२१ जेष्ठ २०८३, बिहीबार

मुख्य समाचार

भ्रष्ट्राचारको मुद्दा खेपिरहेका व्यक्तिसंग दान लिनु पनि भ्रष्ट्राचार हो–अध्यक्ष प्रचण्ड

भ्रष्ट्राचारको मुद्दा खेपिरहेका व्यक्तिसंग दान लिनु पनि भ्रष्ट्राचार हो–अध्यक्ष प्रचण्ड

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगन्ज, कात्तिक ५ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्ट्राचारको मुद्दा खेपिरहेका व्यक्तिसंग दान लिनु पनि एक प्रकारको भ्रष्ट्राचारनै भएको बताउनुभएकोछ । कर्णाली प्रदेशको जुम्लामा आयोजित कार्यक्रममा सहभागि हुन जाने क्रममा सोमवार विहान नेपालगन्ज विमानस्थलमा पुग्नु भएका अध्यक्ष प्रचण्डले पत्रकारहरुसंग संक्षिप्त कुरा गर्दै सो बताउनु भएको हो । उहाँले भन्नुभयो–‘ललिता निवास जग्गा प्रकरणको भ्रष्ट्राचारमा मुछिएर पक्राउ परि जमानतमा छुट्नु भएका मिन बहादुर गुरुंगको मुद्दा अझै अदालतमा बिचाराधिन रहेको अवस्थामा उहाँसंग दान लिनु अतिनै गलत कार्य हो, यो पनि एक प्रकारको भ्रष्ट्राचारनै हो ।’ यो सरकार भ्रष्ट्राचार बिरुद्धको अभियानबाट डराएर बनेको तथा यसले भ्रष्ट्राचारीलाई जोगाउने प्रयास गर्नेछ भनि आफुले सरकार छाडेको बेला संसदमा बोलेको कुरा अ...
शिक्षकहरुको एकिकृत पाठ्यक्रमसम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

शिक्षकहरुको एकिकृत पाठ्यक्रमसम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, असोज ३ । बर्दियाको गुलरियामा सञ्चालन गरिएको एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिन कार्यशाला गोष्ठि सम्पन्न भएको छ । प्लान नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद शाखा गुलरिया नगरपालिकाको समन्वयमा सञ्चालित शसक्त बालिका परियोजना अन्र्तगत सो कार्यशालाको आयोजना गरिएको हो । सो कार्यशालामा गुलरिया नगरपालिका अन्र्तगतका ४६ वटा सामुदायिक बिद्यालयका कक्षा १ देखि ३ सम्मका १४० जना शिक्षकहरुको सहभागिता रहेको शसक्त बालिका परियोजना संयोजक गोबिन्द प्रसाद लामिछानेले जानकारी दिनु भयो । उहाँले सो गोष्ठिको मुख्य उदेश्य बिद्यार्थीहरुको सिकाई प्रकृया तथा मुल्याङ्कन पद्धतिमा सहजता ल्याउनका लागि बिद्यार्थीहरुको मानसवटलमा सकारात्मक लैगिंक अभ्यासहरुको सिकाई, समाजमा रहेका नकारात्मक लैगिंक अवधारणा सम्बन्धि सोचहरुमा परिवर्तन, बिधार्थीहरुको व्यवहारमा परिवर्तन ल्याउन...
नरैनापुर र राप्तीसोनारीमा सञ्चालित भारी वर्षा तथा जलमग्नता पूर्वानुमान परियोजनाको अनुगमन

नरैनापुर र राप्तीसोनारीमा सञ्चालित भारी वर्षा तथा जलमग्नता पूर्वानुमान परियोजनाको अनुगमन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, भदौ ३० । युके एड, स्टार फन्ड नेटवर्कको सहयोग र प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बाँकेमा सञ्चालन गरिएको एन २३ अन्तर्गत तराईका जिल्लाहरूमा भारी वर्षा र जलमग्नता पूर्वानुमान परियोजनाको जिल्लास्थित एक उच्च स्तरीय टोलीले अनुगमन गरेको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा रहेको उच्चस्तरीय टोलीले नरैनापुर गाउँपालिका ६ र राप्ती सोनारी गाउँपालिका ७ मा परियोजनाले गरेको कामको अनुगमन निरिक्षण गरेको थियो । टोलीले नरैनापुर ६, गंगापुरमा गरिएको स्वास्थ्य चौकीको मर्मत कार्य र सुरक्षित आश्रय भवनमा जडान गरिएको उचाइमा राखिएको ह्याण्ड पम्पको निरीक्षण गरेको थियो । सोही प्रकारले सो टोलीले राप्तीसोनारी गाउँपालिका ७, सर्रामा रहेको स्वास्थ्य चौकीको भ्रमण गरी मर्मत कार्य र उचाइमा राखिएको ह्याण्ड पम्पको निरीक्षण गरेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि ...
प्लान इन्टरनेशनल हङकङको उच्चस्तरीय टोलीद्धारा बाँके र बर्दियाको भ्रमण

प्लान इन्टरनेशनल हङकङको उच्चस्तरीय टोलीद्धारा बाँके र बर्दियाको भ्रमण

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, भदौ ३० । प्लान इन्टरनेशनल हङकङका प्रतिनिधिहरूको एक उच्चस्तरीय टोलीले बाँके र बर्दियाको भ्रमण गरेर दुबै जिल्लामा सञ्चालित परियोजना र ती परियोजनाले पारेको प्रभावका बारेमा बिस्तृत जानकारी लिएको छ । प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा दुबै जिल्लामा सञ्चालन गरिएका परियोजनाले समाजमा पारेको प्रभावसंगै देखिएका समस्याका बारेमा पनि सो टोलीले छलफल गरेको बाँके युनेस्को क्लबले जनाएको छ । सो उच्च्स्तरीय टोलीमा प्लान इन्टरनेशनल हङकङका डा कानिए सियु, टेलिभिजन अभिनेत्री एवं सेलिब्रिटी एम्बेसडर म्यान्डी वोंग, फन्ड रेजिङ म्यानेजर चेर्ब, कम्युनिकेसन म्यानेजर जान, म्यान्डीका सहायक तथा फोटोग्राफर ड्यानियल, भिडियोग्राफर एमी र रेमन्ड रहनु भएको थियो । उहाँहरुसंगै प्लान नेपालका व्यवसाय विकास निर्देशक उपेन्द्र श्रेष्ठ, कम्युनिकेसन म्यानेजर श्रीजना बज्राचार्य र स्...
बाँके र बर्दिया जिल्लामा संचालित परियोजनाको स्टार्ट फण्ड नेपालद्धरा अनुगमन

बाँके र बर्दिया जिल्लामा संचालित परियोजनाको स्टार्ट फण्ड नेपालद्धरा अनुगमन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, भदौ २० । बाँके युनेस्को क्लबद्धारा बर्दिया र बाँके जिल्लामा संचालन गरिएको तराईका जिल्लामा भारी बर्षा र डुवान पुर्वानमानमा आधारित तयारी परियोजनाको दुबै जिल्लामा अनुगमन गरिएको छ । युके एड र स्टार्ट फण्ड नेपालको सहयोग तथा प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा संचालन गरिएको सो परियोजनाको स्टार्ट फण्ड नेपालका कार्यक्रम ब्यबस्थापक प्रमिला सुबेदी, अगुमन तथा मुल्यांकन बिज्ञ राजु आचार्य र प्लान ईन्टरनेशनल नेपालका निमित्त बिपद् सल्लाहकार फुर्वा मोक्तान एवं कार्यक्रम ब्यबस्थापक अम्बिकाप्रसाद तिमिल्सेनाले अनुगमन गर्नुभयो । अनुगमन टोलीले सबैभन्दा पहिले जिल्ला आपत्कालीन संचालन केन्द्र बाँकेसँग छलफल गरेको थियो । उक्त छलफलमा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङ्ग, बिपद् फोकल पर्सन रुपन ज्ञवाली र नरैनापुर गाउँपालिकाका अध्य...
बाढी र डुबानबाट जोगाउन ‘कामका लागि नगद’ क्रियाक्लाप सञ्चालन

बाढी र डुबानबाट जोगाउन ‘कामका लागि नगद’ क्रियाक्लाप सञ्चालन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, भदौ १३ । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकामा स्थानीयलाई बाढी र डुबानबाट जोगाउन कामको लागि नगद क्रियाक्लाप सञ्चालन गरेको छ । युके एड र स्टार्ट फण्ड नेटवर्कको सहयोग र प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबले बाँके र बर्दियामा सञ्चालन गरेको ‘एन २३ एन्टिसिपेसन हैभी रैन फल एण्ड लोकल इनुन्डेसन परियोजना’ अन्तर्गत गुलरिया नगरपालिकामा सो क्रियाक्लाप सञ्चालन गरिएको हो । गुलरिया ५ बालापुरमा सञ्चालन गरिएको कामका लागि नगद क्रियाक्लापमा सो स्थानका ३० जनाको सहभागिता रहेको जनाउँदै बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले उनिहरुले आफ्नो टोल क्षेत्रलाई बाढी र डुबानबाट जोगाउन पानी जम्न नदिन नालाहरु सफा गर्ने, सिंचाइ नहर र बाटोहरु सफा गरेर पानीको सहज निकासका लागि काम गरिरहेको बताउनुभयो । उहाँले यो कामका लागि नगद क्रियाक्लापले स्थानीय सम...
नेपालगन्जबाट एक करोड बढीको सुन र चाँदीसहित चारजना हिरासतमा

नेपालगन्जबाट एक करोड बढीको सुन र चाँदीसहित चारजना हिरासतमा

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, भदौ ११ । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले एक करोड रुपियाँ बढी मूल्यको अवैध सुनचाँदीका गरगहना बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले सुन ४०७ ग्राम, चाँदी १०.६१३ किलोग्राम र सवारीसाधन सहित एक करोड पाँच लाख तेत्तिस हजार चार सय सड्चालिस रुपियाँ मूल्यको गरगहना बरामद गरिएको जानकारी दिनुभयो । घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी डाँगीले भन्नुभयो, ‘नेपालगन्ज उप–महानगरपालिका ११ बीपी चोक आसपासमा सोमबार अवैध सुन चाँदीको कारोबार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गरगहना सहित पक्राउ गरेको हो ।’ प्रहरीले बर्दिया राजापुर नगरपालिका ८ का नेपाली थारुले चलाएको प्रदेश ०३०१– ०२४ च ६७६३ नम्बर को कारमा रहेका राजापुर ४ का निम प्रकाश सुनारको सा...
बाँकेमा मनोसामाजिक प्राथमिक उपचार अभिमुखीकरण सम्पन्न

बाँकेमा मनोसामाजिक प्राथमिक उपचार अभिमुखीकरण सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, भदौ ११ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालद्वारा बाँकेको राप्तीसोनारी गाउँपालिकामा मनोसामाजिक प्राथमिक उपचार  सम्बन्धि अभिमुखीकरण सम्पन्न गरिएको छ । तराइका जिल्लाहरूमा हुने भीषण वर्षा र स्थानिय जलमग्नता सम्बन्धी एन–२३ नेपाल प्रत्याशा परियोजना अन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको सहकार्य र यूके एड र स्टार्ट फण्ड नेपालको सहयोगमा राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ९ मा मनोसामाजिक प्राथमिक उपचार (पीएफए) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । सो अभिमुखिकरण कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडा नम्बर १, २, ४, ५ र ६ का जम्मा १७ जना स्वयंसेवकहरू (१४ महिला र ३ पुरुष) ले सहभागिता जनाई अभिमुखीकरण लिनुभयो । प्रशिक्षणले मनोसामाजिक प्राथमिक उपचारको आधारभूत सिद्धान्त र सिद्दान्तहरू, स्थिरीकरण विधिहरू र हस्तक्षेपका लागि लक्षित समू...
सल्यानका १०६ बर्षिय बृद्धको नेशनल अर्थोपेडिक अस्पतालमा जटिल शल्यक्रिया सफल, ८७ बर्षिय छोरा थिए कुरुवा

सल्यानका १०६ बर्षिय बृद्धको नेशनल अर्थोपेडिक अस्पतालमा जटिल शल्यक्रिया सफल, ८७ बर्षिय छोरा थिए कुरुवा

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगन्ज, भदौ ९ गते । स्वास्थ्य उपचारका लागि पश्चिम नेपालकै हब मानिने नेपालगन्जमा १०६ बर्षिय एक बृद्धको जटिल खालको शल्यक्रिया सफलतापूर्वक समपन्न गरिएको छ । नेशनल अर्थोपेडिक अस्पताल नेपालगन्जमा सल्यान वनगाड कुपिण्डे नगरपालिका–७ साँग्रेका १०६ वर्षीय पदम बहादुर शाहको भाँचिएको हिपको हड्डीको शल्यक्रिया सफलतापूर्वक गरिएको हो । हिपको हड्डी भाँचिएको शल्यक्रिया जटिल नभएपनि १०६ बर्षका बृद्धको हिपको हड्डी भाँचिएको शल्यक्रिया गर्नु परेकोले उमेरका हिसाबले सो शल्यक्रिया निकै जटिल बनेको नेशनल अर्थोपेडिक अस्पतालका सञ्चालक अर्थोपेडिक सर्जन डा.सैयद सद्दामले बताउनुभयो । उहाँले थप्नुभयो–‘उमेरका हिसावले यो एकदमै जोखिमपूर्ण अवस्थाको शल्यक्रिया हो, हाम्रो टिमले अत्यन्तै सावधानीपूर्ण तरिकाले सफलतापूर्वक शल्यक्रिया गरयो । एकदमै खुसी लागेको छ ।’ डा. सद्दामले उमेरका कारण खाटबाट खस्दा शाहको हिपको ...
मानवबेचविखन रोकथामका लागि नेपाल र भारतका अधिकारीबिच समन्वयात्मक बैठक

मानवबेचविखन रोकथामका लागि नेपाल र भारतका अधिकारीबिच समन्वयात्मक बैठक

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, भदौ ८ । खुला सीमानाका कारण सीमा नाकाबाट भइरहेको मानवेचविखन रोकथामका लागि नेपाल र भारतका सुरक्षा अधिकारी लगायत विभिन्न सरोकारवालाबिच नेपालगन्जमा समन्वयात्मक बैठक सम्पन्न भएको छ । बाँके युनेस्को क्लब र अपच्र्युनिटी भिलेज नेपालले संयुक्त रूपमा सो बैठकको आयोजना गरेको थियो । बैठकमा सहभागि दुबै देशका सुरक्षा अधिकारीहरू, स्थानीय सरकारी प्रतिनिधिहरू, नागरिक समाजका संगठन र सामाजिक कार्यकर्ताहरूले मावबेचविखन रोक्न दुबै देशविच समन्वय, सहकार्य र सहयोग आदान प्रदानको आवश्यकतामा जोड दिएका छन् । बैठकको अध्यक्षता गर्दै अपच्र्युनिटी भिलेज नेपालका कार्यकारी निर्देशक एन्टोनिया सुसाइले मानवबेचविखन गम्भीर अपराध भएकोले सो रोक्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । बाँके जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङले मानव बेचबिखनलाई निष्तेज गर्न समाजमा जनचेतना बढाउनुका साथै...