सिराज खान
नेपालगञ्ज, भदौ १० गते । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बढी भन्दा बढी खेतबारीमा सिंचाईको सुविधा पुरयाउन सरकार कटिबद्ध रहेको बताउनु भएको छ ।
बाँकेको राप्तीसोनारी ८ बालापुरमा निर्माण गरिएको डिप ट्युववेल सिंचाई आयोजनाको शुक्रवार उदघाटन गर्दै मन्त्री अथकले सिंचाईको अभावमा किसानलाई निकै समस्या हुने हुँदा ठुलो आयोजना नपुगेका ठाउँमा डिप ट्युववेलबाट सिचाई गरिने बताउनुभयो ।
समयमा वर्षा नभएर बाँकेको राप्तीसोनारीमा सुख्खा पर्न लागेको बेला यो आयोजना शुरु गरिएपछि सयौं किसानले समयमै सबै खेती गर्न पाउने उहाँले बताउनुभयो ।
सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका सांसद पार्वती पुन उषाले समयमा वर्षा नहुँदा सधैं आकाशे पानीको भरमा खेती गर्न बाध्य स्थानीय किसानलाई अब निकै राहात हुने बताउनुभयो ।
वडा नम्बर ८ का वडा अध्यक्ष शालिकराम डाँगीले निकै लामो समयको प्रयासपछि यहाँका...
समाचारदाता
नेपालगञ्ज, भदौ ९ । बाँकेको जानकी गाउँपालिकाले शुक्रवार तिज मिलन तथा दर खाने कार्यक्रम गर्ने भएको छ । हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा शुक्रबारका दिन निजामती कर्मचारी लगायतका सम्पूर्ण महिला दिदीबहिनीहरुका लागि तिज मिलन तथा दर खाने कार्यक्रम गर्ने भएको हो ।
सो कार्यक्रममा गाउँपालिका मातहतका १ देखि ६ वडाका निजामती कर्मचारी लगायतका सम्पूर्ण महिला दिदीबहिनीहरूलाई तिज मिलन तथा दर खाने कार्यक्रममा सहभागी हुनका लागि गाउँपलिका प्रवक्ता टीका नाथ यादबले निमन्त्रणा गर्नुभएको छ ।
भदौ १० गते शुक्रबार दिउँसो ३ बजेदेखि यातायात कार्यालय नेपालगन्जस्थित थकाली भान्सा घरमा सो कार्यक्रम हुने गाउँपालिकाको स्वास्थ्य अनमि सितल राजभण्डारीले जानकारी दिनुभएको छ ।...
समाचारदाता
नेपालगञ्ज, भदौ ९ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा मानव बेचबिखन रोकथामका लागि सञ्चालन गरेको प्रोटेक्ट परियोजनाबाट प्राप्त उपलब्धीहरु बारे छलफल गर्न स्थानीय सरकार र सरोकारवालाहरूसँग साझा बैठक सम्पन्न गरेको छ ।
कोहलपुरमा आयोजना गरिएको सो बैठकमा परियोजना सञ्चालनपछि भए गरिएका कामहरुका बारेमा समिक्षा गर्नुका साथै आगामी कार्यक्रमहरु बारे समेत जानकारी गराईएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
कोहलपुर नगरपालिकाको सामाजिक विकास शाखाका संयोजक ईश्वरीप्रसाद बिकले बैठकको अध्यक्षता गर्दै क्लबले सानो समयमा मानवबेचविखन रोकथामका लागि स्थानीय तहसंग समन्वय गरेर उत्कृष्ट काम गरेको बताउनुभयो ।
उहाँले आगामी कार्यक्रमहरु पनि प्रभावकारी रहेकोले सबैले सहयोग र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा वडा नम्बर ८ का अध्यक्ष झगबहादुर थारुले युवति र...
समाचारदाता
नेपालगन्ज, भदौ ८ । बाँकेका वरिष्ठ पत्रकार उदय बहादुर सिंह श्रेष्ठले आगामी मंसिर ४ गते हुने संघिय निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।
बिगत ४२ बर्षदेखि पत्रकारीता गर्दै आउनु भएका श्रेष्ठले सबै धर्मविच एकता कायम गरेर धार्मिक तथा सामाजिक सदभाव कायम गर्दै स्व राजा बिरेन्द्रको शालिक पहिलेकै स्थानमा स्थापनाका लागि आफूले उम्मेदवारी दिने बताउनु भएको छ ।
बाँकेमा धेरैले चुनाव जितिसकेको अवस्थामा एउटा इतिहासलाई बिर्सेर स्व राजा बिरेन्द्रको शालिक स्थापना गर्न नसक्दा आफूले जिते शालिक स्थापना गर्ने र सबै धर्मविच एकता कायम गराउने बताउँदै मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाँकेबाट उम्मेदवारी दिने घोषणा गर्नु भएको हो।
पत्रकार श्रेष्ठले स्वतन्त्र रुपमा उम्मेदवारी दिने जनाउँदै आफ्नो एजेण्डा र विचारसंग मेल खाने अरु पनि कोही स्वत...
समाचारदाता
नेपालगञ्ज, भदौ ८ । युवा महिलाहरुको आर्थिक शसक्तिकरणका लागि बर्दियामा बाँके युनेस्को क्लबले शिप विकास तालिम सञ्चालन गरेको छ ।
प्लान नेपालको सहयोगमा क्लबले सञ्चालन गरेको उद्यमशिलता मार्फत महिलाहरुको आर्थिक शसक्तिकरण, स्वरोजगारी सृजना तथा जिविकोपार्जनमा पहुँच र रोजगार प्रवद्र्धन कार्यक्रम अन्तर्गत सो तालिम सञ्चालन गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
बर्दियाको गुलरियामा बुधवारबाट शुरु गरिएको सो तालिमको अनौपचारिक तरिकाले शुभारम्भ गरिएको थियो । तालिमको शुभारम्भ गर्दै बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले १८ देखि २४ वर्षका १२० जना युवा महिलालाई तालिम दिएर स्वरोजगार बनाउने लक्ष्य रहेको बताउनुभयो ।
उहाँले बर्दियाको गुलरिया र ठाकुरबाबा नगरपालिकाका १२० जना अति विपन्न तथा जोखिममा रहेका युवा महिलालाई शिपमुलक तालिम दिएर विभिन्न चरणपछि ६० जनालाई उद्यम, व्यवस...
समाचारदाता
नेपालगन्ज्, भदौ ७ । खजुरामा लागु औषध दुब्र्यशन विरुद्धको अभियान स्वरुप बृहत सचेतनामुलक कार्यक्रमको सुरुवात गरिएको छ । लियो क्लव अफ नेपालगन्ज खजुराको आयोजनामा सुरु भएको कार्यक्रमको मंगलवार एक समारोहका विच उद्घाटन गरिएको छ ।
खजुराका १६ वटा विद्यालयमा सचेतनामुलक कार्यक्रम संचालन गर्न अभियानको सुरुवात मंगलवार जेनिथ माविबाट गरिएको कार्यक्रमका संयोजक लियो अपेक्षा श्रेष्ठले जानकारी दिइन् ।
उद्घाटन कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले लागु औषध दुब्र्यशन न्युनिकरणमा सबै सरोकारवालाले चासो बढाउनुपर्नेमा जोड दिए । लागु औषधका कारण समुदायमा नकरात्मक सन्देश प्रवाहहुने हुदाँ यसलाई न्युनिकरण गर्न सबैले सक्रिय भुमिका निभाउनुपर्नेमा जोड दिए ।
खजुरा गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष पुर्ण बहादुर भण्डारीले युवालाई लागु औषध बाट टाढै राख्न आवश्यक रहेको उल्लेख गरे । इलाका प्रहर...
समाचारदाता
कोहलपुर, भदौ ७ । प्रेस सेन्टर नेपालको कोहलपुर नगर समितिको अध्यक्षमा पुष्पराज हमाल चयन हुनु भएको छ । सोमबार कोहलपुर नगर समितिको आयोजनामा सम्पन्न विशेष भेला तथा प्रशिक्षण कार्यक्रमको बन्द सत्रबाट हमालको अध्यक्षतामा १३ सदस्यीय नगर कार्यसमिति चयन गरिएको हो ।
नगर समितिको उपाध्यक्षमा विवेक रेग्मी, सचिवमा शुभाकर विश्वकर्मा, सह सचिवमा रामगोपाल विश्वकर्मा र कोषाध्यक्षमा शुशिला शर्मा सर्वसम्मत रुपमा चयन हुनु भएको छ । निर्वाचित सदस्यहरुमा राजु चौधरी, शान्ति सुनार, प्रतिमा शाही, प्रमिला विश्वकर्मा, मिना रावल, कल्पना शाही, मनवीर परियार र मनोज कोइराला रहनु भएको छ ।
विशेष भेला तथा प्रशिक्षण कार्यक्रम नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सांसद पार्वती पुन उषाको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सिराज खानको विशेष आथित्यतामा १३ स...
समाचारदाता
नेपालगन्ज, भदौ ६ । खानेपानीको अभाव झेली रहेका खजुरा गाउँपालिकाका सर्वसाधारणका लागि बाँके युनेस्को क्लवले कतार च्यारिटीको सहयोगमा खानेपानी धारा जडान गरेर खानेपानीको समस्या समाधान गरेको छ ।
खजुरा गाउँपालिकाको वडा नम्बर २ र ३ मा खानेपानीको सबैभन्दा बढी समस्या रहेकोले सो समस्या समाधानका लागि क्लबे ती वडामा सय वटा खानेपानीको धारा जडान गरेर सो समस्या समाधान गरेको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँले खानेपानीको धारा जडान गर्न नसकेर समस्यामा रहेका सय विपन्न परिवारका लागि धारा जडान गरेर ६०० जना भन्दा बढीलाई प्रत्यक्ष लाभ पुरयाईएको बताउनुभयो ।
विपन्न र आवश्यकता भएका परिवारलाई खानेपानीबाट बन्चित हुन नपरोस भन्ने उदेश्यका साथ खजुरा गाउँपालिका वडा नम्बर २ र ३ मा करिब एकसय खानेपानीको धारा स्यालो ट्युव वेल परियोजना अन्तर्गत जडान गरिएको र अझै केही जडानको पक्रियाम...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, भदौ ६ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलको केन्द्रिय उपमहासचिवमा नेपालगञ्जका रतन शाही निर्वाचित हुनुभएको छ ।
नेकपा माओवादी केन्द्र नेपालगञ्ज उपमहानगर कमिटिका अध्यक्ष समेत रहनु भएका शाही संघीय राजधानीमा सम्पन्न भएको वाईसीएलको राष्ट्रिय भेलाबाट निर्वाचित हुनुभएको हो ।
राष्ट्रिय भेलाले वाईसीएलको केन्द्रिय अध्यक्षमा सुवोध श्रीपालीलाई चयन गरेको छ भने महासचिवमा गणेश शाहीको चयन गरेको छ ।
भेलाले ३५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको जनाउँदै उपमहासचिव शाहीले सो समितिमा ६१ ज्ना पदाधिकारी रहेको बताउनुभयो । पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्षलगायतको पद सिर्जना गरिएको छ ।
यसअघि वाईसीएलको राष्ट्रिय भेलाको उद्घाटन नेकपा माओवादीका अध्यक्ष प्रचण्डले गर्नु भएको थियो । उहाले विगतको समयमा वाईसिएलले खेलेको भुमिका अविस...
सिराज खान
नेपालगञ्ज, भदौ ४ । नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राई शनिवार साँझ अँध्यारो हुनै लाग्दा सिधनिया घाटस्थित राप्ती नदीमा निर्माण गरिएको पुल छेउमा पुग्नुभयो । विहान ६ बजेदेखि निरन्तर कार्यक्रममा व्यस्त रहनु भएका उहाँलाई दुई कार्यक्रम बाँकी रहँदा त्यहाँ पुग्न अँध्यारो हुन लागि सकेको थियो । जबकी सो ठाउँमा पुग्ने निर्धारित समय भने साढे पाँच बजे अपरान्हको थियो ।
राप्ती नदीमा निर्माण गर्न लागिएको नयाँ पुलको शिलान्यास गर्न मन्त्री राईको टोली त्यहाँ पुगेको थियो । मन्त्री राई, प्रदेश सांसद कृष्णा केसी नमुना, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिवसहितको टोलीले पुगे लगत्तै अहिलेको पुल भन्दा दोब्बर फराकिलो र लामो पुल निर्माणको शिलान्यास गर्नुभयो ।
शिलान्यास गरेपछि त्यसमा लेखिएको ब्यहोरा पढेर सुनाउने जिम्मेवारी पाउनु भएकी प्रदेश सांसद केसीले सो पढे लगत...