८ माघ २०८२, बुधबार

मुख्य समाचार

युवा समाजसेवी मलिकले राष्ट्रिय टोपी दिवसमा प्रहरीलाई ढाका टोपी वितरण गरे

युवा समाजसेवी मलिकले राष्ट्रिय टोपी दिवसमा प्रहरीलाई ढाका टोपी वितरण गरे

ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, पुस १६ । १३ औं राष्ट्रिय टोपी दिवसका अवसरमा नेपालगन्जमा सर्वसाधारण र प्रहरीलाई ढाका टोपी वितरण गरेर टोपी दिवस मनाईएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत सबै प्रहरीलाई पुग्ने गरि वडा नम्बर ५ का युवा समाजसेवी अजिज मलिकले ढाका टोपी वितरण गर्नु भएको हो । मलिकले वडा प्रहरी कार्यालयका केही प्रहरीहरुलाई टोपी लगाउनुका साथै बाँकी सबैलाई पुग्ने गरि वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक हरि बहादुर विसीलाई ढाका टोपी हस्तान्तरण गर्नुभयो । सो अवसरमा उहाँले अधिकांशले अंग्रेजी नयाँ वर्ष मनाएको तर आफ्नै मौलिकता बोकेको राष्ट्रियता झल्काउने टोपी दिवसका बारेमा धेरैलाई थाहा नभएको पाएको जनाउँदै सबैलाई जानकारीका लागि केही सर्वसाधारण लगायत प्रहरीलाई टोपी वितरण गरिएको बताउनुभयो । वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरिक्षक बिसीले राष्टिय टोपी दिवस बारे सचेत...
पेशागत स्वास्थ्य सहयोग परियोजनाबाट ६ सय किसान र सफाईकर्मी परिवार प्रत्यक्ष लाभान्वित

पेशागत स्वास्थ्य सहयोग परियोजनाबाट ६ सय किसान र सफाईकर्मी परिवार प्रत्यक्ष लाभान्वित

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
परियोजनाको सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई सम्पन्न समाचारदाता नेपालगन्ज, पुस १४ । एमडीएम फ्रान्सको आर्थिक सहयोगमा भेरी वातावरणीय विशिष्टता समुह बि ग्रुपद्धारा बाँकेका तीन वटा पालिकामा सञ्चालन गरिएको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजनाको सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ । कार्यक्रममा सहभागि नेपालगन्ज उपमहानगर, डुडुवा र खजुरा गाउँपालिकाका स्थानीय सरकारका प्रतिनिधिहरु, विभिन्न सरोकारवाला संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले कार्यक्रम निकै महत्वपुर्ण रहेकोले यसलाई जिल्ला भरि विस्तार गर्नुपर्ने माग गरेका थिए । परियोजनाले सानो अवधीमा सरसफाईकर्मी र किसानको पेशागत सुरक्षा र स्वास्थ्यमा विशेष योगदान गरेकोले यस्ता परियोजना हरेक पालिकामा आवश्यक रहेको सहभागि सबेकौ भनाई थियो । कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरका उपप्रमुख कमरुद्दीन राईले नेपालगन्जका ...
माओवादीको प्रमुख मिसन समाजवाद हो–उपमहासचिव जनार्दन शर्मा

माओवादीको प्रमुख मिसन समाजवाद हो–उपमहासचिव जनार्दन शर्मा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, पुस १४ । नेकपा माओवादी केन्द्रका केन्द्रिय उपमहासचिव जनार्दन शर्मा प्रभाकरले माओवादी केन्द्रको प्रमुख मिसन समाजवाद भएको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाँकेद्धारा शनिवार यहाँस्थित त्रिभुवन चोकमा आयोजना गरिएको मधेसी, मुस्लिम र थारु मुक्ति मोर्चाको संयुक्त सभालाई सम्बोधन गर्दै उहाँले सो बताउनुभयो । पूर्व अर्थमन्त्री तथा माओवादी केन्द्रका उपमहाुसचव शर्माले माओवादीको अबको यात्रा भनेको समाजवाद, सुशासन, समृद्धि र देशको विकास रहेको जनाउँदै सो लक्ष्य प्राप्तीका लागि पार्टीलाई सशक्त र बलियो बनाउने उदेश्यले नै रुपान्तरण अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले माओवादी केन्द्रले देशका ६ हजार ७४३ वटा वडामा सञ्चालन गरेको जनजनमा माओवादी, घरघरमा माओवादी भन्ने विशेष रुपान्तरण अभियानले जनतामा माओवादीप्रति फेरी पनि आशा जगाएको र कार्यकर्तामा उत्साह थपेको बताउन...
शनिबार नेपालगन्जमा हुने कार्यक्रममा माओवादी नेता जनार्दन शर्माले सम्बोधन गर्ने

शनिबार नेपालगन्जमा हुने कार्यक्रममा माओवादी नेता जनार्दन शर्माले सम्बोधन गर्ने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, पुस १३ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत शनिबार नेपालगन्जमा हुने कार्यक्रमलाई सम्बोधन गर्नु हुने भएको छ । पुस १४ गते शनिबार नेपालगन्जको त्रिभुवन चोकस्थित पूर्व लाईनमा आयोजना गरिने कार्यक्रमलाई उपमहासचिव शर्माले सम्बोधन गर्ने माओवादी बाँकेका सचिब डिल्ली बरालले जानकारी दिनुभयो । मुस्लिम मुक्ति मोर्चा, थारु मुक्ति मोर्चा तथा मधेसी मुक्ति मोर्चाको संयुक्त जिल्ला भेलाको उदघाटन कार्यक्रमलाई नेता शर्मासहित अन्य केन्द्रिय नेताहरुले पनि सम्बोधन गर्ने सचिब बरालले बताउनुभयो । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत शनिबार नेपालगन्जमा उक्त कार्यक्रमको आयोजना गरिएको माओवादी बाँकेका संयोजक नरेन्द्र पाण्डेले जनाउनु भएको छ । उहाँले माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत जिल्लाका आठवटै पालिकामा विभिन्न अभिय...
नयाँ वर्षको स्वागतमा चर्चित गायक प्रकाश दूतराज नेपालगन्जको सिद्धार्थ भ्युमा गुन्जिने

नयाँ वर्षको स्वागतमा चर्चित गायक प्रकाश दूतराज नेपालगन्जको सिद्धार्थ भ्युमा गुन्जिने

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, विविध
सिराज खान नेपालगन्ज, पुस १२ । पछिल्लो समयमा श्रोताहरुद्धारा निकै रुचाइएका चर्चित गायक प्रकाश दूतराज नेपालगन्जमा गुन्जिने भएका छन् । चारतारे होटल सिद्धार्थ भ्यु मा अंग्रेजी वर्ष २०२४ को स्वागतार्थ आयोजना गरिने ‘न्यू इअर इभ’ मा गायक दूतराज गुन्जिने छन्् । उहाँका ‘रिमै’, ‘चोली मैलो भो’, ‘बैनी झ्यालैमा’, ‘घर कता हो बैनीको’, ‘लाहुर जाने रेलैमा’ लगायत गितहरु निकै चर्चामा रहेका छन् । सिद्धार्थ ग्रुप अफ हष्पिटालिटीका निर्देशक केशव न्यौपानेले प्रकाशले हालैमात्र मध्यपश्चिमको परिरवेशलाई समेटेर ल्याएको नयाँ गीत ‘रिमै’ लाई यस क्षेत्रका स्रोता–दर्शकले अत्यधिक रुचाएका कारण ‘न्यू इअर इभ’ मा उहाँलाई ल्याउन लागेको बताउनुभयो । उहाँले एक दशक यता नेपालगन्जमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित अंग्रेजी नयाँ बर्ष र नेपाली विक्रम सम्बतलाई स्वागत गर्न न्यु इअर इभ कार्यक्रमको आयोजना गर्दै आएको जनाउँदै यस वर्ष ६ ...
पुस २७ र २८ मा बाँके जिल्लास्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता हुने

पुस २७ र २८ मा बाँके जिल्लास्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता हुने

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, पुस १० । यही पुस २७ र २८ गते मोडेल तेक्वान्दो एकेडेमी बाँकेको आयोजनामा बाँके जिल्ला स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता नेपालगन्जको महेन्द्र रंगशालामा हुने भएको छ । प्रतियोगिता बारे जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा सो जिल्लास्तरीय प्रतियोगितामा ४९४ जना खेलाडीले प्रतिस्पर्धा गर्नेे मोडेल तेक्वान्दो एकेडेमीका प्रमुख तथा संयोजक होम बहादुर सुनारले बताउनुभयो । उहाँले प्रतियोगितामा बाँके जिल्लाका १३ डोजाङका खेलाडीहरुको सहभागिता रहने जनाउँदै तेक्वान्दो खेलाडीहरुले आफनो क्षमता प्रदर्शन गर्नका लागी प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । आइटीएफ तेक्वान्दो संघ कर्णाली प्रदेशका अध्यक्ष तथा प्रतियोगिताका संयोजक समेत रहनु भएका सुनारका अनुसार खेलको माध्यमबाट एकताको भावना सिर्जना गर्नुका साथै आन्तरिक तथा बाह्य खेल पर्यटनको अवधारणाको विकासमा पनि प्रतियोगिताबाट सहयोग म...
बाँकेमा ३३ करोडको कागज प्रशोध उद्योग निर्माण प्रक्रिया शुरु, शेयर सदस्यता वितरण

बाँकेमा ३३ करोडको कागज प्रशोध उद्योग निर्माण प्रक्रिया शुरु, शेयर सदस्यता वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगन्ज, पुस ९ गते । बाँकेमा कागज प्रशोधन उद्योग निर्माणको तयारी अगाडी बढाइएको छ । एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिले एक्सीलेन्ट पेपर मिल कम्पनी लिमिटेडको नाममा सो उद्योग निर्माणको तयारी अगाडी बढाएको हो । एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिले राप्तीसोनारी गाउँपालिका २ महेन्द्रपुरमा आयोजना गरेको विशेष भेला तथा शेयर सदस्यता वितरण कार्यक्रममा एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिका संस्थापक अध्यक्ष ज्योतिलाल भण्डारीले उद्योग निर्माण प्रक्रिया अगाडी बढाइएको बताउनुभयो । कार्यक्रममा ५१ जनालाई प्रालिको शेयर सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल र एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिका संस्थापक अध्यक्ष भण्डारीले सो कार्यक्रममा शेयर सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा बोल्दै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष पौडे...
अमेरिका बस्दै आउनु भएका राजा खानको सहयोगमा खेलाडीलाई खेलकुद सामाग्री

अमेरिका बस्दै आउनु भएका राजा खानको सहयोगमा खेलाडीलाई खेलकुद सामाग्री

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, पुस ७ । अमेरिकामा बस्दै आउनु भएका नेपालगंज निवासी राजा खानको सहयोगमा बाँकेको राप्तीसोनारी गाउपालिका वडा नं ७ को नेबुवाटारमा रहेको शहिद स्वर्गिय दल बहादुर घर्ति मगर खेल मैदानमा खेल खेल्ने ४० जना खेलाडीलाई शनिबार एक कार्यक्रमका बिच खेलकुद सामाग्री बितरण गरिएको छ । खेलकुद सामाग्री प्राप्त गरेपछि खेलाडीहरु खुसी भएका छन् । खानको सहयोगमा उक्त खेल मैदानमा धारा संगै मोटर सहित पानी ट्यांकी समेत जडान गरिएको छ । शनिवार उक्त धाराको रिबन काटेर उद्धघाटन गरिएको छ । राप्ती सोनारी ७ का वडा अध्यक्ष राम लखन थारुको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खानेपानीसहितको आधुनिक धारा जडान गरिएको प्रति राजा खानलाई धन्यबाद दिदै बालबालिकाको पहिलो आवश्यकता शिक्षा भएकाले शिक्षा संगै खेलकुदको पनि बिकास होस भन्ने उद्देश्यले खेलक...
बाँके युनेस्कोद्धारा खजुरा र नरैनापुरका किसानलाई साना सिंचाई सुविधा हस्तान्तरण

बाँके युनेस्कोद्धारा खजुरा र नरैनापुरका किसानलाई साना सिंचाई सुविधा हस्तान्तरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, पुस ७ । बाँके युनेस्को क्लबले कतार च्यारिटी नेपालसँगको साझेदारीमा सञ्चालन गरिरहेको नेपाल एकीकृत विकास परियोजना २ अन्तर्गत विपन्न र गरिब किसान समुहको खाद्यान्न उत्पादन र तरकारी खेतीमा संलग्नता आयस्तर बढाउने उद्देश्यले साना सिँचाइ सुविधा प्रदान गरिएको छ । खजुरा गाउँपालिकाको वडा नं २ र ३ मा २ थान र नरैनापुर गाउँपालिकाको वडा नम्बर ५ र ६ मा ४ थान गरी कुल ६ वटा सिँचाइ सुविधा जडान गरेर किसान समुहलाई हस्तान्तरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । बाँके युनेस्को क्लबले आयोजना गरेको हस्तान्तरण कार्यक्रममा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, अध्यक्ष रवि कुमार तुलाधर, वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ, पूर्व अध्यक्ष राजेन्द्र चौधरी, बागेश्वरी बहुउद्देश्यीय कृषि बजार सहकारी लिमिटेडकी कमला न्यौपाने र कार्यक्रम संयोजक बिनिता आर.सी. लगायत...
शिक्षकहरुलाई समाबेशी शिक्षा र बालबालिकाको कार्यगत सिमितता पहिचान सम्बन्धी तालिम

शिक्षकहरुलाई समाबेशी शिक्षा र बालबालिकाको कार्यगत सिमितता पहिचान सम्बन्धी तालिम

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, पुस ५ । बर्दियाको राजापुर नगरपालिकामा रहेका माध्यामिक बिद्यालयका शिक्षकहरुकालागि समाबेशी शिक्षा र बालबालिकाहरुको कार्यगत सिमितता सम्बन्धी तालिम शुरु भएको छ । प्लान नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दिया जिल्लाका राजापुर, गुलरीया, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा संचालन गरेको समावेशी शिक्षा र अपाङ्गता समावेशीकरण परियोजना अन्तरगत सो तालिम संचालन गरिएको हो । खासगरी वाशिंगटन समूह प्रश्नावली अनुसार बालबालिकाहरुको कार्यगत सिमिता पहिंचान गर्ने र त्यसको तथ्यांक अपडेट गरी त्यस्ता बालबालिकाहरुको आबश्यकता सम्बोधन गर्ने उध्येश्यका साथ यो तालिमको आयोजना गरिएको हो । तलिमको औपचारिक शत्र बाँके युनेस्को क्लबका संरक्षक एवं पुर्व अध्यक्ष राजेन्द्र चौधरीको अध्यक्षतामा गरिएको थियो । सो शत्रमा तालिम आयोजनाको उदेश्य र सहभागीहरुलाई स्वागत बाँके युनेस्को क्लबका क...