२० जेष्ठ २०८३, बुधबार

मुख्य समाचार

मन्त्री राईद्धारा वर्षाको परवाह नगरि पक्की पुल र रक्तसञ्चार केन्द्रको भवन शिलान्यास

मन्त्री राईद्धारा वर्षाको परवाह नगरि पक्की पुल र रक्तसञ्चार केन्द्रको भवन शिलान्यास

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, भदौ ३० । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले सानो समयमा धेरै विकास गर्ने लक्ष्यका साथ आफु मन्त्री बनेको जनाउँदै रातदिन खटिएर विकास निर्माणका योजनाहरु बनाईरहेको र कार्यान्वयनमा लगिरहेको बताउनु भएको छ । विहिबार बाँकेमा एक पक्की पुल र रक्तसञ्चार केन्द्र भवन निर्माणको शिलान्यास गर्दै उहाँले सो बताउनुभएको हो । विकास निर्माणलाई कसैले पनि अवरोध गर्न नहुने जनाउँदै विकास विरोधी जनताका विरोधी भएको बताउनुभयो । वर्षा नरोकिएपछि पानीमा भिज्दै उहाँले बाँकेको डुडुवा ३ मा बनकट्टीलाई रामपुरवासंग जोड्ने डुडुवा नदीमा निर्माण गरिने पक्की पुल र नेपालगञ्जस्थित भेरी अस्पतालको प्रांगणमा निर्माण गरिने रक्तसञ्चार केन्द्रको भवनको शिलान्यास गर्नु भयो । मन्त्री राईले डुडुवा नदीमा पुल नहुँदा स्थानीय वासिन्दालाई आवागमनमा निकै समस्या हुने गरेको र पश्चिम नेपालकै सम...
कक्षा १० मा उत्कृष्ट अंक ल्याउने दुई विद्यार्थिलाई नरैनापुर गाउँपालिकाद्धारा ल्यापटप प्रदान

कक्षा १० मा उत्कृष्ट अंक ल्याउने दुई विद्यार्थिलाई नरैनापुर गाउँपालिकाद्धारा ल्यापटप प्रदान

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगञ्ज, भदौ ३० । बाँकेको नरैनापुर गाउँपालिकाले २६ उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ । नरैनापुर गाउँपालिकाले ५८औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर महेन्द्र माध्यमिक मटेहिया विद्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका भित्रका कक्षा १० मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको हो । सम्मानित हुने विद्यार्थीहरु मध्य दिक्षिणा यादव र पवन सिंह यादवले एसईईमा सर्र्बोत्कृष्ट अंक ल्याएर पास भएको भन्दै दुबै जनालाई ल्यापटप प्रदान गरिएको थियो भने अरु उत्कृष्ट विद्यार्थीहरुलाई नेपालको संविधान, कपी, झोला, प्रमाणपत्र र खादा लगाइएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले विकास भनेको सडक निर्माण गर्नु मात्र नभएको बताउदै उनले शिक्षा र स्वास्थ्यमा सुधार गर्न सके सबै क्षेत्र क्रमिक रुपमा विकास हुदै जाने बताउनुभयो । उहाँले गाउँपालिकाले शिक्षा क्षेत्र...
एमाले बाँकेले संघ र प्रदेशमा सिफारिस गरेका उम्मेदवारहरुबारे जानकारी गरायो

एमाले बाँकेले संघ र प्रदेशमा सिफारिस गरेका उम्मेदवारहरुबारे जानकारी गरायो

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगञ्ज, भदौ ३० । एमाले बाँकेले जिल्लाको तीनवटै निर्वाचन क्षेत्रबाट संघ र प्रदेशमा प्रयक्षतर्फ सिफारिस भएका उम्मेदवारहरूको पूर्ण विवरण सार्वजनिक गरेको छ । एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले जिल्लामा आएका सबै आकंक्षीको नाम सिफारिस गरेको बताउनु भएको छ । एमाले बाँकेले एक विज्ञप्ति जारी गर्दै सिफारिसमा परेका सबै आकंक्षीको नाम सार्वजनिक गरेको जनाएको छ। विज्ञप्ति अनुसार निर्वाचन क्षेत्र नं १ बाट संघका लागि सूर्य ढकाल, देवराज भार, पुजन विश्वकर्मा, बलराम भट्टराई र कृष्णाकुमारी चालिसेको नाम सिफारिसमा परेको छ । त्यस्तै निर्वाचन क्षेत्र १ क प्रदेशबाट परशुराम थारु, रामकुमार दीक्षित, तीर्थराज डांगी, विक्रम यादव, सोहनलाल यादव र खुमा डाँगीको नाम सिफारिसमा परेको छ । निर्वाचन क्षेत्र १ ख बाट दुर्गाप्रसाद चौधरी, नरेन्द्र शर्मा, गोपल गिरी, सूर्य रोकाय, कुश्माखर बस्याल, अनिता पौडेल, वि...
युनेस्को बाँकेद्धारा बालदिवसमा विभिन्न प्रतियोगिताको आयोजना

युनेस्को बाँकेद्धारा बालदिवसमा विभिन्न प्रतियोगिताको आयोजना

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगञ्ज, भदौ ३० । बाँके युनेस्को क्लबले कतार च्यारिटिको सहयोगमा नेपालगञ्जको एक विद्यालयमा विभिन्न अतिरिक्त क्रियाक्लापको आयोजना गरेर राष्टिय बाल दिवस २०७९ भव्य रुपमा मनाईएको छ । नेपालगञ्ज ६ मा रहेको साईनिंग फ्युचर एकेडेमी नामक विद्यालयमा क्लबद्धारा मनाईएको बाल दिवसमा सो विद्यालयका विद्यार्थिहरुविच बालअधिकारलाई विषय बनाएर हाजिरीजवाफ प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, लेखन प्रतियोगिता र नात प्रतियोगिताको आयोजना गरिएको थियो । अधिकांश अनाथ र अति विपन्न परिवारका बालबालिकाहरु अध्ययन गर्ने सो विद्यालयमा आयोजना गरिएको हाजिरीजवाफ प्रतियोगितामा अनाथ बालिका तमन्ना शेष नेतृत्वको टोली प्रथम, अनाथ बालिका कोहिनुर खान नेतृत्वको टोली द्धितिय र अनाथ बालिका रेशमा खान नेतृत्वको टोलीले तृतिय स्थान हासिल गरेको छ । सोही प्रकारले लेखन प्रतियोगितामा कक्षा दुईका अब्दुल लतिफ खान प्रथम, कक्षा ३ का...
मन्त्री राईद्धारा एकैदिन नेपालगञ्ज–गुलरिया सडक र पाँच ट्राफिक सिग्नल लाइट निर्माणको शिलान्यास

मन्त्री राईद्धारा एकैदिन नेपालगञ्ज–गुलरिया सडक र पाँच ट्राफिक सिग्नल लाइट निर्माणको शिलान्यास

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
विकासका काम देखेर विकासविरोधीहरु अत्तालिएका छन्–मन्त्री राई सिराज खान नेपालगन्ज, भदौ २९ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले भौतिक मन्त्रालय सम्हालेको २ महिनामै आफूले गरेको कामदेखि विकासविरोधीहरू अत्तालिएको बताउनु भएको छ । उहाँले बुधवार नेपालगन्ज गुलरिया सडकखण्ड स्तरोन्नतिका लागि नेपालगञ्जमा शिलान्यास गर्दै सो बताउनु भएको हो । शिलान्यास मात्र हुन्छ काम हुँदैन भनेर टिप्पणी गर्नेहरूलाई जवाफ दिँदै मन्त्री राईले भन्नुभयो, सहरी विकास मन्त्री भएको बेला र त्यसअघि पछि पनि आफुले शिलान्यास गरेका सबै योजना मध्ये केही पुरा भएका छन् भने केही पुरा हुने क्रममा छन् । आफुले शिलान्यास गरेको कुनै पनि योजना अलपत्र नपरेको दावी गर्दै उहाँले यस पटक शिलान्यास गरिएका सबै योजना पनि छिटै शुरु हुने र निर्धारित समयमा पुरा हुने दावी गर्नुभयो । विकास विरोधीहरुले धर्मको नाममा जनालाई विभाजित गर...
नौबस्ता औद्योगिक क्षेत्रको निर्माण शुरु गर्ने सर्वदलीय सहमति

नौबस्ता औद्योगिक क्षेत्रको निर्माण शुरु गर्ने सर्वदलीय सहमति

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, भदौ २९ गते । बाँकेको नौवस्ता औद्योगिक क्षेत्र निर्माण र बस्ती व्यवस्थापनका बारेमा सर्वदलीय सहमति भएको छ । सो सहमतिसँगै औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया अघि बढाइने जनाइएको छ । सुकुम्बासीको अवरोधका कारण निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको सो औद्योगिक क्षेत्र निर्माण सुरु गर्न र बस्तीसमेत व्यवस्थापन गर्नका लागि सर्वदलीय सहमति बनेको औद्योगिक क्षेत्रका कार्यालय प्रमुख कृष्णबहादुर पुनले बताउनुभयो । उहाँले बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले औद्योगिक क्षेत्रको टेन्डर प्रकाशनलगायत निर्माण प्रक्रिया सुरु गर्ने र विवादित बस्ती व्यस्थापनका लागि कार्यदल बनाएर समाधान गर्ने निर्णय गरेको बताउनुभयो । बस्ती व्यवस्थापनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नापी, मालपोत, वन, वैजनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वड...
कतार च्याररिटीको सहयोगमा समाजकल्याण परिषद्कोे व्यावसायिक तालिम केन्द्रको भवन निर्माण

कतार च्याररिटीको सहयोगमा समाजकल्याण परिषद्कोे व्यावसायिक तालिम केन्द्रको भवन निर्माण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, भदौ २९ । कतार च्यारिटीको सहयोगमा, काठमाडौँको बूढानिलकण्ठमा निर्मित समाजकल्याण परिषद्कोे व्यावसायिक तालिम केन्द्रको भवनको उदघाटन गरिएको छ । नेपालका लागि कतारी राजदूत महामहिम युसुफ मोहम्मद अल–हैलको उपस्थितीमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री एवं समाजकल्याण परिषदका अध्यक्ष उमा रेग्मीले उदघाटन गर्नु भएको हो । कार्यक्रमको सभापति समेत रहनु भएकी मन्त्री रेग्मीले कतार च्यारेटीको सहयोगमा निर्माण भएको यस व्यावसायिक तालिम केन्द्रमा नितान्त सीप मुलक तालिम संचाल नहुने र युवाहरुलाई स्वरोजगारको अवस्था सिर्जना गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सो सहयोगको लागि कतार च्यारिटीलाई धन्यवाद दिदै आगामी दिनहरुमा समाजमा सकारात्मक परिवर्तन गर्न कतार च्यारिटीले यस्तै खालका थप कार्यक्रमबाट योगदान पु¥याउने आशा व्यक्त गर्नुभयो । कार्यक्रमका विशिष्ट अतिथि महामहिम कतारी राजदू...
नवौं राष्टिय खेलकुदको छनोट प्रतियोगिता असोज ८ देखि १२ सम्म नेपालगञ्जमा हुने

नवौं राष्टिय खेलकुदको छनोट प्रतियोगिता असोज ८ देखि १२ सम्म नेपालगञ्जमा हुने

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, भदौ २९ । लुम्बिनी प्रदेस खेलकुद परिषदले २ असोजबाट छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । छनोट प्रतियोगिता रुपन्देहीको बुटवलबाट सुरु भई १३ असोजमा रोल्पामा समापन हुने कार्यक्रम तय भएको मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिनुभयो । छनोट प्रतियोगिता अन्तरगत ८ असोजमा नेपालगन्जमा बास्केट बल छनोट प्रतियोगिता हुने भएको छ भने, ८ र ९ असोजमा नेपालगन्जमा बक्सिङ तथा भारोत्तोलन एवम् १० र ११ गते नेपालगन्जमा जुडो, सुटिङ हक्की महिला पुरुष र साइक्लिङ प्रतियोगिता हुने मध्यपश्चिमा खेलकुद विकास समितिका लेखा अधिकृत मिनबहादुर जिसीले बताउनुभयो । उहाँका अनुसार, १० असोजमा नेपालगन्जमा पौडी र जिम्न्यास्टिक तथा ११–१२ असोजमा कुस्ती र उसु छनोट प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिता अन्तरगत बर्दियाको तारातालमा सेपाताक्रा, ११ र १२ असोजमा बर्दियाको भुरीगाउँम...
जानकी गाउँपालिकामा छोरी जीवन बीमा कार्यक्रम शुरु

जानकी गाउँपालिकामा छोरी जीवन बीमा कार्यक्रम शुरु

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, भदौ २९ । बाँकेको जानकी गाउँपालिकाले ‘छोरी जीवन बीमा कार्यक्रम’ लागु गरेको छ । गाउँपालिकाले ‘छोरी कल्याण कार्यक्रम’ अन्तर्गत ‘छोरी जीवन बीमा कार्यक्रम’ शुरु गरिएको जनाएको छ । जानकीका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले कार्यपालिकाको बैठकबाट पास भएको कार्यबिधि अनुसार ‘छोरी जीवन बीमा कार्यक्रम’ लागु गरिएको जानकारी दिनुभयो । छोरी जीवन बीमा कार्यक्रमका लागि २०७९ भदौ २४ गते बसेको बसेको गाउँ कार्यपालिका बैठकले “जानकी गाउँपालिका अध्यक्षसंग छोरी कल्याण कार्यक्रम” कार्यान्वयन कार्यबिधि २०७९ स्वीकृत गरेको छ । गत असार ३१ गते भएको पालिकाको १२ औं गाउँसभाबाट “गाउँपालिका अध्यक्षसंग छोरी कल्याण कार्यक्रम” पारित गरिएको थियो । यस कार्यक्रममार्फत पालिकाका सम्पूर्ण वडामा २०७९ साउन १ यता जन्मिएका छोरीहरुलाई यो सेवा प्रदान गरिनेछ । गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा जन्मिएका छोरीहर...
मन्त्री राईले नेपालगन्ज–गुलरिया सडक स्तरोन्नतीको आज र डुडुवामा पक्की पुलको भोली शिलान्यास गर्ने

मन्त्री राईले नेपालगन्ज–गुलरिया सडक स्तरोन्नतीको आज र डुडुवामा पक्की पुलको भोली शिलान्यास गर्ने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
समाचारदाता नेपालगञ्ज, भदौ २९ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले बुधवार नेपालगन्ज–गुलरिया सडक स्तरोन्नतीको शिलान्यास गर्नु हुने कार्यक्रम रहेको छ भने भोली विहिबार डुडुवा ५ लालपुरस्थित डुडुवा नदमिा निर्माण गरिने पक्की पुलको शिलन्यास गर्ने कार्यक्रम रहेको छ । सडक डिभिजन कार्यालय नेपालगञ्जले दिएको जानकारी अनुसार सोही प्रयोजनका लागि मन्त्री राई बुधवार विहान गृह जिल्ला बाँके पुग्नु भएको छ । सो कार्यालयका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक स्तरोन्नतीको लागि टेण्डर आह्वान गरेपछि निर्माण प्रक्रिया अगाडी बढेको हो । कुल ३५ किलोमिटर सडक फोरलेन स्तरोन्नती गर्ने कार्यको भौतिक पूर्वाधार तथा यातायात मन्त्री राईले बुधवार दिउँसो ३ बजे शिलान्यास गरिने सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख निरज शाक्यले बताउनुभयो । खजुरारोड स्थित नन्दनी मिल नजिक शिलान्यास कार्य...