समाचारदाता
नेपालगन्ज, जेठ २ । प्लान इन्टरनेशनल नेपालको साझेदारी र बाँके युनेस्को क्लब लगायतका विभिन्न गैर सरकारी संघसंस्थाको आयोजनामा बर्दियाको ठाकुरद्धारामा जिल्लास्तरीय युवा भेला शुरु भएको छ ।
बर्दियामा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत बाँके युनेस्को क्लब, राधाकृष्ण थारु जनसेवा केन्द्र, बिग्रुप र स्थानीय पालिकाहरुको समन्वयमा युवा लक्षित नेतृत्व विकास र स्थानीय तहमा युवा सहभागिता सम्बन्धि युवा भेला सञ्चालन गरिएको हो ।
तीन दिनसम्म चल्ने सो भेलामा बर्दिया जिल्लाका सबै स्थानीय निकायवाट युवाहरूको प्रतिनिधित्व हुने गरी किशोरी क्लव, युवा क्लव र परिवर्तनका संवाहक समुहका सदस्यबाट ३६ जना किशोर किशोरी तथा युवाहरूको सहभागिता रहेको बाँके युनेस्को क्लव, सशक्त बालिका परयोजनाका संयोजक गोबिन्द प्रसाद लामिछानेले जानकारी दिनुभयो ।
उहाँले युवा भेला कार्यक्रममा शसक्त बालिका परियोजनाको सहयोगमा स्था...
समाचारदाता
नेपालगन्ज, बैशाख ३१ । बाँके युनेस्को क्लबले बर्दियाको बढैयाताल गाउँपालिकामा यूवाको सवाल र स्थानियतहको भुमिका विषयमा युवा संवाद कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सो पालिकाका ३५ जना अगुवा युवाको सहभागिता रहेको थियो ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरिरहेको बालिका शसक्त परियोजना अन्तर्गत पालिका भित्रका युवा सम्बन्धी विभिन्न विषयमा पालिका अध्यक्ष र उपाध्यक्षसँग युवा संवाद कार्यक्रम सञ्चालन गरेको हो ।
बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीको अध्यक्षतामा सम्पन्न भएको सो संवाद कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले पालिका भित्रका युवालाई शसक्त बनाउने अभियानमा पालिकाले हर संभव सहयोग गर्ने जनाउँदै युवालाई बढी भन्दा बढी अवसर प्रदान हुने कार्यक्रम र योजना बनाउने बताउनुभयो ।
सो अवसरमा परियोजना संयोजक गोविन्द लामिछानेले पालिका भ...
समाचारदाता
नेपालगन्ज, बैशाख २७ । प्लान इन्टरनेसनल नेपालको साझेदारी र बाँके युनेस्को क्लबको आयोजनामा गुलरिया नगरपालिकालाई बालविवाहमुक्त पालिका घोषणा गर्नका लागि तयारी बैठक सम्पन्न भएको छ ।
स्थानीय बाल अधिकार समितिका संयोजक तथा नगर उप प्रमुख साबित्रा गौतमको अधक्ष्यतामा संचालित बैठकमा गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव, प्रमुख प्रशासकिय अधिकृत ओमकार शाह, बरिष्ठ अधिकृत मुकुन्द अर्याल, १२ वटै वडाका वडा अधक्ष्य, महिला तथा बालबालिका शाखा प्रमुख सीला शाह, शिक्षा शाखा प्रमुख सतिश यादव र नगरकार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
महिला बालबालिका शाखा प्रमुख सिला शाहले संचालन गरेको सो बैठकमा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक महेश नेपालीले बाल विवाहको ब्यापकता सर्भे प्रतिबेदन प्रस्तुति गर्नु भएको थियो ।
सो प्रतिबेदनका अनुसार गुलरियामा गरिएको सर्भे २०२३ का अनुसार अधिकांस ...
समाचारदाता
नेपालगन्ज, बैशाख २६ । बर्दियाको बढैयाताल गाउँपालिकामा जलवायु परिवर्तन, विपद जोखिम व्यवस्थापन तथा आधारभूत मानवीय मापदण्ड सहायता सम्बन्धि पाँच दिने क्षमता विकास तालिम सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालन गरिएको बालिका शसक्त परियोजना अन्तर्गत बढैयाताल गाउँपालिकाका युवाहरुलाई विपदको बेला मानवीय सहायतामा लाग्न सहज होस भनेर सो तालिम सञ्चालन गरिएको हो ।
बढैयाताल गाउँपालिकाको मैनापोखरमा सञ्चालन गरिएको सो तालिममा किशोरी क्लबका प्रतिनिधि, युवा क्लबका प्रतिनिधि र परिवर्तनका संवाहकहरु गरेर २४ जना युवायुवतिको सहभागिता रहेको थियो ।
तालिमको समापन समारोहमा प्रशिक्षार्थिहरुलाई प्रमाणपत्र वितरण गर्दै बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले यो तालिम निकै महत्वपुर्ण र आवश्यक रहेको जनाउँदै यसबाट पालिका भित्र २४ जना उत्कृष्ट विपद...
समाचारदाता
नेपालगन्ज, बैशाख २० । बाँके युनजेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालित हरित अर्थतन्त्र परियोजना अन्तर्गत राजापुर र ठाकुरबाबा नगरपालिकामा एकैसाथ व्यावसायिक अर्गानिक तरकारी खेती, हस्तकला सामाग्री उत्पादनसम्बन्धी र गड्यौला मल उत्पादन सम्बन्धि तालिम सुरु गरिएको छ ।
व्यावसायिक अर्गानिक तरकारी खेती सम्बन्धि सिप किास तालिम र हस्तकला सामाग्री उत्पादनसम्बन्धी तालिम एक महिनासम्म चल्ने तथा गड्यौला मल उत्पादन तालिम १५ दिनसम्म चल्ने क्लबले जनाएको छ ।
अर्गानिक तरकारी खेती सम्बन्धि तालिममा आठ जना, हस्तकला सामाग्री उत्पादन तालिममा नौ जना र गड्यौला मल उत्पादन तालिममा १३ जना गरि १८ देखि २४ वर्ष उमेर समुहका ३० जना युवतीहरुको ती तालिममा सहभागिता रहेको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
तालिमका सहभानगिहरुले हरित व्यापार र लघु उद्यममार्फत समाजमा सम्मानजनक जीव...
समाचारदाता
नेपालगन्ज, बैशाख १९ । संघीय सांसद जाबेदा खातुनले विद्यालयमा लैङ्गिक मैत्री शिक्षा, सरसफाई, प्रयाप्त शौचालय र छात्रालाई सेनेटरी प्याडको उपलब्धतामा बिशेष जोड दिनु पर्ने बताउनु भएको छ ।
उहाँले अहिले विद्यालयहरुमा प्रायजसो यिनै समस्याहरु देखिने गरेको जनाउँदै त्यसतर्फ ध्यान दिन सकिए विद्यालयलाई उत्कृष्ठ बनाउन सकिने बताउनुभयो ।
बाँके युनेस्को क्लबले प्लान नेपालको साझेदारीमा बासगढीमा सञ्चालन गरेको शिक्षकहरूलाई लैङ्गिक रूपान्तरण, समावेशी शिक्षा र कक्षा व्यवस्थापन सम्बन्धी तीनदिने क्षमता विकास तालिमको समापन गर्दै सांसद खातुनले सो बताउनुभयो ।
सो अवसरमा बोल्दै बाँसगढी नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव मनप्रसाद रेग्मीले बालबालिकाहरुलाई संस्कारी र ब्यवहारिक शिक्षा विद्यालयबाट प्रदान गर्न विद्यालयका शिक्षकहरुको महत्वपुर्ण भुमिका रहेकोले सो तर्फ सबैले जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड...
समाचारदाता
नेपालगन्ज, बैशाख १२ । बाँके युनेस्को क्लबले बर्दियाका सामुदायिक विद्यालयका शिक्षकहरूकालागि लैङ्गिक रूपान्तरणीय, समावेशी शिक्षणविधि र अपांगता भएका बालबालिकाहरु मैत्री कक्षाकोठा व्यवस्थापनसम्बन्धी तीन दिने शिक्षक तालिम सम्पन्न गरेको छ ।
प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित “सामाजिक संरक्षण सेवाहरुमा अपाङ्गता भएका बालबालिकाहरूको अधिकार सुनिश्चितताका लागि सहयोग” परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरिएको हो ।
सो तीन दिने तालिममा कुल २७ वटा माध्यमिक विद्यालयका शिक्षकहरू र प्रधानाध्यापकहरूले उत्साहपूर्वक सहभागी भई अपाङ्गता भएका बालबालिकाको पहिचान गर्न र त्यस्ता अपाङ्गता भएका व्यक्तिहरूकालागि उपयुक्त समावेशी शिक्षाशास्त्र र कक्षाकोठा व्यवस्थापन मार्फत अपाङ्गता भएका बालबालिकाहरूका लागि समावेशी सिकाइ वातावरण सिर्जना गर्न केन्द्रित उपयोगी ज्ञान हासिल गरेका थिए ।
सो तालिमको मुख्...
समाचारदाता
नेपालगन्ज, ५ बैशाख । बाँके युनेस्को क्लव तथा राधाकृष्ण थारु जनसेवा केन्द्रको सयुंक्त आयोजनामा बर्दियाका विभिन्न स्थानीय तहका शिक्षकहरुलाई तीन दिने लैगिंक रुपान्तरण शिक्षा सम्बन्धि क्षमता अभिबृद्धि तालिम प्रदान गरिएको छ ।
प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बर्दियामा सञ्चालन गरिएको शसक्त बालिका परियोजना अन्र्तगत स्थानीय तहका २७ जना प्रधानाध्यापक र लैगिंक समानता तथा सामाजिक समावेशीकरण सम्पर्क शिक्षकलाई सो तालिम प्रदान गरिएको हो ।
सो तालिममा बर्दियाको गुलरिया, राजापुर, बारबर्दिया, ठाकुरबाबा र बढैयातालका जानकी माबि, त्रिशक्ती माबि, गौरीशंकर माबि, नेरामाबि गौब्रेपुर, पडरिया, राजापुर, जगदम्बिका माबि, सरस्वती माबि र शारदा माबि गरी १२ वटा बिद्यालयका प्रधानाध्यापक तथा लैगिंक समानता तथा सामाजिक समावेशीकरण सम्पर्क शिक्षकको सहभागिता रहेको थियो ।
सो तालिमको मुख्य उदेश्य शिक्षकहरुलाई अध्यापन...
समाचारदाता
नेपालगन्ज, चैत २३ गते । बाँके युनेस्को क्लबले नेपालगन्जका १३० जना मुस्लिम समुदायका अनाथ बालबालिकालाई ईद पर्व खुशी भएर मनाउनका लागि उनिहरुलाई कपडा, जुत्ता लगायतका सामान खरिद गराएको छ ।
क्लबले कतार च्यारिटी नेपालसँगको साझेदारीमा सञ्चालन गरेको ‘सामाजिक संरक्षण परियोजना’ अन्तर्गत अनाथ बालबालिकाले पनि अन्य बालबालिकाजस्तै नजिकको मार्केटमा गएर ईदका लागि कपडा जुत्ता लगायतका सामान खरिद गर्न पाउन भन्ने उदेश्यका साथ सो खरिदारी गराएको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
उँहाले मुस्लिम समुदायको महान पर्व ईदलाई उत्साहका साथ मनाउनका लागि ७७ जना बालक र ५३ जना बालिका गरी १३० जना अनाथ बालबालिकालाई प्रत्येक बालबालिकालाई चार हजार चारसय रुपियाँ बराबरको कपडा लगायत खरिद गराएको बताउनुभयो ।
क्बलका अनुसार बालबालिकालाई अभिभावकसहित स्कुल बसमा राखेर नेपालगन्जको सबैभन्दा ठुलो सुपर मार्केट भाटभटेनीमा ...
समाचारदाता
नेपालगन्ज, चैत २२ । बाँके यूनेस्को क्लवले बर्दियाको गुलरिया नगरपालिकाका ३ वटा विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री सहयोग गरेको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालित बालिका शिक्षा परियोजना अन्तरगत विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री सहयोग गरिएको हो ।
विद्यालयहरूको आवश्यकता मूल्याङ्कन प्रतिवेदनअनुसार विज्ञान प्रयोगशालाको सुविधा नहुँदा विद्यार्थीहरू विज्ञानको व्यावहारिक ज्ञानबाट वञ्चित भएकोले प्रयोगात्मक अभ्यासवाट विद्यार्थीको सिकाई उपलब्धि वढाउन विज्ञान प्रयोगशाला सामग्री सहयोग गरिएको बाँके युनेस्को क्लबका प्रमुख सरंक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
उहाँले गुलरिया नगरपालिकाको वडा नम्बर १ मा रहेको त्रिशक्ति मावि कमलपुर, वडा नम्बर २ मा रहेको जानकी माध्यमिक विद्यालय र वडा नम्बर ११ मा रहेको गौरीशंकर माध्यमिक विद्यालयमा करिब १८ लाख ७५ हजार मूल्य बराबरको प्रयोगशाला ...