नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १५ कात्तिक । चाडपर्वको मुखमा आएर बाँकेमा खाद्यान्न लगायत तरकारीको भाउ अत्याििधक बृद्धि गरिएको छ । मनपरि भाउ गर्दा समेत कतैबाट अनुगमननगरिएको अधिकांश स्थानीय बासिन्दाको गुनासो छ ।
पछिल्लो समयमा खाद्यान्न तरकारी लगायत सबै बस्तुको मुल्य वृद्धि गरिएपनि नियन्त्रण गर्ने निकायले ध्यान निदएको नेपालगञ्ज ११ का रिजवान सिद्दिकीले बताउनुभयो । उहाँले सो बारेमा जानकारी माग्दा थोक विक्रि गर्नेलेनै मुल्य बृद्धि गरेको जानकारी दिने गरेको बताउनुभयो । ढाड सेक्ने गरि अधिकांश वस्तुमा मनपरि मुल्य वृद्धि गर्दा समेत कुनै पनि निकायले अंकुश लगाउन नखोज्नु आश्चार्यको विषय बनेको छ ।
चामल, दाल, लगायतको खाद्यान्न तथा तरकारीको मूल्य पसल पिच्छे फरकफरक पाइएको स्थानीय आम उपभोक्ताको गुनासो छ ।
नेपालगञ्जमा रहेका तरकारी मण्डी रानी तलाउ, नर्सिङ होम नजिक, धम्बोझी लगायतका ठाउँमा फरकफरक किसिमले बिक...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १५ कात्तिक । तिहार नजिंकिदै गर्दा बाँके जिल्लास्थित संयुक्त बजार अनुगमन टोलीले बजार अनुगमन गर्दा सोमवार ठुलो परिमाणमा अखाद्य मिठाई फेला पारेको छ ।
सहरका विभिन्न मिठाई पसलमा अनुगमन गर्दा ८० किलो अखाद्य मिठाई भेटिएपछि नष्ट गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगञ्जका प्रवक्ता देवीलाल चौलागाईले बताउनुभयो ।
उहाँले तिहार दिपावलीलाई लक्षित गरेर मिठाइ पसलहरुको अनुगमन गर्दा बिग्रीएको एवं खान अयोग्य ८० केजी विभिन्न प्रकारको मिठाई फेला परेपछि नष्ट गरिएको जनाउनुभयो ।
चाडपर्वको बेलामा बजारमा कृतिम मुल्य बृद्धि, म्याद नाघेका सामानको बिक्रि लगायत गुणस्तरहीन सामानहरु समेत विक्रि गरिने हुँदा अनुगमनलाई तिव्र पारिएको प्रवक्ता चौलागाईले बताउनुभयो ।
उहाँले तिहारमा मिठाई सबैभन्दा बढी विक्रि हुने हुँदा उपभोक्ताले हानिकारक मिठाई खान नपरोस भन्ने उ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १५ कात्तिक । कोरोना लागेपछि बीमा रकम पाउने आशमा बीमा गराएकाहरुले भुक्तानी दावी गरेको एकवर्षपछि पनि रकम नपाएपछि २० बीमा कम्पनी विरुद्ध उच्च अदालतमा मुद्दा दायर गरिएको छ ।
बीमा गराएपछि कोरोना संक्रमित भएकाहरले बीमाको रकम भुक्तानी नपाएपछि उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा मुद्दा दायर गरेको मानव अधिकारकर्मी भोला महतले बताउनुभयो ।
सार्वजनिक सरोकारको बिषय बनाउँदै बाँकेका कानुन व्यवसायी तथा मानव अधिकारकर्मीहरुले सोमवार सो मुद्दा दायर गरेको उहाँले जनाउनुभयो ।
नेपालगञ्जमा रहेका बीमा कम्पनीहरुका २० वटा शाखा विरुद्ध रिट दायर गरिएको नेपाल बार एशोसिएसनका उपाध्यक्ष सुनिलकुमार श्रेष्ठले बताउनुभयो ।
बीमा कम्पनीहरुले २०७८ साल असार मसान्तसम्म बीमा रकम भुक्तानी गर्ने अवधि तोके पनि भुक्तानी नपाएपछि ती कम्पनीहरुलाई विपक्षी बनाएर रिट दायर गरिएको उहाँले बताउनुभयो ।
नेपाल...
सिराज खान
नेपालगञ्ज, कात्तिक १५ गते । कोरोना कहरका कारण डेढ वर्षदेखि बन्द रहेका नेपालगञ्जका अधिकांश क्यासिनो पुनः संचालनमा आएका छन् । भारतीय पर्यटकको आवागमन सहज भएसँगै नेपालगञ्ज लगायतका सीमावर्ति सहरहरुमा क्यासिनोमा व्यवसाय पुनः बढ्न थालेको हो ।
नेपालगञ्जमा सञ्चालनमा ल्याईएका क्यासिनो व्यवसायका लागि प्रमुख बजार मानिएको भारतमा कोरोना संक्रमित भेटिने दर निकै कम हुँदै गएपछि अहिले फेरी क्यासिनो खेल्नका लागि भारतको लखनउ, गोण्डा, बहराईच, बाराबंकी, सितापुर र लखिमपुरबाट भारतीयहरु आउन थालेका छन् ।
्भारतको केन्द्रिय राजधानी दिल्लीबाट समेत केही भारतीय क्यासिनो खेल्न नेपालगञ्ज आउने गरेको जनाईएको छ ।
सरकारले सीमा क्षेत्र पहिलेकै जस्तै गरेर खुला गरिदिएसँगै यहाँ सञ्चालित चारतारे र पाँचतारे होटलमा रहेका क्यासिनोले आफ्नो सेवा पुनः सुरु गरेका हुन् ।
पछिल्लो समय नेपालगञ्जमा सञ्चालित क्यासिनोमा भारतीय ना...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १५ कात्तिक । पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले शिक्षाको पुर्वाधार विकासलाई प्राथमिकता दिएर आफुले निरन्तर काम गरिरहेको बताउनु भएको छ ।
नेपालगञ्ज १ स्थित धम्बोझी उच्च माविको निरिक्षण र अवलोकनका लागि सोमवार विद्यालयमा पुग्नु भएका पुर्वमन्त्री राईले धम्बोझी उच्च माविले सरकारी विद्यालयहरुको शान बढाउने काम गरेको जनाउँदै यस्ता विद्यालयलाई भरपुर सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
यसअघि संसदीय विकास कोषबाट विद्यालयको पुर्वाधार विकासका लागि ५० लाख रुपियाँ दिएको स्मरण गराउँदै उहाँले आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
यस्ता विद्यालयलाई स्थानीय र प्रदेश सरकारले पनि विभिन्न सहयोग गर्नु पर्ने बताउँदै पुर्वमन्त्री राईले त्यसका लागि समेत आफुले पहल गर्ने जनाउनुभयो ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिक...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १५ कात्तिक । लुम्बिीनी प्रदेशको शान्ति सुरक्षा, अपराधजन्य घटना न्युनिकरण र चोरी तस्करी नियन्त्रणकाालागि सुरक्षा व्यवस्था कडा बनाइने भएको छ ।
बर्दियाबाट निर्वाचित प्रदेशसभा सदस्य तिलक शर्मा हिमाल प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रीमा नियुक्त भएलगत्तै प्रदेशको सुरक्षा व्यवस्था कडा पार्न विशेष रणनिति र योजना तयार पार्न उहाँले प्रदेश सुरक्षा समन्वय समीतिलाई निर्देशन दिनुभएको छ ।
उहाँले सो निर्देशन प्रदेश सुरक्षा समन्वय समीतिको वैठकमा दिनु भएको हो । मन्त्री शर्माको अध्यक्षतामा बसेको सो बैठकले प्रदेशको शान्ति सुरक्षा अपराध नियन्त्रण लागु औषध नियन्त्रण मानव वेच विखन र विपद वयस्थापनका विषयमा सुचना संकलन विश्लेषण तथा सम्प्रेषण सम्वन्धमा आपसी सहकार्य गरी थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।
समीतिले उक्त बैठकबाट आउदै गरेको तिहार, छठ लगायतका चाडपर्वको अव...
मुना हमाल
सुर्खेत, कात्तिक १५ गते । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीहरु आज पदमुक्त हुनु हुने भएको छ । उहाँहरु तीनै जना गैर सांसद भएकाले आजदेखि पदमुक्त हुन लाग्नु भएको हो ।
समाजबादी पार्टीका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अमर बहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा आज पदमुक्त हुँन लाग्नु भएको हो । उहाँहरु एमालेमै रहँदा फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिए पछि सांसद पदबाट पदमुक्त हुनु भएको थियो ।
गैरसांसद छ महिना भन्दा बढी मन्त्री बन्न नपाउने कानुनी व्यवस्थाका अनुसार तीनै जना मन्त्रीहरु आज पदमुक्त हुन लाग्नु भएको हो । एमाले विभाजन भए पछि तीनै जना नेकपा ९एकिकृत समाजबादी० मा हुनुहुन्छ ।
समाजबादीकी सांसद देवी ओलिले रिक्त रहेको आफ्ना पार्टीका तीन जना मन्त्रीको पदमुक्...
सिराज खान
नेपालगञ्ज, १४ कात्तिक । पश्चिम नेपालकै प्रमुख सहर नेपालगञ्ज अहिले देशमै धार्मिक र सामाजिक सदभावको नमुना मानिन्छ । केही वर्ष पहिले यस्तो अवस्था थिएन ।
तर, अहिले आएर यो सहरको धार्मिक, सामाजिक सदभाव धेरै ठाउँका लागि उदाहरण बन्ने गरेको छ । यो यस्तै र आफै भएको होइन । यसका लागि हिन्दु मुस्लिम दुबै धर्मका धर्मगुरु, अगुवा र राजनितिज्ञहरुले ठुलो मिहिनेत गरेका छन् ।
त्यसैले त अहिले यहाँ हरेक चाडपर्व र धार्मिक कार्यक्रमहरुमा सबै धर्मावलम्बी र समुदायको उल्लेख्य सहभागिता र सहयोग हुने गरेको छ ।
हरेक चाडपर्व आउनु भन्दा पहिले अन्तरधार्मिक सदभाव समितिको बैठकले स्थानीय प्रशासन र प्रहरीसंग संयुक्त रुपमा बसेर पर्वलाई सभ्य तथा भव्य बनाउन निर्णय गर्दै आएको छ ।
सो कार्यमा बागेश्वरी मन्दिरका मुल महन्त चन्दननाथ योगी, मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरी, दुबै धर्म समुदायका अगुवाहरु मोहम्मद ई...
सिराज खान
नेपालगञ्ज, कात्तिक १४ गते । मुस्लिम समुदायद्धारा सउदी अरबको मक्का मदिनामा हरेक वर्ष गरिने अनिवार्य धार्मिक कार्य हज को व्यवस्थापनका सम्पुर्ण प्रक्रियाहरुलाई विद्युतीय प्रणाली मार्फत गरिने भएको छ ।
सो का लागि केन्द्रिय नेपाल हज समितिले तयार गरेको ‘हज व्यवस्थापन सुचना प्रणाली’का बारेमा अहिले देशका विभिन्न जिल्लामा पुगेर सम्बन्धितलाई जानकारी गराउने कार्य गरिरहेको छ ।
सोही क्रममा नेपाल सरकारको गृहमन्त्रालय अन्तर्गतको नेपाल हज समितिको सचिवालयले आइतवार नेपालगञ्जमा एक दिने क्षमता विकास कार्यक्रमको आयोजना गर्यो ।
कार्यक्रममा बाँके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुर, दांग र सल्यान जिल्लाका जिल्ला प्रशासन कार्यालय तथा ईलाका प्रशासन कार्यालयका फोकल पर्सन र कम्प्युटर अपरेटरको सहभागिता रहेको थियो ।
हजयात्रीको यात्रा व्यवस्थापनका सम्पुर्ण प्रक्रिया र कार्यलाई पुर्णत विद्युतीय प्रणाली...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १४ कात्तिक । धार्मिक सामाजिक एकता मन्च नेपालले आइतवार जिल्ला प्रशासन कार्यालय बाँके मार्फत सरकारलाई ज्ञापनपत्र पठाउँदै पाकिस्तान, अफगानिस्तान र बंगलादेशका अल्पसंख्यक समुदायमाथि भैरहेको अत्याचार र विभेदको कडा निन्दा गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीलाई आइतवार बुझाईएको ज्ञापन पत्रमा विभिन्न देशमा भैरहेको अल्पसंख्यक माथिको अत्याचार विभेदको भत्र्सना गर्दै भारतको त्रिपुरा राज्य लगायतका ठाउहरूमा जाति धर्मको नामबाट मुस्लिम र दलीत लगायत अल्पसंख्यक समुदायमाथि भै रहेको आक्रमणलाई आतंकवादी हमलाको संज्ञा दिंदै निन्दा गरिएको छ ।
ज्ञापनपत्रमा भनिएको छ – त्यस्ता दुष्ट आतंकवादी मानसिकताको हामी नेपाली कडा भर्त्सना गर्दछौ । यस्ता मानवता विरोधी दूषित मानसिकताका आतंकवादी संघ संगठनहरूलाई कडा सजाय दिलाउन पहलको लागि नेपाल सरकारसंग अपील गर्दछौं ।
सो ज्ञा...