सिराज खान
नेपालगन्ज, असार २३ गते । लुम्बिनी प्रदेशका कृषि तथा भुमिब्यवस्था मन्त्री भण्डारीलाल अहिरले प्रदेश सरकारले गरिब र विपन्न तथा वास्तविक किसानलाई कृषि उत्पादनमा सहयोग गर्ने बताउनुभएको छ । उहाँले किसानको नाममा ठुला बडाले सरकारी सहयोग लिने गरेको गुनासो बारम्बार आउने गरेको जनाउँदै सो बारेमा वर्तमान गम्भीर र सचेत रहेको बताउनुभयो ।
शनिवार नेपालगन्जस्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा आयोजना गरिएको एक कार्यक्रममा बाँकेका पशुपंक्षीपालक किसानलाई निशुल्क कृषि उपकरण र चल्ला वितरण गर्दै मन्त्री अहिरले सो बताउनु भएको हो । सो अवसरमा उहाँले पशुपंक्षी उत्पादन बृद्धि गर्दै किसानलाई व्यवसायीक कार्यतर्फ आकर्षित गर्ने उदेश्यले प्रदेश सरकारले विभिन्न प्रकारका कार्यक्रम र योजना बनाइरहेको बताउनुभयो ।
मन्त्री अहिरले भन्नुभयो–‘कुन क्षेत्रमा के के राम्रो उत्पादन हुन्छ सो को अध्ययन गरेर ...
समाचारदाता
नेपालगन्ज, असार ९ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सीप विकास तालिम पाएका बर्दियाका किशोर किशोरी र युवा महिलाहरु
राष्ट्रिय सीप परीक्षण बोर्डको सिप परिक्षण परिक्षामा सहभागि भएका छन् ।
क्लबले सञ्चालन गरेको पर्ल परियोजना अन्तर्गत सुरक्षा गार्डको तालिम लिएका १६ जना युवा महिला राष्ट्रिय सीप परीक्षण बोर्डले शनिवार नेपालगन्जमा आयोजना गरेको लेभल १ को सीप परीक्षण परिक्षामा सहभागि भएका छन् ।
क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले राष्ट्रिय सीप परीक्षण बोर्डको प्रमाणपत्र प्राप्त गर्नका लागि उनिहरु सो परिक्षामा सहभागि भएको र परिक्षामा उत्तिर्ण हुनेहरुले प्रमाणपत्र पाउने बताउनुभयो ।
उहाँले सो प्रमाणपत्रको आधारमा उनिहरुलाई स्वदेश तथा विदेशमा रोजगारी गर्न सहज हुने बताउनुभयो ।
तीन दिनसम्म चल्ने सो सिप परिक्षण परिक्षामा ब्युटी पार्लर र टेलरिङको प्रशिक...
डा. तिर्थेन्द्र खड्का । वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन
नेपालगन्ज, असार ३ । विभिन्न प्रकारका चोटपटक र सवारी दुर्घटनाले मानव शरीरमा हुने आघात ट्रमा नेपालमा हाडजोर्नी विधाको ठूलो समस्या हो । यस अन्तर्गत शरीरका विभिन्न हड्डीहरू भाँचिने अवस्था फ्याक्चर, दुर्बलता र अपाङ्गता पर्दछन् ।
बाथ तथा अन्य जोर्नीका दुखाइहरू, हड्डी खिइने रोग, सङ्क्रमण, हड्डीका अर्बुद रोग र बालबालिकाको शारीरिक विकासका क्रममा देखिने समस्या पनि नेपालमा प्रशस्तै भेटिन्छन् ।किशोर र युवाहरूमा बढेको खेलकुदजन्य कार्यहरू, नेपालमा अत्यधिक प्रयोग हुने दुईपाङ्ग्रे सवारी साधन र विभिन्न दुर्घटनाका कारण मानव शरीरमा नयाँ खालका चोटहरू देखिन थालेका छन् ।
हड्डी नभाँचिने तर लिगामेन्ट, मेनिस्कस र क्याप्सुल जस्ता नरम तन्तुका चोटहरू चुनौतीका रूपमा देखा परेका छन् ।युवावस्थाका यी चोटहरूलाई उपचार गर्न अत्याधुनिक दूरबिन प्रविधिको खाँचो र लाम...
समाचारदाता
नेपालगञ्ज, असार १ । नेपालगञ्जलाई स्वच्छ, हरियो र सफा सहर बनाउनुपर्नेमा सबै सरोकारवाला एकमत देखिएका छन् । त्यसका लागि उनिहरुले आ आफ्नो ठाउँबाट आवश्यक काम र सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुप ले जिआइजेड एवम् एमडिएम फ्रान्सको सहयोगमा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ अन्तर्गत आयोजना गरिएको स्थानीय सार्वजनिक निजि साझेदारी प्लेटफर्मको बैठकमा सो प्रतिवद्धता जनाईएको हो ।
बी ग्रुपका अध्यक्ष टेक बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा सहभागि अधिकांश वातावरण संरक्षणमा सक्रिय अगुवा लगायत अन्य अधिकांश सरोकारवालाले नेपालगञ्जमा बढी भन्दा बढी बृक्षारोपणसंगै त्यसको संरक्षण र सरसफाईमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।
बैठकमा बोल्दै नेपालगञ्ज उपमहानगर वातावरण महाशाखाका प्रमुख प्रकाश डिसीले नेपालगञ्जलाई हरियो र सफा...
समाचारदाता
नेपालगञ्ज, जेठ ३१ । भेरी वातावरणीय विशिष्ठ समुह बी ग्रुपले बाँकेमा सञ्चालन गरिरहेको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तरगत स्वास्थ्यजन्य फोहरबाट हुने जोखिम न्यूनिकरण सम्बन्धि २ दिने तालिम सम्पन्न गरेको छ ।
तालिममा नेपालगञ्जभित्र स्वास्थ्यजन्य फोहर व्यवस्थापनमा संलग्न २५ जना सरसफाईकर्मीको सहभागिता रहेको थियो ।
सरसफाईकर्मीलाई नेपालको स्वास्थ्यजन्य सरसफाई सम्बन्धि कानुन, नियम, सिद्धान्त, फोहरलाई स्रोतमै पृथकिकरणगर्ने प्रकृया र आवश्यकता, सुइ काट्ने तरिका, फोहरलाई सुरक्षित ढुवानी गर्ने प्रकृया, स्वास्थ्यजन्य फोहरलाई निर्मलिकरण गर्ने तरिका, निर्मलिकरण भए नभएको थाहा पाउने तरिका, फोहर व्यवस्थापन गर्दा सरसफाईकर्मीलाई हुन सक्ने जोखिम, जोखिम न्यूनिकरण गर्न आवश्यक कार्यहरु, जोखिमको मुल्याङ्कन बारेमा प्रदर्शन तथा छलफल गरिएको थियो ।
स्वास्थ्यजन्य फोहर विज्ञ गंगाबहादुर खत्री...
समाचारदाता
नेपालगञ्ज, जेठ ३० । स्थानीय सार्वजनिक निजि साझेदारी प्लेटफर्मको बैठक नेपालगञ्जमा विभिन्न विषयमा छलफल गरेर मंगलवार सम्पन्न भएको छ ।
भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुप ले जिआइजेड एवम् एमडिएम फ्रान्सको सहयोगमा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ को आयोजनामा सो बैठक सम्पन्न गरिएको हो ।
बि ग्रुपका उपाध्यक्ष मिरा खनालको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा सहभागि विभिन्न सरोकारवालाविच विषादी नहालिएको तरकारी तथा अन्य कृषि उत्पादनमा जोड दिनुका साथै ती उत्पादनको बजारीकरण लगायतका विषयमा केन्द्रित रहेर छलफल गरिएको थियो ।
बैठकमा सहभागि अधिकांश कृषिसंग सरोकार राख्नेहरुले परीक्षणको अभावमा अधिकांश नेपालगञ्जवासी विषादी भएको तरकारी खान बाध्य भएको ठहर गर्दै विषादी नभएका अर्गानिक तरकारी खेतीमा जोड दिंदै अर्गानिक तरकारीका लागि बजारको समस्या नहुने बताएका थिए ।
नार्कक...
सिराज खान
नेपालगञ्ज, जेठ २९ गते । बाँकेको खजुरा खजुरा गाउँपालिकास्थित पुरैना नजिकै मानखोलामा पौडी खेल्न गएका दुई जना बालबालिकाको खोलामा डुबेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार अत्यधिक गर्मीका कारण खजुरा ६ दसविगाहाका चारजना बालबालिका नजिकैको मानखोलामा सोमवार दिउँसो १२ बजेतिर नुहाउन गएकोमा दुई जना खोलामा डुबेका थिए ।
ईलाका प्रहरी कार्यालय धनौली खजुराका प्रमुख प्रहरी निरिक्षक सन्दिप बेलवासेले दिनु भएको जानकारी अनुसार खोलामा नुहाउन गएका १८ वर्षकी लक्ष्मी डाँगी र ९ वर्षका किरण नेपाली डुबेर बेपत्ता भएको खबर आएलगत्तै पुगेको प्रहरीले खोज तलाश गर्दा बालिका डाँगीको शव भेटिएको थियो भने नेपालीको शव अपरान्ह तीन बजे मात्र भटिएको हो ।
उद्धार तथा खोजी कार्यका लागि बज्रदल गण राँझाबाट मेजरको नेतृत्वमा १० जनाको उद्धार टोली र शसस्त्र प्रहरीको जानकी गाउँपालिका बढैयामा रहेको बिओपीबाट उद्धार टोलीले घटनास्थलमा ...
समाचारदाता
नेपालगञ्ज, जेठ २७ । बर्दिया बढैयाताल गाउँपालिका वडा नं ७ को कार्यालयले प्लान नेपाल, बाँके युनेस्को क्लब, बीग्रुप, स्याक नेपाललगायतका संघ, संस्थाहरुसँगको सहकार्यमा वडा नं ७ लाई बालबिवाह मुक्त वडा घोषणा गरेको छ ।
नेपाल सरकारको बालबिवाह अन्त्यकोलागि बनेको रणनिती २०७२ र बढैयाताल गाउँपालिकाको बालबिवाह अन्त्यकोलागि बनेको स्थानीय रणनितीको मर्मलाई आत्मसात गर्दै बढैयाताल गाउपालिकालाई बालबिवाह मुक्त पालिका बनाउने उध्येश्यलाई साकार पार्न वडा नं ७ लाई बालबिवाह मुक्त वडा घोषणा गरिएको हो ।
सयौं स्थानीयको सहभागितामा आयोजना गरीएको बालबिवाह मुक्त वडा घोषणा समारोहमा वडा नं ७ लाई बालबिवाह मुक्त वडा घोषणा गरिएको थियो । वडा नं ७ बढैयातालका वडा अध्यक्ष राधेश्याम थारुको अध्यक्षतामा सम्पन्न घोषणा समारोह बिभिन्न रयाली, साँस्कृतिक कार्यक्रम सहित भब्यताका साथ संपन्न गरिएको छ ।
बढैयाताल गाउँपालिकाका अध...
सिराज खान
नेपालगञ्ज, जेठ २७ गते । तातो हावा लु चलेर तापक्रम बढ्दै जाँदा अत्यधिक गर्मी भएपछि काम विशेषले बजार आउने सर्वसाधारणको सहजताकालागि नेपालगञ्जका युवाले नगरका विभिन्न चोकमा खानेपानी वितरण गरेका छन् ।
अत्यधिक गर्मीको बेला काम विशेषले बजार आउनेहरु खानेपानीको खोजीमा भौतारिने गरेको देखेपछि उनिहरुको सहजताका लागि ‘हिन्दु मुस्लिम भाईभाई’को नाराका साथ पानी वितरण गरिएको जनाईएको छ ।
नेपालगञ्जका युवा समाजसेवी तथा अगुवा अजिज मलिकले बाहिर निस्कने वित्तिकै घाँटी सुकाउने गर्मीको बेला बजार निस्केका सर्वसाधारण र रिक्सा तथा ठेला चलाउने मजदुरलाई लक्षित गरेर शनिवार दुई चोकमा खानेपानी वितरण गरिएको बताउनुभयो ।
उहाँले स्थानीय त्रिभुवन चोक र विपि चोकमा खानेपानी वितरण कार्य दिनभरि चल्ने जनाउँदै यसबाट प्रभावित भएर अन्य दिनमा अरुले पनि सोही कार्य गर्ने आशा लिएको बताउनुभयो ।
समाजसेवी मलिकले यस्ता प्रचण्...
समाचारदाता
नेपालगञ्ज, जेठ २६ । बर्दियाको ठाकुरबाबा नगरपालिका रोजगार सेवा केन्द्र र बाँके यूनेस्को क्लबको संयुक्त आयोजनामा रोजगार रणनीति २०८० सम्बन्धि कार्यशाला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्बलद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत रोजगार रणनीति तर्जुमाकालागि रोजगार संवाद मञ्चका पदाधिकारीहरु तथा सरोकारवाला निकायको क्षमता अभिवृद्धि र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
रोजगार संवाद मन्चका अध्यक्ष कमल बहादुर विष्ट तथा ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, उद्योग वाणिज्य संघका अध्यक्ष गोबिन्द आचार्य, महिला विकास शाखा, होटेल व्यवसायीहरूको सहभागितामा रोजगार नीतीको पृष्ठभूमी तथा नीतिगत, कानुनी आधार, स्थानीय अवसरहरु सा...