सिराजखान
नेपालगञ्ज, असोज १२ । दसैंतिहार मनाउन स्देश फर्किने नेपालीलाई यहाँस्थित नेपाल भारत नाकाको दुबैतर्फ विभिन्न बहानामा ठग्ने लुटपाट गर्ने घट्ना रोक्न प्रहरीले विशेष अभियान सञ्चालन गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अहिले चाडपर्व मनाउन दैनिक तीन चार हजारको हाराहारीमा नेपालीहरु भारतबाट स्वदेश फर्किरहेकोले उनिहरुको सुरक्षालाई विशेष ध्यान राखेर अभियान चलाईएको जनाएको छ ।
बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले भारतबाट रोजगार गरेर फर्किने नेपालीलाई बर्सेनी नाकामा र नाकापारी रुपैडिहामा विभिन्न बहानामा ठग्ने र लुट्ने गुनासो आउने गरेकोले यस पटक पहिले देखिनै सो रोक्न व्यवस्था मिलाईएको बताउनुभयो । उहाँले यस पटक जमुनाहा प्रहरी मार्फत नाका पारीको भारतीय सुरक्षा निकायसंग समन्वय गरेर त्यस्ता घट्ना हुननदिन सचेत रहन आग्रह गरिएको र सादा पोशाकका प्रहरीलाई रुपैडिहा बसपार्क तथ...
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, असोज १० । प्लान नेपाल को साझेदारीमा बाँके युनेस्को क्लबको आयोजनामा सकारात्मक अभिभावकत्व र अंतरपुस्ता सम्बाद प्रसिक्षक् प्रसिक्षण बर्दियाको गुलरियामा सम्पन्न भएको छ ।
बारबर्दिया मधुबन , ठाकुर बाबा र गेरुवा गाउँ पालिकाका १५ जना समुदाय सहजकर्ताको सहभागिता रहेको ८ दिने उक्क्त तालिममा सकारात्मक अभिभावकत्वका विभिन्न सीपहरु बारेमा सहजीकरण गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकिले बताउनुभयो । तालिमका बिसयबस्तुहरुमा आफ्ना बालबालिकाका बारेमा आमा बुवाको सपना र आशा , उनीहरुको सपना साकार पार्न अभिभावकको भूमिका ,बाल बालिकामा देखिने भिभिन्नाता र प्रारम्भिक बाल बिकाश ,बालबालिका र सकारात्मक अनुशासन , बाल संरक्षण र बालदुव्र्यवहार , बालबालिकाको तनाब ब्यबस्थापन बारे प्रसिक्षण दिईएको उहाँले बताउनुभयो ।
अंतरपुस्ता सम्बाद अन्तर्गत समुदायमा भयका विभिन...
समाचारदाता
नेपालगञ्ज, असोज ४ । नेपालगन्ज–२ घरवारीटोलस्थित मिरज सु मार्टका सन्चालक जेनिशा आचार्य (जैसी) ले ब्यापारको सिजन छोप्न ऋणधन गरेर पसलमा सामान हाल्नु भएको थियो ।
तर, दुर्भाग्य गत भदौ ३१ गते राती उनको पसलमा बिद्युत सर्ट भएर आगलागी भयो । आगलागीबाट दशैं, तिहारको सिजनमा बिक्रीका लागि राखिएका सबै सामान जलेर नष्ट भए ।
‘दशैं,तिहारको सिजनका लागि सामान राखेकी थिएन, आगलागीले सबै ध्वस्त बनायो ।’ आचार्यले दुःखेसो पोख्दै भन्नुभयो–‘ अब के गर्ने कसरी गर्ने, सबैथोक बर्बाद भयो ।’ आचार्यका अनुसार,आगलागीबाट ५५ लाख रुपियाँ बराबरको सामाग्री जलेर नष्ट भएको छ ।
पसलमा रहेका जुत्ता चप्पल र पसल डेकोरेसनका सामाग्री कामै नलाग्ने अवस्थामा पुगेको छ । आचार्यले पाँच बर्षदेखि यहाँ व्यवसाया गर्दै आउनु भएको थियो । ऋण गरेर व्यवसाय गर्नु भएका उहाँलाई अहिले ऋण तिर्ने तनाव भएको छ ।
उहाँको चिन्ता छ –‘अब त्यो पैसा कसरी...
सिराज खान
नेपालगञ्ज, असोज ४ गते। बाँकेका विभिन्न नदी र खोलाबाट व्यापक रुपमा अवैध तरिकाले नदीजन्य पदार्थ सङ्कलन र ओसारपसार भइरहेको पाइएको छ। जिल्ला समन्वय समिति बाँकेले मङ्गलबार बाँकेका नदी, खोला र क्रसर उद्योगको छ्ड्के अनुगमन गर्दा त्यस्तो पाइएको समितिले जनाएको छ।
समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको नेतृत्वमा गएको टोलीले नदी, खोला र क्रसर उद्योगको स्थलगत अनुगमन गरेको थियो। टोलीले राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ स्थित मुगुवा खोला, शक्तिमा क्रसर उद्योग, राप्ती सोनारी प्रोसेसिङ प्रा।लि। लगायतको स्थलगत अनुगमन गरेको छ। अनुगमन कार्य जारी रहको र साँझसम्म रहने जनाइएको छ।
अनुगमनका क्रममा अवैध उत्खननमा संलग्न रहेको अवस्थामा दुई वटा ट्याक्टर नियन्त्रणमा लिइएको समन्वय समितिका प्रमुख चौधरीले जानकारी दिनुभयो।
नियमित रूपमा अनुगमन नहुँदा जिल्लाका नदी तथा खोलामा अवैध उत्खनन् बढेको ...
समाचारदाता
नेपालगञ्ज, असोज ४ । जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बाँके क्षेत्र नम्बर २ बाट भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईशितयाक राईको मात्र नाम सिफारिश गरिएको जानकारी गराउनु भएको छ । मन्त्री राई बाहेक अरुको पनि नाम सोही क्षेत्रबाट जसपाले सिफारिस गरेको भनि केही सञ्चार माध्यममा प्रशाशित भएपछि प्रदेश अध्यक्ष यादवले आफ्नो फेसबुक वाल मार्फत अरु कसैको पनि नाम सिफारिस नभएको जनाउँदै भ्रममा नपर्न आग्रह गर्नु भएको छ ।
उहाँले आफ्नो फेसबुक वालमा लेख्नुभएको छ–पत्रकारिताको धर्म बिर्सेर आफुले बोल्दै नबोलेको कुरालाई ब्यंग्याएर समाचार लेख्ने साथीहरुलाई मेरो सुझाव पितपत्रकारिताम अल्झेर गलत प्रचारबाजी गर्न तर्फ नलागेकै राम्रो। समसुलहक राईको नाम सिफारिस भएको ब्यवहोरा सहितको समाचार सरासर गलत भएको सबैमा जानकारीको अनुरोध छ । प्रदेश समितिले केन्द्रीय समितिमा मोहम्मद...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, असोज ३ । नेकपा माओवादी केन्द्र नेपालगञ्ज उपमहानगरपालिका समितिले संविधान दिवसको अवसरमा सोमवार साँझ नेपालगञ्जको सहिद सेतुविक चौक र पार्टी कार्यालयमा दीप प्रज्ज्वलन गरेको छ । नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानपूर्ण संघर्ष, दश वर्षिय जनयुद्ध जनआन्दोलन फलस्वरुप जननिर्वाचित संविधानसभाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको स्मरण स्वरुप हामी आठौं संविधान दिवस मनाएको माओवादी केन्द्रका नगर अध्यक्ष रतन बहादुर शाहिले बताउनु भयो ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्रका लुम्बिनी प्रदेश सहसचिव युवा नेता अकल बहादुर बमले संविधानद्वारा प्रत्याभूत गरिएका नागरिक आकांक्षा पुरा गर्न माओवादी पार्टी प्रतिवद्ध रहेको बताउनु भयो । निकट भविष्यमा हुने प्रादेशिक र संघीय निर्वाचनमा संविधान मास्ने र विधिलाई समाप्त पार्ने शक्तिहरू नक्कली कुरा गरी जनतालाई दिग्भ्रमित पार्ने...
सिराज खान
नेपालगञ्ज, असोज १ । लगातारको वर्षाकाकारण राप्ती नदीमा पानीको सतहले खतराको तह पार गरेपछि बाँकेको तटीय क्षेत्रका गाउँ बस्तीलाई सतर्क रहन आग्रह गरिएको छ ।
कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा जल सतह खतराको विन्दु ५ मिटर ७० सेन्टिमिटर पार गरिसकेकोले नदी वरिपरिका दर्जनौँ गाउँ बस्ती बाढीको जोखिममा रहेकोले सतर्क रहन साइरन बजाइएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।
शनिवार बिहान साढे ८ बजे राप्ती नदीमा पानीको सतह ५ मिटर ७० सेन्टिमिटर पुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार, बाँके दाङ, रोल्पा, प्युठानमा लगातार पानी परेकाले नदीले खतराको विन्दु पार गरेको हो । शनिवार बिहानैबाट नदी क्रमिक रूपले बढ्दै गएको थियो । नदीमा पानीको सतह खतराको तहमा पुग्न थालेकोले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन साइरन बजाएर आग्रह गरिएको छ ।
सूचना अधि...
समाचारदाता
काठमाण्डौ, असोज १ । नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण नेपाल पुलिस क्लबले प्राप्त गरेको छ । राष्ट्रिय खेलकुदअन्तर्गत भएको ३४औँ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली सेनाको त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पहिलो स्वर्णमा आफ्नो नाम लेखाउन सफल भएको हो ।
बर्षाका कारण ८ ओभरमा छोट्याईएको प्रतियोगितामा सेनाले दिएको १०४ रनको लक्ष्य पुलिसले २ विकेटको क्षतिमा ७ बल बाँकी छँदै भेट्यायो । पुलिसले ६।५ ओभरमा १०५ रन जोड्न सफल भयो । पुलिसका लागि म्यान अफ द म्याच कुशल भुर्तेलले ३ चौक र ६ छक्काको मद्धतले १९ बलमा ५१ रन जोडे । उनी जितेन्द्र मुखियाको एलबिडब्लू धरापमा परेर आउट भए ।
यस्तै, सुनिल धमलाले १७ बलमा ४२ रनल जोडे । ४२ रन बनाउने क्रममा २ चौका र ४ छक्का प्रहार गरे । यसैगरी दिपेन्द्र सिंह एैरीले ४ बलमा ४ रन ...
समाचारदाता
नेपालगञ्ज, असोज १ । काठमाण्डौमा सम्पन्न भएको शिक्षाका लागि राष्टिय अभियान एनसीई नेपालको केन्द्रिय सदस्यमा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी निर्वाचित हुनु भएको छ ।
राजेन्द्र पहाडीको अध्यक्षतामा निर्वाचित भएको नयाँ कार्य समितिका निर्देशक सिद्दिकी केन्द्रिय सदस्य पदमा निर्वाचित हुनु भएको हो ।
यसअघि सोही पदमा बाँके युनेस्को क्लबको प्रतिनिधित्व गर्दै तत्कालिन वरिष्ठ उपाध्यक्ष र हालका सल्लाहकार सिराज खान पनि केही वर्ष अघि निर्वाचित हुनु भएको थियो ।
शिक्षाको क्षेत्रमा सुधारका लागि लामो समयदेखि विभिन्न गतिविधि मार्फत वकालत गर्दै आएको एनसीई नेपाल देशकै सबैभन्दा ठुलो सञ्जालको रुपमा स्थापित छ ।
बाँके युनेस्को क्लबले विगत लामो समयदेखि सो अभियानको सदस्य र प्रमुख सहयोगी संस्थाको रुपमा काम गर्दै आएको छ ।
यसैगरि बालमैत्री स्थानिय शासन राष्ट्रिय मञ्चको हालै क...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, भदौ ३१ । नेकपा एमाले बाँकेले मङ्सिर ४ गते हुने प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि दुई महिने अभियान सञ्चालन गरेको छ । पार्टीका महासचिव शङ्कर पोखरेलले अभियानको नेपालगञ्जस्थित पार्टी कार्यालयमा उदघाटन गरेर गएपछि अभियानलाई तिव्र पािरएको एमालेका केन्द्रिय सदस्य मोहम्मद हारुन हलवाईले जनाउनुभयो ।
उहाँका अनुसार महासचिव पोखरेलले पार्टीका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकाल र जिल्ला कमिटीका अध्यक्ष किस्मतकुमार कक्षपतिलाई झोला र डायरी हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गर्नु भएको थियो । सो अभियान अन्तर्गत गाउँ गाउँमा पुगेर जनतालाई एमालेको पक्षमा मतदान गर्न आग्रह गरिने र कार्यकर्तालाई सक्रिय पारिने केन्द्रिय सदस्य हलवाईले बतानउुभयो ।
नेकपा एमाले बाँकेका प्रचार विभाग प्रमुख सतिश निरौलाका अनुसार, बिहिवार जिल्लास्तरीय कार्यकर्ता भ...