बाल विवाहमुक्त घोषणाको प्रमाणपत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सेनाले बालविवाह रोक्न संघसंस्थाले गरेको सहयोग निकै सराहनीय रहेको उल्लेख गर्दै सरकारले बाल विवाहलाई कडा रुपमा रोक्न सम्बिन्धत निकायलाई निर्देशन दिएको बताउनुभयो ।
बालविवाह विरुद्धको राष्ट्रिय रणनीतिक योजना अनुसार वडामा बालविवाहको दर १५ प्रतिशतभन्दा कम रहेमा बालविवाह मुक्त घोषणा गर्न सकिन...
समाचारदाता
नेपालगन्ज, बैशाख १६ । बर्दिया जिल्लाको मधुबनमा सिमा क्षेत्रका सुरक्षाकर्मी तथा सरोकारवालाकालागि मानव बेचबिखन तथा ओसारपसार रोक्न दुई दिने तालिम सम्पन्न भएको छ ।
मानब बेचबिखन तथा ओसारपसारका घटना नियन्त्रणबारे सिमा क्षेत्रका सुरक्षाकर्मी तथा सरोकारवालाहरुको क्षमता विकास गर्ने उदेश्यले सो तालिम संचालन गरिएको हो ।
मधुबन नगरपालिकाको आयोजना, प्लान इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लबको आर्थिक तथा प्राबिधिक सहयोगमा सुरक्षा परियोजना अन्तर्गत संचालित सो तालिममा पालिकाका उपमेयर, वडा अध्यक्ष, बरिष्ठ प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख, महिला बालबालिका शाखा प्रमुख, शसस्त्र प्रहरी निरीक्षक, सहायक प्रहरी निरीक्षक लगायत २३ जनाको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमको समापन समारोहमा बोल्दै मधुवन नगरपालिकाका उपमेयर अनिता चौधरीले मानव बेचबिखन तथा ओसारपसारका घटना नियन्त्रण गर्न स्थ...