समाचारदाता
नेपालगञ्ज, साउन २३ । बाँके युनेस्को क्लबका संस्थापक अध्यक्ष तथा हालका प्रमुख संरक्षक वरिष्ठ समाजसेवी प्रवेज अली सिद्दिकीलाई नाईस अवार्ड २०२२ बाट सम्मानित गरिएको छ ।
नाईस नेपालगञ्जको आयोजनामा सोमवार सम्पन्न तेस्रो साधारण सभा, बार्षिकोत्सव तथा प्रथम अधिबेशनमा समाजसेवी सिद्धिकीलाई सो अवार्ड प्रदान गरिएको हो ।
बिगत तीन दशक देखि बाँके युनेस्को क्लबका माध्यमबाट अविछिन्न सामाजिक सेवामा समार्पित सिद्धिकीलाई कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति, बाँकेका उपप्रमुख सिता कार्की र संस्थाका अध्यक्ष नमस्कार शाहले संयुक्त रुपमा १० हजार नगद सहित कदर पत्र प्रदान गरेर सम्मान गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी कार्कीले सामाजिक परिवर्तनका लागि संघ, संस्थाहरुले पुर्याएको योगदानको चर्चा गर्नुभयो ।
सम्मानित व्यक्तित्व बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्धिकीले निस्वा...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, साउन २२ । नेपालगञ्जस्थित बागेश्वरी मन्दिरको पुर्वतर्फ रहेको खाली जग्गामा अत्याधुनिक बाल पार्क (चिल्ड्रेन पार्क) को निर्माण सुरु भएको छ । करिब ६ करोड रुपियाँ लागत अनुमान रहेको सो वाल पार्कको आईतबार नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शिलान्यास गर्नुभयो । यहि पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरि एक करोड ८२ लाख रुपियाँमा उच्च कोटी गोरखनाथ बजरङ्ग जेभीले निर्माणको जिम्मा पाएको छ ।
भवन निर्माणको शिलान्यास गरेपछि नगर प्रमुख विष्ट, उपप्रमुख कमरुद्धिन राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले समयभित्रै गुणस्तरयुक्त काम गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो ।
करिब ५.५ कट्ठा जग्गामा पहिलो चरणमा रेष्टुरेन्ट,पार्किङ, फुटपाथ, सटर सहित बालपार्कका लागि आधारभुत काम हुनेछ । डिपिआर अनुसार आधुनिक संरचना सहितको वाल पार्क र दुईतल्ले रेष्ट...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, साउन ९ । जानकी गाउँपालिका वडा नम्बर ५ को आयोजनामा सामुदायिक विद्यालयका २५ जना छात्रालाई साइकल वितरण गरिएको छ । विद्यालय शिक्षामा छात्राहरुको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीहरुलाई आकर्षित गर्न साइकल वितरण गरिएको वडा नम्बर ५ ले जनाएको छ।
वडा कार्यालय बेलहरीले एक समारोहबीच वडा परिसरमै छात्राहरुलाई साइकल हस्तान्तरण गर्दै गाउँपालिका प्रमुख छब्बन खाँले उच्च शिक्षासम्म पुग्ने शुभकामना दिनुभयो । कार्यक्रमका प्रमुख अतिथी रहनु भएका गाउँपालिका प्रमुख खाँले विद्यालय शिक्षामा छात्राको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीलाई साइकल हस्तान्तरण गरिएको बताउनु भयो । उहाँले घर भन्दा दुरीमा विद्यालय पर्ने कक्षा ९ मा अध्ययनरत छात्राहरुलाई प्राथमिकतामा राखेर साइकल वितरण गरिएको बताउनुभयो । वितरण कार्यक्रमका सभापति वडा नम्बर ५ का वडा अध्यक्ष टिकानाथ यादवले व...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, साउन ८ । बाँके युनेस्को क्लबद्धारा सात सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । संस्थालाई समय समयमा आवश्यक सुझाव र सल्लाह दिनुका साथै सहयोग समर्थनका लागि जिल्लाका सात जना वरिष्ठ व्यक्तित्वहरुलाई सल्लाहकार समितिमा मनोनयन गरिएको क्लबका प्रमुख संरक्षक तथा संस्थापक अध्यक्ष प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले क्लबको १० औं अधिवेसनबाट नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले सात जनाको सल्लाहकार समिति गठना गरेको बताउनुभयो । क्लबको सल्लाहकारमा मनोनित हुनुभएकाहरुमा वरिष्ठ पत्रकारहरु सिराज खान, विजय बर्मा, रुद्र सुवेदी, राकेश मिश्र, नरेन्द्र थपा र झलक गैरे तथा वरिष्ठ धार्मिक गुरु मौलाना अब्दुल जब्बार मन्जरी रहनु भएको छ ।
यसैगरि सोही बैठकले संस्थाको वरिष्ठ उपाध्यक्षमा पन्चम गुरुंगलाई मनोनित गरेको छ । यसअघि शनिवार सम्पन्न साधारणसभा र अधिवेसनको बन्द सत्रले वरिष्ठ उपाध...
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, ७ साउन । बाँके युनेस्को क्लबको शनिवार सम्पन्न दशौं अधिवेशनले रवि तुलाधरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
तुलाधरको अध्यक्षतामा निर्वाचित भएको कार्यसमितिको उपाध्यक्षमा ललिता चौधरी, महासचिवमा बुद्धेश जैसवाल, कोषाध्यक्षमा फिरदौस जहाँ खान, सचिवमा सोबिया सिद्दिकी शाह निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत साजिद अली सिद्दिकीले बताउनुभयो ।
उहाँका अनुसार कार्यसमितिको सदस्यहरुमा भाबुक जंग थापा, फरमान अली सिद्दिकी, मीना भुसाल, जावेद सिद्दिकी, मीना चौधरी र शाहिल अन्सारी निर्वाचित हुनु भएको छ ।
सोही अधिवेसनले नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरात र नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य दिपक सरकारलाई आजिवन मानार्थ संरक्षकमा मनोनित गरेको छ भने निवर्तमान अध्...
कोभिड रोक्न अहम भूमिका निभाउने चिकित्सक र स्वास्थ्यकर्मीको सम्मान
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, ७ साउन । बाँके युनेस्को क्लबले आफ्नो ३३ औँ बार्षिक साधारणसभा तथा १० औँ अधिवेसन विविध कार्यक्रमका साथ शनिवार नेपालगन्जमा सम्पन्न गरेको छ ।
सो साधारणसभा र अधिवेसनको उद्घाटन प्रमुख अतिथि नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरातले एक भव्य समारोहका विच गर्नुभयो ।
सो अवसरमा बोल्दै उहाँले देशभरिकै सबैभन्दा राम्रो र उत्कृष्ट युनेस्को क्लबको कार्यक्रममा सहभागि हुन पाउँदा गर्व महसुस भैरहेको बताउनुभयो । उहाँले ३३ वर्षको अवधीमा क्लबले गरेका कामहरु अतिनै सराहनीय र उल्लेखनीय रहेको बताउनुभयो ।
सो अवसरमा नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य दिपक सरकारले बाँके युनेस्को क्लबलाई आफुहरुले शुरु देखिनै सहयोग गर्दै आएकोमा य...
सिराज खान
नेपालगञ्ज, साउन ५ । देव्यानी इन्टरनेशनल नेपाल प्रालिद्धारा सञ्चालित केएफसीले नेपालगञ्जको मदरसामा अध्ययनरत विपन्न तथा गरिब बाल बालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
विहिबार यहाँस्थित मदरसा दारुल उलुम बरकातियामा आयोजित एक कार्यक्रममा बरकातियाका ३१६ जना अतिविपन्न तथा गरिब बालबालिकालाई जनही एक स्कुल व्याग र ६ वटा कपी वितरण गरियो ।
विपन्न भएका कारण व्याग समेत खरिद गर्न नसक्ने मदरसाका अति विपन्न बालबालिकालाई सामाजिक उत्तरदायीत्व अन्तर्गत ३१६ वटा व्याग र कपी वितरण गरिएको देव्यानी इन्टरनेशनल नेपालका प्रमुख विजय शर्माले बताउनुभयो ।
उहाँले अतिनै गरिब बिद्यार्थिलाई सहयोग गर्न पाउँदा निकै खुशी लागेको जनाउँदै संस्थाले सधैं गरिब र विपन्नलाई सहयोग गर्दै आएको बताउनुभयो ।
सो अवसरमा केएफसीका नेपाल प्रमुख शर्मा लगायत वित्तिय प्रमुख ऋतुराज शाह, एचआर प्रमुख दिपेश भट्ट, अप्रेसन प्रमु...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख ७ गते । मधेसी तथा मुस्लिम छात्राहरुलाई उच्च शिक्षाका लागि सहजता प्रदान गर्न नेपालगञ्जमा महिला कलेज निर्माण गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाले निर्माण गरेको मङ्गलप्रसाद महिला कलेजको बुधबार उद्घाटन गरिएको छ । पुर्वाञ्चल बिश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादवराज कोइराला, नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, प्रदेश सांसद आईपी खरेलले बुधबार औपचारिक कार्यक्रमका बीचमा कलेजको उद्घाटन गर्नुभयो ।
कलेजको उद्घाटन गर्दै प्रा.डा. कोइरालाले पुर्वाञ्चल विश्व विद्यालयले निजी क्षेत्रबाट सञ्चालित मात्रै नभएर समुदायस्तरबाट सञ्चालित कलेजलाई पनि सम्बन्धन दिनका लागि प्राथमिकता दिने गरेको बताउनुभयो ।
नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले नेपालगञ्जमा मधेसी र मुस...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख ४ । पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राईले धम्बोझी उच्च माविलाई जिल्लाकै नमुना विद्यालय बनाउनु पर्नेमा जोड दिनुभएको छ । उहाँले गर्न चाहेमा सरकारी विद्यालयले पनि निजि भन्दा राम्रो नतिजा दिनसक्छ भन्ने कुरा यो विद्यालयले प्रमाणित गरिदिएको बताउनुभयो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सो विद्यालयमा निर्माण गर्न लागिएको चार कोठे भवनको आइतवार शिलन्यास गर्दै पुर्वमन्त्री राईले सो बताउनुभएको हो ।
उहाँले नेपालगञ्जकै सबैभन्दा उत्कृष्ट सरकारी विद्यालयको रुपमा रहेको यो विद्यालयमा कक्षा कोठा निर्माण र शिक्षक दरबन्दी बढाउन तीनवटै तहको सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले विगतमा आफ्नो संसदीय कोषबाट यस विद्यालयलाई ५० लाख रुपियाँ प्रदान गरेको जनाउँदै भविष्यमा पनि सहयोग गरिराख्ने बताउनुभयो ।
सो अवसरमा विद्यालयको अव...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख २ । बाँके जिल्लामा संचालनमा रहेका ई रिक्सा चालकहरुका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले एक महिने प्रशिक्षण कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
नेपाल ई रिक्सा व्यवस्थापन प्रालि बाँकेको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले १ महिने प्रशिक्षण कार्यक्रम संचालन गरेको बाँकेका ट्राफिक प्रहरी प्रमुख हिमालय शाहले बताउनुभयो । उहाँका अनुसार प्रशिक्षण कार्यक्रम नेपालगंज उप महानगर पालिका वडा नं १० स्थित ई रिक्सा व्यबस्थापन प्रालिको हलमा संचालन भैरहेको छ ।
सो प्रशिक्षण कार्यक्रममा ई रिक्सा चालकहरुलाई ट्राफिक नियम, दुर्घटना हुने कारणहरु, लेन अनुसाशन, ई रिक्सा चलाउदा चालकले ध्यान दिनुपर्ने कुराहरु र सवारीको अवस्थाका सम्बन्धमा प्रशिक्षण दिने कार्य गरिरहेको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक शाहले जनाउनु भयो । प्रशिक्षणबाट चालकहरुले ट्राफिक नियम...