२१ जेष्ठ २०८३, बिहीबार

मुख्य समाचार

युवा महिलाहरुको व्यवसाय विकास र रोजगार प्रवर्द्धनकालागि पैरवी सञ्जाल गठन

युवा महिलाहरुको व्यवसाय विकास र रोजगार प्रवर्द्धनकालागि पैरवी सञ्जाल गठन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, असोज ६ । बर्दियाका दुई वटा पालिकामा युवा महिलाहरुको व्यवसाय विकास र रोजगार पर्वद्धन गर्ने उदेशयले युवा उद्यमी संवाद तथा पैरवी सञ्जाल गठन गरिएको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा बर्दियामा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत आयोजना गरिएका बैठक र छलफल पश्चात ती सञ्जालहरु गठन गरिएका हुन् । बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरका अनुसार पालिकास्थित बिभन्न परियोजनाको सहयोगमा १८ देखी २४ वर्षका युवा महिलाहरुलाई उनीहरुको व्यक्तिगत विकास तथा पेशागत विकास, व्यवसाय, रोजगार सम्बन्धि सिकाइ र सूचनाहरु आदान प्रदान गर्ने उदेश्यले पैरवी सञ्जाल गठन गरिएको बताउनुभयो । उहाँले प्लान इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लबको सहजीकरणमा बर्दियाका गुलरिया र ठाकुरबाबा नगरपालिकामा नगरपालिकास्तरीय व्यवसाय बिकास र रोजगार प्रर्वद्धनकालागि युवा महिला उद्यमी ...
बर्दियाका बाढी पिडितलाई राहात र सहयोग उपलब्ध गराउने कार्य तिव्र

बर्दियाका बाढी पिडितलाई राहात र सहयोग उपलब्ध गराउने कार्य तिव्र

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, असोज १ । गत साउन २७ देखि २९ गतेसम्म परेको अविरल वर्षाले गर्दा बर्दिया जिल्लामा आएको बाढीबाट प्रभावित भएका जिल्लाका चारवटा पालिकाका पिडित परिवारलाई विभिन्न प्रकारको राहात उपलब्ध गराउने कार्य जारी छ । युके एड स्टारफन्डको सहयोग र प्लान नेपाल तथा बाँके युनेस्को क्लबको साझेदारीमा सञ्चालन गरिएको सानो अवधीको आपतकालिन बाढी प्रतिकार्य परियोजना अन्तर्गत विभिन्न राहात सामाग्री उपलब्ध गराउने कार्य तिव्र गतिमा भइरहेको छ । बर्दियाको गुलरिया, ठाकुरबाबा, बाँसगढी र बारबर्दिया नगरपालिकाका बाढी प्रभावितलाई राहात वितरण गर्ने कार्य हाल अन्तिम चरणमा पुगेको बाँके युनेस्को क्लबले जनाएको छ । सो क्रममा हाल कामका लागि नगद कार्यक्रम अन्तर्गत चारवटै पालिकामा रहेका बाढी प्रभावितलाई बाढी र डुबानबाट जोगाउने विभिन्न काममा लगाएर रकम सहयोग गर्ने कार्य भइरहेको परियोजनाका संयोजक मनोज पौडेलले बताउनुभय...
बाल दिवसको अवसरमा नातिया मुकाबला र वक्तृत्वकला प्रतियोगिता

बाल दिवसको अवसरमा नातिया मुकाबला र वक्तृत्वकला प्रतियोगिता

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, भदौ ३० । ५९ औं राष्टिय बाल दिवसको अवसरमा कतार च्यारेटी नेपाल र बाँके युनेस्को क्लबको समन्वयमा नेपालगन्ज ५ स्थित साईनिंग फ्युचर एकेडेमीमा नातिया मुकाबिला र बाल अधिकार बारे वक्तृत्वकला प्रतियोगिताको सम्पन्न भएको छ । शाइनिंग बाल क्लबद्धारा आयोजना गरिएको नातिया मुकाबिलामा सो विद्यालयका विद्यार्थि शाहीन खान प्रथम, अब्दुल रज्जाक द्धितिय, शाहीन जोलाहा तृतिय र सैयद अलि बेहनाले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको बाल क्लबका अध्यक्ष अब्दुल सत्तार साइले बताउनुभयो । उहाँका अनुसार सोही प्रकारले बाल अधिकार बारेको वक्तृत्वकला प्रतियोगितामा तमन्ना शेष प्रथम, सीमा खान द्धितिय, आसमा नुरी खान तृतिय र अरमान शेषले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो । दुबै प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थिहरुलाई वडा नम्बर ५ का वडा अध्यक्ष सराफत खान, बा...
बाल दिवसको अवसरमा आइशा बाल क्लबद्धारा वक्तृत्वकला प्रतियोगिता

बाल दिवसको अवसरमा आइशा बाल क्लबद्धारा वक्तृत्वकला प्रतियोगिता

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, भदौ २९ । ५९ औं राष्टिय बाल दिवसको अवसरमा कतार च्यारेटी नेपाल र बाँके युनेस्को क्लबको समन्वयमा नेपालगन्जको आइशा मदरसातुल बनातमा बालिकाको बाल अधिकार बारे वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । आइशा बाल क्लबद्धारा आयोजित सो प्रतियोगितामा १७ जना बालिकाहरुले बालिकाको बालअधिकार बारे आ आफ्नो भनाई राखेका थिए । प्रतियोगितामा कक्षा ८ की बालिका शिफा खान प्रथम, कक्षा ९ की जन्नतुन हलवाई द्धितिय, कक्षा ४ की समरिन खान तृतिय र कक्षा ४ कै खुशी कसगढले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि बाँके युनेस्को क्लबका संरक्षण अधिकृत गुलाम गौस, अतिथिहरु मदरसाका संस्थापक तथा कोषाध्यक्ष आलमिन राई, मदरसाका संस्थापक तथा सचिव मोहम्मद असलम हलवाईले पुरस्कार विजेता बालिकाहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । मदरसाका अध्यक्ष बदरेआलम खानको सभापतित्वमा सम्पन...
देशलाई सुवास नेम्वांगको अझै ठुलो आवश्यकता थियो–पुर्णा सुवेदी

देशलाई सुवास नेम्वांगको अझै ठुलो आवश्यकता थियो–पुर्णा सुवेदी

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
डा.डक्टप्रसाद धिताल नेपालगन्ज, २८ भदौ । गत मंगलबार भदौं २६ गते निधन हुनुभएका संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको विहिबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उहाँको निधनको शोकमा नेपाल सरकारले विहिबार देशभर सार्वजनिक बिदा समेत दिएको छ । सुवास नेम्वाङ संविधानसभा अध्यक्ष हुदाँ संविधान सभाको उपाध्यक्षको जिम्मेवारीमा रहनुभएका नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा हाल बर्दिया जिल्ला इन्चार्जको भुमिकामा रहनुभएका पुर्णा सुवेदी यसरी सम्झनुहुन्छ, स्वर्गीय सुवास नेम्वाङलाई । संविधान सभाको अध्यक्ष, उपाध्यक्ष, अन्तरिम व्यवस्थापिका संसदको सभामुख र उपसभामुख भएर पनि हामीले एकै ठाउँमा काम गर्यौं । उहाँसंग काम गर्न त्यति अप्ठेरो भएन, सजिलो नै भयो, सिकाउनु हुन्थ्यो । एउटा वामपन्थी शालिन भद्र, नेकपा एमाले पार्टी भित्र पनि एउटा सन्तुष्ट नेता, सबैलाई सन्तुलित रुपमा ...
जनसांस्कृतिक महासंघ बाँकेद्धारा विकृति, कुरीति एवम् कुसंस्कार विरुद्ध तीज विशेष कार्यक्रम

जनसांस्कृतिक महासंघ बाँकेद्धारा विकृति, कुरीति एवम् कुसंस्कार विरुद्ध तीज विशेष कार्यक्रम

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
समाचारदाता नेपालगन्ज, भदौ २७ । नेकपा माओवादी केन्द्र निकटको कलाकारहरुको संगठन जनसाँस्कृतिक महासंघ बाँकेले नेपालगन्जमा विकृति, कुरीति एवम् कुसंस्कार विरुद्ध सचेतना जगाउँदै तीज विशेष कार्यक्रम गरेको छ । कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दामा शर्माले तीजलाई भड्किलो खर्चिलो तथा रुढीबादी र परम्परागत ढंगले नभई सुशासनका पक्षमा रहेर प्रगतिशील, चेतनामूलक, भ्रष्टाचारविरुद्ध, महिला हिंसाविरुद्ध तथा समाजमा रहेका तमाम विकृति, कुरीति एवम् कुसंस्कारका विरुद्ध समाजलाई सुसूचित गराउदै चेतनामूलक गीत र नृत्यबाट समाजलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले तीजलाई धार्मिक हिसाबले नभएर साँस्कृतिक चाडपर्वका रुपमा मनाउनु पर्नेमा जोड दिनुभयो । नेकपा माओवादी केन्द्रका बाँके संयोजक नरेन्द्र पाण्डे जेम्सले तीजलाई अरुको देखासिकी गरेर आधुनिकताका नाममा पाश्चात्य संस्कृति समाजमा फै...
बर्दियाको ठाकुरबाबामा असोज तीन गते रोजगार मेला संचालन गरिने

बर्दियाको ठाकुरबाबामा असोज तीन गते रोजगार मेला संचालन गरिने

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, भदौ २६ । बर्दियाको ठाकुरबाबा नगरपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा असोज ३ गते रोजगार मेला संचालन गरिने भएको छ । ठाकुरबाबा नगरपालिकाको आयोजना र बाँके युनेस्को क्लवको सहजिकरणमा संचालन गरिने सो मेलाको तयारीकालागि ठाकुरबाबा नगरपालिकाका उप—प्रमुख बिनाकुमारी भट्टराईको अध्यक्षता र जिल्ला समन्वय प्रमुख सुर्यबहादुर विष्टको प्रमुख आतिथ्यमा सरोकारवाला निकायहरुसंग छलफल कार्यक्रम सम्पन्न भएको छ । वेरोजगार युवाहरुलाई सीप, सेवा र रोजगारीमा पहँुच पुरयाउने उदेश्यले रोजगार मेला संचालन गर्न लागिएको कार्यक्रम संयोजक गोबिन्द प्रसाद लामिछानेले जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजाल, शिक्षा शाखा प्रमुख सीताकुमारी भण्डारी, महिला विकास अधिकृत गोगनसरा आचार्य, वडा अध्यक्षहरु, क्यान, नगरस्तरीय सहकारी सञ्जाल, प्रर्याप्रयटन विकास मञ्च, होटेल संघ न...
बर्दिया गुलरियाका युवा महिलालाई रोजगार प्रवद्र्धन तालिम

बर्दिया गुलरियाका युवा महिलालाई रोजगार प्रवद्र्धन तालिम

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, भदौ २६ । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकाका युवा महिलाहरुको रोजगार प्रवद्र्धनका लागि उनिहरुको क्षमता बढाउन तालिमको आयोजना गरेको छ । प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालित पर्ल परियोजना अन्तर्गत युवा महिलालाई रोजगारीमा लाग्न सहज होस भन्ने उदेश्यले सो क्षमता विकास तालिम प्रदान गरिएको हो । रोजगारीको तलाशमा रहेका युवा महिलालाई रोजगारीका लागि बायोडाटा सिर्जना गर्न, रोजगारीका बारेमा विस्तृत जानकारी गराउन र अन्तर्वार्ता मोडलको अभ्यास गर्न मद्दत गर्ने उदेश्यले तालिमको आयोजना गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँले यस्ता तालिमबाट युवा महिलाको रोजगारी खोज्ने क्षमताको विकास हुने र रोजगारीमा लाग्न मद्दत मिल्ने बताउनुभयो । बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले य...
रोजगार प्रवद्र्धनकालागि युवा महिलालाई क्षमता विकास तालिम

रोजगार प्रवद्र्धनकालागि युवा महिलालाई क्षमता विकास तालिम

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, भदौ २४ । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकाका युवा महिलाहरुलाई रोजगार पर्वद्धन गर्न एक दिने क्षमता अभिबृद्धि तालिम प्रदान गरेको छ । प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालित पर्ल परियोजना अन्तर्गत युवा महिलालाई रोजगारीमा लाग्न सहज होस भन्ने उदेश्यले सो क्षमता विकास तालिम प्रदान गरिएको हो । बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले युवा महिलाका लागि प्रदान गरिएको सो रोजगार सम्बन्धि क्षमता अभिबृद्धि तालिमबाट उनिहरुलाई रोजगार सम्बन्धि कार्यहरुमा ठुलो सहयोग पुग्ने बताउनुभयो । ठाकुरबाबा नगरपालिकाका २५ जना युवा महिलाहरुको सहभागिता रहेको सो क्षमता विकास तालिमका प्रशिक्षक बसन्त कुमार विसी रहनु भएको छ भने पर्ल परियोजनाका संयोजक गोविन्द प्रसाद लामिछाने र फिल्ड सहजकर्ता कञ्चन दहितले पनि सहजिकरण र व्यवस्थापनमा सह...
आत्महत्याको रोकथाम कसरी गर्ने ?

आत्महत्याको रोकथाम कसरी गर्ने ?

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
डा मो.ऐनुद्दीन बागबान सेप्टेम्बर १०तारीखका दिन संसारभरी विश्व आत्महत्या रोकथाम दिवस मनाउने गरिन्छ। यसको मुख्य उद्देश्य विश्वमा आत्महत्या बारे जनचेतना एवं जागरुकता फैलाउनु तथा यस सम्बन्धि समाजमा विद्यमान भ्रमहरुलाई निर्मूल पारी यसको रोकथाम तथा न्यूनीकरण गर्नु हो। यसवर्ष पनि “कार्यमार्फत आशाको सिर्जना” भन्ने नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस २०२३ मनाइंदैछ।आत्महत्या विश्वकै एउटा जटिल मनोसामाजिक समस्या हो। यो शारीरिक, मनोवैज्ञानिक, सामाजिक, आर्थिक तथा पारिवारिक कारणहरुको समिश्रणले हुने गर्दछ। विश्वमा बर्षेनी करीब ७ लाखभन्दा बढी व्यक्तिहरुको मृत्यु आत्महत्याबाट हुने गर्दछ।नेपालमा हरेक दिन १९ जनाभन्दा बढी व्यक्तिहरुले आत्महत्या गरेर आफ्नो ज्यान गुमाईरहेका छन्। कोरोना महामारीपश्चात आत्महत्या गर्ने युवाहरुको संख्या असामान्यरुपमा बढीरहेकोछ। समयमै सतर्कता अपनाउने हो भने धेरै हदसम्म आत्महत्याक...