२१ जेष्ठ २०८३, बिहीबार

मुख्य समाचार

बाँकेमा मानवबेचविखन रोक्न समन्वय र सहकार्यमा बिशेष जोड

बाँकेमा मानवबेचविखन रोक्न समन्वय र सहकार्यमा बिशेष जोड

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, बैशाख १२ । मानवबेचविखन रोक्न विभिन्न तरिकाले काम गरिरहेका बाँकेका संघसंस्थाहरुको समन्वय तथा सहकार्य बैठक नेपालगञ्जमा सम्पन्न भएको छ । प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको प्रोटेक्ट परियोजना अन्तर्गत सो समन्वय र सहकार्य बैठकको आयोजना गरिएको हो । बैठकमा सहभागि विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय सरकारका सम्बन्धित शाखाका कर्मचारी र सरकारी निकायका कर्मचारीले मानवबेचविखन नयाँ नयाँ तरिकाले जारी नै रहेकोमा चिन्ता व्यक्त गर्दै सो लाई न्युनिकरण गर्नका लागि काम गर्ने सबै संघसंस्था र स्थानीय सरकारविच अतिनै राम्रो समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । बैठकमा सहभागि अधिकांशले बजेट र कार्यक्रम हुँदासम्म सक्रिय रहने र त्यसपछि वास्ता नगर्ने प्रवृत्ति हावी हुँदै गएको जनाउँदै बेचविखन विरुद्ध काम गर्ने संघसंस्थाहरुले बजेट र कार्यक्रम भएपनि, नभएपनि दुब...
बालबिवाह अन्त्यका लागि पाँच बुँदे बढैयाताल घोषण पत्र जारी

बालबिवाह अन्त्यका लागि पाँच बुँदे बढैयाताल घोषण पत्र जारी

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, बैशाख १२ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकामा बालविवाह अन्त्यका लागि पाँच बुँदे घोषणा पत्र जारी गर्दै सो का लागि कार्यविधिको मस्यौदा समेत तयार गरिएको छ । बढैयाताल गाउँपालिकाको समन्वय र प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दिया जिल्लामा संचालित बालबिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत तीन दिने कार्यशाला गोष्ठिको आयोजना गरेर घोषणा पत्र जारी गर्दै कार्यविधि तयार पारिएको हो । बिभिन्न धर्मका धार्मिक, अगुवा, पण्डित, बडघर, पास्टर, बौद्ध गुरुहरुलाई एउटा संजालमा आबद्ध गरी बालबिवाह बिरुद्ध शसक्त रुपमा कार्य गरी बढैयाताल गाउँपालिकालाई बालबिवाहमुक्त गाउँपालिका बनाउने उध्येश्यकासाथ सोे कार्यशाला गोष्ठिको आयोजना गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँका अनुसार उक्त कार्यशाल...
डा. रोमन किदवाईलाई राष्टपतिले प्रवल जनसेवा पदकबाट विभूषित गरे

डा. रोमन किदवाईलाई राष्टपतिले प्रवल जनसेवा पदकबाट विभूषित गरे

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, बैशाख १ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका सहायक निर्देशक वरिष्ठ सर्जन डा रोमन किदवाई प्रवल जनसेवा श्री पदकबाट शुक्रवार विभूषित हुनु भएको छ। गत संविधान दिवसको अवसरमा सरकारले उहाँलाई सो विभूषण प्रदान गर्ने घोषणा गरेको थियो । शुक्रवार शितल निवास राष्टपति कार्यालयमा आयोजित एक भव्य कार्यक्रमका विच राष्टपति रामचन्द्र पौडेलले डा किदवाईलाई उक्त पदकबाट विभूषित गर्नु भएको छ । समाजमा अतिनै लोकप्रिय, सबैका मनप्रिय र सधैं समाजसेवा गर्न रुचाउने डा.किदवाईले पदक प्राप्त गर्नु भएपछि संक्षिप्त प्रतिक्रिया दिंदै यस्ता सम्मान र पदकले समाजसेवा र जनसेवा गर्ने थप उत्साह र हौसला प्राप्त भएको बताउनुभयो । उहाँले स्वास्थ्य सेवा लगायत अन्य समाजसेवामार्फत बाँके बर्दिया लगायत विभिन्न जिल्लाका जनताको निरन्तर सेवा गदेृ आउनु भएको छ ।...
नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा मन्सुरी निर्वाचित

नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा मन्सुरी निर्वाचित

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, चैत ३० । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित हुनु भएको छ । उहाँले ७० मतका साथ बिजय हासिल गर्नु भएको हो । अजिज किराना स्टोरका प्रोपराईटर मन्सुरी व्यवसायीक संगसंगै सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहँदै आउनु भएको छ। नेपालगन्ज उद्योग वाणिज्य संघमा २ कार्यकाल कार्यसमिति सदस्य, एक कार्यकाल उपाध्यक्ष र अहिले अध्यक्ष रहनु भएका मन्सुरी नेपालगन्ज किराना तथा खाद्यान व्यवसायी संघको २०६३ सालदेखि हालसम्म नेतृत्वदायी भूमिकामा हुनुहुन्छ । त्यस्तै नेपाल बितरक महासंघमा पूर्व कार्यसमिति सदस्य, नेपालगन्ज बितरक संघमा सदस्य हुनुहुन्छ भने लायन्स क्लव सिद्धी बिनायकको पूर्व अध्यक्ष समेत भई बिभिन्न अनुभव सङ्गालेका प्रतिष्ठित, उर्जावान र जुझारु युवा व्यवसायी हुनुहुन्छ । मन्सुरीलाई विजयी गराउन न...
नेपालमा बैङ्कको अवस्था सुरक्षित रहेको गभर्नर अधिकारीद्धारा जानकारी

नेपालमा बैङ्कको अवस्था सुरक्षित रहेको गभर्नर अधिकारीद्धारा जानकारी

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं, चैत २८ गते। नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैङ्कको अवस्था सुरक्षित रहेको बताउनुभएको छ। मंगलबार नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०७९र८० को आठ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो। उहाँले नेपालका बैङ्क वित्तीय संस्थाको अवस्था सुरक्षित र स्वस्थ रहेको दाबी गर्नुभयो। उहाँले तत्काल सानोतिनो धक्काले नेपालका बैङ्क तथा वित्तीय संस्थामा जोखिम नआउने बताउनुभयो। उहाँले सबै वित्तीय संस्थाको तथ्याङ्क बलियो हरेको बताउनुभयो। उहाँले बैङ्क तथा वित्तीय संस्थामा तरलताको अभावको कारणले समस्या आउने अवस्था नभएको बताउनुभयो। उहाँले पछिल्लो समय बैङ्कहरूमा तरलता सहज हुँदै आएको बताउनुभयो। उहाँले विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास भुक्तानी कारोबारको लागि गरिएको सचे...
ठाउँ अभावले नेपालगञ्ज कारागारमा कैदीबन्दी कोचाकोच

ठाउँ अभावले नेपालगञ्ज कारागारमा कैदीबन्दी कोचाकोच

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, चैत २८ गते । नेपालगञ्जमा गर्मी बढ्दै गएको बेला पनि यहाँस्थित कारागारमा कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको पाइएको छ । बाँके जिल्लामा मानवअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाका अगुवा मानवअधिकारकर्मीहरूको एक टोलीले यहाँस्थित कारागारको अनुगमन गर्दा ठाउँ अभावले गर्मीमा पनि कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको पाइएको जनाएको हो । तीन सय ५० जना कैदीबन्दी राख्ने क्षमता भएको यस कारागारमा ठाउँ अभावका भएपनि करिब तेब्बर बढी आठ सय ३९ जना कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको पाइएको अनुगमन टोलीका अगुवा एडभोकेसी फोरम लुम्बिनी प्रदेशका वरिष्ठ संयोजक अधिवक्ता वसन्त गौतमले बताउनुभयो । उहाँले बढ्दो गर्मीमा पनि यसरी कैदीबन्दीलाई कोचाकोच गरेर राख्दा उनीहरूको मानवअधिकार उलङ्घन भएको उहाँको भनाइ छ । अधिवक्ता गौतमका अनुसार सो कारागारका महिला थुनुवालाई बर्दिया स्थानान्तरण गरी दुई वटै ब्लकम...
बाँके युनेस्कोद्धारा गाभर पार्कमा निर्माण गरिएका शौचालय हस्तान्तरण

बाँके युनेस्कोद्धारा गाभर पार्कमा निर्माण गरिएका शौचालय हस्तान्तरण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, चैत २७ । बाँके युनेस्को क्लबद्धारा कतार च्यारिटी नेपालसँगको साझेदारीमा बैजनाथ गाउँपालिकास्थित लायन्स गाभर पार्क परिसरमा सरसफाई सुविधा प्रवद्र्धन गर्ने उदेश्यले निर्माण गरिएका शौचालयहरु पार्क व्यवस्थापनलाई हस्तान्तरण गरिएको छ । क्लबद्धारा कतार च्यारिटी नेपालको सहयोगमा सञ्चालित “स्वास्थ्य तथा सरसफाइ सुविधामा वृद्धि गर्न खानेपानी प्रणालीसहित हात धुने स्टेशन निर्माण” कार्यक्रम अन्तर्गत गाभर पार्कमा ती शौचालय निर्माण गरिएका हुन् । हस्तान्तरण कार्यक्रमको आयोजना गरेर पार्क परिसरमा निर्माण गरिएका पुरुषका लागि २, महिलाका लागि १ र अपाङ्गता भएका व्यक्तिका लागि १ गरि चारवटा शौचालय बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी र उपाध्यक्ष पञ्चम गुरुंगले संयुक्त रुपमा पार्कका अध्यक्ष युवराज शाह, वडा नम्बर १ का वडा अध्यक्ष रुप बहादुर मल्ल र गाभर होम...
युनेस्कोद्धारा बर्दियामा सञ्चालित परियोजनाको संयुक्त अनुगमन

युनेस्कोद्धारा बर्दियामा सञ्चालित परियोजनाको संयुक्त अनुगमन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, चैत १९ । बाँके युनेस्को क्लबले बर्दिया जिल्लाका विभिन्न पालिकामा सञ्चालन गरेको परियोजना र कार्यक्रमको संयुक्त अनुगमन गरिएको छ । प्लान इन्टरनेसनल नेपाल तथा स्ट्याण्डर्ड चार्टर्ड नेपालको संयुक्त टोलीले प्लान नेपालको साझेदारीमा बर्दियाको गुलरिया र ठाकुरद्धारा नगरपालिकामा क्लबले सञ्चालन गरेको युवा महिलाको आर्थिक शसक्तिकरण तथा रोजगार परियोजनाको अनुगमन गरेको हो । अनुगमन टोलीले गुलरिया नगरपालिका ९ रामपुरका सिलाई कटाई तालिम लिएर सामाग्री पाई उद्यम गरिरहेका महिलाहरुको अवस्था बुझ्नुका साथै गुलरियामा डेन्टल लैब असिस्टेन्ट, सुरक्षा गार्ड, पशुपालन र व्युटिपार्लर तालिम लिएकासंग अनुभव र आगामी योजनाका बारेमा छलफल गरेको थियो । सोही प्रकारले सो टोलीले ठाकुरबाबा नगरपालिकाका सेल्सपर्सन तालिम लिएका किशोरीहरुसंग छलफल गरेको थियो । त्यसका साथै नगरपालिकाका पदाधिकारीहरु, प्रमुख प्रशासकीय अ...
अपाङ्गता भएकी गुलरियाकी एक किशोरीलाई विद्यालय जान ट्राइसाइकल वितरण

अपाङ्गता भएकी गुलरियाकी एक किशोरीलाई विद्यालय जान ट्राइसाइकल वितरण

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, चैत १८ । शाररिक रुफल अशक्त भै घरबाट विद्यालय जान नसक्ने भएकी बर्दिया गुलरियाकी अपाङ्गता भएकी एक किशोरीलाई बाँके युनेस्को क्लबले ट्राइसाइकल बितरण गरेको छ । प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा क्लबले बर्दियामा सञ्चालन गरेको बालविवाह, चाडै विवाह र जबर्जस्ती गरिने विवाह रोकथाम परियोजना अन्तर्गत वडा नम्बर ८ गुलरियाकी अपाङ्गता भएकी सरस्वती चौधरीलाई ट्राइसाइकल प्रदान गरियो । गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, प्लान इन्टरनेशनल नेपालकी क्षेत्रीय प्रबन्धक मीना पराजुली र बाँके युनेस्को क्लबका प्रमुख संरक्षक परवेज अली सिद्दिकीले चौधरीलाई संयुक्त रुपमा ट्राईसाइकल हस्तान्तरण गर्नुभयो । शाररीक अपाङ्गताको कारण सरस्वतीलाई विद्यालय जान असहज भएको जानकारी प्राप्त भए लगत्तै बाँके युनेस्को क्लवको पहलमा प्लान इन्टरनेशनल नेपालले सो ट्राईसाईकल उपलब्ध गराएको क्लबका प्रमुख संरक्षक ...
मानवता नेपाल बाँकेको अध्यक्षमा अधिकारी

मानवता नेपाल बाँकेको अध्यक्षमा अधिकारी

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, चैत १६ । सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आफ्नो परिचय दिन सफल मानवता नेपाल बाँकेको प्रथम साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ । बुधवार भएको प्रथम अधिबेशनबाट अध्यक्ष पदमा मधुसूदन अधिकारी अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । त्यसैगरी नव निर्वाचित पदाधिकारीहरुमा उपाध्यक्ष पदमा सुमन गिरी श्रेष्ठ, सचिव पदमा केपी घिमिरे, सहसचिव पदमा इन्जिनियर नेत्र प्रसाद सापकोटा, कोषाध्यक्ष पदमा खुश्बु श्रीवास्तव सर्वसम्मत चयन भएका छन् । सदस्य पदहरुमा क्रमश नवीन शर्मा पौडेल, अब्दुल अजिज हलवाई, जित बहादुर बिक, जयेश जङ्ग शाह , पञ्चम गुरुङ, कमला वली, सर्वसम्मत चयन भएका छन् । १३ कार्यसमिति हुने उक्त संस्थामा २ दुईजना पछि मनोनीत गरिने बताइएको छ । हराएको मानवताको खोजी गर्ने उद्देश्यले स्थापना भएको संस्थाले विभिन्न सामाजिक कामहरु गरिरहेको संस्थाको संस्थापक अध्यक्ष तथा कार्यक्रमको अध्यक...