६ माघ २०८२, सोमबार

मुख्य समाचार

जसपा बाँकेद्धारा क्षेत्र नम्बर २ का लागि मन्त्री राईको एकल नाम सिफारिस

जसपा बाँकेद्धारा क्षेत्र नम्बर २ का लागि मन्त्री राईको एकल नाम सिफारिस

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगञ्ज, भदौ १७ गते । आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि जनता समाजवादी पार्टीले बाँके क्षेत्र नम्बर २ बाट भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईको एकल नाम सिफारिस गरेको छ । २०७४ सालको निर्वाचनमा पनि राई सोही क्षेत्रबाट प्रतिनिधी सभामा निर्वाचित हुनु भएको थियो । यस्तै प्रतिनिधी सभा क्षेत्र नम्बर १ बाट राम कुमार यादव तथा क्षेत्र नम्बर ३ बाट मनोजकुमार दिक्षित र बलरामयादवको नाम सिफारिस गरिएको जसपा बाँकेले जनाएको छ । यसैगरी प्रदेश सभा १ क बाट अजयकुमार श्रीवास्तव र मोहम्मद अलि खाँ, प्रदेश सभा १ ख बाट लालबहादुर शाह, जग बहादुर ओलीको नाम सिफारिस गरिएको छ । त्यस्तै प्रदेश सभा २ क बाट भण्डारी लाल यादव र सर्वण यादव, प्रदेश सभा २ ख बाट दुर्गेश गुप्ता, राजन रानामगर, माजिद अलि शेख, र बुद्धिसागर सुवेदीको नाम सिफारिस गरिएको जसपा बाँकेका सचिव राजेन्द्र विश्वकर...
खेलकुद पुर्वाधार निर्माण सरकारको प्रमुख प्राथमिकता–मन्त्री अथक

खेलकुद पुर्वाधार निर्माण सरकारको प्रमुख प्राथमिकता–मन्त्री अथक

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, भदौ १७ गते । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सरकारले खेलकुदका पुर्वाधार निर्माणलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ । उहाँले सोही अभियान अन्तर्गत अहिले एक पालिका एक खेल पुर्वाधार कार्यक्रम अन्तर्गत खेल पुर्वाधारको निर्माणलाई तिव्र पारिएको बताउनुभयो । बाँकेको राप्तीसोनारी ६ स्थित जनसिद्धेश्वर बहुमुखि पब्लिक क्याम्पसको दुई तले पक्की भवनको उदघाटन गर्दै मन्त्री अथकले खेल पुर्वाधार र सामाग्रीको अभावमा खेलाडीले आफ्नो प्रतिभा देखाउन नसकेको र राम्ररी अभ्याससंगै प्रतियोगिता पनि नहुन सकेकोले पुर्वाधार निर्माणलाई विशेष ध्यान दिईएको बताउनुभयो । उहाँले नेपालकै ईतिहासमा पहिलो पटक वर्तमान सरकारले अन्तराष्टिय पदक विजेता खेलाडीलाई एक करोडसम्म नगद पुरस्कार दिने व्यवस्था गरेको जनाउँदै सो निर्णयबाट खोलाडीमा एक प्रकारको नयाँ जोश र उत्साह थपिएको बताउनुभय...
नरैनापुरमा डिप बोरिंग र राहात माग गर्दै प्रजिअलाई ज्ञापन बुझाइयो, अर्थमन्त्रीसंग पनि राहात माग

नरैनापुरमा डिप बोरिंग र राहात माग गर्दै प्रजिअलाई ज्ञापन बुझाइयो, अर्थमन्त्रीसंग पनि राहात माग

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, भदौ १६ । सुख्खाग्रस्त घोषित बाँकेको नरैनापुर गाँउपालिकाले डिप बोरिङ्ग र राहतको माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत नोपल सरकारलाई ज्ञापन बुझाएको छ । नरैनापुर गाउपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले लुम्बिनी प्रदेशसभाका सांसद कृष्णा केसी नमुनाको विशेष उपस्थितिमा सो ज्ञापन प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई विहिबार बुझाउनुभयो । सो ज्ञापनमा गतवर्षको बेमौशमी वर्षातका कारण भित्र्याउने अवस्थाको धानबालीको ठूलो नोक्सानी बेहोर्नु परेका नरैनापुरका किसानले लामो समयको खडेरीको कारण धान समेत रोप्न नपाएको अवस्थामा पालिकाको सबै वडाका किसानलाई सिचाईको सुविधा हुने गरी डिप बोरिङ्ग जडान गर्न र राहतको प्याकेज उपलब्ध गराउन माग गरिएको छ । नरैनापुरमा खडेरीका कारण धान रोप्न साथै बर्षातमा लगाईने खेती समेत लगाउन नपाएको अवस्थामा आगामि दिनमा किसानले सुख्खा र खडेरी व्यहोर्न नपर्ने ग...
मन्त्री अथकको विद्यालय टीनको छानामुक्त अभियान सफल हुँदै, एकैदिन तीन विद्यालय भवनको उदघाटन

मन्त्री अथकको विद्यालय टीनको छानामुक्त अभियान सफल हुँदै, एकैदिन तीन विद्यालय भवनको उदघाटन

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
सिराज खान नेपालगञ्ज, भदौ १६ गते । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले विहिबार बाँकेको राप्तीसोनारी गाउँपालिकाका विभिन्न स्थानमा उहाँकै पहलमा निर्माण गरिएका तीन वटा विद्यालय भवनको उदघाटन गर्नु भएको छ । बाँके क्षेत्र नम्बर १ का संघीय सांसद समेत रहनु भएका मन्त्री अथकले विहिबार विहान राप्तीसोनारी ६ कमैयाडाँडास्थित सुकमैया प्राथमिक विद्यालयमा निर्माण गरिएको दुई कोठे पक्की भवनको उदघाटन गर्नुभयो । सो अवसरमा मन्त्री अथकले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै २३ भन्दा बढी विद्यालयमा ९० भन्दा बढी पक्की कोठाहरु निर्माण गरिएको बताउनुभयो । उहाँले क्षेत्र नम्बर १ का सबै विद्यालयलाई टीनको छानामुक्त बनाउने अभियानमा आफु लागेको बताउनुभयो । संघीय पुर्वाधार विकास कार्यक्रम अन्तर्गत निर्माण गरिएको सो विद्यालय भवनको निर्माणपछि विद्यार्थिलाई पठन पाठन सहज हुने उक्त विद्यालयका प्रधानाध्यापक शेर बहादुर ...
युनेस्को क्लबद्धारा विपन्न र अनाथ बालबालिकालाई विभिन्न सहयोग वितरण

युनेस्को क्लबद्धारा विपन्न र अनाथ बालबालिकालाई विभिन्न सहयोग वितरण

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, भदौ १६ । कतार च्यारिटी नेपालको सहयोगमा बाँकेमा सञ्चालित सामाजिक संरक्षण परियोजना अन्तर्गत बाँके युनेस्को क्लबले गरिब, विपन्न र अनाथ बालबालिकालाई छात्रबृति लगायत विभिन्न सहयोग प्रदान गरेको छ । क्लबले नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गरेर अति विपन्न परिवारका बालबालिकालाई छात्रबृत्ति सहयोग प्रदान गरेको छ भने गरिब परिवार, अनाथ बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई समेत सहयोग प्रदान गरेको छ । क्लबका कोषाध्यक्ष फिरदौस जहाँ खानको अध्यक्षतामा आयोजना गरिएको सो सहयोग वितरण समारोहको प्रमुख अतिथि क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी रहनु भएको थियो । कतार च्यारिटिको सहयोगमा विभिन्न स्थानीय विद्यालय र मदरसाहरूमा अध्ययनरत १२१ अनाथ बालबालिकालाई शिक्षाका लागि छात्रबृत्ति वितरण गरिनुका साथै ८ जना शारीरिक अपाङ्गता भएकालाई दैनिक आधारभूत आवश्यकता पुरा गर्न सहयोग र ५ जना छात्रालाई ...
नेपालगन्ज निवासी पुर्व न्यायधिश सिद्दिकी नेकपा एसमा प्रवेश

नेपालगन्ज निवासी पुर्व न्यायधिश सिद्दिकी नेकपा एसमा प्रवेश

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, भदौ १५। नेपालगञ्ज निवासी उच्च अदालतका पूर्व न्यायाधीश डा सलाउद्दिन अख्तर सिद्दिकीलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीमा स्वागत गर्नु भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गरेका सिद्धिकी सेवानिवृत्त न्यायाधीश हुनुहुन्छ । उहाँ न्यायसेवाबाट तीन वर्ष पहिले अवकाश लिए पश्चात सामाजिक संस्था द मदर फाउन्डेसन मार्फत अन्तराष्ट्रिय सम्बन्ध सुदृढीकरणका गतिविधिमा संलग्न हुनुहुन्छ । मुसलमान बहुल क्षेत्रको प्रतिनिधित्व गर्ने सिद्दिकीको प्रवेशले पार्टीलाई थप मजबुत बनाउने विश्वास राख्दै पार्टी अध्यक्ष माधव कुमार नेपालले उहाँलाई उचित जिम्मेवारी दिइने आश्वाशनसमेत दिनुभयो । सोही कार्यक्रममा नेपालगन्ज निवासी डा तबस्सुम सिद्दीकीले पनि पार्टी प्रवेश गर्नु भएको छ । उहाँ आर्कीटेक्ट विषयमा पीएच डी गर्ने पहिलो र एकमात्र महिला भएको समेत बताइएक...
माओवादी केन्द्र बाँकेले एक महिने संगठन सुदृढिकरण तथा जनविस्तार अभियान सञ्चालन गर्ने

माओवादी केन्द्र बाँकेले एक महिने संगठन सुदृढिकरण तथा जनविस्तार अभियान सञ्चालन गर्ने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, भदौ १५ । नेकपा माओवादी केन्द्र बाँके जिल्ला कमिटीले एक महिनासम्म संगठन सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियान संचालन गर्ने निर्णय गरेको छ । बैठकले संघिय निर्वाचन क्षेत्र र प्रदेस निर्वाचन क्षेत्रमा नेताहरुको कार्यक्षेत्र तोकेर जिम्मेवारी पनि बाडफाड गरेको माओवादी केन्द्र बाँकेले जनाएको छ । नेकपा माओवादी केन्द्र बाँके जिल्लाको तेस्रो पुर्ण बैठकले सो निर्णय गर्दै पार्टी संगठनलाई जिल्ला भरिनै सुदृढ पार्नुका साथै माओवादीको एजेण्डा, हालसम्मका काम र उपलब्धीहरु बारे जनतालाई जानकारी गराउने निर्णय गरेको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति बाँकेका संयोजक तथा खजुरा गाँउपालिका अध्यक्ष डम्बर बिक तुफानले बताउनुभयो । संयोजक तुफानको अध्यक्षतामा सम्पन्न भएको बैठकमा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा बाँके जिल्ला इन्चार्ज पुर्णा कुमारी सुवेदी, अर्का स्थायी कमिटि सदस्य तथा...
नेपालगञ्जको न्युरोडमा  बाँदर आतंक, घरमा पसेर सामान तोडफोड गरे

नेपालगञ्जको न्युरोडमा बाँदर आतंक, घरमा पसेर सामान तोडफोड गरे

ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगञ्ज, १५ भदौ । गत केही दिनयता नेपालगञ्नजमा बाँदरको एक हुलले आतंक मच्चाउदै आएको छ । नेपालगञ्जको न्युरोड, ईदगाह रोड लगायतका घरहरुमा पसेर सामान तोडफोड गर्ने बालबालिकामाथि झपटने जस्ता कार्य उनिहरुले गर्दै आएका छन् । सोही क्रममा बुधवार बिहानै न्युरोडको एक घरमा पसेर बाँदरको एक हुलले तोडफोड गरि आतंक मच्चाएको छ । बुधबार बिहान करीब ७ बजेतिर नेपालगन्जको न्युरोडस्थित शैजी खान बस्ने घरको तेस्रो तल्लाको फ्लयाटमा पसेर बाँदरको एकहुलले तोडफोड गरेर आतंक मच्चाएको खानले बताउनुभयो । खानका अनुसार बाँदरको एक हुलले एक्कासि घरभित्र पसेर इन्टरनेट राउटरको तार, काँचको भाडा र बिस्तारामा दिसापिसाब गरी सरसामानहरू तोड्फोड गरेर आतंक मच्चाएका थिए। बाँदरको यस्तो आतंकले गर्दा घरकाभित्र रहेका महिला, बच्चा लगायतका मानिसहरू समेत आतन्कित बनेको उहाँले बताउनुभयो । बिगत केही दिनदेखि नेपालगन्जमा बाँदरको आतंकले गर...
चार दशकपछि पोखरामा राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै, तयारी अन्तिम चरणमा

चार दशकपछि पोखरामा राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै, तयारी अन्तिम चरणमा

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
राष्टिय समाचार समिति पोखरा, भदौ १५ । मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् । नेपालको खेलकुदको इतिहासमा पोखरामा चार दशकपछि दोस्रोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो । यसअघि २०४० चैत १२ देखि २० गतेसम्म पोखरामा ‘दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता’ आयोजना गरिएको थियो । प्रतियोगिता आयोजक कार्यकारिणी समितिका सदस्यसचिव फणीन्द्र पौडेलका अनुसार प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र गैरआवासीय नेपाली सङ्घ ९एनआरएन०का खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । प्रत्येक टोलीबाट कम्तीमा तीन सय ३५ महिला र तीन सय ७४ पुरुष खेलाडीको सहभागिता रहने छ । ३६ खेल खेलाइने ...
प्लान नेपाल र युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरद्धारामा शिक्षक र सहजकर्तालाई प्रशिक्षक प्रशिक्षण

प्लान नेपाल र युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरद्धारामा शिक्षक र सहजकर्तालाई प्रशिक्षक प्रशिक्षण

ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, भदौ १३ । बाँके युनेस्को क्लबले बर्दिया जिल्लाको ठाकुरद्धारामा स्टीक एण्ड स्टोन प्रशिक्षक प्रशिक्षण सम्पन्न गरेको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबद्धारा सञ्चालित रोकथाम पहिचान शिक्षा र रुपान्तरण परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरेको थियो । चार दिने सो तालिममा बाँकेका ७ वटा विद्यालयका १४ जना शिक्षक र बर्दिया जिल्लाका बाल संरक्षण कार्यक्रम अन्तर्गतका १५ जना समुदाय सहजकर्ताको सहभागिता रहेको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । सो प्रशिक्षक प्रशिक्षणमा बालबालिकामाथि हुने दुव्र्यवहार तथा यौन शोषण, घरेलु हिंसा, लैंगिक हिंसा, बालविवाह, बालविभेद लगायत मानवबेचविखन रोकथामको बारेमा सहभागिलाई तालिम प्रदान गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँले विद्यालयका शिक्षक र समुदायका सहजकर्ताले सो तालिम लिएपछि आ आफ्नो विद्य...