२० जेष्ठ २०८३, बुधबार

मुख्य समाचार

वरिष्ठ समाजसेवी प्रवेज सिद्दिकी नाईस अवार्ड २०२२ बाट सम्मानित

वरिष्ठ समाजसेवी प्रवेज सिद्दिकी नाईस अवार्ड २०२२ बाट सम्मानित

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, साउन २३ । बाँके युनेस्को क्लबका संस्थापक अध्यक्ष तथा हालका प्रमुख संरक्षक वरिष्ठ समाजसेवी प्रवेज अली सिद्दिकीलाई नाईस अवार्ड २०२२ बाट सम्मानित गरिएको छ । नाईस नेपालगञ्जको आयोजनामा सोमवार सम्पन्न तेस्रो साधारण सभा, बार्षिकोत्सव तथा प्रथम अधिबेशनमा समाजसेवी सिद्धिकीलाई सो अवार्ड प्रदान गरिएको हो । बिगत तीन दशक देखि बाँके युनेस्को क्लबका माध्यमबाट अविछिन्न सामाजिक सेवामा समार्पित सिद्धिकीलाई कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति, बाँकेका उपप्रमुख सिता कार्की र संस्थाका अध्यक्ष नमस्कार शाहले संयुक्त रुपमा १० हजार नगद सहित कदर पत्र प्रदान गरेर सम्मान गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी कार्कीले सामाजिक परिवर्तनका लागि संघ, संस्थाहरुले पुर्याएको योगदानको चर्चा गर्नुभयो । सम्मानित व्यक्तित्व बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्धिकीले निस्वा...
बर्दियाका अति विपन्न परिवारका महिलाकालागि शिप विकास तालिम सञ्चालन

बर्दियाका अति विपन्न परिवारका महिलाकालागि शिप विकास तालिम सञ्चालन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, साउन २३ । अतिविपन्न परिवारका महिलालाई उद्यमशिलता मार्फत रोजगारीमा लगाएर आर्थिक रुपमा सक्षम बनाउने उदेश्यले बाँके युनेस्को क्लबले बर्दियामा जीवन उपयोगी शिप विकास तालिम शुरु गरेको छ । प्लान नेपालको सहयोगमा क्लबले सञ्चालन गरेको आर्थिक शसक्तिकरण तथा रोजगारी प्रवद्र्धन परियोजना अन्तर्गत बर्दियाको गुलरिया नगरपालिकामा सोमवारदेखि सो तालिम सञ्चालन गरिएको हो । सो तालिममा सहभागि गुलरिया नगरपालिकाका विभिन्न वडाका ३४ जना १८ वर्षदेखि २४ वर्षसम्मका अति गरिब परिवारका महिलालाई विभिन्न प्रकारका जीवन उपयोगी शिप सिकाउनुका साथै उनिहरुको क्षमता बृद्धि गर्दै सञ्चारको प्रक्रिया लगायतका विषयमा दुई दिन तालिम दिइने बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । उहाँले यो तालिमले सहभागिलाई रोजगारमा लाग्न सहयोग गर्ने र उनिहरुको आर्थिक अवस्थामा सुधार हुने बताउनुभयो ...
नेपाल बैंक लिमिटेड गुलरिया शाखाका प्रबन्धक न्यौपाने ठुलो रकम हिनामिना गरेर फरार

नेपाल बैंक लिमिटेड गुलरिया शाखाका प्रबन्धक न्यौपाने ठुलो रकम हिनामिना गरेर फरार

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, साउन २२ । नेपाल बैंक लिमिटेड गुलरिया शाखाका प्रबन्धक धवेन्द्र न्यौपाने पचास लाख रुपियाँ अपचलन गरेर एक सातादेखि सम्पर्कविहीन रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी सूर्य सुवेदीले बैंक प्रबन्धक न्यौपाने मोटो रकम लिई सम्पर्कविहीन भएको उजुरी साउन १४ गते परेको बताउनुभयो । सो बैंकको नेपालगन्जस्थित सिटी अफिसका अधिकृत रुपेशकुमार श्रीवास्तवले प्रबन्धक न्यौपानेको खोजीका लागि प्रहरी कार्यालयमा उजुरी दिएका थिए । विभिन्न ग्राहकले जम्मा गरेको ५० लाख रुपैयाँ कनेक्ट आइपीएसबाट अपचलन गरेर न्यौपाने सम्पर्कविहिन भएको उजुरी परेकाले उनको खोजी भइरहेको जानकारी डीएसपी सुवेदीले दिनुभयो । प्रहरीका अनुसार न्यौपानेले प्रयोग गर्दे आएको मोबाइल स्विच अफ छ । कालीकोट तिलगुफा नगरपालिका ५ का ३२ वर्षिय न्यौपाने हाल बाँके जानकी गाउँपालिका ३, कोरिएनपुर बस्द...
कोहलपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु

कोहलपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
नेपालगञ्ज, साउन २२ । बाँकेको कोहलपुर –२, बर्दहवाको लक्ष्मण टोलमा एक जना महिलाको करेन्ट लागेर मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार शनिबार राती आफ्नै घरमा करिब २५ वर्षिया प्रशंसा आचार्यको करेन्ट लागेर मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले आचार्यको करेन्ट लागेर मृत्यु भएको बताउनुभयो । ‘घरभरी नै टुक्रा टुक्रा तारहरु जोडर करेन्ट सप्लाई भएको देखिन्छ, कुन ठाउँबाट करेन्ट लाग्योे पत्ता लागेको छैन । शरिरमा कुनै चोटपटक देखिदैन’ उहाँले भन्नुभयो । प्रहरीका अनुसार घटनापछि घटनास्थलमा पुगेका विद्युतका कर्मचारीले घरमा जोडिएका सबै तार निकालेको र विद्युतको लाइन पनि जाँच गरिएको उहाँले बताउनुभयो । आचार्यको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पतालमा पठाइएको डीएसपी मल्लले जानकारी दिनुभयो । घटना बारेमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । ( गोरखापत्र अन...
बागेश्वरी मन्दिर परिसरमा अत्याधुनिक चिल्ड्रेन पार्कको निर्माण सुरु

बागेश्वरी मन्दिर परिसरमा अत्याधुनिक चिल्ड्रेन पार्कको निर्माण सुरु

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, साउन २२ । नेपालगञ्जस्थित बागेश्वरी मन्दिरको पुर्वतर्फ रहेको खाली जग्गामा अत्याधुनिक बाल पार्क (चिल्ड्रेन पार्क) को निर्माण सुरु भएको छ । करिब ६ करोड रुपियाँ लागत अनुमान रहेको सो वाल पार्कको आईतबार नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शिलान्यास गर्नुभयो । यहि पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरि एक करोड ८२ लाख रुपियाँमा उच्च कोटी गोरखनाथ बजरङ्ग जेभीले निर्माणको जिम्मा पाएको छ । भवन निर्माणको शिलान्यास गरेपछि नगर प्रमुख विष्ट, उपप्रमुख कमरुद्धिन राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले समयभित्रै गुणस्तरयुक्त काम गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । करिब ५.५ कट्ठा जग्गामा पहिलो चरणमा रेष्टुरेन्ट,पार्किङ, फुटपाथ, सटर सहित बालपार्कका लागि आधारभुत काम हुनेछ । डिपिआर अनुसार आधुनिक संरचना सहितको वाल पार्क र दुईतल्ले रेष्ट...
कोहलपुरमा रहस्यमय तरिकाले मृत अवस्थामा भेटिए गडरिया दम्पत्ति

कोहलपुरमा रहस्यमय तरिकाले मृत अवस्थामा भेटिए गडरिया दम्पत्ति

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
नेपालगञ्ज, साउन १० । बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा मंगलबार बिहान रहस्यमय अवस्थामा दम्पतीको शव फेला परेको छ । स्थानीय २२ वर्षिय कृष्ण गडरिया र उहाँकी पत्नी २० वर्षिया मञ्जु गडरिया घरभित्रै मृत अवस्थामा भेटिएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ । कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी ऐन बहादुर मल्लले रगताम्य भएको कोठामा गडरिया पति पत्निको शवसंगै चुँडिएको डोरी फेला परेको बताउनुभयो । मन्जु गडरियाको घाँटीमा डोरीको दाग देखिएपनि डोरी चुँडिएको अवस्थामा फेला परेको जनाउँदै इप्रका कोहलपुरका प्रमुख डीएसपी मल्लले मृतक कृष्णको भने दाँया हातमा गहिरो चोट देखिएको बताउनुभयो । घटनास्थलको प्रकृति हेर्दा त्यहाँ संघर्ष र हातपात भएको देखिएको र ठोक्कीएको जस्तो देखिएको घाउबाटै रगत बगेर कोठा रगताम्य भएको पाईएको मल्लको भनाई छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा श्रीमतीको हत्या गरेर क...
युनेस्को क्लबद्धारा विपन्न महिलाका लागि तीन महिने सिलाई कटाई तालिम सञ्चालन

युनेस्को क्लबद्धारा विपन्न महिलाका लागि तीन महिने सिलाई कटाई तालिम सञ्चालन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, ९ साउन । बाँके युनेस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा नेपालगञ्जका २० जना अति विपन्न महिलाकालागि तीन महिने सिलाई कटाई तालिम सञ्चालन गरेको छ । अति विपन्न र एकल महिलाको आयआर्जनका लागि कतार च्यारेटीको सहयोगमा क्लबले सञ्चालन गरेको आर्थिक शसक्तिकरणका लागि साना तथा मझौला उद्यम विकास परियोजना अन्तर्गत सो तीन महिने सिलाई कटाई तालिम आयोजना गरेको हो । एक समारोहका विच नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरात, नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य दिपक सरकार र बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले सो तालिमको संयुक्त रुपमा उदघाटन गर्नुभयो । उदघाटन गर्दै नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरातले सिलाई कटाई त...
शैक्षिक निरन्तरताका लागि जानकी ५ द्धारा २५ छात्रालाई साइकल वितरण

शैक्षिक निरन्तरताका लागि जानकी ५ द्धारा २५ छात्रालाई साइकल वितरण

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, साउन ९ । जानकी गाउँपालिका वडा नम्बर ५ को आयोजनामा सामुदायिक विद्यालयका २५ जना छात्रालाई साइकल वितरण गरिएको छ । विद्यालय शिक्षामा छात्राहरुको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीहरुलाई आकर्षित गर्न साइकल वितरण गरिएको वडा नम्बर ५ ले जनाएको छ। वडा कार्यालय बेलहरीले एक समारोहबीच वडा परिसरमै छात्राहरुलाई साइकल हस्तान्तरण गर्दै गाउँपालिका प्रमुख छब्बन खाँले उच्च शिक्षासम्म पुग्ने शुभकामना दिनुभयो । कार्यक्रमका प्रमुख अतिथी रहनु भएका गाउँपालिका प्रमुख खाँले विद्यालय शिक्षामा छात्राको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीलाई साइकल हस्तान्तरण गरिएको बताउनु भयो । उहाँले घर भन्दा दुरीमा विद्यालय पर्ने कक्षा ९ मा अध्ययनरत छात्राहरुलाई प्राथमिकतामा राखेर साइकल वितरण गरिएको बताउनुभयो । वितरण कार्यक्रमका सभापति वडा नम्बर ५ का वडा अध्यक्ष टिकानाथ यादवले व...
बाँके युनेस्को क्लबद्धारा सात सदस्यीय सल्लाहकार समिति गठन

बाँके युनेस्को क्लबद्धारा सात सदस्यीय सल्लाहकार समिति गठन

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, साउन ८ । बाँके युनेस्को क्लबद्धारा सात सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । संस्थालाई समय समयमा आवश्यक सुझाव र सल्लाह दिनुका साथै सहयोग समर्थनका लागि जिल्लाका सात जना वरिष्ठ व्यक्तित्वहरुलाई सल्लाहकार समितिमा मनोनयन गरिएको क्लबका प्रमुख संरक्षक तथा संस्थापक अध्यक्ष प्रवेज अली सिद्दिकीले बताउनुभयो । उहाँले क्लबको १० औं अधिवेसनबाट नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले सात जनाको सल्लाहकार समिति गठना गरेको बताउनुभयो । क्लबको सल्लाहकारमा मनोनित हुनुभएकाहरुमा वरिष्ठ पत्रकारहरु सिराज खान, विजय बर्मा, रुद्र सुवेदी, राकेश मिश्र, नरेन्द्र थपा र झलक गैरे तथा वरिष्ठ धार्मिक गुरु मौलाना अब्दुल जब्बार मन्जरी रहनु भएको छ । यसैगरि सोही बैठकले संस्थाको वरिष्ठ उपाध्यक्षमा पन्चम गुरुंगलाई मनोनित गरेको छ । यसअघि शनिवार सम्पन्न साधारणसभा र अधिवेसनको बन्द सत्रले वरिष्ठ उपाध...
बाँके युनेस्कोद्धारा आयआर्जनकालागि अति विपन्नलाई किराना र नास्ता पसल सहयोग

बाँके युनेस्कोद्धारा आयआर्जनकालागि अति विपन्नलाई किराना र नास्ता पसल सहयोग

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, ८ साउन । बाँके युनेस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा नेपालगञ्जका चार जना अति विपन्न परिवारलाई आयआर्जनका लागि किराना र नास्ता पसल सञ्चालनमा सहयोग गरेको छ । सोही क्रममा क्लबले सञ्चालन गरेको आयआर्जनका लागि व्यावसायीक परियोजना अन्तर्गत नेपालगञ्ज ११ का अति विपन्न एकल महिला शाहजहाँ मिस्त्रीलाई सहयोग गरिएको किराना पसलको आइतवार उदघाटन गरिएको छ । सो पसलको उदघाटन नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरात, नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य दिपक सरकार र बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले संयुक्त रुपमा गर्नुभयो । सो अवसरमा नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य किरातले कतार च्यारेटीको सहयोगमा क्लबले अतिविपन्नलाई गरेको यो सहयोग...