२० जेष्ठ २०८३, बुधबार

मुख्य समाचार

बाँकेका अति संवेदनशिल १०८ मतदानस्थलमा बिशेष सुरक्षा प्रबन्ध

बाँकेका अति संवेदनशिल १०८ मतदानस्थलमा बिशेष सुरक्षा प्रबन्ध

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्ज, कात्तिक १३ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि बाँके जिल्लाका अधिकांश मतदान स्थललाई अति संवेदनशील मानेर सोहीबमोजिमको सुरक्षा प्रबन्ध मिलाइँदैछ। भारतसँग सीमाना जोडिएका तथा विभिन्न कारणले संवेदनशील मानिएको बाँकेमा रहेका १३८ मतदान स्थलमध्ये १०८ लाई अति संवेदनशील मानेर सोहीबमोजिम सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले दिनुभएको जानकारीअनुसार निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सुरक्षा निकायले विशेष प्रकारको तयारी गरेको छ। जिल्लाका १०८ वटा मतदान स्थललाई अति संवेदनशील घोषित गरेर ती स्थानको सुरक्षाका लागि विशेष प्रबन्ध मिलाइएको उहाँले बताउनुभयो। १३८ मतदान स्थलमध्ये १०८ लाई अति संवेदनशील र ३० मतदान स्थललाई संवेदनशील घोषणा गरेर सोहीबमोजिमको सुरक्षा व्यवस्था मिलाइ...
त्रिभुवन चोकमा केही युवकले हवाई फायर गरेर भागे, पहिचान भैसकेको र पक्राउ गरिने प्रहरीको भनाई

त्रिभुवन चोकमा केही युवकले हवाई फायर गरेर भागे, पहिचान भैसकेको र पक्राउ गरिने प्रहरीको भनाई

ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगञ्ज, कात्तिक ७ । नेपालगञ्जमा दुई पक्षविच वादविवाद भएपछि केही युवाले हवाई फायर गरेर भागेको जनाईएको छ । स्थानीय त्रिभुवन चोकको पुर्व लाइनमा आइतवार राती करिब १२ बजेको समयमा एकजना युवकसंग चार पाँच जनाको विवाद भएको र सो बढ्दै गएपछि विवाद गर्ने युवालाई स्थानीयले घेराउ गर्दा उनिहरुले पेस्तोल झिकेर हवाई फायर गरेर भागेको जनाईएको छ । निर्वाचनको बेलामा यसरी युवाहरुले पेस्तोल बोकेर हिंडदा सुरक्षामा ठुलो चुनौती उत्पन्न भएको छ । त्यसैपनि निकै संवेदनशिल मानिने बाँकेको निर्वाचन अघि यस्ता अपराधिक घट्ना हुनुले सुरक्षा व्यवस्थामा कडाई हुनुपर्ने आवश्यकताको बोध गराएको छ । बाँके प्रहरीका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले घट्नाको पुष्टि गर्दै हवाई फायर गर्नेहरुको पहिचान भैसकेकोले छिटै पक्राउ पर्ने बताउनुभयो । उहाँले सो घट्ना बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाउँदै यसरी हतियार बोकेर हिड्ने...
पुर्वमन्त्री राईको समर्थनमा जसपा प्रवेश गर्ने क्रम जारी, वडा अध्यक्षका उम्मेदवारसहित दर्जनौ प्रवेश

पुर्वमन्त्री राईको समर्थनमा जसपा प्रवेश गर्ने क्रम जारी, वडा अध्यक्षका उम्मेदवारसहित दर्जनौ प्रवेश

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगञ्ज, कात्तिक ६ । पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईलाई समर्थन गर्दै उहाँलाई विजयी बनाउन विभिन्न दलहरु परित्याग गरि जनता समाजवादी पार्टीमा प्रवेश गर्ने क्रम निरन्तर जारी छ । माओवादी र काँग्रेसबाट धेरैजना नेता कार्यकर्ताले जसपा प्रवेश गरिरहेकै बेला शनिवार एमालेबाट वडा नम्बर ३ का वडा अध्यक्षका उम्मेदवार नफिस अन्सारी र एमालेका पुराना नेता लतिफ अन्सारीसहित दर्जनौ नेता कार्यकर्ताले जसपामा प्रवेश गरेका छन् । सोही प्रकारले नेपाली काँग्रेस परित्याग गरेर उबेद कुरेशी र राप्रपा परित्याग गरेर सिखर ईराकीले पनि जसपामा प्रवेश गरेका छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा नम्बर ३ को वडा अध्यक्षमा उम्मेदवार बनेर थोडै मतको अन्तरले पराजित भै दोस्रो स्थानमा रहनु भएका नफिस र एमालेका पुराना नेता लतिफसहित काँग्रेसका उबेद र राप्रपाका सिखर लगायतलाई पुर्वमन्त्री राईले पार्टी प्रवेश गराए । ...
बी ग्रुपद्धारा बाल्मिकी समाजलाई कार्यालय सञ्चालनका लागि सामाग्री सहयोग

बी ग्रुपद्धारा बाल्मिकी समाजलाई कार्यालय सञ्चालनका लागि सामाग्री सहयोग

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, कात्तिक ५ । बी ग्रुपले बाल्मिकी समाज नेपाललाई कार्यालय स्थापनाका लागि एक लाख ७० हजार बराबारको सामाग्री सहयोग गरेको छ । बी ग्रुप, जीआइजेड नेपाल र एमडीएम फ्रान्सको साझेदारीमा सञ्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत बाल्मिकी समाज नेपाललाई कार्यालय सञ्चालनका लागि एक लाख ७० हजार बराबरका विभिन्न सामाग्री सहयोग गरिएको परियोजनाका व्यवसाय विकास अधिकृत समद सिद्दिकीले बताउनुभयो । सो सामाग्री बी ग्रुपक अध्यक्ष टेक बहादुर पुनले बाल्मिकी समाज नेपालका अध्यक्ष जगदिश बाल्मिकीलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा बोल्दै बी ग्रुपका अध्यक्ष पुनले बाल्मिकी समाजको भलाई र उत्थानका लागि खोलिएको यो संस्थाले आफ्नो उदेश्य पुरा गर्नतर्फ सधैं अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । यसैगरि बाल्मिकी समाज नेपालका अध्यक्ष बाल्मिकीले बी ग्रुपको यो सहयोग र परियोजना दुबैले बाल्मिक...
प्लान नेपालद्धारा बर्दियाका १२५ बाढीपिडित परिवारलाई ६ लाख बढीको गैर खाद्य राहात वितरण

प्लान नेपालद्धारा बर्दियाका १२५ बाढीपिडित परिवारलाई ६ लाख बढीको गैर खाद्य राहात वितरण

ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगञ्ज, कात्तिक ५ । प्लान इन्टरनेशनल नेपालले बर्दिया जिल्लाका १२५ बाढी पिडित परिवारलाई गैर खाद्य सामाग्री वितरण गरेको छ । प्लानका साझेदार संस्थाहरु बाँके युनेस्को क्लब, बि ग्रुप थारु महिला उत्थान केन्द्र, स्याक नेपाल र गेरुवा ग्रामिण जागरण संघको सहकार्य र विपद व्यवस्थापन समिति तथा स्थानीय सरकारको समन्वयमा तिहारको मुखमा आएर सो राहात सामाग्री वितरण गरिएको हो । बाढीबाट पिडित भै घरबारबिहीन भएका र समस्यामा परेका बर्दियाको बारबर्दिया नगरपालिकाका ४९ र गुलरिया नगरपालिकाका ७६ परिवार गरेर १२५ परिवारलाई राहात वितरण गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । उहाँले राहात पाएर अधिकांश बाढीपिडितहरु निकै खुशी भएको जनाउँदै राहातका लागि उनिहरुले सम्बन्धित सबै संघसंस्थाप्रति आभार प्रकट गरेको पनि बताउनुभयो । तिहार जस्तो महान चाडपर्वको समयमा बाढीपिडितल...
बाँके क्षेत्र नम्बर २ का उम्मेदवार पुर्वमन्त्री राई घरदैलो कार्यक्रममा व्यस्त, बिकास र सदभाव प्रमुख मुद्दा

बाँके क्षेत्र नम्बर २ का उम्मेदवार पुर्वमन्त्री राई घरदैलो कार्यक्रममा व्यस्त, बिकास र सदभाव प्रमुख मुद्दा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगञ्ज, कात्तिक २ । यस पटकको निर्वाचनमा सर्वाधिक चर्चित रहेको बाँके क्षेत्र नम्बर २ का संघीय सांसदका उम्मेदवार जनता समाजवादी पार्टीका केन्द्रिय नेता तथा पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईले जनसम्पर्क र जन समर्थनलाई बढाउँदै अगाडी बढ्नु भएको छ । निर्वाचन क्षेत्रका सबै वडामा प्रचार कार्यालय स्थापना पश्चात घरदैलोमा व्यस्त हुनुभएका राईले विभिन्न पार्टीका नेता कार्यकर्तालाई जसपामा प्रवेश गराउने अभियान र जनतासंग प्रत्यक्ष भेट गरेर समस्या सुन्ने तथा समर्थन बढाउने अभियानलाई तिव्र पार्नु भएको छ । क्षेत्र नं २ मा आफ्नो चुनावी प्रचार प्रसारका क्रममा घरदैलो कार्यक्रमलाई अगाडी बढाउनु भएका नेता राईले जहाँ गएपनि मात्र बिकास र सदभावको नाममा सहयोग र समर्थन गर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । उहाँको टोली जुन टोल र वडामा पुगेपनि जनताको राम्रो र भव्य स्वागतसंगै ठुलो समर्थनको प्रतिवद्धता जाहेर...
बाँके क्षेत्र नम्बर १ मा मन्त्री अथकसहित गठबन्धनका उम्मेदवारप्रति दिनदिनै जनसमर्थन बढ्दैछ

बाँके क्षेत्र नम्बर १ मा मन्त्री अथकसहित गठबन्धनका उम्मेदवारप्रति दिनदिनै जनसमर्थन बढ्दैछ

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगञ्ज, कात्तिक २ । बाँके क्षेत्र नम्बर १ मा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकसहित गठबन्धनका उम्मेदवारप्रति जनताको समर्थन दिनदिनै बढ्दै गएको स्थानीयले जनाएका छन् । जिल्लाका ३ वटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर १ का गठबन्धनका उम्मेदवारहरु बढी संगठित र एकतावद्ध भै निर्वाचनमा होमिएकोले पनि उनिहरुप्रति जनसमर्थन बढ्दै गएको पाईएको हो । नरैनापुर तथा राप्तीसोनारी क्षेत्रका अधिकांश स्थानीयले बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता जनाउन थालेको युवा तथा खेलकुद मन्त्री गहतराजका स्वकिय सचिव दिलिप सोनीले बताउनुभयो । गठबन्धनका साझा उम्मेदवार मन्त्री अथक र प्रदेश सभा क का उम्मेदवार कृष्णा केसी नमुनासंगको छलफलका क्रममा गठबन्धनका स्थानीय अगुवा नेता तथा कार्यकर्ताहरुले गठबन्धनको पक्षमा लाग्ने प्रतिवद्धता जनाएको सचिव सोनीले बताउनुभयो । सो कार्य...
पौडीमा विजयी हुने महिला खेलाडीलाई राखेपका सदस्य विष्टद्धारा पदक र प्रमाणपत्र वितरण

पौडीमा विजयी हुने महिला खेलाडीलाई राखेपका सदस्य विष्टद्धारा पदक र प्रमाणपत्र वितरण

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता पोखरा, कात्तिक १ । नवौं राष्ट्रिय खेलकुद अन्तरगत पौडी प्रतियोगितामा विजयी हुनुभएका महिला खेलाडीहरुलाई मंगलवार राष्टिय खेलकुद परिषदका सदस्य तथा प्रचार प्रसार उपसमितिका संयोजक दिपेन्द्र विष्टले पदक, प्रमाणपत्र र पुरस्कार वितरण गर्नुभयो । उहाँले महिलातर्फको विभिन्न विधामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई मेडल, प्रमाणपत्र र पुरस्कार वितरण गर्नु भएको हो । सो अवसरमा खेलाडीहरुलाई बधाई तथा शुभकामना दिंदै उहाँले अब अन्तराष्टिय प्रतियोगितामा पनि देशका लागि पदक जित्ने उत्साह र उदेश्य बोेकेर तयारीमा लाग्न आग्रह गर्नुभयो । प्रतियोगितामा पौडीतर्फ आर्मी च्याम्पियन बनेको छ । आर्मीले २० स्वर्ण, ९ रजत र ७ कास्य सहित ३६ पदक जित्दै आर्मी टिम च्याम्पियन बनेको हो । एनआरएनए ९ स्वर्ण, ६ रजत र १ कास्य सहित १६ पदक सहित दोस्रो र एपिएफ ३ स्वर्ण, ४ रजत र ६ कास्य सहित १३ पदक सहित तेस्रो भएको छ । आर्मीले मह...
स्वास्थ्य सेवामा उल्लेख्य योगदान गरेकोमा डाक्टर रोमन किदवाई नेपाल प्रहरीद्धारा सम्मानित

स्वास्थ्य सेवामा उल्लेख्य योगदान गरेकोमा डाक्टर रोमन किदवाई नेपाल प्रहरीद्धारा सम्मानित

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, कात्तिक १ । पश्चिम नेपालका हजारौं विरामीको स्वास्थ्य उपचारमा सहयोग गरेको तथा जनस्वास्थ्यका लागि विभिन्न उल्लेख्य कार्य गरेकोमा नेपाल प्रहरीले प्रहरी दिवस २०७९ को अवसर पारेर नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका सह निर्देशक डा. रोमन किदवाईलाई सम्मान गरेको छ । प्रहरी दिवस मनाउन सोमवार संघीय राजधानी काठमाण्डौमा आयोजना गरिएको बृहत्त कार्यक्रममा नेपाल प्रहरीका आइजीपी धिरज प्रतापसिंहले डा. किदवाईलाई सम्मान पत्र प्रदान गरेर सम्मान गर्नुभयो । सम्मान ग्रहण गरेपछि संक्षिप्त प्रतिक्रिया दिंदै डा. किदवाईले यस्ता सम्मानले जनताको सेवा गर्ने थप हौसला प्रदान हुने जनाउँदै आफुले निरन्तर जनता र समाजको सेवा गरिरहने बताउनुभयो । मेडिकल कलेजमा कार्यरत डा. किदवाई हरेकजसो सामाजिक र जनसेवाको काममा खटिने मध्ये अग्रपंक्तिमा पर्नुहुन्छ । उहाँले यस क्षेत्रका गरिब र असहाय विरामी...
बाँके क्षेत्र नम्बर २ का जनता विकासको पक्षमा एकजुट छन्–ईश्तियाक राई

बाँके क्षेत्र नम्बर २ का जनता विकासको पक्षमा एकजुट छन्–ईश्तियाक राई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगञ्ज, कात्तिक १ । पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ बाट संघिय सांसदका उम्मेदवार मोहम्मद ईश्तियाक राइले क्षेत्र नम्बर २ का अधिकांश जनता विकासको पक्षमा लामवद्ध भैरहेको बताउनुभएको छ । नेपालगन्जमा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागि हुने क्रममा बोल्दै पुर्वमन्त्री र उम्मेदवार राईले यस क्षेत्रका अधिकांश जनताले मात्र विकासको पक्षमा उभिने तथा अन्य कुनै पनि नारा र भ्रममा नपर्ने प्रष्ट पारेको बताउनुभयो । अहिले विभिन्न उम्मेदवार मध्ये कसैले धर्म र सम्प्रदाय तथा कसैले अन्य विभिन्न नातागोता जोडेर मत माग्ने गरेको जनाउँदै उहाँले जनताले क्षेत्रको चौतर्फि विकास र भावि पिढीका लागि केही गर्न सक्ने उम्मेदवारलाई मात्रै समर्थन गर्ने मन बनाईसकेको बताउनुभयो । उहाँले आफुले मन्त्री हुँदा धेरै योजना आफ्नो जिल्ला र क्षेत्रमा ल्याएकोमा अन्य जिल्ला र क्षेत्रका सांसदले घोर विरोध र आलोचना गर...