नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, कात्तिक २० । पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईले झुठको खेती गर्नेहरुबाट सावधान रहन बाँके क्षेत्र नम्बर २ का आम मतदाताहरुसंग आग्रह गर्नुभएको छ ।
शनिवार नेपालगञ्ज उपमहानगर र डुडुवा गाउँपालिकामा आयोजित विभिन्न कार्यक्रममा बोल्दै पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राईले अहिले केही उम्मेदवारले झुठको खेती गरेर जनतामा भ्रम छर्ने प्रयास गरिरहेकोले सचेत रहन आग्रह गर्नुभयो ।
उहाँले विभिन्न सपना बाँडेर, धर्म र जातियताको राजनिति गरेर पनि सफलता नमिल्ने देखेपछि झुठको खेती शुरु गरिएको जनाउँदै बिकासको नाममा एक सिन्को पनि नभाँच्ने र कोभिडको बेला २२ करोडको राहात वितरणमा अनियमितता गरेर आफुलाई सदाचारी भन्नेहरुसंग सावधान र सचेत रहन सर्वसाधारणलाई आग्रह गर्नुभयो ।
समाजमा विभाजन ल्याएर विजयी हुने योजना बनाएकाहरुले विभिन्न प्रकारका झुठको खेत...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, कात्तिक १९ । बाँके जिल्ला निर्वाचन क्षेत्र नं २ को २ बाट माओवादी केन्द्रबाट प्रदेशसभा उम्मेदवार अकल बहादुर बमले मतदाता भेटघाटलाई तिव्र पारेका छन् । उनलाई नेपालगञ्जका आम नागरिकले टोल, बस्तिमा भव्य स्वागत गरिरहेको बमको सचिवालयले जनाएको छ।
जनताका दुःख पीडामा तत्काल घर दैलोमा पुग्ने, सहयोगका लागि आवश्यक समन्वय गर्दै निरन्तर सक्रिय बमलाई आगामी मंसिर ४ गते हुने चुनावमा उम्मेदवारका रूपमा पाएपछि बाँके निर्वाचन क्षेत्र नम्बर २ को २ का जनता खुशी भएका छन् ।
युवा उमेर, आम नागरिकका पक्षमा काम गर्ने, दोहोरो चिनजान र सम्बन्ध भएका कारण बम जनताको घर आँगनमा पुग्दा आम नागरिकले राम्रो सम्मान र स्वागत गरिरहेको उम्मेदवार बमले बताए ।
ढाई दशकयता निरन्तर राजनीति र समाजसेवामा खटिरहेका अकल बहादुर बम जिल्लाका आशलाग्दा युवा नेता हुन् । सहज पहुँच, सबैको फोन उठाउने, घर आँगनमा पुग्ने, ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, कात्तिक १९ । बाँके क्षेत्र नं १ का निवर्तमान प्रतिनिधी सभा सदस्य एवं युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज अथकले राप्तीपारीबासीको बिकासको सपना अब बन्ने गठबन्धनको सरकारले पुरा गर्ने बताएका छन ।
आफु ५ वर्षे कार्यकालमा राप्ती नदिमा दोहरो तटबन्धन, सिक्टा सिचाई आयोजना र पूर्वि नगर, बिद्यालय भवनहरु, लगायत धेरै साना ठुला आयोजनाहरु सुरुवात भएको भन्दै अब बन्ने गठबन्धको सरकारले बाँकी कामहरु पुरा गर्ने प्रतिबद्धता जनाएका थिए । उनले रोजगारीको सृजना, कृषी तथा पर्यटनको बिकास, सर्बसुलभ शिक्षा स्वाथ्य अबको प्राथमिकता भएको बताए ।
राप्ती सोनारी गाँउपालिका वडा नं २ मा आयोजित जनभेटघाटमा बोल्दै उम्मेदवार अथकले राप्तीपारीको क्षेत्रमा बिजुली, बाटो, पुल पुलेसासँगै धेरै ठाँउमा बिद्यालय भवन निर्माण गरिएको भन्दै आगमी वर्षहरुमा नमुना बिकासको काम गरिने समेत दाबि गरे ।
कार्यक्रम...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, कात्तिक १३ । आगामी मंसिर ४ गते हुन गैरहेको संघीय तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि बाँकेमा पनि विभिन्न दलका उम्मेदवार तथा समर्थक र सहयोगीहरु यति बेला प्रचार प्रसारमा व्यस्त छन् । उनिहरुले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा तिव्रता दिएका छन् ।
सोही क्रममा पछिल्लो समयमा आएर बाँके निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा २ का लागि लुम्बिनी प्रदेशसभा सदस्यमा माओवादी केद्रका तर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका युवा नेता अकल बहादुर बमले पनि मतदाता भेटघाट र प्रचार प्रसारलाई तिव्रता दिएका छन् । मतदातासंगको भेटघाटलाई बढाएको जनाउँदै उनले आफुलाई हरेक वर्ग र क्षेत्रका मतदाताको निकै राम्रो समर्थन प्राप्त भैरहेको बताए ।
माओवादी केन्द्रको एजेण्डामा अहिले देश अगाडी बढी रहेकोले माओवादीकै जनप्रतिनिधि केन्द्र र प्रदेशमा पुगे भने सबै कुरामा सहज हुने र एजेण्डाहरुको सह...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, कात्तिक १३ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सभाका निवर्तमान सदस्य ईन्द्र प्रसाद खरेल आइपीलाई निर्वाचन जिताउनका लागि ७ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।
बाँके निर्वाचन क्षेत्र ३ को १ बाट माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेका आइपी खरेललाई जिताउन आइतबार बाँकेको बैजनाथमा माओवादी केन्द्रको निर्वाचन क्षेत्र ३ को १ को पार्टी कमिटीको बैठकले उक्त निर्वाचन परिचालन कमिटी गठन गरेको नेता खरेलले जानकारी दिए ।
खरेलका अनुसार, उक्त पार्टी कमिटीका अध्यक्ष र सचिवले पार्टीबाट राजिनामा दिएकाले उपाध्यक्ष कृष्णबहादुर घर्तीको अध्यक्षतामा बैठक बसी घर्तीकै संयोजकत्वमा ७ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको हो । कमिटीको सचिवमा राजमोहन चौधरी, कार्यालय सचिवमा सुदिप लामिछाने रहेका छन ।
...
नेपालगञ्ज, कात्तिक १३ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि बाँके जिल्लाका अधिकांश मतदान स्थललाई अति संवेदनशील मानेर सोहीबमोजिमको सुरक्षा प्रबन्ध मिलाइँदैछ।
भारतसँग सीमाना जोडिएका तथा विभिन्न कारणले संवेदनशील मानिएको बाँकेमा रहेका १३८ मतदान स्थलमध्ये १०८ लाई अति संवेदनशील मानेर सोहीबमोजिम सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले दिनुभएको जानकारीअनुसार निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सुरक्षा निकायले विशेष प्रकारको तयारी गरेको छ। जिल्लाका १०८ वटा मतदान स्थललाई अति संवेदनशील घोषित गरेर ती स्थानको सुरक्षाका लागि विशेष प्रबन्ध मिलाइएको उहाँले बताउनुभयो। १३८ मतदान स्थलमध्ये १०८ लाई अति संवेदनशील र ३० मतदान स्थललाई संवेदनशील घोषणा गरेर सोहीबमोजिमको सुरक्षा व्यवस्था मिलाइ...
समाचारदाता
नेपालगञ्ज, कात्तिक ७ । नेपालगञ्जमा दुई पक्षविच वादविवाद भएपछि केही युवाले हवाई फायर गरेर भागेको जनाईएको छ । स्थानीय त्रिभुवन चोकको पुर्व लाइनमा आइतवार राती करिब १२ बजेको समयमा एकजना युवकसंग चार पाँच जनाको विवाद भएको र सो बढ्दै गएपछि विवाद गर्ने युवालाई स्थानीयले घेराउ गर्दा उनिहरुले पेस्तोल झिकेर हवाई फायर गरेर भागेको जनाईएको छ ।
निर्वाचनको बेलामा यसरी युवाहरुले पेस्तोल बोकेर हिंडदा सुरक्षामा ठुलो चुनौती उत्पन्न भएको छ । त्यसैपनि निकै संवेदनशिल मानिने बाँकेको निर्वाचन अघि यस्ता अपराधिक घट्ना हुनुले सुरक्षा व्यवस्थामा कडाई हुनुपर्ने आवश्यकताको बोध गराएको छ ।
बाँके प्रहरीका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले घट्नाको पुष्टि गर्दै हवाई फायर गर्नेहरुको पहिचान भैसकेकोले छिटै पक्राउ पर्ने बताउनुभयो । उहाँले सो घट्ना बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाउँदै यसरी हतियार बोकेर हिड्ने...
समाचारदाता
नेपालगञ्ज, कात्तिक ६ । पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईलाई समर्थन गर्दै उहाँलाई विजयी बनाउन विभिन्न दलहरु परित्याग गरि जनता समाजवादी पार्टीमा प्रवेश गर्ने क्रम निरन्तर जारी छ ।
माओवादी र काँग्रेसबाट धेरैजना नेता कार्यकर्ताले जसपा प्रवेश गरिरहेकै बेला शनिवार एमालेबाट वडा नम्बर ३ का वडा अध्यक्षका उम्मेदवार नफिस अन्सारी र एमालेका पुराना नेता लतिफ अन्सारीसहित दर्जनौ नेता कार्यकर्ताले जसपामा प्रवेश गरेका छन् ।
सोही प्रकारले नेपाली काँग्रेस परित्याग गरेर उबेद कुरेशी र राप्रपा परित्याग गरेर सिखर ईराकीले पनि जसपामा प्रवेश गरेका छन् ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा नम्बर ३ को वडा अध्यक्षमा उम्मेदवार बनेर थोडै मतको अन्तरले पराजित भै दोस्रो स्थानमा रहनु भएका नफिस र एमालेका पुराना नेता लतिफसहित काँग्रेसका उबेद र राप्रपाका सिखर लगायतलाई पुर्वमन्त्री राईले पार्टी प्रवेश गराए ।
...
समाचारदाता
नेपालगञ्ज, कात्तिक ५ । बी ग्रुपले बाल्मिकी समाज नेपाललाई कार्यालय स्थापनाका लागि एक लाख ७० हजार बराबारको सामाग्री सहयोग गरेको छ ।
बी ग्रुप, जीआइजेड नेपाल र एमडीएम फ्रान्सको साझेदारीमा सञ्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत बाल्मिकी समाज नेपाललाई कार्यालय सञ्चालनका लागि एक लाख ७० हजार बराबरका विभिन्न सामाग्री सहयोग गरिएको परियोजनाका व्यवसाय विकास अधिकृत समद सिद्दिकीले बताउनुभयो ।
सो सामाग्री बी ग्रुपक अध्यक्ष टेक बहादुर पुनले बाल्मिकी समाज नेपालका अध्यक्ष जगदिश बाल्मिकीलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा बोल्दै बी ग्रुपका अध्यक्ष पुनले बाल्मिकी समाजको भलाई र उत्थानका लागि खोलिएको यो संस्थाले आफ्नो उदेश्य पुरा गर्नतर्फ सधैं अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
यसैगरि बाल्मिकी समाज नेपालका अध्यक्ष बाल्मिकीले बी ग्रुपको यो सहयोग र परियोजना दुबैले बाल्मिक...
समाचारदाता
नेपालगञ्ज, कात्तिक ५ । प्लान इन्टरनेशनल नेपालले बर्दिया जिल्लाका १२५ बाढी पिडित परिवारलाई गैर खाद्य सामाग्री वितरण गरेको छ ।
प्लानका साझेदार संस्थाहरु बाँके युनेस्को क्लब, बि ग्रुप थारु महिला उत्थान केन्द्र, स्याक नेपाल र गेरुवा ग्रामिण जागरण संघको सहकार्य र विपद व्यवस्थापन समिति तथा स्थानीय सरकारको समन्वयमा तिहारको मुखमा आएर सो राहात सामाग्री वितरण गरिएको हो ।
बाढीबाट पिडित भै घरबारबिहीन भएका र समस्यामा परेका बर्दियाको बारबर्दिया नगरपालिकाका ४९ र गुलरिया नगरपालिकाका ७६ परिवार गरेर १२५ परिवारलाई राहात वितरण गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले राहात पाएर अधिकांश बाढीपिडितहरु निकै खुशी भएको जनाउँदै राहातका लागि उनिहरुले सम्बन्धित सबै संघसंस्थाप्रति आभार प्रकट गरेको पनि बताउनुभयो ।
तिहार जस्तो महान चाडपर्वको समयमा बाढीपिडितल...