५ माघ २०८२, आईतवार

मुख्य समाचार

मेयरका उम्मेदवार राईद्धारा कैदीबन्दीलाई अफ्तार र सहेरीका लागि खाद्यान्न सहयोग

मेयरका उम्मेदवार राईद्धारा कैदीबन्दीलाई अफ्तार र सहेरीका लागि खाद्यान्न सहयोग

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, चैत ३० । नेपालगञ्ज उपमहानगरपािलकाको मेयरका उम्मेदवार तथा जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राईले बाँकेस्थित कारागारमा रहनु भएका कैदी बन्दीको रोजा अफ्तार र सहेरीका लागि खाद्यान्न सहयोग प्रदान गर्नुभएको छ । राईद्धारा प्रदान गरिएको सो खाद्यान्न सहयोगलाई जनता समाजवादी पार्टीका संघीय परिषदका सदस्य राशीद कुरेशी र प्रदेश उपाध्यक्ष बदरुदुज्जा लगायतले बुधवार कारगारका जेलर राम कुमार सोनकरलाई कारगारमै पुगेर हस्तान्तरण गर्नुभयो । गरिब विपन्न र असहाय लगायतलाई सधैं सहयोग गरेर रमाउने मेयरका उम्मेदवार राईले सो खाद्यान्नलाई रोजा अफ्तार र सहेरीमा प्रयोग गर्ने र त्यसबाट रोजा नबस्ने अन्य धर्म समुदायका कैदीबन्दीलाई पनि खुवाउन आग्रह गरिएको बताउनुभयो । उहाँले रोजा एक समुदायको भएपनि अफ्तारको समयमा कारगारमा रहेका अरु धर्म समुदायकालाइ पनि सामेल गराउन अनुरोध गरिएको...
काँग्रेसबाट मेयरमा १४ र उपमेयरमा ११ को नाम सिफािरस, कनौडियाले टिकट पाउने पक्का

काँग्रेसबाट मेयरमा १४ र उपमेयरमा ११ को नाम सिफािरस, कनौडियाले टिकट पाउने पक्का

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, चैत ३० । नेपालगञ्ज उपमहानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेस बाँकेले १४ जनाको नाम सिफारिस गरेको छ । उपमेयरमा भने ११ जनाको नाम सिफारिस गरिएको छ । नेपाली काँग्रेसका नेपालगञ्ज नगर सभापति प्रशान्त विष्टले कांग्रेसको केन्द्रीय परिपत्र अनुसार माथिल्लो तहमा नाम सिफारिस गरिएको बताउनुभयो । उहाँका अनुसार मेयरमा रमेश कुमार गुप्ता, प्रशान्त विष्ट, उमा थापा मगर, सुनिल राणा, निरञ्जनसिंह सिजापति, डा सुरेश कुमार कनोडिया, माया पुन, अजित कुमार शर्मा, रविन्द्रमान श्रेष्ठ, विरेन्द्र बहादुर शाह, अच्युत प्रसाद प्रसाईं, ललित रौनियार, मो कादिर जोलाहा र दिवाकर खनालको नाम सिफारिस गरिएको छ । जतिजनाको नाम सिफारिस गरिएपनि डा. कनोडियाले टिकट पाउने करिब करिब पक्का भैसकेको र औपचारिकताका लागि मात्रै सबै इच्छुकको नाम सिफारिस गरिएको बताईएको छ । तर, वर्तमान उपमेयर उमा थापा मगरले पनि कडा ...
‘यस पटक बाँकेमा जसपाले चार पालिकामा स्थानीय सरकार बनाउँछ’

‘यस पटक बाँकेमा जसपाले चार पालिकामा स्थानीय सरकार बनाउँछ’

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, चैत ३० । पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघिय सांसद मोहम्मद ईश्तियाक राईले बाँकेमा यस पटक चारवटा पालिकामा जनता समाजवादी पार्टीका उम्मेदवारहरुले सहजै विजयी हुने दावी गर्नुभएको छ । उहाँले आफु शहरी विकास मन्त्री भएपछि संसदीय क्षेत्रसंगै जिल्लाका लागि गरेको विकास निर्माणलेनै नै जसपा जिल्लामा एक नम्बरको पार्टी बनेको बताउनुभयो । डुडुवाको बनकट्टीमा बुधवार आयोजना गरिएको समाजवादी युवा संघ बाँकेको गाउँपालिकास्तरीय बृहत्त भेलालाई सम्बोधन गर्दै पुर्वमन्त्री राईले यस पटक नेपालगञ्ज, डुडुवा, जानकी र नरैनापुरमा जसपाको स्थानीय सरकार बन्ने र जनताले विकाससंगै रोजगारी र गुणस्तरीय शिक्षा तथा उत्कृष्ट स्वास्थ्य सेवा पाउने बताउनुभयो । उहाँले डुडुवा गाउँपालिकामा जसपाका उम्मेदवार भण्डारी लाल यादवको नेतृत्वमा अधिकांश वडामा ठुलो मत अन्तरले बिजयी हुने र त्यसपछि भुमिहीन र ...
‘कोहलपुरवासीका लागी आगामी ५ बर्ष स्वर्णिम कार्यकाल हुनेछ’

‘कोहलपुरवासीका लागी आगामी ५ बर्ष स्वर्णिम कार्यकाल हुनेछ’

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नरेन्द्र न्यौपाने माओवादी केन्द्रबाट कोहलपुरका मेयरका उम्मेदवार कोहलपुर, बाँके चैत ३० । समुन्नत कोहलपुर निर्माणका लागी हाम्रो पहिलो प्राथमिकता शुसासन र पादरर्शी स्थानिय सरकार नै हुनेछ । स्थानिय सरकारले गरेका काम र योजनाहरु बारे जनतालाई जानकारी दिने र त्यस बारे स्थानियबासीको गुनासोलाई सम्बोधन गर्ने कुरालाई हामी प्राथमिकतामा राख्ने छौ हामि कोहलपुरमा लोक कल्याणकारी स्थानिय सरकार बनाउने योजनामा छौ । खास गरि सार्वजनिक सेवा, सार्वजनिक सरोकारका क्षेत्र र आधारभुत बस्तु तथा सेवाको उपभोगमा कोही दबिएको अथवा उत्पीडनमा परेको महसुस गनु पर्ने छैन । निशुल्क शिक्षा, स्वाथ्य मा सबैको पहुच कायम हुनेछ । आधारभुत उपभोग्य खाद्य बस्तुमा सबैको पहुच कामय गर्न सहुलियतमा खाद्य बस्तु प्राप्त गर्ने आधार तय गरिने छ । नगर अस्पतालबाटै नागरीकहरुलाई सबै खाले स्वाथ्य सेवा निशुल्क रुपमा लिनका लागि अस्पतालको पुर्वाधार र प्र...
शान्ति सुरक्षा र अपराध नियन्त्रणमा विशेष फोकस गरिनेछ–डिएसपी मल्ल

शान्ति सुरक्षा र अपराध नियन्त्रणमा विशेष फोकस गरिनेछ–डिएसपी मल्ल

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, चैत २८  । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले शान्ति सुरक्षा र अपराध नियन्त्रण नै कोहलपुर प्रहरीको प्रमुख प्राथमिकता हुने बताउनुभएको छ । डिएसपीमा बढुवा भएपछि कोहलपुर ईलाका प्रहरी कार्यालयको कमाण्ड सम्हाल्नु भएका मल्लले पत्रकारहरुसंगको पहिलो भेटघाटमा सो बताउनु भएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरमा आयोजित पत्रकारसंगको भेटघाटका क्रममा डीएसपी मल्लले आफ्नो क्षेत्रको शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि विशेष योजना बनाएर जनता र पत्रकारको समेत सहयोगमा अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सदभाव, शान्ति, सुरक्षा र अपराध नियन्त्रण गरेर भयमुक्त समाज निर्माणको जिम्मेवारी प्रहरीको भएको जनाउँदै यो जिम्म्ेवारी पुरा गर्न आफ्नो दक्षता, कुशलता र अनुभवका साथ विचलित नहुँदै अघि बढ्ने सो अवसरमा बताउनुभयो । आसन्न निर्वाचन केन्द्रित स...
कारको ठक्करबाट दुई नाबालकसहित तीन जनाको मृत्यु

कारको ठक्करबाट दुई नाबालकसहित तीन जनाको मृत्यु

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, चैत २८ गते । नेपालञ्जको धम्बोझी र बीपीचोकको विचमा आइतवार राती बाटो हिंडीरहेकालाई धम्बोझीको तर्फबाट तिव्र गतिमा आइरहेको कारले ठक्कर दिंदा दुई नाबालकसहित तीन जनाको मृत्यु भएको छ । आइतवार राती ११ः४५ बजे प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको अत्याधिक तिव्र गतिमा आएको कारको ठक्करबाट सुर्खेतरोड नेपाल एअरलाइन्स अगाडी घरबारीटोल जाने मोड नजिकै बाटोको छेउमा हिंडीरहेका वडा नम्बर ११ सुनारमण्डी निवासी ६५ वर्षीया समिमा इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ६ वर्षका अलि अन्सारीको मृत्यु भएको बाँके प्रहरीले जानकारी दिएको छ । सडकको छेउमा हिडिरहेका ६ जना मध्ये तीनजनालाई कारले ठक्कर दिएको थियो । प्रहरीका अनुसार ठक्करबाट अलि अन्सारी उछिट्टीएर निकै टाढा खसेकाले उनको खोजीमा केही समय समेत लागेको थियो । कारले ठक्कर दिएलगत्तै गम्भीर घाइते भएका उनीहरुलाई त्यही कारमा राखेर चालकले नजिकैको नेपालगञ्ज मेडिकल...
नेपालगञ्जमा खालसा साजना दिवस र बैशाखी पर्वलाई धुमधामका साथ मनाइने

नेपालगञ्जमा खालसा साजना दिवस र बैशाखी पर्वलाई धुमधामका साथ मनाइने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध, समाज
सिराज खान नेपालगञ्ज, चैत २५ । सिख समुदायको ३२३ औं खालसा साजना दिवस तथा २०७९ सालको बैशाखी पर्वलाई नेपालगञ्जमा विविध कार्यक्रमको आयोजना गरेर भव्य रुपमा मनाइने भएको छ । नेपालगञ्ज सुर्खेतरोडस्थित गुरुद्धारामा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेर बैशाख १,२ र ३ गते भव्य रुपमा ३२३ औं खालसा साजना दिवस तथा २०७९ सालको बैशाखी पर्वलाई मनाइने जानकारी गराईएको हो । गुरुद्धारा श्री गुरुनानक सिंह सभा नेपालगञ्जका अध्यक्ष राजेन्द्रसिंह सरदारले गुरुनानक देव सेवा सोसाइटी इन्टरनेसनल युएसएको आयोजनामा तीन दिनसम्म विविध कार्यक्रमको आयोजना गरेर खालसा साजना दिवस र बैशाखी पर्वलाई भव्य रुपमा मनाइने तयारी भैरहेको बताउनुभयो । उहाँले खालसा साजना दिवस र बैशाखी पर्वको उपलक्ष्यमा आयोजना गरिने कार्यक्रम र समारोहलाई आ आफ्नो मिडियामार्फत संसारभरि फैलाउन सहयोग गरिदिन पत्रकारहरुसंग आग्रह गर्नुभयो । कार्यक्रम अनुसार बैशाख ...
नेपालगञ्जको मेयरमा दर्जनबढी स्थानीय नेताको दावी

नेपालगञ्जको मेयरमा दर्जनबढी स्थानीय नेताको दावी

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, चैत २४ गते । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पश्चिम नेपालको प्रमुख केन्द्र नेपालगञ्ज उपमहानगरको मेयर पदका लागि दर्जन बढी नेताहरुले आफ्नो दावेदारी प्रस्तुत गर्नुभएको छ । सो पदको लागि टिकट पाउन उहाँहरुको दौडधुप बढेको छ। उम्मेदवारी मनोनयनको मिति नजिकिँदै जाँदा मुख्य दलहरुबाट उम्मेदवार बन्न चाहनेहरुले शक्तिकेन्द्रहरु धाउन थालेका छन् । स्थानीय नेता कार्यकर्तासँगको भेटघाटलाई पनि उहाँहरूले बाक्लो बनाउनुभएको छ । सत्ता गठबन्धन दलहरुबीच गठबन्धन हुने सम्भावनाबीच दर्जन बढी नेताहरु नेपालगञ्जको मेयर बन्ने दौडमा सक्रिय देखिन्छन् । जनता समाजवादी पार्टीबाट कमरुद्दीन राई, नेकपा एमालेबाट पशुपति दयाल मिश्र र नेकपा एकिकृत समाजवादीबाट शमसुद्दिन सिद्दिकीको उम्मेदवारी निश्चित प्रायः भैसकेकाले उहाँहरु प्रचार प्रसारमा जुटिसक्नुभएको छ । राई, मिश्र र सिद्दिकीले वडा वडामा गएर संगठन न...
शान्ति सुरक्षा र अपराध नियन्त्रण पहिलो प्राथमिकता हुनेछ–डीएसपी मल्ल

शान्ति सुरक्षा र अपराध नियन्त्रण पहिलो प्राथमिकता हुनेछ–डीएसपी मल्ल

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, चैत २३ । ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यालय प्रमुखको रुपमा सरुवा भएर आउनु भएका डीएसपी ऐन बहादुर मल्लले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा विशेष ध्यान दिने बताउनु भएको छ । उहाँले शान्ति सुरक्षा र अपराध नियन्त्रण गरेर भयमुक्त समाज निर्माणको जिम्मेवारी प्रहरीको भएकोले सोही कामलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । कोहलपुरमा पदभार ग्रहण गरेपछि बुधवार सो क्षेत्रका राजनितक दलका नेता, उद्योगी व्यवसायी, संघ संस्थाका प्रतिनिधी र स्थानीयहरुसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रमका अवसरमा डीएसपी मल्लले शान्ति सुरक्षा र अपराध नियन्त्रण प्रहरीको पहिलो कर्तव्य भएको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा कोहलपुरका स्थानीयले अनुभुती गर्ने गरी प्रहरीले नागरिक सेवा प्रदान गर्ने र शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा कुनै कसर वाँकी नराख्ने समेत बताउनुभयो । कोहलपुर क्षेत...
न्यायधिशको स्वास्थ्यमा समस्या आएपछि धनगढीबाट काठमाण्डौ उडेको विमान नेपालगञ्जमा अवतरण

न्यायधिशको स्वास्थ्यमा समस्या आएपछि धनगढीबाट काठमाण्डौ उडेको विमान नेपालगञ्जमा अवतरण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, चैत २३ गते । धनगढीबाट काठ्माडौँका लागि उडेको बुद्ध एयरको जहाज बुधवार विहान नेपालगञ्जमा आपतकालिन अवतरण गरेको छ । सो विमानमा यात्रा गरिरहनु भएका सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको स्वास प्रस्वासमा समस्या देखिएपछि धनगढीबाट काठ्माडौँका लागि उडेको बुद्ध एयरको जहाज विहान ९ः४५ बजे नेपालगञ्ज विमानस्थलमा आपतकालिन अवतरण गरेको प्रहरीले जनाएको छ । विमानस्थल सुरक्षा प्रहरीका प्रमुख सई जनक बुढाका अनुसार जहाजमै न्यायाधीश श्रेष्ठको स्वास्थ्यमा समस्या भएपछि उहाँकै आग्रहमा विमानलाई नेपालगञ्जमा आपातकालिन अवतरण गराईएको थियो । न्यायधिश बम र उहाँका सुरक्षाकर्मीलाई नेपालगञ्जमा झारेर बुद्ध एअरको सो विमान करिब १० बजे काठमाण्डौका लागि फेरी उडेको प्रहरीले जनाएको छ । विमानस्थलको भिआइपी कक्षमा राखेर सामान्य उपचार गरिएपछि न्यायधिश बमको स्वास्थ्य अवस्था सामान्य बनेपछि नेपालगञ्जस्थित ए...