सिराज खान
नेपालगञ्ज, फागुन ११ गते । बाँकेमा १३ औं पटक हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान शुरु गरिएको छ । १२ पटक अभियान सञ्चालन गर्दा पनि धेरैले औषधी सेवन नगरेपछि विहिबारबाट १३ औं पटक सो अभियान शुरु गरिएको हो ।
नेपालगञ्ज वडा नम्बर ३ को कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा विहिबार सो अभियानको शुभारम्भ गरिएको छ । सो अवसरमा बाँके क्षेत्र नम्बर २ ख का प्रदेश सांसद आदेश कुमार अग्रवालले हात्तीपाइले विरुद्धको ओषधी सेवन गरेर अभियानको शुभारम्भ गर्नुभयो ।
सो अवसरमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, बाँकेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठोर लगायत स्थानीय जनप्रतिनिधि र स्वास्थ्यकर्मीले समेत औषधी सेवन गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै नेपालगञ्ज मेडिकल कलेजको नेपालगञ्ज शिक्षण अस...
समाचारदाता
नेपालगञ्ज, फागुन १० । नेपालगञ्जका मुस्लिम धर्मगुरु र अगुवाहरुले हात्तीपाइले रोग विरुद्धको औषधी सेवन अभियानलाई सफल बनाउने प्रतिवद्धता जनाएका छन् ।
स्वास्थ्य कार्यालय बाँके, नेपालगञ्ज उपमहानगरपालिका र बाँके युनेस्को क्लबको समन्वय र सहकार्यमा बुधवार यहाँ मुस्लिम धर्मगुरु र मौलानाहरुका लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा सो प्रतिवद्धता व्यक्त गरिएको हो ।
बाँकेमा धेरै पटक हात्तीपाइले नियन्त्रण अभियान सञ्चालन गरिएपनि नेपालगञ्जकै मुस्लिम र मधेशी समुदायले हात्तीपाइलेको औषधी खान नमान्दा सो अभियान असफल हुँदै आएको थियो ।
कार्यक्रममा स्वास्थ्य कार्यालयद्धारा हात्तीपाइले रोगको अवस्था र औषधीको महत्व बारे गराईएको जानकारी पश्चात विभिन्न मस्जिद, मदरसा र अन्य धार्मिकस्थलमा कार्यरत सहभागि मौलाना, हाफिज र कारी लगायतका धर्मगुरुहरुले औषधी सेवन अभियानलाई सफल बनाउने प्रतिवद्धता जनाएका थिए ।
...
समाचारदाता
नेपालगञ्ज, फागुन १० । बाँके युनेस्को क्लबले शिक्षा शाखा बाँसगढीसँगको समन्वयमा त्यस नगरपालिकामा रहेका सबै माध्यामिक बिद्यालयहरुका शिक्षकहरुसँग बालबिवाह, यसका कानुनी ब्यबस्थाहरु र बिद्यालयहरुमा अतिरिक्त क्रियाकपालहरुको सुनिश्चितता सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम संपन्न गरेको छ ।
उक्त अभिमुखिकरण प्लान ईन्टरनेशनल नेपालसँगको साझदारीमा बाँके युनेस्को क्लबद्धार बर्दिया जिल्लामा संचालन गरेको बालबिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत संचालन गरिएको थियो ।
बिद्यालयहरुका शिक्षकहरुमा बालबिवाह, यसका कानुनी प्राबधान, यसका असरहरु, यसको न्युनिकरणमा बिद्यालयको भुमिका बिषयमा क्षमता अभिबृद्धी गरी उनीहरुमार्फत बिद्यालयमा बालबिवाह बिरुद्ध ब्यापक सचेतना अभिबृद्धि गरी बालबिवाह न्युनिकरणमा टेवा पुरयाउने उदेश्यका साथ यो कार्यक्रम आयोजना गरिएको क्लबका प्रमुख संरक्षक प्...
समाचारदाता
नेपालगञ्ज, फागुन ६ । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकामा श्रमिक पुरुष तथा महिलालाई मर्यादित कार्यका लागि लैङ्गिक सचेतिकरण सम्बन्धी एक दिने क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।
प्लान नेपालको सहयोगमा क्लबले सञ्चालन गरेको युवा महिलाहरुको आर्थिक सशक्तीकरण तथा रोजगार प्रर्वद्धन परियोजना अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो ।
श्रमिकका रुपमा कार्यरत कामदारहरुविच मर्यादित कार्यका लागि लैङ्गिक सचेतिकरणका लागि आयोजना गरिएको सो क्षमता अभिबृद्धि कार्यक्रममा सहकारी, निजी क्षेत्रका फर्म कम्पनी, निजि र सरकारी विद्यालय, साना किसान, इँटा उद्योग, संस्थागत मजदुर जस्ता विभिन्न संस्थाका श्रमिक पुरुष तथा महिलाको सहभागिता रहेको पर्ल परियोजनाका संयोजक गोविन्द लामिछानेले बताउनुभयो ।
श्रमिक महिला तथा पुरुषलाई लैङ्गिक समानता र श्रम न्यून खरिदकर्ता सम्बन्धी अभिमुखीकरण दिएर उ...
सिराज खान
नेपालगञ्ज, फागुन ४ । निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाले लघु उद्यमी महिलाहरुका लागि बाँकेको कोहलपुरमा दुई दिने बृहत्त निशुल्क स्वास्थ्य परीक्षण कार्यक्र सञ्चालन गरेको छ ।
निर्धन उत्थान लघुवित्त वित्तिय संस्थामा आवद्ध लघु उद्यमी महिलाहरुका लागि निर्धन उत्थान सन्जिविनी स्वास्थ्य प्रतिष्ठान कोहलपुरमा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य परीक्षणमा पाठेघरसम्बन्धि समस्या लगायत अन्य विभिन्न समस्या भएका महिला उद्यमीहरुले स्वास्थ्य परीक्षण गराउनुभएको छ ।
सो स्वास्थ्य परीक्षण कार्यक्रममा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा ईन्द्रजित घोष, डा. राम विष्ट र फिजिसियनहरु डा. श्याम विक तथा डा. देवेन्द्र आचार्यलगायतले महिलाहरुको स्वास्थ्य परीक्षण गर्नुभयो ।
सो शिविरमा कोहलपुर क्षेत्रका संस्थामा आवद्ध ३०० बढी महिलाहरुको स्वास्थ्य परीक्षण गरिने तथा औषधी समेत वितरण गरिने निर्धन उत्थान लघुवित्त वित्तिय स...
समाचारदाता
नेपालगञ्ज, फागुन ४ । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकामा युवा महिलाहरुको रोजगारी प्रवद्र्धनकालागि स्थानीय अवसर, संभावना तथा आगामी प्राथमिकता विषयमा एकदिने संवाद कार्यक्रमको आयोजना गरेको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो संवाद कार्यक्रम आयोजना गरिएको हो ।
सो संवाद कार्यक्रममा स्थानीय तहमा रोजगारी सृजना गर्नका लागि स्थानीय सरकारका प्रतिनिधि, अभिभावक र परियोजना सहभागिहरुविच गहन छलफल तथा विचारविमर्श गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता गर्दै गुलरिया नगरपालिकाका उपमेयर सावित्रा गौतमले युवा महिलाहरुको रोजगारी प्रवर्धनका लागि नगरपालिकाले विभिन्न योजना बनाउने तथा उनिहरुलाई पनि समान अवसर प्रदान गरिने बताउनुभयो । उहाँले महिलाको आर्थिक शसक्तीकरणका लागि नगरपालिकाले हर प...
समाचारदाता
नेपालगञ्ज, फागुन १ । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकामा युवा महिलाहरुको रोजगारी प्रवद्र्धनका लागि स्थानीय अवसर विषयमा एक संवाद कार्यक्रमको आयोजना गरेको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो संवाद कार्यक्रम आयोजना गरिएको हो ।
ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालको अध्यक्षता र नगरपालिकाका मेयर तिलक लम्सालको प्रमुख आतिथ्यमा सञ्चालन गरिएको सो संवाद कार्यक्रममा युवा महिला, अभिभावक र सेवा प्रदायक निकाय रोजगारवालाविच विषयमा व्यापक छलफल र विचारविमर्श गरिएको क्लबले जनाएको छ ।
युवा महिलाहरुको उद्यमशिलता, विकास र रोजगारी सृजना गरि महिलाहरुको आर्थिक अवस्था र जिवनस्तर सुधार गर्नका लागि सो कार्यक्रम सञ्चालन गरिएको परियोजना संयोजक गोविन्द लामिछानेले बताउनुभयो ।
ठाकुरबाबा नगरपालिक...
समाचारदाता
नेपालगञ्ज, फागुन १ । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकामा ‘रोजगारी अवसरका लागि अभिभावकहरुलाई लैंगिक समानता’ विषयक कार्यशाला आयोजना गरेको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत गुलरिया नगरपालिकामा सो कार्यशालाको आयोजना गरिएको हो ।
क्लबले सोही प्रकारका दुईवटा कार्यशाला ठाकुरबाबा नगरपालिकामा दुई दिन अघि आयोजना गरेको थियो ।
सो कार्यशालामा युवा महिलाहरुलाई स्वरोजगार बनाउन रोजगारीको अवसर प्रदान गर्ने विषयमा विस्तृत छलफल गरिएको पर्ल परियोजनाका संयोजक गोविन्द लामिछानेले बताउनुभयो ।
उहाँले रोजगारीमा लाग्न घर र समुदायमा सकारात्मक वातावरण सिर्जना गर्ने लक्ष्यका साथ घरपरिवारका प्रमुख वा अभिभावकहरूका लागि कार्यशाला आयोजना गरिएको बताउनुभयो ।
कार्यशालामा प्रमुख अतिथि गुलरिया नगरपालिकाकी उपमेयर सावित्रा गौतमल...
समाचारदाता
नेपालगञ्ज, माघ २९ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकामा ‘रोजगारी अवसरका लागि अभिभावकहरुलाई लैंगिक समानता’ विषयक कार्यशाला सम्पन्न गरेको छ । क्लबले सोही प्रकारको कार्यशाला एक दिन अघि पनि उक्त नगरपालिकामा आयोजना गरेको थियो ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो कार्यशालाको आयोजना गरिएको परियोजना संयोजक गोविन्द लामिछानेले बताउनुभयो ।
सो कार्यशाला पनि युवा महिलाहरुलाई सिप सिक्न र रोजगारीमा लाग्न घर परिवारबाट सहयोग प्राप्त होस भन्ने उदेश्यका साथ सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
कार्यशालाका प्रमुख अतिथि ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरिले लैंगिक समानता र रोजगारीका अवसरहरूका बारेमा आमाबाबु, अभिभावक र घरका प्रमुखहरूलाई जानकारी गराउनका लागि आयोजना गरिए...
समाचारदाता
नेपालगञ्ज, माघ २८ । बाँके युनेस्को क्लबले रोजगारी अवसर र अभिभावकलाई लैंगिक समानताका बारेमा जानकारी दिन बर्दियाको ठाकुरबाबा नगरपालिकामा अभिमूखिकरण कार्यशाला सम्पन्न गरेको छ ।
लैङ्गिक समानता र रोजगारीका अवसरहरूका बारेमा आमाबाबु, अभिभावक र घरका प्रमुखहरूलाई जानकारी गराउनका लागि सो कार्यशालाको आयोजना गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो कार्यशालाको आयोजना गरिएको हो ।
लैङ्गिक समानता, मर्यादित कामका अवसर, सीपमूलक तालिमको महत्व र युवा विशेष गरी महिलालाई स्वरोजगार बनाउन तथा रोजगारीको अवसर प्रदान गर्ने विषयमा एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
घर र समुदायमा सकारात्मक÷सहायक वातावरण सिर्जना गर्ने लक्ष्यका साथ ...