२१ जेष्ठ २०८३, बिहीबार

मुख्य समाचार

गर्मी र तातो हावाबाट जोगिन बी ग्रुपद्धारा सरसफाईकर्मी र कृषक सुपरभाइजरलाई अभिमुखिकरण

गर्मी र तातो हावाबाट जोगिन बी ग्रुपद्धारा सरसफाईकर्मी र कृषक सुपरभाइजरलाई अभिमुखिकरण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, जेठ २६ । भेरी वातावरणीय विशिष्ठ समुह बी ग्रुपले रेडक्रस बाँकेसंग समन्वय गरेर यस क्षेत्रमा केही दिनयता बढ्दै गएको अत्यधिक गर्मी र तातो हावा लु कारण जनजीवन कष्टकर बन्दै गएको ठहर गरि सो बाट जोगिनका लागि अपनाउनुपर्ने उपाय र सचेतना बारे सरसफाइकर्मी र कृषकलाई अभिमुखिकरण गरेर जानकारी गराएको छ । बी ग्रुपले एमडीएम फ्रान्सको साझेदारीमा बाँकेमा सञ्चालन गरिरहेको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत सो अभिमुखिकरणको आयोजना गरेको हो । केहीदिनयता अत्यधिक बढेको तापक्रम र तातो हावा लु ले गर्दा सर्वसाधारण बिरामी पर्न थालेपछि संस्थाले नेपालगञज उपमहानगरका ३६ जना सरसफाई सुपरभाइजर र डुडुवा, खजुरा तथा नेपालगञ्जका गरेर १५ जना कृषक सुपरभाइजरलाई गर्मी र तातो हावाबाट जोगिनका लागि अभिमुखिकरण दिईएको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजनाका व्यवसाय विकास अधिकृत समद सिद्द...
बर्दियाका युवा महिलाकालागि सञ्चालित सीप विकास तालिम सम्पन्न

बर्दियाका युवा महिलाकालागि सञ्चालित सीप विकास तालिम सम्पन्न

अर्थ, ताजा-अपडेट, ब्यापार, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, जेठ २३ । बाँके युनेस्को क्लबले बर्दिया गुलरियाका युवा महिलालाई स्वरोजगार बनाउने उदेश्यले सञ्चालन गरेको जिवन सीप विकास तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको पर्ल परियोजना अन्तर्गत बर्दियाको गुलरियाका युवा महिलाका लागि ३९० घण्टाको सो सीप विकास तालिम सञ्चालन गरिएको थियो । प्लान इन्टरनेशनल नेपालका क्षेत्रीय प्रबन्धक मीना पराजुलीले सो जीवन सीप तालिम पूरा गरेका ६६ जना युवा महिला प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले विपन्न तथा पछाडी परेका युवा महिलालाई समाजमा सम्मानजनक जीवन बिताउन आत्मनिर्भर र आर्थिक रूपमा सक्षम बन्नका लागि रोजगारी सृजना गराउन यो तालिम प्रदान गरिएको बताउनुभयो । क्षेत्रीय प्रबन्धक पराजुलीले अब तालिम अनुसार स्वरोजगार बनेर सबैलाई अवसर पाएरमा हामीले जे पनि गर्न सक्छौ भ...
डा. भण्डारीको कथासंग्रह ‘मयँगाँठो’ को बिमोचन

डा. भण्डारीको कथासंग्रह ‘मयँगाँठो’ को बिमोचन

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, जेठ २१ गते । बाँकेका कथाकार डा इन्द्रबहादुर भण्डारीद्वारा लिखित कथासङ्ग्रह ‘मयँगाँठो’ नेपालगञ्जमा विमोचन गरिएको छ। खजुरा प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित कथासङ्ग्रहको विमोचन साहित्यकार सनत रेग्मी, प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकाल र शशिराम कार्की, लेखक तथा साहित्यकार नरेन्द्रजंग पिटर र आख्यानकार नयनराज पाण्डेले गर्नुभएको हो। कथासङ्ग्रहको समालोचना गर्दै समालोचक ईश्वरी रिजालले यो कथासङ्ग्रहमा १८ वटा निकै समय सान्दर्भिक कथा समेटिएको जानकारी दिनुभयो। कोभिड महामारी र जनयुद्धको प्रभावसँग सम्बन्धित कथा लगायत केही इतिहास झल्काउने कथा पढ्नुपर्ने खालको रहेको बताउनुभयो। पाठकको हैसियतले कृतिको समीक्षा गर्दै साहित्यकार सुमित्रा न्यौपानेले डा भण्डारीद्वारा लिखित कथा निकै रोमाञ्चक र शिक्षाप्रद रहेको बताउनुभयो। कार्यक्रममा बोल्दै साहित्यकार सनत रेग्मीले खजुरा प्रज्ञा ...
मानवबेचविखन रोक्न नेपाल र भारतविच अझै बढी सहकार्य र समन्वयमा जोड

मानवबेचविखन रोक्न नेपाल र भारतविच अझै बढी सहकार्य र समन्वयमा जोड

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
समाचारदाता नेपालगञ्ज, जेठ १९ । यहाँस्थित नेपाल भारत जमुनाहा नाका मानव बेचविखनका लागि निकै संवेदनशिल नाका रहेकोले मानवबेचविखन नियन्त्रण गर्न दुबै देशविच अझै बढी सहकार्य र समन्वयमा जोड दिईएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित प्रोटेक्ट परियोजना अन्तर्गत बाँके युनेस्को क्लबले नेपालगञ्जमा आयोजना गरेको नेपाल–भारतका सम्बन्धित अधिकारी र अन्य सरोकारवालाबीचको अन्तरक्रियामा सो कुरामा जोड दिईएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले मानवबेचविखन रोक्न नेपाल र भारतका सम्बन्धित निकाय लगायत संघसंस्थाले अझै गम्भीर भएर लाग्नु पर्ने आवश्यकता औल्याउनुभयो । उहाँले रोजगारी लगायतको लोभमा पारेर दलालले सो कार्य गर्दै आएकोमा चेतनामुलक कार्यक्रममा पनि ध्यान दिनु पर्ने बताउनुभयो । राष्टिय मानवअधिकार आयोग नेपालगञ्जका प्रमुख द्धारिका अधिकारीले अहिले पनि मानवबेचविखन हुनु निकै दुखद भएको ब...
गौ हत्या नियन्त्रणका लागि नरैनापुर गाउँपालिका कस्सियो, संलग्नलाई एक वर्षसम्म सेवा उपलब्ध नगराउने निर्णय

गौ हत्या नियन्त्रणका लागि नरैनापुर गाउँपालिका कस्सियो, संलग्नलाई एक वर्षसम्म सेवा उपलब्ध नगराउने निर्णय

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध, स्वस्थ्य
समाचारदाता नरैनापुर १२ जेठ । बाँकेको नरैनापुर गाँउपालिकामा गौ हत्याको घट्ना बढ्न थाले पछि गाँउपालिकाको गम्भीर ध्यानाकर्षण भएको पालिकाले जनाएको छ । नरैनापुर गााउपालिकाको शुक्रबार बसेको गाँउकार्यपालिकाको बैठकले गौ हत्यामा संलग्नहरुको पहिचान गरी कडा भन्दा कडा कारवाहि गर्न र आगामी दिनमा यस्ता घट्ना दोहोरीन नपाओस भनेर गौ हत्यामा संलग्न भएको प्रमाणित भए १ वर्ष सम्म गाँउपालिकाबाट प्रदान गर्ने कुनै पनि सेवा उपलब्ध नगराउने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी दिनु भयो । पालिकाको बैठकले गौ हत्या गर्ने व्यक्तिको सम्बन्धमा सूचना दिने सूचकलाई हत्यारा प्रमाणित भए १५ हजार रुपियाँ उपलब्ध गराउने निर्णय गर्नुका साथै गौ हत्या नियन्त्रण गर्न सम्बन्धी सूरक्षाकर्मीहरुलाई गाँउपालिकाले अनुरोध गरेको प्रमुख प्रशासकिय अधिकृत खरालले बताउनु भयो । नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद ...
स्किजोफ्रेनिया – भ्रम र यथार्थ

स्किजोफ्रेनिया – भ्रम र यथार्थ

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
-डा मो ऐनुद्दीन बागबान विश्वभरी हरेक वर्ष मई २४ तारिखको दिन विश्व स्किजोफ्रेनिया दिवस मनाइने गरिन्छ। जसको शुरुवात सन् १९८६ देखि भएको थियो। यसको मुख्य उद्देश्य विश्वमा स्किजोफ्रेनियाबारे जनचेतना एवंजागरुकता फैलाउने तथा यससम्बन्धि समाजमा विद्यमान गलत धारणाहरुलाई निर्मूल पार्नेहो। विश्व स्वास्थ्य संगठन अनुसार, झण्डै १ प्रतिशत जनसंख्या स्किजोफ्रेनियाबाट पीडित रहेको पाइन्छ । एउटा अध्ययन अनुसार, यसरोगबाट ग्रसित व्यक्तिहरुले उचित औषधि उपचार नपाएर करीब २५ देखि ३० प्रतिशत बिरामीहरु गंभीर अवस्थामा पुगी आत्महत्यागर्ने गरेको पाइएकोछ। सिजोफ्रेनिया एउटा दीर्घकालीन कडा मानसिक स्वास्थ्य समस्या हो। जसलाई निम्न लक्षणहरुबाट पहिचान गरिन्छ। स्किजोफ्रेनियाका लक्षणहरु बिना आधार कुनै गलत बिश्वासमा अडिग रहने नभएको आवाज सुन्ने र नभएको कुरा देख्ने लक्ष्यहीन तथा अव्यवस्थित क्रियाकलापहरू अर्थहीन बोलिचालि, आफैं ब...
मर्यादित कामकालागि रोजगारदाता र श्रमिकलाई बाँके युनेस्कोद्धारा अभिमूखिकरण

मर्यादित कामकालागि रोजगारदाता र श्रमिकलाई बाँके युनेस्कोद्धारा अभिमूखिकरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, जेठ ९ । बाँके युनेस्को क्लबले मर्यादित र सुरक्षित वातावरणमा व्यवसाय एवं रोजगार सञ्चालनकालागि बर्दियाको ठाकुरबाबा नगरपालिकामा रहेका रोजगारदाता र श्रमिकहरुका लागि अभिमूखिकरण कार्यक्रम गरेको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो अभिमूखिकरण गरिएको हो । सो अभिमूखिकरणमा नगरपालिका भित्रका युवा महिलालाई रोजगारी र व्यवसायमा लगाउन देखिएका समस्या र चुनौतीहरुसंगै अवसर तथा अन्य विभिन्न प्रकारका अवरोधका बारेमा छलफल गरिएको पर्ल परियोजनाका संयोजक गोविन्द लामिछानेले बताउनुभयो । कार्यक्रममा ठाकुरबाबा नगरपालिकाको रोजगार संयोजक रविन्द्र अर्यालले रोजगारदाता र श्रमिक दुबैलाई एकै ठाउँमा राखेर गरिएको यो कार्यक्रम निकै सकारात्मक रहेको र यसबाट युवा महिलालाई रोजगारीमा जान सहज हुने बताउनुभयो । उद्योग वाणिज्य संघका अध्यक्ष...
स्थानीय सरकारद्धारा युवा महिलालाई रोजगारी र व्यवसायमा प्राथमिकता

स्थानीय सरकारद्धारा युवा महिलालाई रोजगारी र व्यवसायमा प्राथमिकता

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, जेठ ८ । प्लान इन्टर नेसनल नेपाल र बाँके युनेस्को क्लबले बर्दियाको गुलरियामा आयोजना गरेको संवाद कार्यक्रममा लैंगिक समानता र रोजगारीका अवसरका लागि शिक्षा र सिपमा विशेष जोड दिईएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत आयोजना गरिएको सो संवाद कार्यक्रममा सहभागि हुनु भएका विभिन्न सरोकारवालाले युवा महिलाको रोजगारीका लागि महिला मैत्री वातावरण निर्माण गर्नुका साथै अभिभावक र सरोकारवाला निकाय सबैको सहयोग आवश्यक रहेको कुरामा जोड दिईयो । गुलरिया नगरपालिकाको महिला विकास शाखा प्रमुख शिला शाहले युवा महिलाको आर्थिक अवस्था बलियो बनाउन उनिहरुलाई रोजगारी र व्यवसायमा लगाउनु आवश्यक रहेको जनाउँदै त्यसका लागि लैंगिक समानता, समान अवसर र अभिभावकको सहयोग अपरिहार्य भएको बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालय गुलरियाका केशवराज...
युवा महिलाको रोजगारीको अवसर, सम्भावना र प्राथमिकताका लागि गुलरियामा संवाद

युवा महिलाको रोजगारीको अवसर, सम्भावना र प्राथमिकताका लागि गुलरियामा संवाद

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, जेठ ६ । बाँके युनेस्को क्लबले युवा महिलाको रोजगारीकालागि स्थानीय स्तरमा अवसर, सम्भावना तथा आगामी प्राथमिकताका विषयमा छलफल गर्न बर्दियाको गुलरियामा एक संवाद कार्यक्रम गरेको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो संवादको आयोजना गरिएको हो । गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा युवा महिलाको रोजगारीका लागि महिला मैत्री वातावरण निर्माण गर्नुका साथै अभिभावक र सरोकारवाला निकाय सबैको सहयोग आवश्यक रहेको निष्कर्श निकालिएको थियो । कार्यक्रमका प्रमुख अतिथि गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतमले युवा महिलाको रोजगारी र आर्थिक सक्षमतामा लैंगिकताको प्रभावले समस्या पार्ने गरेको जनाउँदै स्थानीय सरकारले लैंगिक समानतामा विशेष ध्यान दिएर युवा महिलालाई रोजगार...
युवा महिलाको आर्थिक विकासकालागि ठाकुरबाबामा अभिभावकसंग संवाद कार्यक्रम

युवा महिलाको आर्थिक विकासकालागि ठाकुरबाबामा अभिभावकसंग संवाद कार्यक्रम

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, जेठ ५ । बाँके युनेस्को क्लबले बर्दिया ठाकुरबाबाका युवा महिलालाई रोजगारी र व्यवसायमा लगाउन अभिभावकलाई सहयोगी र सकारात्मक बनाउने उदेशयले संवाद कार्यक्रम सम्पन्न गरेको छ । बर्दियाको ठाकुरबाबा नगरपालिकाका युवा महिलालाई रोजगारी र व्यवसायमा लाग्न घर परिवारबाट सहयोग र समर्थनका लागि संवाद कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो संवादको आयोजना गरिएको हो । उक्त संवादपछि युवा महिलालाई रोजगारी गर्न सहज हुने र अभिभावकबाट सकारात्मक सहयोगको प्रतिवद्धता गरिएकोले उनिहरु आत्मनिर्भर बन्ने पर्ल परियोजना संयोजक गोविन्द लामिछानेले बताउनुभयो । सो संवाद कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका शिक्षा शाखा प्रमुख सिता आचार्यले शिक्षा र सिपले मात्रै महिलालाई आर्थिक रुपमा शसक्त बनाउने तथा आत्मनिर...