नेपालगन्जपाटी समाचार
नेपालगन्ज, मंसिर ११ । पाँचौं सामाजिक सुरक्षा दिवसको अवसर पारेर नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत योगदानमा आधारित सामाजिक सुरक्षा कोष सम्पर्क कार्यालय नेपालगन्जमा आइतवार उद्घाटन गरिएको छ ।
नेपालगन्जमा रहेको श्रम तथा रोजगार कार्यालयको भवनमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्माले उद्घाटन गर्नु भएको थियोे । श्रम तथा रोजगार कार्यालयको सभाहलमा भएको कार्यक्रममा प्राइभेट संस्थामा कामगर्ने श्रमिक र रोजगारदाता दुवैलाई फाईदा पुग्नेगरी लिएको योजना लाभदायक भएको भन्दै सहायक सिडियो शर्माले आफ्नो कार्यालयबाट यस कार्यालयलाई सफल बनाउन कुनै सहयोग आवश्यक भएमा सदैब तत्पर रहेको बताउनुभयो ।
सामाजिक सुरक्षा कोष बबरमहल काठमाडौंमा प्रशासकीय अधिकृत पदमा कार्यरत रहनु हुने पुर्ण बहादुर नेपालीले सञ्चालन गरेको कार्यक्रमको सभापति श्रम तथा रोजगार कार्यालय नेपालगन्...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर ११ । बाँके युनेस्को क्लबले नेपालगञ्जमा आइतवार मानवबेचविखन रोकथामका लागि विभिन्न सरोकारवाला निकायको उपस्थितिमा समन्वय तथा छलफल कार्यक्रमको आयोजना गरेको छ ।
प्लान इन्टरनेसनल नेपालको सहकार्यमा क्बलले सञ्चालन गरेको रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण परियोजना अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो ।
बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीका अनुसार सो समन्वय तथा छलफल कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रिजाल, महिला बालबालिका शाखाका छैटौं तहका अधिकृत आशा शाही, सुरक्षा निकायका प्रतिनिधि र नागरिक समाजका संस्थाहरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजालले मानवबेचविखन रोकथामका लागि छुट्टै बजेट विनियोजन आवश्यक रहेकोमा जोड दिनुभयो ।
महिला बालबा...
सिराज खान
नेपालगन्ज, मंसिर ७ । बाँके क्षेत्र नम्बर २ बाट पराजित हुनु भएका जनता समाजवादी पार्टीका केन्द्रिय नेता एवं पुर्व मन्त्री मोहम्मद ईश्तियाक राईले यस पटक आफु पराजित भएपनि बाँके क्षेत्र नम्बर २ को विकास, समृद्धि र सामाजिक सदभावका लागि सधैं सक्रिय रहीरहने प्रतिवद्धता जनाउनु भएको छ ।
मतपरिणाम सार्वजनिक भएर राप्रपाका उम्मेदवार धवल शमसेर राणाले ६ हजार बढी मतले जितेको घोषणा गरिए लगत्तै एक विज्ञप्ती प्रकाशित गरेर पुर्वमन्त्री राईले विजयी हुनु भएका राणालाई बधाई दिंदै आफुले शुरु गरेको सामाजिक सदभाव र एकतासहितको विकास र समृद्धिको अभियानमा साथ र सहयोग गर्ने ठुलो संख्याका मतदाताप्रति पनि हृदयदेखिनै आभार व्यक्त गर्नु भएको छ । उहाँले विजयी हुनु भएका राणाले जनता समक्ष गरेका वाचा र प्रतिवद्धतालाई पुरा गर्न आग्रह समेत गर्नु भएको छ ।
पुर्वमन्त्री राईले निर्वाचनमा उम्मेदवारको जित हार भन्दा पनि जनताक...
सिराज खान
नेपालगन्ज, मंसिर ७ । बाँके क्षेत्र नम्बर २ को प्रदेश सभा क र ख दुवै क्षेत्रमा जनता समाजवादी पार्टीका उम्मेदवार भण्डारीलाल यादव र आदेश अग्रवाल विजयी हुनुभएको छ ।
प्रदेश सभा क मा जसपाका यादवले निवर्तमान सांसद एमाले उम्मेदवार विजयबहादुर यादवलाई दुई हजार १४६ मतान्तरले पराजित गर्नुभयो । विजयी हुनुभएका यादवले ११ हजार ५०४ मत प्राप्त गर्नुभयो भने पराजित हुनुभएका यादवले ९ हजार ३५८ मत प्राप्त गर्नुभयो ।
तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसका उम्मेदवार राजकुमार बर्माले ८ हजार ७३१ मत प्राप्त गर्नुभयो । यो क्षेत्रमा बर्मा सत्ता गठबन्धनका उम्मेदवार हुनुहुन्थ्यो भने विजयी हुनुभएका यादवले एक्लै निर्वाचन लड्नुभएको थियो । यसै गरी प्रदेशसभा ख मा जसपाका आदेश अग्रवालले काँग्रेसका निरक गुरुङलाई १ हजार ५३७ मतान्तरले पराजित गर्नुभयो । अग्रवालले ८ हजार २४६ मत र गुरुङले ६ हजार ७०९ मत प्राप्त गर्नुभ...
सिराज खान
नेपालगन्ज, मंसिर ७ । बाँके क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री धवल शमशेर राणा विजयी हुनुभएको छ । उहाँले जनता समाजवादी पार्टीका केन्द्रीय नेता तथा पुर्वमन्त्री मोहम्मद इश्तियाक राईलाई ६ हजार ५७ मतले पराजित गर्नुभयो ।
विजयी हुनुभएका राणाले २९ हजार ५७७ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी राईले २३ हजार ५२० मत प्राप्त गर्नुभयो । तेस्रो स्थानमा रहनु भएका नेपाली काँग्रेसका सुदिप नरसिंह राणाले ४ हजार ४०३ मत प्राप्त गर्नुभयो ।
सोही प्रकारले राष्ट्रिय स्वतन्त्र पार्टीका विनोद कुमार अग्रहरीले १ हजार ३३३ मत प्राप्त गर्नुभयो भने स्वतन्त्र उम्मेदवार ईर्फान शेषले १ हजार २८९ मत प्राप्त गर्नुभयो । विजयी हुनु भएका राणा यस अघि दुई पटक नेपालगन्ज उपमहानगरको मेयर पदमा निर्वाचित भई सक्नु भएको थियो भने पराजित हुनु भएका राईले २०७४ साल र २०६४ सालमा सां...
सिराज खान
नेपालगञ्ज, मङ्सिर ४ गते । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बाँकेको कोहलपुरमा मतदान गर्नुभएको छ। उहाँले बाँके क्षेत्र नं १ कोहलपुरको पिपिरीस्थित मतदानस्थलबाट पहिलो मतदान गर्नुभयो ।
मन्त्री अथकसँगै लुम्बिनी प्रदेश सभाका निवर्तमान सदस्य पार्वती पुन उषा र आइपी खरेलले पनि मतदान गर्नुभएको छ । मन्त्री अथक बाँके क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेदवार पनि हुनुहुन्छ ।...
सिराज खान
नेपालगञ्ज, मङ्सिर ४ गते । पुर्वमन्त्री तथा जनता समाजवादी पार्टीका केन्द्रिय नेता मोहम्मद ईश्तियाक राईले नेपालगञ्ज १५ मा मतदान गर्नुभएको छ । नेपालगञ्ज १५ को मतदान केन्द्रमा मतदान गर्न पुग्नु भएका पुर्वमन्त्री राईले सो मतदान केन्द्रमा सबैभन्दा पहिले मतदान गर्नुभयो ।
उहाँ बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार पनि हुनुहन्छ । मतदानपछि उहाँले सक्षिप्त प्रतिक्रिया दिंदै लोकतन्त्रको एउटा महाकुम्भमा सहभागी भएर मतदान गरि आफ्नो जिम्मेवारी पूरा गरेको जनाउँदै सम्पूर्ण मतदाताहरुलाई लोकतन्त्रको यो सुन्दर महापर्वमा सहभागी भएर बिबेकपूर्ण मतदान गर्न अपिल गर्नुभएको छ ।...
जनतामा त्रास फैलाएर निर्वाचन विथोल्ने उदेश्यले बम बनाईएको आशंका
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, कात्तिक ३० । निर्वाचनमा केही दिन मात्र बाँकी रहँदा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरस्थित दिवाकर बिक्रम मल्लको घरमा बम बनाउने क्रममा प्रेसर कुकर बम बिस्फोट भएको छ ।
बुधबार राती करिब साढे आठ बजेतिर मल्लको घरमा विद्यार्थिले भाडामा लिएको कोठामा बम बिस्फोट भएको थियो । नेत्र बिक्रम चन्द नेतृत्वको विप्लप समुहका कार्यकर्ताले सो कोठामा बम बनाउने क्रममा बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
उक्त बिस्फोटमा परेर विप्लव समुहका विद्यार्थी संगठनका जिल्ला अध्यक्ष सल्यान निवासी डिल्ली बहादुर डिसी क्षेत्री र उक्त संगठनका कार्यकर्ता कैलाली निवासी धर्मराज बडुवाल घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार ...
समाज भाँड्ने र नागरिकता विरोधीहरुसंग सावधान रहन आग्रह
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, कात्तिक ३० । बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार मोहम्मद ईश्तियाक राईले ठुलो त्याग र बलिदानपछि जनताले पाएको अधिकार खोसेर फेरी रैती बनाउने षडयन्त्र भैरहकोले सचेत रहन जनतासंग आग्रह गर्नु भएको छ । उहाँले जनताले पाएको अधिकार खोसेर फेरी सामन्ती शासन चलाउन खोज्नेहरुले धर्म जातको नाराहरु दिएर समाज भाड्ने र आफ्नो उदेश्य पुरा गर्ने खेल खेलीरहेको बताउनुभयो ।
बाँकेको डुडुवा २ बेतहनीमा बुधवार आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै पुर्वमन्त्री तथा उम्मेदवार राईले जनताले पाएको अधिकार, कमाएको सम्पत्ति र गरेको प्रगति सहन नसकेर विभिन्न बहानामा विभाजन ल्याई फेरी गुलाम बनाउन खोजिएकाले सचेत रहन तथा त्यस्तालाई धपाउन आग्रह गर्नुभयो ।
धवल समशेर राणप्रति ईगित गर्दै पुर्वमन्त्री राईले भन्नुभयो – कुनै पनि म...
नेपालगन्जपाटी समाचार
नेपालगन्ज, कात्तिक २९ । नेकपा माओवादी केन्द्रबाट बाँके २ को प्रदेशसभा २ का उम्मेदवार अकलबहादुर बमले ११ शिर्षकभित्र ७० वटा प्रतिवद्धता समेटिएको आफ्नो प्रतिवद्धता पत्र मंगलवार सार्वजनिक गरेका छन् ।
नेपालगन्जमा एक कार्यक्रमका बीच पत्रकारहरु माझ उनले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । बमले उक्त प्रतिवद्धता पत्रमा निर्वाचन क्षेत्रमा गर्न सकिने विभिन्न कामलाई आफ्नो प्रतिवद्धताका रुपमा समेटेका छन् ।
सो कार्यक्रममा उनले बाँकेको क्षेत्र नम्बर १ र ३ मा गठबन्धन हुदै गर्दा २ नम्बर क्षेत्रमा आवश्यकता अनुसार मित्रवत मित्रवत प्रतिस्पर्धा गर्न लागिएको बताए । उनले क्षेत्र नम्बर २ मा संघिय सांसदमा काँग्रेसले उम्मेदवारी दिंदा प्रदेशमा एउटा सिट माओवादीले पाउनु पर्नेमा त्यसो नगरिंदा बाध्य भएर मित्रवत प्रतिष्पर्धामा जानु परेको बताए।
उनले आफुले जनताको मतको सम्मान र सदुपयोग...