माता बागेश्वरी बचत तथा ऋण सहकारीको रक्तदानमा ३३ जनाले गरे रक्तदान
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, जेठ १३ । माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवसको अवसरमा शुक्रबार नेपालगन्जमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संस्थाका अध्यक्ष रसिद अहमद कुरैसीको अध्यक्षतामा भएको रक्तदानको नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै राईले रक्तदान जिवन दान भएकोले जिवन बचाउने अभियानमा सहयोगी बन्न सबैलाई आव्हान गर्नुभयो । उहाँले अहिले रगतको अभाव भएको जानकारी प्राप्त भएकोले बढी भन्दा बढीले रक्तदानमा सहभागि हुनुपर्ने बताउनुभयो ।
उपप्रमुख राईले उपमहानगरमा रहेका विभिन्न संघसंस्था र रक्तदाताहरुलाई रक्तदान कार्यक्रम आयोजना गर्न आह्वान समेत गर्नुभयो । नेपालगञ्जस्थित रक्त सञ्चार केन्द्रमा केह िसमययता रगत अभाव भैरहेको थाहा भएको ...
११ महिनादेखि भत्ता र चार महिनादेखि तलब नपाएको गुनासो
सिराज खान
नेपालगञ्ज, जेठ १३ । चार महिनादेखि तलव र एघार महिनादेखि भत्ता नपाएको भन्दै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सकहरुले शुरु गरेको आन्दोलन जारी रहेको छ ।
विहिबारदेखि आन्दोलनमा उत्रिएका उनिहरुले शुक्रवार पनि आन्दोलनलाई जारी राखेका छन् । आन्दोलनको पहिलो दिन विहीबार चिकित्सकहरुले अस्पताल प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिएका थिए भने शुक्रवार पनि सो धर्नालाई जारी राखेका हुन् ।
एघार महिनादेखि भत्ता नपाएको र चार महिनाको तलब नपाएकोले सो माग गर्दै गत दुई दिनदेखि हातमा कालो पट्टी बाँधेर अस्पताल प्रशासन कार्यालय अगाडी धर्ना बस्दै आएको नेपालगञ्ज मेडिकल कलेज प्राध्यापक परिषद्का अध्यक्ष डा विनोद महासेठले बताउनुभयो ।
उहाँले विरामीको उपचारमा कुनैपनि प्रभाव नपर्ने गरि हाललाई आन्दोलन जारी राखिएको जनाउँदै अस्पताल प्रशासनले सुनु...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, जेठ १२ गते । चार महिनादेखि तलवभत्ता नपाएको गुनासो गर्दै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।
आन्दोलनको पहिलो दिन विहीबार उनिहरुले अस्पताल प्रशासन अगाडि एक घण्टा धर्ना बसेका थिए । विहान ९ बजेदेखि १० बजेसम्म हातमा कालो पट्टी बाँधेर उनिहरु धर्ना बसेका थिए ।
नेपालगञ्ज मेडिकल कलेज प्राध्यापक परिषद्को अगुवाईमा आन्दोलन थालिएको परिषद्का अध्यक्ष डा विनोद महासेठले बताउनुभयो । शिक्षण अस्पतालका चिकित्सकहरुले मासिकरुपमा पाउनु पर्ने तलव माघ महिनादेखि नपाएको र प्रोत्साहन भत्ता रोकिएको पनि महिनौं वितिसकेकोले बाध्य भएर आन्दोलन गर्नुपरेको अध्यक्ष महासेठले बताउनुभयो ।
‘अस्पताल जस्तो संवेदनशील थलोमा आन्दोलन गर्नु हाम्रो रहर हुँदै होइन परिषद्का अध्यक्ष महासेठले भन्नुभयो–‘अस्पताल प्रशासनले तलवभत्तानै नदिएपछि के गर्नु ?’ नेपालगञ्ज मेड...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, जेठ १२ । भारतीय नम्बरको ट्रकको ठक्करबाट मारिएका कोहलपुरका अटोचालकका परिवार र आफन्तले क्षतिपुर्ति र भारतबाट ट्रकका मालिकलाई झिकाउने माग गर्दै कोहलपुरमा चक्काजाम गरेका छन् ।
बुधबार दिउँसो कोहलपुरको पिपल चौतारा नजिकै पट्टा भाँचिएको भारतीय ट्रकले किच्दा मृत्यु भएका कोहलपुर १३ का राम सेवक थारुका आफन्तहरुले ईलाका प्रहरी कार्यालय कोहलपुर अगाडी विहिबार दिउँसोदेखि चक्काजाम गरेका छन् ।
दोषीलाई कारबाही, मृतकका परिवारलाई उचित क्षतीपूर्ती दिनुपर्ने लगायतका माग राखेर बुधवार दिनभरि पनि चक्काजाम गरेका उनिहरुले माग पुरा नभएपछि विहिबार पनि प्रहरी कार्यालय अगाडि चक्काजाम गरेका हुन्।
कोहलपुर ईलाका प्रहरी कार्यालयले मृतकका आफन्तले शुरुमा एक करोड भारु क्षतिपुर्ति मागेको जनाउँदै तर अहिले २८ लाख रुपियाँमा झरेको तथा ट्रकको सञ्चालकले १० लाख रुपियाँ नेपाली भन्दा बढी दिननसक्ने ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, जेठ १० । खजुरा गाँउपालिकाको पहिलो बैठकले पालिकाले वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरण गर्ने निर्णय गरेको छ । सो बैठले पालिकाबाट बुझ्दै आएको सामाजिक सुरक्षा भत्ता बेंकहरुको समन्वयमा वडा कार्यालयबाटै वितरण गर्ने निर्णय गरेको खजुराका नवनिर्वाचित अध्यक्ष डम्बर विक तुफानले बताउनुभयो ।
बैठकले दिर्घरोगी र जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण निशुल्क र घरघरमै पुगेर गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो । अध्यक्ष तुफानका अनुसार बैठकले खजुरामा अभिभावक बिहिन बालबालिकाको पहिचान गर्ने र गाँउपालिकाले उनीहरुको अभिभावकत्व ग्रहण गर्ने पनि निर्णय गरेको छ । शहरिकण बढेसँगै गाँउपालिकामा फोहोर व्यवस्थापनको समस्या देखिन थालेको भन्दै बैठकले गाउँपालिकाका प्रवक्ता धनिराम ओलीको संयोजकत्वमा फोहर व्यवस्थापनका लागि ल्याण्डफिल साईडको जग्गा खोजि गर्न समित...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, जेठ ९ । बाँकेको नरैनापुर गाउँपालिकामा पुनः विजयी हुनु भएका अध्यक्ष र उपाध्यक्ष लगायतका जनप्रतिनिधिले सोमवार पदभार ग्रहण गर्नुभएको छ ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव सहित ६ वटै वडाका अध्यक्षले सोमवार पदभार ग्रहण गर्नु भएको हो ।
गाउँपालिका अध्यक्ष शाहले पदभार ग्रहण गर्दै गर्दा ५ निर्णय गराउनु भएको छ। ती निर्णयहरुमा शिक्षालाई विशेष फोकस गरिएको छ । अन्य क्षेत्रमा केही विकास र प्रगति भएपनि शिक्षाको क्षेत्रमा भने अझै धेरै काम गर्न बाँकी रहेकोले शिक्षालाई बढी फोकस गरिएको पुनः निर्वाचित अध्यक्ष शाहले बताउनुभयो । आगामी आर्थिक वर्ष २०७९ । ०८० बाट कार्यान्वयन हुने गरी अध्यक्ष शाहले ५ निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।
नरैनापुर गाउँपालिकाको बाँकी रहेका स्थानमा बिधुतिकरण कार्य सम्पन्न गरी प्रत्येक वडाको चौकमा हाइमाष्ट ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, जेठ ८ । नेपालगञ्ज उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राई लगायत जनप्रतिनिधीहरुले आइतवार सपथ लिएर कार्यभार समेत ग्रहण गरेका छन । बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट नगर प्रमुखमा निर्वाचित विष्टलाई मुख्य निर्वाचन अधिकृत एवम् बाँके जिल्ला अदालतका न्यायाधीश खडानन्द तिवारीले एक भव्य कार्यक्रमविच सपथ गराउनुभयो ।
सपथ लिएपछि विष्टले नवनिर्वाचित नगर उपप्रमुख कमरुद्दिन राई र २३ वटै वडाका अध्यक्ष र वडा सदस्यहरुलाई सपथ गराउनुभएको थियो । यसअघि सो सपथ ग्रहण कार्यक्रमको उदघाटन पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले गर्नु भएको थियो । सो अवसरमा बोल्दै उहाँले नेपालगञ्जको विकासका लागि आफुले निरन्तर सहयोग गरि राख्ने जनाउँदै संघ र प्रदेशबाट हुने सबै सहयोग दिलाउन प्रयत्नशिल रहने बताउनुभयो ।
...
सिराज खान
नेपालगञ्ज, बैशाख २९ । बैशाख ३० गते शुक्रवार सम्पन्न हुने स्थानीय तह निर्वाचनको लागि बाँकेमा सम्पुर्ण तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाका विभिन्न पालिकामा निर्वाचन गराउन खटिएका मतदान आधिकृत, सहायक मतदान अधिकृत र सुरक्षाकर्मीहरु मतपत्रसहित आवश्यक निर्वाचन सामग्रीहरुका साथ मतदान केन्द्रमा पुगेर मतदानको तयारी पुरा गरिसकेको बाँकेका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले बताउनुभयो ।
उहाँले बाँकेका ८ वटै स्थानीय तहका १३६ मतदान केन्द्र र ३७९ मतदान स्थलमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मीहरुले मतदानको लागि आवश्यक पर्ने सबै तयारी पुरा गरिसकेको बताउनुभयो ।
मतदानको सबै तयारी पुरा भैसकेकोले शुक्रवार विहान ७ बजेबाट मतदान शुरु गराइने तिवारीले बताउनुभयो । समयमा मतदान गराउन सबै कार्य पुरा भैसकेको जानकारी मतदान केन्द्रहरुब...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख २३ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ को अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका अब्दुल अजिज हल्वाई सो वडाका अन्य सबै उम्मेदवार भन्दा फरक भिजन र फरक एजेण्डाका साथ मैदानमा उत्रिएका छन् ।
उच्च शिक्षा हासिल गरेर अजिजको प्रतिवद्धता देखि प्रचार शैली र वडालाई कस्तो बनाउने भन्ने भिजननै अरुभन्दा निकै फरक तर गज्जबको छ ।
युवा उमेरमै अत्यन्तै मनकारी, सहयोगी र समाजसेवीको छवि बनाउन सफल उनले वडावासी लगायत सहरभरिकै दुखी मानिसको दुखको समयमा केही मद्दत गर्न सके आफुलाई भाग्यमानि ठान्दछन् ।
समाजमा बिरामी हुँदा उपचार गर्ने पैसा नभएका, खाने खर्च नभएर एक छाकको भरमा ज्यालामजदुरी गर्ने गरेका, सीप र क्षमता हुँदाहुँदै पनि लगानीको अभावमा खुम्चिएर झण्डै झण्डै कुलतमा फसेका युवालाई देखेपछि उनको मनमा सहयोगको भावना उत्पन्न हुने गरेको छ । जसले उनलाई सहयोग र सेवा गर्न उत्प्रेरित ग...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख २३ । नेपालगन्ज उपमहानगरपालिकाका राप्रपा पार्टीका तर्फबाट उम्मेदवारी दिएका नन्दलाल वैश्याले तलव भत्ता नलिने प्रतिबद्धता गरेका छन् । उनले यो प्रतिबद्धतालाई आफ्नो प्रतिबद्धताको पहिलो नम्बरमा राखेका छन् ।
उनले उपमहानगरपालिकाको मेयर पदमा जितेपछि मेयरले पाउने सबै तलब भत्ता नलिने प्रतिबद्धता गरेका हुन । उनले आफुलाई कुनै किसिमको पैसाको मोह समेत नरहेको बताए । वैश्यले दिनभरी वडाको टोल टोलमा गएर कोण सभा गर्दै जनतासँग भेट गरिरहेका छन् ।
कोण सभाकै क्रममा नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर– १५ मा कोण सभा गर्दै जनताहरुलाई भेटघाट गर्दै र नेपालगन्ज बजार क्षेत्रमा करिब सबैतिर बाटोघाटोको विकास भैसकेको तर गाँउमा विकास नभएको कारणले अबको विकास गाँउ तिर गर्नेमा जोड दिने बताए । उनले गाउँको विकास आफ्नो प्रमुख लक्ष्य हुने समेत बताए ।
वडा नंं १५ मा ईदगाह र सम्सानघाट सम...