सिराज खान
नेपालगञ्ज, मङ्सिर ४ गते । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बाँकेको कोहलपुरमा मतदान गर्नुभएको छ। उहाँले बाँके क्षेत्र नं १ कोहलपुरको पिपिरीस्थित मतदानस्थलबाट पहिलो मतदान गर्नुभयो ।
मन्त्री अथकसँगै लुम्बिनी प्रदेश सभाका निवर्तमान सदस्य पार्वती पुन उषा र आइपी खरेलले पनि मतदान गर्नुभएको छ । मन्त्री अथक बाँके क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेदवार पनि हुनुहुन्छ ।...
सिराज खान
नेपालगञ्ज, मङ्सिर ४ गते । पुर्वमन्त्री तथा जनता समाजवादी पार्टीका केन्द्रिय नेता मोहम्मद ईश्तियाक राईले नेपालगञ्ज १५ मा मतदान गर्नुभएको छ । नेपालगञ्ज १५ को मतदान केन्द्रमा मतदान गर्न पुग्नु भएका पुर्वमन्त्री राईले सो मतदान केन्द्रमा सबैभन्दा पहिले मतदान गर्नुभयो ।
उहाँ बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार पनि हुनुहन्छ । मतदानपछि उहाँले सक्षिप्त प्रतिक्रिया दिंदै लोकतन्त्रको एउटा महाकुम्भमा सहभागी भएर मतदान गरि आफ्नो जिम्मेवारी पूरा गरेको जनाउँदै सम्पूर्ण मतदाताहरुलाई लोकतन्त्रको यो सुन्दर महापर्वमा सहभागी भएर बिबेकपूर्ण मतदान गर्न अपिल गर्नुभएको छ ।...
जनतामा त्रास फैलाएर निर्वाचन विथोल्ने उदेश्यले बम बनाईएको आशंका
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, कात्तिक ३० । निर्वाचनमा केही दिन मात्र बाँकी रहँदा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरस्थित दिवाकर बिक्रम मल्लको घरमा बम बनाउने क्रममा प्रेसर कुकर बम बिस्फोट भएको छ ।
बुधबार राती करिब साढे आठ बजेतिर मल्लको घरमा विद्यार्थिले भाडामा लिएको कोठामा बम बिस्फोट भएको थियो । नेत्र बिक्रम चन्द नेतृत्वको विप्लप समुहका कार्यकर्ताले सो कोठामा बम बनाउने क्रममा बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
उक्त बिस्फोटमा परेर विप्लव समुहका विद्यार्थी संगठनका जिल्ला अध्यक्ष सल्यान निवासी डिल्ली बहादुर डिसी क्षेत्री र उक्त संगठनका कार्यकर्ता कैलाली निवासी धर्मराज बडुवाल घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार ...
समाज भाँड्ने र नागरिकता विरोधीहरुसंग सावधान रहन आग्रह
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, कात्तिक ३० । बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार मोहम्मद ईश्तियाक राईले ठुलो त्याग र बलिदानपछि जनताले पाएको अधिकार खोसेर फेरी रैती बनाउने षडयन्त्र भैरहकोले सचेत रहन जनतासंग आग्रह गर्नु भएको छ । उहाँले जनताले पाएको अधिकार खोसेर फेरी सामन्ती शासन चलाउन खोज्नेहरुले धर्म जातको नाराहरु दिएर समाज भाड्ने र आफ्नो उदेश्य पुरा गर्ने खेल खेलीरहेको बताउनुभयो ।
बाँकेको डुडुवा २ बेतहनीमा बुधवार आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै पुर्वमन्त्री तथा उम्मेदवार राईले जनताले पाएको अधिकार, कमाएको सम्पत्ति र गरेको प्रगति सहन नसकेर विभिन्न बहानामा विभाजन ल्याई फेरी गुलाम बनाउन खोजिएकाले सचेत रहन तथा त्यस्तालाई धपाउन आग्रह गर्नुभयो ।
धवल समशेर राणप्रति ईगित गर्दै पुर्वमन्त्री राईले भन्नुभयो – कुनै पनि म...
नेपालगन्जपाटी समाचार
नेपालगन्ज, कात्तिक २९ । नेकपा माओवादी केन्द्रबाट बाँके २ को प्रदेशसभा २ का उम्मेदवार अकलबहादुर बमले ११ शिर्षकभित्र ७० वटा प्रतिवद्धता समेटिएको आफ्नो प्रतिवद्धता पत्र मंगलवार सार्वजनिक गरेका छन् ।
नेपालगन्जमा एक कार्यक्रमका बीच पत्रकारहरु माझ उनले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । बमले उक्त प्रतिवद्धता पत्रमा निर्वाचन क्षेत्रमा गर्न सकिने विभिन्न कामलाई आफ्नो प्रतिवद्धताका रुपमा समेटेका छन् ।
सो कार्यक्रममा उनले बाँकेको क्षेत्र नम्बर १ र ३ मा गठबन्धन हुदै गर्दा २ नम्बर क्षेत्रमा आवश्यकता अनुसार मित्रवत मित्रवत प्रतिस्पर्धा गर्न लागिएको बताए । उनले क्षेत्र नम्बर २ मा संघिय सांसदमा काँग्रेसले उम्मेदवारी दिंदा प्रदेशमा एउटा सिट माओवादीले पाउनु पर्नेमा त्यसो नगरिंदा बाध्य भएर मित्रवत प्रतिष्पर्धामा जानु परेको बताए।
उनले आफुले जनताको मतको सम्मान र सदुपयोग...
सिराज खान
नेपालगञ्ज, कात्तिक २८ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भारतसँग जोडिएको बाँकेको सीमा नाका तीन दिन पुर्ण रुपमा बन्द गरिने भएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका लागि यहाँस्थित नेपाल भारत जमुनाहा नाकालगायत जिल्लाका सबै सहायक नाकाहरु समेत ७२ घण्टा बन्द गरिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
हालै नेपाल र भारतका सीमावर्ति जिल्लाका सुरक्षा अधिकारीहरुको बैठकमा भएको सहमतिअनुसार मङ्सिर १ गते राति १२ बजेदेखि मङ्सिर ४ गते राति १२ सम्मकालागि नेपाल भारत सीमा नाका पूर्ण रुपमा बन्द गरिने बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो ।
उहाँले सोही समयमा बर्दियाको मुख्य नाका गुलरिया नाकासँगै जिल्लाका अन्य सबै सहायक नाकाहरु पनि बन्द गरिने बताउनुभयो । नेपालले मात्रै नभएर भारतीय प्रशासनले समेत आफ्...
नेपालगन्ज, कात्तिक २८ । चुनाव नजिकिदै गर्दा बाँके क्षेत्र नं २ को २ प्रदेशसभामा माओवादी तर्फका उम्मेदवार अकल बहादुर बमको लोकप्रियता बढ्दै गएको छ । माओवादीको एजेण्डा र नितिलाई समर्थन गर्दै बमलाई सहयोग गर्ने दिनदिनै बढ्दै गएको पाईएको छ ।
बमको प्रतिष्पर्धा नेपाली काँग्रेसका सुरेन्द्र हमाल र जसपाका आदेश अग्रवालसंग देखिएपनि उनि अरु भन्दा अगाडी रहेको मतदाताको भनाई छ । निर्वाचन प्रचार प्रसारको क्रममा बमले बाँकेका सफल व्यवसायी उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष स्वर्गीय दामोदर आचार्यलाई सम्झिनु भएको छ । स्व आचार्यको सम्बन्ध नेपालगन्जका पहाडी, मधेसी र मुस्लिमहरुसँग निकै प्रगाढ थियो । उनी लोकप्रिय थिए । अहिले माओवादी उम्मेदवार बम पनि नेपालगन्जका सम्पुर्ण समुदायका लोकप्रिय पात्रका रुपमा चिनिन थाल्नु भएको छ । स्वआचार्यको विरासत बमले अझ उचाइमा लग्न थाल्नु भएको छ ।
आचार्यको निधनपछि नेपालगन्जमा माओवादी...
नेपालगन्ज, कात्तिक २८ । हरेक राजनीतिज्ञको कठिन र अनिवार्यजस्तै एउटा परीक्षा हो चुनाव। राजनीतिक यात्राको १३ वर्षपछि नै इश्तियाक राईले चुनावी मैदान रोजिसकेका थिए। राजनीतिक जीवनको सबैभन्दा ठूलो चुनौती र असिमित सम्भावना गाँसेको यो चुनावी सेतु उनले सजिलै तरिदिए।
राजनीतिक इतिहासको पहिलो संविधानसभाको चुनावमा उनले बाँके क्षेत्र नं २ बाट चुनाव जिते। बाँकेको राजनीतिक इतिहासमा यो एउटा त्यस्तो निर्वाचन क्षेत्र हो जहाँ देशका प्रधानमन्त्रीसमेत भइसकेका सुशील कोइरालाले पनि चुनाव हार्नुपरेको थियो।
२०६४ सालको निर्वाचनमा उनले आफ्नै निकटतम प्रतिद्वन्द्वी दिनेशचन्द्र यादवलाई पराजित गरेर संविधानसभाको सदस्य भए। त्यो बेला उनी मात्रै २८ वर्षका थिए। २८ वर्षको एउटा ‘मधेसी’ ठिटो सांसद बनेर पहिलोपटक संविधानसभाको भवनमा छिर्दै थियो। उनी एउटामात्रै त्यस्तो सांसद हुन् जसले पहिलोपटक संसद भवनमा अवधी भाषामा सपथ लिएका थिए।
...
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, कात्तिक २७ । बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवारले घरदैलो अभियानलाई तिब्रता दिएका छन । चुनावको मिति नजिकिदैं गर्दा बाँके क्षेत्र नं १ मा गठबन्धनको चुनावी अभियानलाई तिब्रता दिईएको हो ।
विकासको एजेन्डा लिएर मतदाताको घरआँगनमा पुगिरहेका गठबन्धनका उम्मेदवारलाई स्थानियले खुलेर समर्थन गर्दै आएका छन । आईतबार बाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेदवार महेश्वर गहतराज अथक र फुलाराम थारू कोहलपुरका बिभिन्न वडामा आयोजित घरदैलो कार्यक्रममा सहभागी भएका छन । बाँके क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एवं युवा तथा खेलकुद मन्त्री अथकले आफुहरूको चुनावी अभियानमा स्थानियले खुलेरै समर्थन जनाईरहेको प्रतिक्रिया दिए ।
माओवादि केन्द्रका स्थायी समिति सदस्य समेत रहेका अथकले क्षेत्र नं १ का मतदाताले गठबन्धनकै पक्षमा मतदान गर्ने प्रतिवद्दता जनाएको बताए । आफुले बिगतमा गरेका क...
भ्रष्टाचार, विकास र सुशानका मुद्दामा बहस र छलफल गर्न राईद्धारा खुला चुनौती
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, कात्तिक २७ । नेपालगन्ज जेसीजले आइतवार त्रिभुवन चोकमा आयोजना गरेको सडक बहस कार्यक्रम ‘ककस’मा सहभागि बाँके क्षेत्र नम्बर २ का उम्मेदवारहरुले आफ्नो एजेण्डा र उम्मेदवारीको औचित्य पुष्टि गर्ने विचार प्रस्तुत गरेका छन् । कार्यक्रममा जनता समाजवादी पार्टीका उम्मेदवार मोहम्मद इश्तियाक राई, स्वतन्त्र पार्टीका उम्मेदवार विनोद अग्रहरी र स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनालको सहभागिता थियो ।
कार्यक्रमको अन्तिममा स्वतन्त्र उम्मेदवार हन्नान जसगढ उपस्थित भएपनि समय भन्दा धेरै पछाडी पुगेकोले उनलाई केही बोल्न दिईएको थिएन । राप्रपाका उम्मेदवार धवल शमसेर राणा अनुपस्थित भएपछि कार्यक्रमका आयोजकसहित धेरैले राजा डराएर कार्यक्रममा नआएको टिप्पणी गरेको पाइयो ।
कार्यक्रमका सञ्चालक वरिष्ठ पत्रकार हेमन्त कर्मा...